20 May 2013
फोहोर व्यवस्थापनको अभावमा शहर दुर्गन्धित
प्रज्ज्वल छेत्री
कालेबुङ, १९ मई|
कालेबुङ शरहबाट दैनिक रुपमा निस्किने फोहोरमैलाको उचित व्यवस्थापन नहुँदा अहिले शहरी क्षेत्रनै प्रदूषित बन्दै गएको छ| यसको मुख्य असर आम मानिसमा पर्न थालेको छ| करीब एक सातादेखि शहर क्षेत्रमा यत्रतत्र फोहोर हुँदासमेत कालेबुङ नरपलिकाले कुनै चासो देखाएको छैन| विशेष गरेर यहॉंको हाटबाजर परिसर, हरिजन रोड, डाकुरबारी, साथै शहरको विभिन्न भागमा फोहोरको डङ्गुर नै हुन थालेको छ| जनसाधरणदेखि लिएर पर्यटकहरूसम्मले सडक किनारमा थुप्रिएको मैला देखेर नाक खुम्चयाउँदै व्यवस्थालाई गाली गर्न सिवाय अर्को विकल्प देख्न सकेका छैनन्| ‘यहॉं मैला थुप्रिएको झण्डै एकहप्ता भइसक्यो| हामीलाई धेरै समस्या भइसक्यो| उनीहरू शहरको मैला फ्यॉंक्ने ठाउँ छैन भन्छन्| मैला फ्यॉंक्ने ठाउँ नहुनु हाम्रो भूल हो?’-हाटबजारको गेटअघि थुप्रिएको मैलाको छेवैमा रहेका एजना दोकानेले भने| मैला फ्यॉंक्ने ठाउँ नभएपछि विभिन्न स्थानहरूमा कैयौं दिनदेखि मैला थुप्रिँदा शहर अहिले दुर्गन्धले भरिएको छ| ‘झिंका भन्किएर यहॉं बसिनसक्नु भइसक्यो’-गाउँबाट सब्जी लिएर हाटबजारमा बेचिरहेकी एक पसले महिलाले भनिन्| ‘मैलाले गर्दा ग्राहकहरूले बाटो फेरिसके| यो हप्ता त हाम्रो समानहरू बिक्री नभएर चौपट भयो’-हाटबजारकै अर्का दोकानेले भने| ‘झिंगाहरू भन्केकोले यो मासु किन्नु हुँदैन रोग लाग्छ भन्छन् मानिसहरू’-मैलाकै थुप्रोअघि कुखाराको मासु बेच्दै आइरहेका अर्का पसलेले भने| एकजना जनस्वाथ्य अधिकारीअनुसार, गर्मी समयको शुरुआतसँगै शहरकोे फोहोरले मानिसहरूमा विभिन्न खालका सरुवा रोग सर्न सक्ने खतरा बढ्ने गर्छ| अधिकारी भन्छन्-‘गर्मीको तापक्रम वृद्धिसँगै फोहोर सडेर कार्बनडाइअक्साइड तथा कार्बोन मनोअक्साइड ग्यास उत्पन्न भई मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ|’ ‘चॉंडै नै हामी शहरमा थुप्रिएको मैला उठाइसक्छौं| आज नै तीनगाडी मैला उठाइनेछ’-प्रतिक्रिया लिन चाहँदा नगरपालिकाका उपाध्यक्ष गङ्गामाया गुरुङले भनिन्| आकाशको पानीले केही कल्भर्टहरू पुरिएको कारण ठूलो पाइपहरू लगाउने व्यस्तताको कारण मैला उठाउन नसकेको उनको भनाइ छ| वर्षौंदेखिको कहिले सामाधन नहुने समस्याको रुपमा रहेको मैला व्यवस्थापनलाई लिएर कालेबुङ नगरपालिका, राजनैतिक दल, सङ्घ-संस्थाहरूले टाउको नदुखाएका भने होइनन्| मैला व्यवस्थापनलाई लिएर कैयौंचोटी बैठक बसेपनि मैला व्यवस्थापन भने ज्यूँको त्यूँ छ| भालुखोपस्थित नगरपालिकाको पुरानो डम्पिङ ग्राउण्ड जनविरोधको कारण बन्द भएपछि नयॉं डम्पिङ ग्राउण्डको खोजी भयो| यहॉंको दलमानगाउँस्थित नयॉं डम्पिङ ग्राउण्ड बनिने भनेपनि डम्पिङ ग्राउण्डको काम पूर्ण नभइ प्राकृतिक प्रकोप र जनविरोधको कारण यो योजना पनि थॉंतीमै रह्यो| शहरबाट प्रतिदिन निस्किने मैला नगरपालिकाले टिस्टा नदी अनि २७ माइलछेउ फ्याक्न शुरु गरेको थियो| जनविरोधको कारण त्यो कार्य बन्द भएपछि अहिले आएर नगरपालिका अपठ्यारो स्थितिमा परेको छ| मैला व्यवस्थापनलाई सामाधान गर्नहेतु नवगठित नगरपालिकाले विदेशबाट मसिनसम्म ल्याउने योजना बनायो तर यो योजना पनि कागज र फाइलमै सिमित रह्यो| अहिले शहरमा थुप्रिएको मैलाको कारण मानिसहरूको समस्या धेरै छ| कालेबुङ मैलाको समस्या जटिल छ जुन कुरासित जनता पनि अवगत छन्| नगरपालिका अध्यक्ष एलबी परियारअनुसार, भालुखोपस्थित नेवार गाउँमा भर्खरै सॉंडे छ ऐकर जमिन नगरपालिकाले किनेको छ| त्यहॉंसम्म जाने सडक बनाइसकेको छ| चॉंडै त्यँहा मैला फ्यॉंक्न प्रतिश्रुती दिएको पनि करीब दुइ महिना बितिसकेको पनि फोहोरमैला व्यवस्तापनको स्थायी सामाधान भने हुन सकेको छैन|
Related Posts:
SNT started the bus service between Rangpo to NamchiSANJAY AGARWAL-RANGPO-3RD MARCH12]Deciding to connect to south Sikkim and east Sikkim nationalised transport has started the bus service between Rangpo –namchi route.acccording to the news SNT commonly known as rai… Read More
More recruits for GLP - Rivals see diversion tactics in Morcha’s wary moveVIVEK CHHETRIDarjeeling, March 4: The Gorkha Janmukti Morcha has renewed a recruitment drive for the Gorkhaland Personnel, a move that has drawn flak from political opponents who said Bimal Gurung’s party was scared that disi… Read More
Saftey measures programms of Lanco SANJAY AGARWAL-RANGPO-5TH MARCH12Lanco celebrated safety week commencing from 27th February to 4th march 2012 at their project area between different types of programme of safety measures. The programme was specially organis… Read More
After the formation of Sikkim democratic front the image of west Pandam is totally changed and is in the developing area.SANJAY AGARWAL-RANGPO-3RD MARCH12After the formation of Sikkim democratic front the image of west Pandam is totally changed and is in the developing area. from heritage tourism to pilgrimage tourism, industrial unites to hist… Read More
Rangpo bridge found damaged due to illegal parking of vehicals SANJAY AGAARWAL-RAANGPO-5TH MARCH12After the rangchang bridges incident every concerned department is busy in visiting and checking the state and national highway bridges and border road organisation is also serious over the… Read More
0 comments:
Post a Comment