17 Jun 2013
पहाड, तराई डुवर्सको समबन्ध सुधार्ने प्रयासमा गोटाफो
कालेबुङ, 16 जून।
गोर्खाल्याण्ड टास्क फोर्सले दार्जीलिङ,तराई र डुवर्सको राजनैतिक परिस्थितिलाई अध्ययन गरेपछि साङ्गाठानिक कार्यसूची डुवर्सतिर मुखरित गर्ने भएको छ। वास्तवमा जीटीएको कारण पहाड र तराई-डुवर्सको सम्बन्ध राजनैतिकरुपले राम्रो छैन। गोटापोले यही सम्बन्धमा सुदार ल्याउने प्रयास गर्ने भएको छ। तराई र डुवर्सका विभिन्न वर्गका मानिसहरूसँग विमर्श गरी गोटाफोले अलग राज्यको निम्ति नयॉं तर्क र उर्जासँग काम गर्नु पर्ने स्थिति उत्पन्न भएपछि नै यो दिशामा कसरत गर्ने भनिएको छ। गोटाफोका मूल सचिव मुनिष तामङ अनुसार ताजा राजनैतिक परिस्थितिमा संगठनको रणनीति र अलग राज्यको सवालमा तय गरिनुपर्ने आन्दोलनका खॉंकाहरूबारे आज चर्चा गरियो। यहॉंको मेनरोडस्थित भागोपको कार्यालयमा सम्पन्न गोटाफोको आन्तरिक बैठकमा भागोप अध्यक्ष डा एनोसदास प्रधान, उपाध्यक्ष सुखमन मोक्तान, प्रो. मुनिष तामाङ, संयोजक आर मोक्तान, प्रभाकर देवान, क्रामाकपाका जेबी राई, मोहन पौड्याल, किशोर प्रधान, गोरानिमोका दावा पाखरिन आदि विशेषको उपस्थिति थियो। बैठकपछि मुनिष तामाङले अलग राज्यको निम्ति आन्दोलन गर्ने दलको गलत तर्क र रणनीतिका कारण पहाड र तराई-डुवर्सबीच विभाजन देखा परेको टिप्पणी गरेका छन। तिनले प्रस्तावित अलग राज्यको मानचित्रमा पहाड र तराई-डुवर्सको एकार्काका सम्पर्क रहेको बताउँदै जीटीएले यी क्षेत्रमा कृत्रिम विभाजन ल्याएको आरोप लगाए। प्रस्तावित राज्यको मागमा तराई-डुवर्सको अन्तर्भुक्तिको निम्ति आन्दोलन गर्ने दलहरूले राखेको तर्क नै गलत भएको प्रो. तामाङको ठहर छ। तराई-डुवर्सका गोर्खाबहुल क्षेत्रहरूको अन्तर्भुक्तिको तर्क राख्नुु नै आन्दोलन गर्ने दलबाट ठूलो भूल भएको तिनको दाबी छ। तिनले भने, हामीले शुरुमै गलत टेक राख्यौं। बंगालभन्दा यी क्षेत्रहरू अलग हुन् भन्ने कुरा हामीले स्थापित गर्न सकेनौं किनभने गोर्खाबहुल क्षेत्रको माग गरेर हामीले गलत तर्क राख्यौं। यही तर्कको आधारमा श्यामल सेन कमिटिको गठन गरिएको हो। अनि यसको परिणाम के भयो भन्ने कुरा हाम्रोसामु स्पष्ट छ। तिनले डुवर्स बहुजातिहरूको मिश्रित संस्कार र संस्कृति क्षेत्र भएको कारण यसैलाई बॉंकी बंगालसँग विभाजनको आधार बनाउनु पर्ने तर्क राखेका छन्। तिनले गोर्खाबहुल क्षेत्रहरूको साटो गैरबंगाली बहुल्य क्षेत्रको आधारमा क्षेत्रविभाजनको तर्क पेश गरेका छन्। गोर्खालगायतका विभिन्न जात-जातिको साझा र विशिष्ट सांस्कृतिक चरित्र भएको डुवर्स स्वतः बॉंकी बंगालभन्दा अगल भएर प्रस्तुत हुने प्रो. तामाङको भनाइ छ। तिनले तराईडुवर्सको यही मिश्रित संस्कृतिको उपज जात-गोष्ठीलाई साथमा लिएर काम गर्ने दिशामा गोटाफोले सोँच निर्माण गरिरहेको जानकारी पनि दिएका छन्। तामाङले गोटाफो नेतृत्वले हालै गरेको पहाड, तराई र डुवर्सका क्षेत्रहरूको भ्रमणको अवधीमा यहॉंका सचेत नागरिक र सर्वसाधारण मोर्चाले ग्रहण गरेको नयॉं व्यवस्थासँग असन्तुष्ट रहेको कुरा उजागर भएको दाबी पनि गरेका छन्। एकातिर जनतामा अहिले पनि अलग राज्यको चहाना कायम रहेको सम्पर्क अभियानबाट थाहा भएको तिनको भनाइ छ भने अर्कोतिर मोर्चाले जीटीए ग्रहण गरेयता अलग राज्यको माग उठान गर्न चर्को हुँदै गएको अनुभव पनि तिनले सुनाएका छन। गोर्खाल्याण्डको मुद्दाको उठान गरेर घरिघरि कुनै एउटा व्यवस्थामा सम्झौता गर्ने स्वार्थी नेतृत्वको चरित्रका कारण इमान्दार अनि कटिबद्ध दल र नेतृत्वलाई पनि काम गर्न असहज र अप्ठयारो वातावरण बनिएको तिनको भनाइ छ। तिनले भने, केन्द्र सरकारले नयॉं राज्य गठन गर्ने नीति ग्रहण गरे पनि गोर्खाल्याण्ड होला भन्ने हामीलाई अहिलेको परिस्थितिमा विश्वास छैन। सरकारले धेरै भन्दा धेरै जीटीएमा केही मौजा थपिदेला। जीटीएको ग्रहण पछि मोर्चासहित अन्य दलहरूबाट पनि दह्रो गरी गोर्खाल्याण्डको मुद्दाको उठान हुन नसकेको कारण पनि यस्तो सम्भावना बढेको तामाङको दाबी छ। राष्ट्रीय विमर्शबाट ओझेल बन्दै गइरहेको अलग राज्य गोर्खाल्याण्डको मागबारे सरकारले तलङ्गनासँगै विचार गर्ला भन्ने धारणा राख्नु गलत हुने तिनले बताएका छन। तिनले जीटीएलाई अगल राज्यको मार्गको बाधक बताए। तिनले भने, जीटीए डाइभर्सन होइन, रोडब्लक हो। यो बाधा रहुञ्जेल अलग राज्य प्राप्त गर्न सकिँदैन।
Related Posts:
Raid in Sikkim private varsityGangtok, Sept. 3: South Sikkim police seized documents and computers from the Eastern Institute for Integrated Learning in Management University’s office at Jorethang yesterday following a complaint alleging cheating, forgery… Read More
RTI activities from paalitam south Sikkim under rateyapni Namthang constituency has complained an FIR against the BDO NamthangRANGPO-3RD SEPTEMBER 12RTI activities from paalitam south Sikkim under rateyapni Namthang constituency has complained an FIR against the BDO Namthang ,Panchayat ,contractors and concerned authorities alleging foul play rega… Read More
GTA project list sent to Centre - Rs 183cr for tourism, roads, educationDarjeeling, Sept. 3: The GTA has sent a list of projects to the Centre that would require an investment of Rs 183 crore, focusing on traffic management, education and tourism.The funds from the Centre, which has agreed to giv… Read More
Two die of Japanese Encephalitis - Twin infections stalk north Bengal districtsSiliguri, Sept. 3: Two persons suffering from Japanese Encephalitis died in the North Bengal Medical College and Hospital today, a hospital source said.The hospital official said 35 patients ailing from Japanese Encephalitis … Read More
Short Assembly session from Sept 21Calcutta, Sept. 3: A short session of the Bengal Assembly will start from September 21, Speaker Biman Banerjee said today.He said the Presidency University Amendment Bill and the College Service Commission Bill would be table… Read More
0 comments:
Post a Comment