Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

14 Jul 2013

आश्‍वासनको पोको बोकेर तृणमूलको चनाउ प्रचार युद्धस्तरमा

प्रज्ज्वल छेत्री कालेबुङ, १४ जुलाई| तृणमूल कंग्रेसले डुवर्समा पञ्चायत चुनाउको प्रचार-प्रसार गर्नमा कुनै कसर बॉंकी राखेको छैन|
युद्धस्तरमा चुनाउ प्रचारलाई अघि बढाउँदै आश्‍वासनको पोको बोकेर शनिबार उत्तर बङ्गाल उन्नयन मन्त्री गौतम देवले सामसिङ, चिलाउने कमान अनि मटेलीमा कार्यकर्ताहरूसित सोझो सम्पर्क कार्यक्रम गरे| प्रचार-प्रसार कार्यक्रमा मन्त्री गौतम देवसित चन्दन भौमिक लगायत तपन मित्र, सोना सरकार, ब्लक संयोजक महेन्द्र प्रधान आदि उपस्थित रहेका थिए| मन्त्रीको नेतृत्वमा सामसिङ बस स्ट्याण्डदेखि स्कूल लाइनसम्म पदयात्रा निकालेपछि क्षेत्रको विविध समस्याहरू सामाधान गर्ने भन्दै मन्त्री देवले उपस्थित तृणमूल सरकार आम जनतासमक्ष पुग्ने बताए| ‘परिवर्तनको हाम्रो सरकार प्रत्येक जनतासमक्ष पुग्नेछ| सामसिङभित्रको श्रमिकहरूको धेरै समस्या सामाधान गर्नुछ’-सभालाई सम्बोधन गर्दै मन्त्री देवले भने| उनले अझ भनेअनुसार, तृणमूल सरकारले अघिबाटै वचन दिइसकेको सामसिङ चियाकमानको पानीको समस्याको यथाशीघ्र सामाधान निकालिनेछ| वर्ष २००९ मा सामसिङ चियाकमान खोल्नका निम्ति निकालिएका एक हजार श्रमिकहरूको निम्ति पनि ठोस व्यवस्था गरिने उनले आश्‍वासन दिएका छन्| आफूहरू सरकारमा भएको कारणले नै यहॉंका पीडीत श्रमिकहरूको समस्या सामाधान गर्न तत्पर रहेको बताउँदै निकालिएका श्रमिकहरू राशिन जस्ता मूलभूल सहुलियतहरूबाट वञ्चित हुनुनहुने उनले बताए॥ सम्झौताअनुसार, अहिलेसम्म कुनै पनि श्रमिकले पुनः चियाकमानमा रोजगारको अवसर नपाएकोले उनीहरूको रोजगारको व्यवस्था गरिदिने पनि उनले वचन दिएका छन्| क्षेत्रको बेलाह अवस्थामा रहेका सडकहरूको पुनःनिर्माण गरिने लगायत अन्य सुहिलयतहरू उपलब्ध गराउने वचन दिदै उनी सामसिङपछि प्रचार-प्रसारको क्रममा चिलाउने चियाकमानका मानिसहरूसित भेट गर्न पुगेका थिए| चिलाउनेमा पनि उनले विकास गरेर नै परिवर्तनको सरकार हरेक जनतासमक्ष पुग्ने तिनले बताए| चिलाउने कमानपछि मटेली मोडमा एउटा पथसभालाई सम्बोधन गर्दै उनले तृणमूल सरकारद्वारा डुवर्समा धेरै विकासका कार्यहरू भइरहेको जानकारी गराए| मटेलीमा चॉंडै आईटीआई संस्थान निर्माण गर्ने, मङ्गलबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई पदोन्नति गराइने, बाघपुल सेतूको समानान्तर अर्को सेतू बनाउने तृणमूलको परिकल्पना रहेको कुरा पनि उनले सार्वजनिक गरे| उनले अझ भनेअनुसार, परिवर्तनको सरकार जनसाधारण समक्ष विकास पुर्‍याउन चाहन्छ| जनतासम्म विकास पुर्‍याउन ग्राम पञ्चायत, पञ्चायत समिति र जिल्ला परिषद्ले सेतूको काम गर्नेछ| यसैले आगामी पञ्चायत चुनाउमा तृणमूललाई भारी मतले जिताउने आह्वान गरे| मटेलीमा कंग्रेस अनि वामफ्रण्टले कुनै ठोस् विकास कार्य नगरेको पनि उनले आरोप लगाउँदै विकास कसरी गरिन्छ सो तृणमूल सरकारले देखाइदिने बताए|

कवि केवलचन्द्र लामालाई भाइचन्द स्मृति पुरस्कार

कालेबुङ, १४ जुलाई्| यसवर्षको भाइचन्द स्मृति पुरस्कार कवि केवलचन्द्र लामालाई प्रदान गरियो| नेपाली साहित्य अध्ययन समितिद्वारा यहॉंको रामकृष्ण रङ्गमञ्चमा आयोजित दुइदिने भानु जयन्ती कार्यक्रमको आज दोस्रो दिनमा लामालाई यो पुरस्कार प्रदान गरिएको हो| मुख्य अतिथिको रुपमा उपस्थित कवि मोहन ठकुरीको बाहुलीबाट कवि केवलचन्द्र लामालाई यो पुरस्कार प्रदान गरिएको थियो| पुरस्कारको रुपमा तिनलाई अंगवस्त्र ओडाएर प्रशस्तीपत्र, स्मृतिचिन्ह अनि नगद राशि प्रदान गरिएको थियो| लामालाई यो पुरस्कार आखेँझरी कविताकृतिको निम्ति प्रदान गरिएको हो| पुरस्कार अलंकरण समारोहमा विशिष्ट अतिथिहरूमा विधायक डा हर्कबहादुर छेत्री, पुरस्कारदात्री साहित्यकार सानुमति राई आदि विशिष्ट उपस्थित थिए| पुरस्कार ग्रहण गरेपछि कवि केवलचन्द्र लामाले आफू कृतार्थ बनेको प्रतिक्रिया व्यक्त गरे| तिनले अझ गम्भीर र दायित्वशील बनेर साहित्य सृजनातिर लाग्न पुरस्कारले हौसला थपेको बताए्| यसअवधी उनले पुरस्कृत सङ्ग्रहबाट दुइवटा कविता सुनाएर आफ्ना श्रोता र शुभचिन्तकहरूलाई मुग्घ पारेका थिए्| कवि लामाको परिचय सुधीर छेत्रीले प्रस्तुत गरेका थिए भने भाइचन्द प्रधानको साहित्यिक व्यक्तित्व र कृतित्वबारे प्रा जोग चामलिङले प्रकाश पारेका थिए्|

जीटीए दिनु भनेकै गोर्खाल्याण्ड नदिनु , सरकारको घर ज्वाइँ बसेर गोर्खाल्याण्ड आन्दोलन हुँदैन

दार्जीलिङ 14 जुलाई : जीटीए नत्यागी गोर्खाल्याण्ड आन्दोलन शुरू गर्ने गोजमुमोको बयानप्रति तीव्र प्रतिक्रिया गर्ने पिपल्स फोरमका सचिव प्रवीण गुरूङ(Peoples forum general secretary Pravin Gurung)ले सरकारको घरज्वाइँ बसेर गोर्खाल्याण्ड आन्दोलन सम्भव नहुने बताए। ससुराले दिएको खाएर, ससुराले नै दिएको सबथोक लगाएर आन्दोलन हुँदैन। यदि सॉंच्चै गोर्खाल्याण्ड आन्दोलन गर्छौ भने पहिला जीटीए रिजाइन गर।
तब पो सरकारले पत्याउँछ। आन्दोलनको पनि प्रभाव हुन्छ, गोजमुमोको बयानप्रति उनले यसरी आज प्रतिक्रिया गरे। जीटीएको कुर्सी नछोड़ी गोर्खाल्याण्ड आन्दोलन गर्ने मोर्चाको बयान बगमफुस्से कुरामात्रै रहेको बताउँदै यसले जनतालाई दिग्भ्रमित पार्ने बताए। गोजमुमोको घरज्वाइँको प्रवृत्तिकै कारण पनि सरकारले गोजमुमोलाई पत्याउनै छोड़ेको दावी गर्दै गुरूङले भने, दिन्छु भनेर लेखापढी गरिसकेको कुराहरू त सरकारले अहिलेसम्म दिएको छैन भने गोजमुमोलाई अब गोर्खाल्याण्ड भन्दा झन्‌ कहॉं पत्याउँछ! सरकारले पत्याउनै छोड़ेको गोजमुमोले गोर्खाल्याण्ड माग्नुभन्दा पहिला सम्झौता भइसकेको जीटीएमा विभाग मागेर देखाओस्‌, हटाइदिन्छु भनेको कानूनी मुद्दाहरू माफ गराएर देखाओस्‌। सम्झौतामा भनिएको 6 सय करोड़ त अहिलेसम्म जीटीएमा आएको छैन भने घरज्वाइँ बसेर मागेको गोर्खाल्याण्ड दिन्छ र ! यी कुराहरूले नै सरकारले गोजमुमोलाई कत्तिको पत्याउछ, र सरकारसमक्ष गोजमुमोको के कस्तो औकात छ भनेर स्पष्ट हुने पनि उनको भनाइ छ। इमान्दारीको साथ गोर्खाल्याण्ड आन्दोलन गरेर जनताको विश्वास जित्न चाहन्छ भने गोजमुमोले सबभन्दा पहिला जीटीएबाट रिजाइन गर्नुपर्छ भन्ने आफ्नो अड़ान राख्दै यसो गरेमात्रै सरकारले पनि गोजमुमोलाई पत्याउला नत्र घर ज्वाइँ बसेर चै गोर्खाल्याण्ड कदापि हुँदैनपनि उनले भने। अनुसूचित जाति र जनजातिलाई आरक्षण दिने कुरामा पनि प्रतिक्रिया जनाउँदै आरक्षण उनीहरूको सम्वैधानिक अधिकार रहेकोले मोर्चाले नदिएतापनि कोर्ट आफैले दिइहाल्ने गुरूङले बताए। अन्य 10 गोर्खा समुदायभित्रका जातिहरूलाई जनजातिको दर्जा दिलाउन सरकारलाई चाप दिइने कुरामामाथि भने व्यंग्य गदगुरूङले भने, सबैलाई जनजाति बनाउनु भनेको पहाड़मा छैटौं अनूसचि लागु गर्नु हो । यसो गर्ने हो भने पहिला चै किन छैंटौं अनुसूचिको विरोध गरियो? सबै जातिलाई जनजाति बनाउने कुरा सुवास घिसिङले 2005 मै उठाएको हो। बीचमा गोर्खासमुदाय जात-जातमा फाटिने तर्कहरू गरेर गोजमुमो आफैले यसको विरोध गऱ्यो। अहिले 8 वर्षपछि फेरि उनीहरू नै जनजातिको कुरा उठाइरहेका छन्‌। गोजमुमो जनजातिको कुरा गर्छ भने जीटीएभन्दा छैटौं अनुसूचि राम्रो भन्ने कुरालाई स्वीकार गर्नुपर्छ । यसो गर्न सक्दैन भने जाति- जनजातिको कुरा छोड़ेर जीटीएबाट तुरून्तै रिजाइन दिएर कुनै सरकारी दबाउबिनै सोझै गोर्खाल्याण्ड आन्दोलन गर्नुपर्छ, भनी उनले तर्क राखे। जीटीएको चौकीबाट गोजमुमोको जरा उख्लिन शुरू भइसकेको दावी गर्दै गोजमुमोले सही समयमा सही निर्णय नलिए पतन अब टाड़ो नरहेको उनले बताए। तेलेङ्गना राज्य गठनको निर्णय भइसकेको दावी गर्दै गुरूङले अब यसको घोषणा गरिनुमात्रै बॉंकी रहेको बताए। उनको भनाइअनुसार, जीटीए खारेज नगरिञ्जेल गोर्खाल्याण्ड हुने कत्तैबाट पनि सम्भावना छैन। किनभने तेलेङ्गना राज्यको निम्ति कुनै वैकल्पिक व्यवस्थाहरूमा सम्झौता गर्ने कुरा त्यहॉंका आन्दोलनकारीहरूले कहिल्यै गरेनन्‌। राज्यबाहेक अन्य जम्मै सरकारी प्रस्तावहरू पनि खारेज गर्दै वान पोइन्ट डिमाण्डमा नै उनीहरू अडिग रहे। तर गोजमुमो भने गोर्खाल्याण्डको नाममा धेरैवटा व्यवस्थाहरूको दुईमुखे कुराहरू गरिरहे। फलस्वरूप आज तेलङ्गना राज्य बनिनै लाग्दा गोर्खाल्याण्ड अस्थायी जीटीएमा अड़किरहेको छ। सरकारले जीटीए दिनुको मूल कारण नै गोर्खाल्याण्ड नदिनु रहेको उनको दावी रहेको छ। जीटीए सम्झौतापत्रमा गोर्खाल्याण्ड आन्दोलन नत्यागी जीटीए थापिएको कुरा उल्लेख रहेतापनि योसितै जीटीएमार्फत्‌ पहाड़ बंगालको अभिन्न अङ्ग भएर रहनेछ भनेर पनि स्पष्ट लेखिएको उनको भनाइ छ। यस हिसाबमा सरकारले गोजमुमोलाई बंगालकै अधीनमा बसेतापनि गोर्खाल्याण्डको नाममा आफ्नो दुनो सोझ्याइराख्ने बाटो खुल्ला राखिदिएको उनले बताए। सम्झौतामा यस्तो कुरा उल्लेख हुनु भनेको सरकारले गोर्खाल्याण्डमा नाममा आफ्नो दोकान चलाइरहने पर्मिशन दिएको पनि उनले बताए। जबसम्म जीटीए खारेज गरिदैन तबसम्म सरकारले गोजमुमोलाई पटक्कै नपत्याउने अनि गोर्खाल्याण्ड आन्दोलन पनि बगमफुस्सेमात्रै ठान्ने गुरूङको भनाइ छ। Source: http://www.mungpoo.org

I am not contesting the election to become a leader,but only to become a people representative - Mahendra P Lama

'I am not contesting the election to become a leader,but only to become a people representative from this constituency for a period of five years to work for the aspiration of the masses '
told Dr Mahendra P Lama during a interactive session with the member of the civil society today at GDNS hall in kalimpong .Since Lama declared his decision to contest the 2014 general elections as an independent candidate, a new environment has been created that has filled the people with a sense of excitement and hope. Lama who is presently busy visiting people across various places of the district to seek their opinion over his decision to contest the polls. He has also been holding talks with his avid supporters, while at the same time, people from different walks of society have expressed their eagerness to meet the academician.In this interaction today , the gathering welcomed and appreciated his move and pledged their support.'Let other do their work .we will do our work .one party has taken the initiative of development and the groups of other party is inclined in a fight for a separate state ,we just want to take up all these matter in the parliament in a different way, added prof lama. Lama said an MP can bring in a lot of changes to the hills apart from the benefits the GTA can achieve, and all these would thus be an added bonus for the people of Darjeeling.Even today he added that the aspiration for statehood is always there within each of us but for this he appealed the people to broaden their horizon and be visionaries.lama further added that he have decided to come forward for the welfare of the public and society and intend to contest as an independent candidate to carry on development work. He said he would not enter the banner of any political party for this, but would certainly discuss with all leading parties before contesting at the polls.He said the demand for Gorkhaland has not been introduced properly in Parliament and if he wins, he would help in this endeavour. “We are still not able to justify our demands to the centre. The way to pursue with the demand also means a lot in Parliament. What difference does it make if a party representative keeps quiet after winning? This has been happening till now,” claimed Lama.