12 May 2013
मोर्चा कालेबुङ शाखाको सभा सम्पन्न
कालेबुङ 11 मई।
गोर्खा जनमुक्ति नारी मोर्चा कालेबुङ महकुमा समितिको साङ्गठनिक सभा आज यहॉंको रामकृष्ण रङ्गमञ्चमा सम्पन्न भयो। सभा नारी मोर्चा महकुमा समिति एवं शाखा-प्रशाखाका प्रतिनिधिलाई लिएर आयोजना गरिएको थियो। सङ्गठनको कार्यनीति प्रतिनिधिहरूसमक्ष राख्नु अनि सङ्गठनलाई अझ सशक्त बनाउनु सभाको उद्देश्य रहेको थियो। अवकाशप्राप्त ले.कर्णल शान्ता छेत्री मुख्य अतिथिको रूपमा उपस्थित रहेको कार्यक्रमलाई नारी मोर्चा सचिव बन्दना योञ्जन, काजिम छिरिङ भोटिया, सामुयल गुरूङ, नोर्देन लामा, कुमार चामलिङ आदिले सम्बोधन गरेका थिए। नारी मोर्चाका कलावती आचार्यले स्वागत भाषण राखेको कार्यक्रममा नारी मोर्चा नेत्री तारा लोहार लेप्चा लगायत नगर पार्षदहरू पनि उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथिको रुपमा शान्ति छेत्रीले भनिन्, छुट्टै राज्यको निम्ति नारीहरूको भूमिका महत्वपूर्ण छ। छुट्टै राज्य गोर्खाल्याण्डको सङ्घर्षमा नारीहरूले अग्र पङ्क्तिमा रहेर गर्नु जरुरी छ। भावी दिनमा पनि गोर्खाल्याण्डको आन्दोलनको निम्ति सधैं तयार रहनुपर्छ। साङ्गठनिक गतिविधि एवं कुनै पनि सिफारिसको निम्ति नियमित रुपमा शाखा-प्रशाखाकै माध्यममबाट अघि बध्नुपर्ने भन्दै सौझै अध्यक्षलाई भेट्नु सङ्गठनको निमयबाहिर रहेको पनि उनले जनाइन्। यसरी नै, सभासद् काजिम छिरिङ भोटियाले पनि नारी एकतामाथि नै जोड दिएकी थिइन्। सभासदको हैसियतले नारीहरूको हरेक दुःखमा साथै दिने नारीहरूको समस्या आफ्नै समस्या सम्झेर काम गर्ने उनले बचन वद्धता जाहेर गरिन्। यसरी नै सभासद गुरूङले अझपनि गाउँहरूतिरत नारीहरूले आफूलाई आन्दोलनकारी नै बताउने भन्दै उनीहरूको सपना साकार पार्नुपर्ने बताए। उनीरूको सपना र विश्वासलाई सपना र विश्वासलाई तोड्नुनहुने विचिर उनले पोखे। छुट्टै राज्यको मागलाई मोर्चाले त्यागेको छैन भन्दै उनले राजनैतिक फाइदाको निम्ति मात्र विपक्षी दलहरूले मोर्चाको नीतिको आलोचना गरिरहेको पनि आरोप लगाए। सुबास घिसिङले कुनै पनि शक्तिले छुट्टै राज्य दिन नसक्ने भनेर दाबी गरेको बताउँदै उनले घिसिङ आफैले जन्माएको बच्चा खाने सॉंप जस्तै रहेको बताए। उनले भने -जसरी सॉंपले आफ्नै बच्चा खान्छ त्यसरी नै घिसिङले पनि आफैले जन्माएको अलग राज्य गोर्खाल्याण्ड खाएको छ। एकचाटी दागोपपामा हस्ताक्षर गरेर खाए अर्को चोटी छैटौ अनुसूची भिक्ष्याउन खोजेर खान खोज्यो । गुरूङले सुवास घिसिङ सरकारको प्रवक्ताको रूपमा काम गरिरहेको आरोप पनि लगाए।
Related Posts:
शहरमा मोर्चाको जुलूश , आन्दोलनको गति अझ तेज कालेबुङ 6 अगस्त। गोजमुमोले एकातिर आफ्ना कार्यकर्ता र समर्थकहरूलाई सडकमा उतारेर आन्दोलनको गति अझ तेज बनाउने कोसिस गरिरहेको छ भने अर्कोतिर, राज्य सरकारले पनि मोर्चा नेता र कार्यकर्ताहरूको धमाधम पक्राउ गरी यस दलक… Read More
Gurung call to rivals for joint fight Kalimpong, Aug. 5: Gorkha Janmukti Morcha president Bimal Gurung today asked hill rivals ABGL and CPRM to jointly fight with his party for Gorkhaland and warned that “anything can happen” once Morcha supporters take t… Read More
"जीटीए गो ब्याक" मोर्चाको ग्रामीण समर्थकहरुको नारा, तकलिङमा जुलूश र पदयात्रा कालेबुङ 7 अगष्ट तकलिङ-पेशोक 12 नम्बर स्मष्टी अर्न्तगत पर्ने तकलिङ 1 ग्राम-पञ्चायतमा पनि आज क्षेत्रका मोर्चा कार्यकर्ताहरुले छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा जुलूश निकालेर पदसभाको आयोजना गरेका थिए। तकलिङमा सम्पन्न भएको… Read More
Mamata plots poll trap for Gurung Calcutta, Aug. 5: The Bengal government is considering elevating one of the members it nominated to the GTA Sabha — the administrative authority in the hills — to the post of chief executive, vacated by Gorkha Janmukt… Read More
GLP 13 held for arson attacks Morcha wing trickle to regroup in Darjeeling VIVEK CHHETRI Darjeeling, Aug. 5: Thirteen members of the Gorkhaland Personnel, a youth wing of the Gorkha Janmukti Morcha said to be regrouping here, were arrested last night for arson attacks on state government pro… Read More
0 comments:
Post a Comment