18 May 2013
छापामा आएको खबर असत्य-हिल तृणमूल
कालेबुङ, १७ मई|
बङ्गालका मुख्यमन्त्री ममता व्यानर्जीलाई भेट्न नपाउँदा हिल तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरू निराश बनेका छन् भनेर कतिपय मिडियाले गलत प्रचार गरेको आरोप हिल तृणमूल महिला सङ्गठनका प्रमुख ननिता गौतमले लगाएकी छन्| आज एक पत्रकार सम्मेलन डाकेर छापामा आएको खबर असत्य रहेको बताएकी छन्| ‘मुख्यमन्त्रीको पहाड आगमनले हामीलाई ठूलो बल मिलेको छ| उनीसितको भेटले दलप्रति कार्यकर्ताहरूको मनोबल अनि विश्वास अझ बढेको छ| तर पहाडमा हिल तृणमूललाई फस्टाउन नदिने, बाधा पुर्याउने जस्ता षड्यन्त्र हुँदैछ| मिडियाको गलत प्रचारको कारण सङ्गठनप्रति आम मानिसमा गलत सन्देश गइरहेको छ’-गौतमले भनिन्| उनीअनुसार, मुख्यमन्त्रीको पहाड भ्रमण पार्टीगत् नहुँदा हुँदै पनि पहाडका नेतृत्वहरूसित मुख्यमन्त्रीले भेट गरेकी छन्| प्रथम दिनमा रोहिनीमा हिल तृणमूलका कार्यकर्ताहरूले प्रवेशद्वारमा नै ममतालाई भव्य स्वगात जनाएका थिए| यो कुरा छापामा आएन| उनले अझ भनेअनुसार, दलका कार्यकर्ताहरूले स्वागत जनाउँदा मुख्यमन्त्री धेरै खुशी देखिन्थे अनि स्वयं ननिता गौतमसित भेटेर छोटे समयमा उनले धेरै कुरा गरीराखेकी छन्| जुन कुरा सबै भन्न नमिल्ने पनि उनले बताइन्| यसरी नै दोस्रो दिनमा मिरिकमा दलका महासचिव मकुल रोय अनि मन्त्री गौतम देवसित साङ्गठनिक गतिविधिहरूमाथि कुराकानी भएको उनले बताइन्| अन्तिम दिनमा पनि मुख्यमन्त्रीकै बोलाहटमा उनीहरूले दार्जीलिङमा छुट्टै बैठक गरेका थिए| यसदिन हिल तृणमूलले दशवटा विषयहरूमा ज्ञापन चडाएको छ| पहाडमा हुने हरेक विकास कार्यमा पारदर्शीता हुनुपर्ने, शान्ति र विकास,, वेरोगार समस्या, त्रिस्तरीय पञच्यात चुनाउ साथै सामाजिक सरोकारका मुद्दाहरू हिल तृणमूलले राखेको गौतमले बताइन्| मुख्यमन्त्रसितको यसदिनको भेटमा पहाडमा अनुशासित ढङ्गमा सङ्गठन विस्तार गर्ने साथै पहाडको तीनवटै महकुमामा दलको कार्यालय स्थापना गर्ने निर्देश छ| तर यति हुँदैहुँदै पनि कतिपय नेपाली दैनिकमा खबर राम्ररी छानबीन नगरी नै छापामा ल्याएकोले शुभचिन्तकहरूमा गतल सन्देश गएको आरोप गौतमले लगाइन्| ‘मोर्चाबाट हिल तृणमूलमा गएको एकजना कार्यकर्ताले दिएको खबर भनेर उक्त समाचारको आधार बनाइएको छ| तर सम्बन्धित पक्षका शीर्ष नेतृत्वलाई नसोधी मनगढ्नत्ते खबर छापिनु सही होइन| कुन कार्यकर्ताले झुटो खबर दियो भनेर हामी पनि छानबीन गर्दैछौं सम्बन्धित पत्रिकाले पनि नाम उजागर गर्नुपर्छ’-उनले भनिन्| गौतमको आशयअनुसार, मोर्चा अनि राज्य सरकारबीच पुनः सम्बन्धमा सुधार आएकोले पहाडका तृणमूल कार्यकर्ताहरू अलपत्रमा पर्नसक्ने अड्कलबाजीहरूलाई मुख्यमन्त्रीसितको भेटले गतल साबित गरेको छ| किनभने, सङ्गठन विस्तारलाई लिएर मुख्यमन्त्री गम्भिर छन्| यसैले केही महिनाभित्र नै मुख्यमन्त्री फेरि पहाड आउने अनि साङ्गठनिक गतिविधिहरूलाई केन्द्र गर्दै पहाडको कुनै स्थानमा सङ्गोष्टिको आयोजना गरिने भएको छ|
Related Posts:
GTA chief executive outlines dev plans for hills Darjeeling 9 Jan 2014 Gorkha Janmukti Morcha president and Gorkhaland Territorial Administration chief executive Bimal Gurung today outlined development plans for the hills that included new townships. He ad… Read More
Bolt from blue: Malda DM Jayaraman laughs at Kumar remark Malda, Dec. 2: Malda district magistrate G. Kiran Kumar today said his arrest on Saturday in connection with the alleged funds misuse in the Siliguri Jalpaiguri Development Authority was like a “bolt from the blue”. “I … Read More
Hill TMC wants son-of-soil as party’s LS candidate KALIMPONG 12 Jan 2014 Even if the name of TMC’s LS candidate from Darjeeling constituency has not yet been disclosed the hill leaders of the party are now speaking up that the candidate must be someone who is a… Read More
Gurung to take GTA Chief Executive office on Dec 26 Kolkata 20 Dec 2013 The Janmukti Morcha chief Bimal Gurung, is set to take office as the chief executive of Gorkha Territorial Administration following his meeting with Chief Minister Mamta Banerjee in Kolkata … Read More
चरित्र समालोचना अङ्कको लोकार्पण, सर्जकहरू अति प्रशंसादेखि जोगिनुपर्छ – डा. कविता लामा कालेबुङ – समालोचना लेख्न लरतरो कुरो होइन यसका लागि अध्ययनको आवश्यकता पर्दछ। तर आजभोलि प्रशंसा गरेर लेख्ने काम नै समालोचनाको नाममा धेर भइरहेको छ जो स्वस्थ समाजको लागि हानिकारक हो अनि लेखक वा सर्जकहरू पनि समालोचकहरूले गरे… Read More
0 comments:
Post a Comment