22 Jun 2013
डुवर्समा अशान्ति भए मोर्चा जिम्मेवार-हिल तृणमूल
प्रज्ज्वल छेत्री
कालेबुङ, 21 जून।
पञ्चायत चुनाउलाई केन्द्र गरेर मोर्चा अध्यक्ष बिमल गुरुङको डुवर्स प्रवेश भएलगत्तै हिल तृणमूल कङ्ग्रेसले अब डुवर्समा अशान्ति सृष्टि हुनसक्ने लख काटेको छ। ‘मोर्चाले पहाडमा अशान्ति र संत्राश फैलाउने काम गरपछि अब डुवर्समा पनि त्यही बाटोमा हिँड्ने प्रयास गर्नेछ। चुनाउ प्रचारको नाममा अब डूवर्समा पनि अशान्ति सृजना हुनसक्छ’- हिल तृणमूल कङ्ग्रेसको कालेबुङ महकुमा समितिका अध्यक्ष छेवाङ भोटियाले मोर्चा अध्यक्षको डुवर्स प्रवेशलाई केन्द्र गर्दै उपरोक्त मन्तव्य दिएका हुन्। ‘यदि डूवर्समा राजनैतिक हिंसा भए मोर्चा प्रमुख विमल गुरूङ यसको जिम्मेवार हुनेछन्’-चेताउनी दिँदै उनले थपे। डुवर्सको पञ्चायत चुनाउमा मोर्चासँग कुनैै ठोस मुद्दा नभएको दाबी गर्दै हिंसा र संत्रास फैलाउनकै लागि मोर्चा प्रमुख डुवर्स प्रवेश गरेको आरोप उनले लगाएका छन्। उनीअनुसार, विमल गुरूङसँग गाडीका गाडी जीएलपीहरू साथमा हिँड्दैछन्। उनीहरूले चुनाउको छेकमा डुवर्समा अशान्ति सृष्टि गर्नसक्छन्। उनीहरूको कोशीश पनि त्यही हुनेछ। ती युवाहरूसित प्रशस्त हात-हतियारहरू साथमा रहेको आरोप लगाउँदै अब डुवर्समा हत्या र हिंसाको सम्भावना बढेको अनुमान उनले लगाएका छन्। डुवर्समा राजनैतिक हिंसा हुने सम्भावना देखापरेकोले प्रशासनले पनि सतर्कता आप्नाउनुपर्ने सुझाउन उनको छ। उनले अझ भनेअनुसार, पहाडका जनताले मोर्चाको साथ छोडिसकेका छन्। यसैले मोर्चाले जीएलपीलाई लगाएर पाखुराको बलमा राजनीति गर्न खोेजेको आरोप उनको छ। ‘केन्द्र सरकारले चॉंडो जीएलपीको सञ्चालनमाथि प्रतिबन्ध लगाउनुपर्छ। कुनै पनि राष्ट्रिय दलसित समेत फौज हुँदैन। तरपनि मोर्चाले फौजको रुपमा जीएलपीको प्रयोग गर्दैछ‘-उनले भने। मोर्चा नेतृत्वहरूको डुवर्स प्रवेशले त्यहॉं अशान्ती छाउने सम्भावना देखेको हिल तृणमूलले चुनाउ प्रचारअवधी प्रशासनले सर्तकताका थाथ कार्य गर्नुपर्ने आह्वान गरेको छ।
Related Posts:
पहाडको शिक्षा व्यवस्थालाई सुढृढ बनाउन रज्य सरकार गम्भीर – ब्रात्य बशु13मार्च (कालेबुङ):-पश्चिम बंगाल सरकारका शिक्षा मन्त्री ब्रात्य बसुले आज कालेबुङ महाविद्यालयको नयाँ पुस्तकालय भवनको शिलान्यास गरे। यसै अवसरमा कालेबुङका विधायक डा हर्कबहादुर छेत्रीको बाहुलीबाट कालेबुङ महाविद्यालयको नयाँ कार्याल… Read More
Shower and sun-less sky bring back chill People in Siliguri brought out their woollens on Tuesday. Picture by Kundan Yolmo… Read More
भिक्टोरिया पूलको संरक्षणको निम्ति सरकारी तौरमा पहल हुनु पर्ने माग12 मार्च (कालेबुङ):- लामो समयदेखि सरकारी संरक्षण र सम्वर्द्धनबाट बञ्चित रहेको दार्जीलिङको ऐतिहासिक भिक्टोरिया फल्स पूलले आफ्नो शतबार्षिकीको अवसरमा सरकारी निकायको ध्यानाकर्षण गराएको छ। आइतबार स्थानीयहरुले पूल निर्माण गरिएको शत… Read More
Morcha RS seat plea to Mamata - Hill party wants Trinamul’s extra votes, CM silentVIVEK CHHETRI … Read More
Jungle fire incidentRANGPO-11TH MRCH12Jungle fire occurring incident is started in the different part of the state during this dry season.yesturday at 2.12 pm the fire was occurred at chukchi forest in Namthang territorial forest area in south… Read More
0 comments:
Post a Comment