Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

17 Jun 2013

Cong drought in tea belt

June 16: The Congress has not fielded candidates in more than 1,000 seats in the two lower tiers of the panchayat in Jalpaiguri district, raising doubts whether its support base has dwindled. The Congress said it had left vacant 1,052 seats — 931 in panchayats and 121 in panchayat samitis — for the convenience of entering into an alliance with regional parties. But political observers said the emergence of regional parties and the growth of Trinamul, especially in the Dooars, had weakened the Congress. The final lists of candidates published by the district administration on Friday show that the Congress is contesting in 1,415 of 2,346 seats in gram panchayats and 301 of 422 seats spread across all 13 panchayat samitis. “The data point to the Congress’s downfall in Jalpaiguri district, especially in the tea belt where the party has fielded less candidates. This is largely because the Congress’s trade union, Intuc, has grown weaker in tea gardens. The trade union base of the Left Front constituents has also eroded, but they could find adequate candidates for gram panchayat and panchayat samiti seats,” said an observer. In the Dooars, the panchayat elections are largely fought on the basis of the strength of tea garden unions. Since the last panchayat election in 2008, the PTWU, the union backed by the Akhil Bharatiya Adivasi Vikas Parishad, and John Barla’s splinter tribal group that has joined the JMM have made inroads. The Parishad came into prominence because of the Gorkhaland movement, which it vociferously continues to oppose. Trinamul, which does not have union presence in the Dooars gardens, has of late reported that tribals from other parties were drifting towards it. In 2008, the Congress had won 360 panchayat seats and 54 seats in panchayat samitis. A Congress leader who didn’t want to be named admitted to the party’s dwindling support base in the Dooars. “The trade unions of new outfits like the Akhil Bharatiya Adivasi Vikas Parishad and the Gorkha Janmukti Morcha had eaten into the cadre base of the Intuc in the tea belt. That is why the party couldn’t field enough candidates for the last two tiers of the panchayat system,” said the Congress leader. Officially, the Congress refuted the theory that the party was contesting lesser seats because of loss of strength. “It would be wrong to say our support base has weakened in some parts of the district. As part of our strategy, we have left these seats vacant so that an alliance can be forged with regional organisations even after the nomination process,” said Biswaranjan Sarkar, a former district president of the Congress. But Sarkar couldn’t clarify why the 1,052 seats were left vacant when the Parishad hasn’t fielded candidates in so many seats.

16 Jun 2013

बहुचर्चित तीनकटहरे मामिलाको चॉंडै ट्राइल शुरु हुने

कालेबुङ, 15 जून। बर्ष 2000-को 12 नोभेम्बरमा भएको बहुचर्चित तीनकटहरे मामिलाका आरोपीहरूविरुद्ध आज कालेबुङ अदालतमा चार्ज फ्रेम हुने तय भएपनि सरकारी वकिल(एपीपी)-को नियुक्ति हुन नसकेको कारण आज यो प्रक्रिया पूरा हुन सकेन। आज यहॉंको अतिरिक्त जिला सत्र न्यायलयले एपीपीको चाडोे नियुक्ति गर्न जिल्लापाललाई आदेश जारी गरेको छ। यसैले तीनकटहरे मामिला काण्डको ट्रायल अब चाडैै शुरु हुने तय छ। यहॉंको अतिरिक्त जिला सत्र न्यायलयले आज यस मामिलाको निम्ति एपीपीको शीध्र नियुक्ति गर्न जिल्लापाललाई आदेश जारी गरेकोले मामिलाको ट्राइल चॉंडै शुरु हुने सम्भावना बढेको हो। यस मामिलाको अघिल्लो सुनवाइ 10 जुलाईको दिन हुने भएको छ। आज भएको सुनवाइको प्रक्रियालाई केन्द्र गरी यस मामिलाका आरोपीहरु छत्रे सुब्बा, पूर्व गोरामुमो विधायक एनटी मोक्तान, पूर्व गोजमुमो नेता अमर लामा, नोर्देन लामा, बिजय छेत्री लगायतका तेह्रजनाले आज न्यायलयमा उपस्थिति दिए। स्मरण गराइन्छ, 2000 सालको 12 नोभेम्बरमा भएको बहुचर्चित तीनकटहरेे काण्डमा छत्रे सुब्बालाई मुख्य आरोपी बनाएको छ भने यस मामिलामा कूल 19 जनामाथि आरोप लागेको छ। तीमध्ये 13 जना आरोपीहरूले यस मामिलाको सुनवाइमा नियमितरुपले उपस्थिति दिइरहेको भएपनि रहल 6 जना शुरुदेखि नै लापता रहेका छन। यी 6 जना आरोपीहरूलाई कोर्टले भगौडे घोषित गरेको छ। यस मामिलाका आरोपीहरुबिरुद्ध भारतीय दण्डसंहिताको धारा 120/121/121ए/122/123/124ए/302/306/307 अन्तर्गत सत्ताबिरोधी गतिविधि, हत्या, हत्याको प्रयास, आपराधिक षडयञ्त्रजस्ता गम्भीर मुद्दा दर्ता गरिएको छ। थप जानकारी गराइन्छ, जीएलओ प्रमुख छत्रे सुब्बाले नागा जङ्गीहरुको सहयोगमा पहाडका युवकहरुलाई सामसिङनजिक तीनकटहरेको जङ्गलमा सशस्त्र क्रान्तिको निम्ति प्रशिक्षित गराएको आरोप लागेको थियो। 11 नोभेम्बर 2000 सालमा कालेबुङ अनि जलपाइगुडी पुलिसले संयुक्त रुपले घटनास्थलको निरीक्षण गर्दा पुलिस बल र कथित जीएलओ जङ्गीहरुबीच मुठभेड पनि भएको थियो। यस मुठभेडमा पुलिसका एकजना होमगार्ड लालबहादुर राईको मृत्यु भएको थियो भने एकजना जीएलओ जङ्गी घाइते भएका थिए।

प्रसङ्गः सैन्य सेवाबाट गोर्खाहरू बञ्चित प्रवीणलाई भाया राज्य आउने केन्द्रको सुझाउ

कालेबुङ, 15 जून। केन्द्रिय अर्धसैनिक बल साथै अन्य सैन्य सेवामा भारतीय गोर्खाहरूले पाउँदै गरेको विशेष छुट हटाइनु नहुने मागमा गरेको पत्रचारको जवाब केन्द्रिय गृह मन्त्रालयबाट पिपल्स्‌ फोरमका महासचिव प्रवीण गुरुङलाई प्राप्त भएको छ। गुरुङको पत्रचारको जबाव दिँदै भारत सरकारको गृह मन्त्रालयले उपरोक्त मागमा उनलाई राज्य सरकार भएर नै केन्द्रसम्म आउनुपर्ने सुझाउ राखेको छ। गृह मन्त्रालयका केन्द्रिय सचिव आरपी सातिद्वारा हस्ताक्षरित 6 जूनमा जारी गरिएको उक्त पत्र गुरुङले प्राप्त गरेको आज पुष्टि गरेका छन्‌। स्मरण गराइन्छ, केन्द्रिय अर्धसैनिक बल लगायत अन्य सैन्य सेवामा यसवर्षदेखि गोर्खा युवा-युवतीहरू वञ्चित हुनुपरेको आरोप उनको थियो। भारत सरकारद्वारा गोर्खाहरूलाई सैन्य सेवामा उमेर, उचाइ, छातीको नाप जस्ता कुराहरूमा विशेष छुट दिने गरेको थियो। तर 2013 को स्टाफ सेलेक्सन कमिशनद्वारा जारी अधिसूचनामा गोर्खा शब्द हटाएर जीटीए क्षेत्र भनी उल्लेख गरेको आरोप उनको थियो। यस्तो गरिँदा जीटीए क्षेत्रबाहिरका गोर्खाहरू सैन्य सेवामा पाउने सहुलितबाट वञ्चित हुने उनको भनाइ थियो। जीटीए सम्झौताको 58 औं बुँदामा जीटीए क्षेत्रका युवाहरूलाई अर्धसैनिक बलको नियुक्तिमा विशेष छुट दिने कुरा उल्लेख भएको नै यसै बुँदालाई सरकारले आधार बनाएको उनको भनाइ थियो। फलस्वरुप यसमा चॉंडो पहल गर्नुपर्ने माग गर्दै उनले गत 22 अप्रेलको दिन केन्द्रिय गहमन्त्रालयमा पत्रचार गरेका थिए। यसको प्रत्युत्तरस्वरुप केन्द्रले पठाएको पत्रको जवाबसित उनी सन्तुष्ट छैनन्‌। भारतीय गोर्खाहरूलाई निमिट्यान्न पार्न यो राज्य अनि केन्द्रको षड्यन्त्र हुनसक्ने सम्भावना उनले व्यक्त गरेका छन्‌। भारतीय संविधानको धारा 16 अन्तर्गत गोर्खाहरूलाई सैन्य सेवामा यी छुटहरू दिने गरेको छ। केवल जीटीए क्षेत्रका गोर्खाहरूलाई मात्र अर्धसैनिक बलमा विशेष छुट दिइने कुरामा केन्द्रले नै हस्तक्षेप गर्नमिल्छ। यद्यपि, केन्द्रको सुझाउ मानेर भाया राज्य जान गुरुङ तयार छन्‌। तर वर्षौदेखि भारतीय सविधानको आधारमा गोर्खाहरूलाई दिइने सहुलित अहिले एकास्सी हहटाएकोमा उनको आपत्ती छ। गृह मन्त्रालयको सुझाउअनुसार राज्य सरकार भएर जॉंदा पनि केन्द्रले कुनै पहल नगरे आफूहरूले ठोस्‌ कदम चाल्ने चेताउनी उनले दिएका छन्‌। यस मुद्दामा अन्य राज्यका गोर्खा सङ्घ-सङ्गठन राजनैतिक दल, व्यक्ति विशेषलाई पनि अघि आएर आवाज उठाउने आह्वान गुरुङले गरेका छन्‌।

तृणमूल नेता छेवाङ हमलाकाण्डमा अझ एकको पक्राउ

कालेबुङ, 15 जून। हील तृणमूल कङ्‌ग्रेसका नेता नेता छेवाङ भोटियामाथि कालेबुङमा भएको प्राणघातक हमलाको आरोपमा पुलिसले हिजो राती थप एकजना आरोपीलाई पक्राउ गरेको छ। हिजो राती करीब 7 बजी यहॉंको हरिजन रोडबाट पुलिसले डा. ग्राहम्स होम्स निवासी विनय दियालीलाई पक्राउ गरेको हो। पुलिसले आरोपी दियालीलाई आज न्यायलमा पेश गरेको थियो। उनको पक्षबाट जमानतको निम्ति आवोदन गरिएको भएपनि उनले जमानत पाएनन्‌। उनलाई 7 दिनको न्यायिक हिसारतमा पठाइको छ। स्मरण गराइन्छ, छेवाङ हमलाकाण्डमा अहिलेसम्म जम्मा 8 जना आरोपीहरू पक्रा परिसकेका छन्‌। जसमा पहिलेबाटै पक्रा पर्ने सातजनामध्ये केहीले जमानत पाइसकेको छ भने प्राथमिकीमा नाम हुने युवा मोर्चाका शीर्षर्थ नेतृत्वहरूको खोजी अभियान जारी राखेको पुलिस सूत्रले जनाएको छ।