14 Jul 2013
यसो भन्छन् भूतपूर्व गोरामुमो नेता एवम् डीजीएचसी काउन्सिलर के. एन. सुब्बा
सुभाष घिसिङ्गले छैटौं अनुसूचीको कुरा गरेर मान्छे ढाटिरहेको छ अनि गोजमुमोले 396 मौजाको अन्तर्भुक्ति लिएर मान्छे नै ढाट्ने काम गरिरहेको छ। धरती उलट-पुलट होस् तर 396 मौजा जीटीएमा गाभिँदैन अनि सुभाष घिसिङको छैटौँ अनुसूची मुद्दाको मियाद सिद्धिए सकिएको छ। मियाद सिद्धिएको छैटौं अनुसूचीले संवैधानिक थुप्रै पर्खाल नाघ्नु पर्छ जो असम्भव जत्तिकै छ। अनि यता गोर्खाल्याण्ड मरिगए हुँदैन।
गोरामुमो पहाड़मा अलिक फस्टायो भने के. एन. सुब्बा फेरि फर्किन्छ भनेर हावा चलिरहेको छ भन्छ। तर म मरिगएँ पनि गोरामुमोमा जादिनँ। 396 मौजा अन्तर्भुक्त हुँदैन, छैटौं अनुसूची बनिँदैन, गोर्खाल्याण्ड हुँदै हुँदैन। अब पहाड़मा जुन अराजकता फैलिरहेको छ त्यसको रोकथाम तृणमूलले मात्र गर्नसक्छ। त्यसैले म तृणमूलमा छु। तृणमूलले भविष्यमा पहाड़मा राज गर्छ।
सुभाष घिसिङलाई पर्खेर धेरै बेरसम्म बसेकाहरूले तृणमूलको सहारा लिए। यति दिनसम्म गोर्खाल्याण्डको नाममा आन्दोलन चलाइरहेका, गोर्खाल्याण्ड आन्दोलनलाई नियालिरहेकाहरू अब गोर्खाल्याण्ड हुँदैन भन्नतिर लाग्दा केही शंका हुन्छ नै। प्रथमत: गोर्खाल्याण्ड मुद्दाको गाम्भीर्यता अनि अड़चन दुवै राम्रोसित जान्दछन् उनीहरू। दोस्रो, अहिलेसम्म आन्दोलनलाई लिएर गरिएका भुलहरू संशोधन नहोला कि? अराजकता हटाउने, विकास ल्याउने मुहिमले गोर्खाल्याण्ड मुद्दा साँच्चै विलीन भएर जाने खतरा सर्वत्र छ अहिले। अहिलेकाले खोजिरहेको विकास भनेको ठूल्ठूला कङ्क्रिट बिल्डिङ्गहरूको घारी, विशाल गुम्बजहरू बाहेक अरू केही होइन। तर विकासको सही अर्थमा त्यहाँ लाग्दैन। अराजकताविरुद्ध कुनै पार्टीले लड्छ जस्तो पनि लाग्दैन। सत्तामा आएपछि जुनै पार्टीले पनि उस्तै नीति र सिद्धान्त ग्रहण गरेको हुन्छ। त्यसकारण अराजकताविरुद्ध कोही लड्नसक्छ भने उ जागरुक अनि सचेत जनता हो। अबको जातीय, राजनैतिक, चिह्नारीको लड़ाइँमा डुवर्सको भूमिका झन अहम बन्नेछ।(Dooars Time)
Related Posts:
Bash in the time of Saradha curse worries govtCalcutta, May 6: The Saradha scandal has cast a shadow on the Mamata Banerjee government’s plan to mark its two years in power by organising exhibitions and cultural programmes in the districts as lower-rung Trinamul leaders … Read More
Strike looms after hill rivals clashDarjeeling, May 5: The Gorkha Janmukti Morcha today threatened an indefinite strike across the Darjeeling hills from Tuesday after a clash broke out between its supporters and GNLF cadres at Soureni in Mirik block in the morn… Read More
हिल तृणमूलद्वारा मिरिक घटनाको भर्त्सना पहाडमा गणतन्त्र छैन-ननिताकालेबुङ, 6 मई| मिरिकमा आइतबार भएको गोजमुमो अनि गोरामुमोमाझको झडपलाई लिएर हिल तृणमूल कङ्ग्रेसले घोर भर्त्सना जनाएको छ| यसदिनको घटना उल्लेख गर्दै हील तृणमूल कङ्ग्रेसले पहाडमा गणतन्त्र नरहेको आरोप लगाएको छ| दलका जिल्ला समिमिका न… Read More
Deposit company tenants give landlords sleepless nights Tamluk, May 6: People who have rented out their houses to money-mobilising companies in East Midnapore now want them to vacate, fearing demonstrations and damage of their property in the aftermath of the Saradha default. Civ… Read More
programme regarding aids disease and health educationSANJAY AGARWAL –RANGPO-28TH FEBRURY 13 The forth year student of Bsc nursing of Sikkim manipal collage of nursing 5th mile Tadong also come in the street to aware the disease aids to the common people of Sikkim .today the ai… Read More
0 comments:
Post a Comment