Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

14 Jul 2013

आश्‍वासनको पोको बोकेर तृणमूलको चनाउ प्रचार युद्धस्तरमा

प्रज्ज्वल छेत्री कालेबुङ, १४ जुलाई| तृणमूल कंग्रेसले डुवर्समा पञ्चायत चुनाउको प्रचार-प्रसार गर्नमा कुनै कसर बॉंकी राखेको छैन|
युद्धस्तरमा चुनाउ प्रचारलाई अघि बढाउँदै आश्‍वासनको पोको बोकेर शनिबार उत्तर बङ्गाल उन्नयन मन्त्री गौतम देवले सामसिङ, चिलाउने कमान अनि मटेलीमा कार्यकर्ताहरूसित सोझो सम्पर्क कार्यक्रम गरे| प्रचार-प्रसार कार्यक्रमा मन्त्री गौतम देवसित चन्दन भौमिक लगायत तपन मित्र, सोना सरकार, ब्लक संयोजक महेन्द्र प्रधान आदि उपस्थित रहेका थिए| मन्त्रीको नेतृत्वमा सामसिङ बस स्ट्याण्डदेखि स्कूल लाइनसम्म पदयात्रा निकालेपछि क्षेत्रको विविध समस्याहरू सामाधान गर्ने भन्दै मन्त्री देवले उपस्थित तृणमूल सरकार आम जनतासमक्ष पुग्ने बताए| ‘परिवर्तनको हाम्रो सरकार प्रत्येक जनतासमक्ष पुग्नेछ| सामसिङभित्रको श्रमिकहरूको धेरै समस्या सामाधान गर्नुछ’-सभालाई सम्बोधन गर्दै मन्त्री देवले भने| उनले अझ भनेअनुसार, तृणमूल सरकारले अघिबाटै वचन दिइसकेको सामसिङ चियाकमानको पानीको समस्याको यथाशीघ्र सामाधान निकालिनेछ| वर्ष २००९ मा सामसिङ चियाकमान खोल्नका निम्ति निकालिएका एक हजार श्रमिकहरूको निम्ति पनि ठोस व्यवस्था गरिने उनले आश्‍वासन दिएका छन्| आफूहरू सरकारमा भएको कारणले नै यहॉंका पीडीत श्रमिकहरूको समस्या सामाधान गर्न तत्पर रहेको बताउँदै निकालिएका श्रमिकहरू राशिन जस्ता मूलभूल सहुलियतहरूबाट वञ्चित हुनुनहुने उनले बताए॥ सम्झौताअनुसार, अहिलेसम्म कुनै पनि श्रमिकले पुनः चियाकमानमा रोजगारको अवसर नपाएकोले उनीहरूको रोजगारको व्यवस्था गरिदिने पनि उनले वचन दिएका छन्| क्षेत्रको बेलाह अवस्थामा रहेका सडकहरूको पुनःनिर्माण गरिने लगायत अन्य सुहिलयतहरू उपलब्ध गराउने वचन दिदै उनी सामसिङपछि प्रचार-प्रसारको क्रममा चिलाउने चियाकमानका मानिसहरूसित भेट गर्न पुगेका थिए| चिलाउनेमा पनि उनले विकास गरेर नै परिवर्तनको सरकार हरेक जनतासमक्ष पुग्ने तिनले बताए| चिलाउने कमानपछि मटेली मोडमा एउटा पथसभालाई सम्बोधन गर्दै उनले तृणमूल सरकारद्वारा डुवर्समा धेरै विकासका कार्यहरू भइरहेको जानकारी गराए| मटेलीमा चॉंडै आईटीआई संस्थान निर्माण गर्ने, मङ्गलबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई पदोन्नति गराइने, बाघपुल सेतूको समानान्तर अर्को सेतू बनाउने तृणमूलको परिकल्पना रहेको कुरा पनि उनले सार्वजनिक गरे| उनले अझ भनेअनुसार, परिवर्तनको सरकार जनसाधारण समक्ष विकास पुर्‍याउन चाहन्छ| जनतासम्म विकास पुर्‍याउन ग्राम पञ्चायत, पञ्चायत समिति र जिल्ला परिषद्ले सेतूको काम गर्नेछ| यसैले आगामी पञ्चायत चुनाउमा तृणमूललाई भारी मतले जिताउने आह्वान गरे| मटेलीमा कंग्रेस अनि वामफ्रण्टले कुनै ठोस् विकास कार्य नगरेको पनि उनले आरोप लगाउँदै विकास कसरी गरिन्छ सो तृणमूल सरकारले देखाइदिने बताए|

Related Posts:

  • कोक्राझार, बक्सा र चिराङका गोर्खा फेरि अत्याचारको शिकार लाखौं रुपियॉंको मागः नदिए मार्ने धम्कीकालेबुङ, 11 मई। बोडो उग्रवादी सङ्गठन एनडीएफबी (नेश्नल डेमोक्रेटिक फ्रन्ट अफ बोडोल्याण्ड) ले असमको तीन जिल्ला कोक्राझार, बक्सा र चिराङका गोर्खाबहुल गाउँहरूमा आतङ्‌क मच्चाउन शुरु गरेको छ। कोक्राझारको सूत्रले समय दैनिकलाई बताए अ… Read More
  • Party launched with eye on DooarsMay 12: A number of outfits demanding a separate state comprising the six north Bengal districts today joined hands to form a new party called the Bharatiya Gorkha Janahit Morcha. The formation of the party was announced at … Read More
  • मोर्चा कालेबुङ शाखाको सभा सम्पन्नकालेबुङ 11 मई। गोर्खा जनमुक्ति नारी मोर्चा कालेबुङ महकुमा समितिको साङ्गठनिक सभा आज यहॉंको रामकृष्ण रङ्गमञ्चमा सम्पन्न भयो। सभा नारी मोर्चा महकुमा समिति एवं शाखा-प्रशाखाका प्रतिनिधिलाई लिएर आयोजना गरिएको थियो। सङ्गठनको कार्यनी… Read More
  • NBU deansSiliguri, May 12: North Bengal University has filled up two vacancies that have been lying vacant for more than a year with the appointment of professors to the posts of dean of arts, commerce and law and dean of science. Pa… Read More
  • Protest on bad roads in Sikkim Gangtok, May 12: Stakeholders of the tourism industry and local people took out a rally here yesterday to protest the alleged delay in repairing the North Sikkim Highway and JN Marg, the main roads in the district. More than… Read More

0 comments: