19 May 2013
महिला हिंसाविरुद्ध र्याली र सङ्गोष्ठी
कालेबुङ, 18 मई।
अल इण्डिया वुमेन्स कनफेरेन्सको कालेबुङ शाखाले आज महिला हिंसाविरुद्ध विद्यमान कानूनी प्रावधानहरुबारे जानकारी प्रदान गर्न एक सङ्गोष्ठी साथै शहरमा एउटा सचेतना र्यालीको आयोजना गरेको थियो। विभिन्न शैक्षिक संस्थानका शिक्षक अनि विद्यार्थी, सामाजिक संगठनका प्रतिनिधि लगायत शहरका सचेत तप्काका महिलाहरुले र्यालीमा भाग लिएका थिए। महिलाहिंसाविरुद्ध जागरुकतामूलक सन्देश लेखिएको प्लाकार्डहरु बोकेर र्यालीमा सामेल महिला र विद्यार्थीहरुले शहर परिक्रमा गरेपछि कन्या उच्च पाठशाला पुगेर सङ्गोष्ठीमा परिणत भएको थियो। पाठशालाको प्रेक्षागृहमा सम्पन्न सङ्गोष्ठीमा कालेबुङ न्यायलयका न्यायधीशहरुको मुख्य उपस्थिति थियो। सङ्गठनकी उपाध्यक्ष युडेन पेम्पा हिस्सेले अध्यक्षता गरेको यस कार्यक्रममा कालेबुङ कोर्टका एसीजेएम राणा दाम, महकुमा कानूनी सेवा समितिका अध्यक्ष अमलेन्दू भौमिक, सिभिल जर्ज विदूषी छिरिङ लेप्चा विशेषज्ञका रुपमा उपस्थित थिए। यी कानूनविदहरुले महिला हिंसाका कारण र यसविरुद्ध लड्न सकिने कानूनी प्रावधानहरुबारे विस्तृतमा चर्चा गरेका थिए। कानूनवेत्ताहरुले समाजमा महिला हिंसाको घटनामा वृद्धि भएकोमा चिन्ता प्रकट गर्दै यसले सामाजिक मूल्य पनि नष्ट हुँदै गएको विचार व्यक्त गरेका छन। आयोजक पक्षबाट सङ्गठनकी सचिव अरुणा प्रधानले कालेबुङका महिलाहरुलाई आफूविरुद्ध हुने हिंसाका चरित्र र यसका कानूनी लडाईबारे जानकारी प्रदान गर्न अनि जागरुकता फैलाउन संगोष्ठीको आयोजना गरिएको बताइन। महिला हिंसा र अत्यचारविरुद्ध पिडीत र सचेतवर्ग जागरुक नहुञ्जेल समाजबाट यो घटना निर्मूल पार्न चर्को पर्ने कानूनविदहरूको मत छ। महिलाहरु पनि आफ्ना सुरक्षा र हकको निम्ति कानूनले प्रदान गरेको प्रावधानबारे सचेत र जानकार रहनु पर्ने कुरामा कानूनविदहरुले जोर दिएका थिए।
Related Posts:
Tremor in Sikkim Gangtok, Oct. 3: An earthquake measuring 5 on the Richter scale jolted Sikkim around 11.43am today forcing people out of their houses. No damage was reported but the panic was palpable as Sikkim, especially the north, had… Read More
Morcha hope on talks VIVEK CHHETRI … Read More
Deb warns of strict action against agitators Darjeeling 2 Oct 2013 The state government will not tolerate anyone, including the Gorkha Janmukti Morcha, taking the law into their hands, ministers will continue visiting the hills to oversee developmen… Read More
वार्ता आन्दोलनको एउटा अंश हुनेछ - ड़ा छेत्री कालेबुङ 2 अक़्टोबर-(प्रदीप) प्रस्तावित त्रिपक्षीय वार्तामा फलप्रद परिणाम निस्कन सकेन भने पनि यसले आन्दोलनलाई अघि बढाउन सघाउ पुग्ने मोर्चा प्रवक्ता डा हर्कबहादुर छेत्रीको धारणा छ। तिनले आउँदो लोकसभा चुनाउलाई केन्द्र गरी केन्द्… Read More
Committee formed to keep vigilance on child right violations PRADIP LOHAGUN KALIMPONG 4 Oct 2013 Bal Suraksha Aviyan Trust, a NGO working for eradication of child labour, has formed a vigilance committee at Pedong to keep watch on trafficking of children from the a… Read More
0 comments:
Post a Comment