Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

16 Jun 2013

बहुचर्चित तीनकटहरे मामिलाको चॉंडै ट्राइल शुरु हुने

कालेबुङ, 15 जून। बर्ष 2000-को 12 नोभेम्बरमा भएको बहुचर्चित तीनकटहरे मामिलाका आरोपीहरूविरुद्ध आज कालेबुङ अदालतमा चार्ज फ्रेम हुने तय भएपनि सरकारी वकिल(एपीपी)-को नियुक्ति हुन नसकेको कारण आज यो प्रक्रिया पूरा हुन सकेन। आज यहॉंको अतिरिक्त जिला सत्र न्यायलयले एपीपीको चाडोे नियुक्ति गर्न जिल्लापाललाई आदेश जारी गरेको छ। यसैले तीनकटहरे मामिला काण्डको ट्रायल अब चाडैै शुरु हुने तय छ। यहॉंको अतिरिक्त जिला सत्र न्यायलयले आज यस मामिलाको निम्ति एपीपीको शीध्र नियुक्ति गर्न जिल्लापाललाई आदेश जारी गरेकोले मामिलाको ट्राइल चॉंडै शुरु हुने सम्भावना बढेको हो। यस मामिलाको अघिल्लो सुनवाइ 10 जुलाईको दिन हुने भएको छ। आज भएको सुनवाइको प्रक्रियालाई केन्द्र गरी यस मामिलाका आरोपीहरु छत्रे सुब्बा, पूर्व गोरामुमो विधायक एनटी मोक्तान, पूर्व गोजमुमो नेता अमर लामा, नोर्देन लामा, बिजय छेत्री लगायतका तेह्रजनाले आज न्यायलयमा उपस्थिति दिए। स्मरण गराइन्छ, 2000 सालको 12 नोभेम्बरमा भएको बहुचर्चित तीनकटहरेे काण्डमा छत्रे सुब्बालाई मुख्य आरोपी बनाएको छ भने यस मामिलामा कूल 19 जनामाथि आरोप लागेको छ। तीमध्ये 13 जना आरोपीहरूले यस मामिलाको सुनवाइमा नियमितरुपले उपस्थिति दिइरहेको भएपनि रहल 6 जना शुरुदेखि नै लापता रहेका छन। यी 6 जना आरोपीहरूलाई कोर्टले भगौडे घोषित गरेको छ। यस मामिलाका आरोपीहरुबिरुद्ध भारतीय दण्डसंहिताको धारा 120/121/121ए/122/123/124ए/302/306/307 अन्तर्गत सत्ताबिरोधी गतिविधि, हत्या, हत्याको प्रयास, आपराधिक षडयञ्त्रजस्ता गम्भीर मुद्दा दर्ता गरिएको छ। थप जानकारी गराइन्छ, जीएलओ प्रमुख छत्रे सुब्बाले नागा जङ्गीहरुको सहयोगमा पहाडका युवकहरुलाई सामसिङनजिक तीनकटहरेको जङ्गलमा सशस्त्र क्रान्तिको निम्ति प्रशिक्षित गराएको आरोप लागेको थियो। 11 नोभेम्बर 2000 सालमा कालेबुङ अनि जलपाइगुडी पुलिसले संयुक्त रुपले घटनास्थलको निरीक्षण गर्दा पुलिस बल र कथित जीएलओ जङ्गीहरुबीच मुठभेड पनि भएको थियो। यस मुठभेडमा पुलिसका एकजना होमगार्ड लालबहादुर राईको मृत्यु भएको थियो भने एकजना जीएलओ जङ्गी घाइते भएका थिए।

Related Posts:

  • Govt land reclaim driveSiliguri, May 24: The Darjeeling district administration has launched a drive to retrieve over 2,000 acres of government land encroached on by “land mafia”. The exercise started yesterday and a 17-acre plot worth around Rs 1… Read More
  • Sukna base driver held for ISI linkDarjeeling, May 23: A contractual driver who worked at the army base in Sukna has been arrested for alleged ISI links, but the Darjeeling police chief said he did not seem involved with the people caught days back for suspect… Read More
  • Morcha strike from Sunday - Leader’s arrest for burning subba house May 24: The Gorkha Janmukti Morcha today announced an indefinite strike in the hills from Sunday to protest the arrest of GTA Sabha member Chandra Yonzone, accused of burning down the house of Trinamul leader K.N. Subba last … Read More
  • SJDA engineer held for graftSiliguri, May 23: An engineer with the Siliguri Jalpaiguri Development Authority and an employee of a construction firm were arrested today for their alleged involvement in irregularities in the payments for five projects. P… Read More
  • 17 dead as Maoists target Cong, VC Shukla criticalMay 25: Maoists today ambushed a Congress convoy in Chhattisgarh and killed at least 17 people, including Salwa Judum founder Mahendra Karma, and critically injured former Union minister Vidya Charan Shukla. Some 500 rebels … Read More

0 comments: