Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

22 Jun 2013

आगलागीमा दुइवटा घर अनि दोकान नष्ट

प्रज्ज्वल छेत्री कालेबुङ 21 जून। स्थानीय थानाडॉंडामा बिहिबार राती 11 बजातिर भएको आगलागीमा दुइवटा घर अनि दुइवटा दोकान पूर्ण रुपले जलेर नष्ट भएको छ भने अन्य दुइवटा दोकान पनि आगोको चपेटमा परेको छ। काठ अनि सिमेन्टद्वारा निर्मित ती दोकान अनि घर लस्करै रहेको हुँदा आगो सल्किँदै गएको बताइएको छ। आगलागीमा अनुमानित तीस लाख रुपिँयाको सम्पत्ति नष्ट भएको छ। हमाल कुमार भुजेलको घर र दुइवटा दोकान पूर्ण रुपले जलेर नष्ट भएको छ। यो घटना राजु राईको घरमा सर्टसर्किट हुँदा भएको हुनसक्ने अनुमान छ। घटनाको राती राजु राई घरमा एक्लै सुतेका थिए। यता, घटनाको सूचना पाएलगत्तै अग्निशमन विभागको तीनवटा दमकल घटनास्थलमा आइपुगेको थियो। अग्निशमन विभागका कर्मी, पुलिस र सर्वसाधारणको सहयोगमा झण्डै एक घण्टाको मेहनतपछि आगोलाई नियञ्त्रणमा लिन सम्भव भएको थियो। यो घटनामा घर र दोकान गरी हमल कुमार भुजेलको मात्र करीब 20 देखि 25 लाख मूल्य बराबरको सम्पत्ती जलेर नष्ट भएको बताइएको छ। उनका परिवारले शरीरको लुगाबाहेक अन्य समाग्रीहरू केही बचाउन नपाएको बताएका छन्‌। भुजेल अनि उनका छोराले छुट्टाछुट्टै चलाउने दुइवटा दोकान र त्यसैसितै संलग्न रहेको घर आगोको चपेटमा परेर खरानी भएको छ। यसरी नै भुजेलका छिमेकी राजु राईको चियापसल र घर पनि पूर्ण रुपले नष्ट भएको छ भने राजु राईको घर र पसलसँग संलग्न रहेको फलव्यापारी सुरेश शाह अनि दुलाल मण्डलको होटललाई आंशिक क्षति पुगेको छ। ‘आगलागी हिजो राती करीब 11 बजी भएको होे। क्षेत्रका मानिसहरूले मेरो घरबाट धुवा र मुस्लो निस्किरहेको देखेर हल्लाखल्ला गर्न थालेपछि मात्र मैले आगो सल्किसकेको थाहॉं पाएँ’-घटनाका पिडीत हमाल कुमार भुजेलले भने। उनीअनुसार, घटनाको समय तिनका परिवारका सबै सदस्यहरू मस्त निद्रामा थिए। मानिसहरूको हल्लाखल्लाले निद्राबाट ब्युँझिएपछि उनलाई घर जलेको दूर्गन्ध अनुभव भयो। उनले आफ्ना परिवारका सदस्यहरूलाई सुरक्षित बाहिर निकाल्न पाउँदा नपाउँदै आगोको लप्टाले सारा घरलाई आफ्नो चपेटमा लिएको थियो। तिनका छोराले चलाउने स्टेशनेरी दोकानमा राखिएका दुइ सेट जेरोक्स मशिन अनि दुइसेट कम्प्युटर र अन्य प्राविधिक सर सामग्रीहरू जलेर नष्ट भएको छ। ब्याङ्‌कबाट ऋण काढेर किनेको चर्को मूल्यको जेरोक्स मशिन जलेर खरानी भएपछि भुजेलका परिवार अहिले गहिरो आर्थिक संकटमा पुगेका छन। ती दुइवटा मशिनकको ऋणको किश्ती रकमसमेत चुक्ता भइनसकेको मणिराज भुजेलले बताएका छन। यता, बस्ने घर पनि आगोले स्वाहा पारेपछि अहिले भुजेलका परिवार आँगनको सानो छाप्रोमा आश्रय लिएर बस्न बाध्य भएका छन। अर्कोतिर, महकुमा कार्यालयका डेप्युटी मेजिष्ट्रेट हिरक रोयले आज बिहान घटनास्थलको निरीक्षण गरी तथ्य संग्रह गरेका छन। तिनले यस आगलागीमा दुइवटा घर अनि दुइवटा दोकान पूर्ण रुपले नष्ट भएको अनि दुइवटा अन्य दोकानलाई पनि आंशिक रुपमा क्षति भएको पुष्टि गरेका छन्‌। अर्कोतिर, क्षेत्रिय सभासद सुनिल प्रधानले पनि आज बिहान घटनास्थलमा पुगेर निरीक्षण गरेका थिए भने पिडीतहरूलाई भेटेर सहानुभूति पनि प्रकट गरेका छन। सभासद प्रधानले जीटीएका उपप्रमुख रमेश आलेमार्फत मुख्य कार्यपाल बिमल गुरुङलाई पनि घटनाबारे सन्देश प्रेषित गरिएको जानकारी गराएका छन्‌। घटनाका पिडीतहरूलाई तत्काल राहतका रुपमा तारपोलिन र चामल उपलब्ध गराइएको छ भने म्याजिस्ट्‌ेरले महकुमा अधिकारीसँग बिमर्श गरेपछि अन्य सहयोगबारे तय गरिने बताएका छन्‌। घटनामा नीजि सम्पती नष्ट भएपनि मानवीय क्षति हुनबाट बॉंचेको छ।

Related Posts:

  • GTA Member Ruchal felicitated by GJKS of RangpoRANGPO-27TH AUGUST 12Gorkha janmukti karmachari sangathan of Rangpo division the cell of gorkha janmukti morcha has organised a special felicitation programme for the elected member of GTA from 31 number Rangpo monsong … Read More
  • सभासदलाई नागरीक अभिनन्दन विजय महोत्सव पालन गर्दै आज 34 नम्बर स्मष्टिका मोर्चा समर्थहरुले सभासद निमा तामङ अनि क्षेत्रका युवामोर्चा नेता विदुर राईलाई नागरीक अभिनन्दन जनाइयो। सभासद निमा तामाङ अनि युवामोर्चा नेता विदुर राई दुवैलाई नागरीक अभिनन्दन जनाउन आ… Read More
  • Villagers’ nod to rail surveyNIRMAL MANGARGangtok, Aug. 27: People of two villages in East Sikkim, through which a 3.5km stretch of the Sevoke-Rangpo railway lines have been planned, today gave their consent for a survey of the area.The construction of t… Read More
  • Kalimpong teacher finds home for destitutes - Om Bahadur starts school for poor kids and offers shelter to 54 of themKalimpong, Aug. 27: A Kalimpong primary teacher with his government pay, and a bit of charity from the church and his family runs a school for 121 poor children and shelter for destitute kids.Om Bahadur Rai cannot buy cooking… Read More
  • Student duesNIRMAL MANGARGangtok, Aug. 26: The state human resource development department has promised to immediately clear outstanding scholarships of Rs 3.8 crore accumulated over two academic years for school and colleges students.St… Read More

0 comments: