12 May 2013
Home »
News
» कोक्राझार, बक्सा र चिराङका गोर्खा फेरि अत्याचारको शिकार लाखौं रुपियॉंको मागः नदिए मार्ने धम्की
कोक्राझार, बक्सा र चिराङका गोर्खा फेरि अत्याचारको शिकार लाखौं रुपियॉंको मागः नदिए मार्ने धम्की
कालेबुङ, 11 मई।
बोडो उग्रवादी सङ्गठन एनडीएफबी (नेश्नल डेमोक्रेटिक फ्रन्ट अफ बोडोल्याण्ड) ले असमको तीन जिल्ला कोक्राझार, बक्सा र चिराङका गोर्खाबहुल गाउँहरूमा आतङ्क मच्चाउन शुरु गरेको छ। कोक्राझारको सूत्रले समय दैनिकलाई बताए अनुसार एनडीएफबीका जवानहरूले फोन गरेर गोर्खा बाहुल गाउँका हरेकलाई लाखौं रुपियॉं मागेको छ। एकएक गाउँलाई लक्ष्य बनाएर हरेक गाउँको जनघन्त्व हेर्दै एनडीएफबीले रुपियॉं दाबी गरिरहेको छ। सूत्रले भने, गाउँको जनसंख्या हेर्दै कम्ति गोर्खा रहेको गाउँलाई 10 लाख देखि घनत्व धेर भएको गाउँलाई 20 लाखसम्म रुपियॉं मागिरहेको छ। उग्रवादी संस्थाका सदस्यहरू गाउँ छिरेर हाक्काहाक्की पनि रुपियॉंको दाबी गरिरहेको छ। उनीहरूद्वारा तोकिएको समयमा पैसा नदिए मार्ने धम्की दिइएको छ। यसप्रकारको धम्कीको कारण गोर्खाहरू असममा आतङि्कत बनेका छन्। उनीहरूको सुरक्षाको निम्ति न त प्रशासनिक पदक्षेप नै सक्रिय पारिएको छ न त कुनै गोर्खाहरूको संस्था नै बोलिरहेको छ।
कोक्राझारका एक व्यक्तिले नाम सार्वजनिक नगरिदिने शर्तमा बताए, गोर्खाहरू यहॉं जोखिममा रहेकोले खुल्लमखुल्ला विरोध गर्न सकिएको छैन। कसैले यसको विरोध गरेको पाइएमा ज्यान लिने धम्की दिइएको छ। मलाई नै फोन गर्दै गाउँबाट 15 लाख रुपियॉं बुझाउने निर्देश गरिएको छ। बोडोल्याण्डको दाबी गर्दै आइरहेको एनडीएफबी एक जङ्गी सङ्गठन रहेकोे छ। उनीहरु सशस्त्रसम्पन्न छन्।
सूत्रले बताए अनुसार बोडोल्याण्डलाई स्वायत्तरुपमा पाउनको निम्ति यहॉंका अल्पसंख्यकहरूमाझ विभिन्न आतङ्क मच्चाउने कार्य धेरैवर्ष अघिदेखि चलिरहेको छ। चिराङका एक युवकले भने, म 25 वर्ष पुगेँ तर बुद्धि आएदेखि अझसम्म यस्तो यातना चरणचरणरुपले नजिकबाट अनुभव गर्दै आइरहेको छु। गतवर्ष यो सङ्गठनले यहॉंका अल्पसंख्यक मुश्लिमहरूसित पनि यस्तै धम्की दिएपछि जातीय दङ्गा मच्चिएको थियो। असममा 25 प्रतिशत गोर्खाहरूबीच जुन संत्रास फैलाइएको छ, यसको केन्द्रमा गोर्खाहरूलाई निर्वासित गर्ने षडयन्त्र लुकेको युवकले बताएका छन्।
अहिले 5 देखि 20 लाख रुपियॉंसम्मको दाबी गरेर यो सङ्गठनले यहॉंका भुमिपुत्र गोर्खाहरूबीच आतङ्क मच्चाएको छ। युवकले भने, जनबल, धनबल, प्रशासनिक सहयोग, सशस्त्रबल नरहेकोले ती बहुसंख्यकले हामीमाथि अत्याचार गरिरहेका छन्। विभिन्न प्रकारका यातना, धम्की, हानी गरेर उनीहरू यहॉंबाट गोर्खाहरूलाई उच्छेद गर्न चहान्छन्।
धेरैवर्षदेखि यस्तो चरम यातना गोर्खाहरूले खप्दै आइरहेका छन्। यस्तै अत्यचारको कारण जो जो भुमिपुत्र गोर्खा होइनन् उनीहरूले असम छोडिसकेका छन्। जो भुमिपुत्र त हुन् तर सम्पन्न छन्, उनीहरू पनि शान्ति खोज्दै अन्यत्र राज्यतिर सरुवा भइसकेका छन्। नेपालबाट आएर बसेका नेपालीहरू नेपाल नै गएका छन्। तर जो यहीँका भूमिपुत्र हुन् उनीहरू कहॉं जाउन्? जसको पितापुर्खा यही बिते। राज्य र देश निर्माणमा योगदान गरे। सबै गोर्खा धनी छैनन्। जो जो केही सम्पन्न छन्, उनीहरूको आर्थिकस्तर दिनोदिन ह्रास भइरहेको छ। आर्थिकरुपले सम्पन्न हुनको निम्ति कुनै काम गर्न सकिएको छैन। जसले गर्न गर्न खोजिरहेका छन्, उनीहरूमाथि लुटेराहरू लागेका छन्। एनडीएफबीले अहिले जुन रुपियॉंको दाबी गरिरहेको छ, त्यो पुरा गर्न यी जिल्लाका गोर्खाहरू सक्षम छैनन्। के उसो भए हामी उनीहरूद्वारा मारिनुपर्ने हो त? तिनी अनुसार गोर्खाहरूमा साङ्गाठिनक एकता नरहेकोले नै यस प्रकारको अत्याचार बढिरहेको छ। कसैले पनि यो सङ्गठनको विरोधमा सोझै संघर्ष गर्न सकिरहेका छैनन्। गोर्खा जनबाहुल शोनितपुर लगायत अन्य क्षेत्रका गोर्खाहरूले प्रतिरोध गर्न सकिरहेका छैनन्।
प्रशासनिक सहयोगको खॉंचो उस्तै रहेको छ भने ज्यानमालको हानी हुने डरले कसैले पनि यस दवाबबारे मुख समेत खोल्न सकिरहेका छैनन्। सुरक्षाको निम्ति पलायन बढेकोले असममा दिनोदिन गोर्खाहरू घट्दै गइरहेका छन्। गोर्खाहरूमाथि हुने कुटपिट, लुट र हत्या सामान्य बन्दै गइरहेको छ। सशस्त्र शक्तइघि प्रशासन निरिह छ। गोर्खाहरूलाई उच्छेद गर्न उनीहरू विस्तारै विभिन्न माध्यमहरु अप्नाइरहेका छन्। पहिले चिट्ठीद्वारा रुपियॉं दाबी गरिन्थ्यो। बॉंच्नको निम्ति रुपियॉं सम्झौता गरेर दिए पनि छ-छ महिना गर्दागर्दै अहिले तीनतीन महिननामा नै फेरि रुपियॉं दाबी गरिन थालिएको छ। गतवर्ष शोनितपुर जिल्लाको एक गोर्खाबाहुल गाउँमा उग्रवादीहरूले जताभावी गोली चलाएको थियो। त्यसबेला 12 जना गोर्खाहरूले ज्यान गुमाएका थिए। यसको सामान्य विरोध मात्र हुन सक्यो। ती युवकले भने, यहॉंका आदिवासीहरूमाथि सानो कुनै घटना भयो भने डल्लै झारखण्ड सरकारले हस्तक्षेप गर्छ। तर गोर्खाहरूमाथि भएको यस्तो अच्याचारको विरुद्ध कोही पनि बोल्दैनन्।
1 करोडभन्दा धेर गोर्खाहरू छौं भनिन्छ तर एकठाउँको गोर्खालाई परेको दुःखमा अर्को ठाउँको गोर्खा काम नै लागेको छैन। तिनले गतवर्ष उदलगुडी पुगेका जीटीएप्रमुख विमल गुरूङलाई पनि यस सम्बन्धमा अवगत गराइएको बताउँदै भने, विमल गुरूङलाई यसबारे सम्पूर्णरुपले जानकारी छ। तर तिनको पहुँच नै नरहेर हो वा चासो नदिएर हो, तिनले यस सम्बन्धमा कुनै पनि आवाज उठाएनन्।
भारतीय गोर्खा परिषद्लाई पनि यसबारे जानकारी छ। दार्जीलिङका धिकांश नेताहरूलाई यसबारे जानकारी छ तर कसैले पनि बोलिदिएका छैनन्। राष्ट्रियस्तरमा यसबारे बहस उठाइदिएमा हाम्रो सुरक्षाको निम्ति पहल हुनसक्थ्यो भन्ने हामीलाई लागेको छ। कहीँ कतैबाट पनि विरोध वा प्रतिवाद नरहेकोले उग्रवादीहरू गोर्खाहरूलाई अत्याचार गर्न झन हौसिएका छन्।
तिनले मनिपुरमा पनि गोर्खाहरूले यसै प्रकारका यातना पाइरहेको पनि बताए। तिनी अनुसार असुरक्षाको कारण असमका गोर्खाहरू बोल्न सक्ने स्थितिमा छैनन्। यस्तोमा असम बाहिरका गोर्खाहरू अनि गोर्खाहरूका राजनैतिक शक्तिले यसबारे बोलिदिउन् भन्ने उनीहरू चहान्छन्। केही हप्तादेखि माग्न थालिएको रुपियॉं नदिए हत्या गर्ने भनिएकोले असमका पीडित गोर्खाहरू असुरक्षित रहेको कुरा उनीहरू अहिले सोसल नेटवर्कहरूद्वारा बताइरहेका छन्। उनीहरूले त्यहॉंका स्थितिबारे उल्लेख गर्दै बारम्बार सहयोगको अपील पनि गरिरहेका छन्।
Related Posts:
SC stay on Sikkim tax dues -Old settler petition says 1961 Act discriminatoryNew Delhi, Feb. 12: The Supreme Court yesterday stayed the recovery of income tax dues from “old settlers of Indian origin” in Sikkim and sought the Union government’s response to a petition that challenged the collection of … Read More
मदन तामाङ हत्याकाण्डका भुमिगत आरोपीहरु पक्राउ कालेबुङ, १५ फरवरी मदन तामङ्ग हत्याकाण्डमा अभियाग लागेर लामो समयदेखि भूमिगत रहेका पॉंचजनालाई सीबीआईले आज दार्जीलिङबाट पक्राउ गरेको छ| मोर्चाको विभिन्न भातृ सङ्गठनहरूसँग सम्बद्ध रहेका कार्यकर्ताहरू पूरण थामी, किस्मत छेत्री, दि… Read More
Cong charge Siliguri, Feb. 12: The Darjeeling district Congress president, Shankar Malakar, has come under flak from a section of leaders for making appointments in the party allegedly in violation of rules. Two district general secreta… Read More
बहसमा सयुक्त समिति गठन गर्ने आमसहमती , समितिले कम्पनीको कार्यप्रणालीमाथि छानबिन गर्नेकालेबुङ, १५ फरवरी पहाडमा सञ्चालन भइरहेको चिटङ्गण्ड कम्पनी अनि मल्टिलेवल मार्केटिङ कम्पनीहरूको स्थायित्व, वैद्यता, जवाफदेहीता र कार्यप्रणालीलाई लिएर आज कालेबुङमा गत्तिलो वहस छेडियो| हिमालय पिपस्स च्यानल(एचपीसी) को आयोजनामा समस… Read More
Appeal for calm, firmness on visits - Deb says ministers would go to hills despite protestsSukna (Siliguri), Feb. 12: North Bengal development minister Gautam Deb today appealed for calm in the hills after his return from Kalimpong where he faced black flags but he also said that state ministers would keep visiting… Read More
0 comments:
Post a Comment