Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

16 Jul 2013

कालेबुङको बन वस्ती विकासबाट वञ्चित आन्दोलनमा जाने अर्गनाइजेशनको निर्णय

प्रज्ज्वल छेत्री
कालेबुङ,१६ जुलाई|
बन वस्ती विकासको निम्ति आउने केन्द्रिय सहायता कालेबुङ महकुमाभित्रका बन-बस्तीहरूमा लागु नभएको आरोप हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेशनले लगाएको छ| वन विकासको निम्ति नेशनल एफोरेस्ट्रेशन इको डेभलोपमेण्ट बोर्ड पर्यावरण मन्त्रालय नयॉं दिल्लीले प्रदान गर्ने दोस्रो चरणको कोष कालेबुङभित्रका वन-बस्तीहरूमा लागु नगरे २३ जुलाईदेखि रेञ्ज अफिस, डीएम अफिस लगायतका कार्यलयहरू अनिश्‍चितकालको निम्ति बन्द गर्ने चेताउनी अर्गनाइजेशनले दिएको छ| यसका साथै सडक आन्दोलन, कार्यलय घर्ना आदि कार्यक्रम हातमा लिएको छ|
पत्रकारहरूसित कुराकानी गर्दै हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेशन कालेबुङ महकुमा समितिका अध्यक्ष किशोर थापाले उक्त कुराको जानकारी गराएका हुन्| उनीअनुसार,कालेबुङभित्र ९ वटा रेञ्ज अन्तर्गत २९ वटा पञ्जिकृत वन बस्तीहरू रहेको छ| ती बस्तीहरूको विकासको निम्ति सरकारबाट माइक्रो प्लान अन्तर्गत विकास कोष आउने गरेता पनि २००४ देखि लागु उक्त योजनाबाट कालेबुङका बन-बस्तीहरू वञ्चित हुनपरेको आरोप उनले लगाए| ‘दोस्रो चरणमा २००८ देखि नै कोष आएपनि यता लागु गरिएन’-उनले भने, ‘यो सब बन-बिभागको ढिलाईको कारण हो|’
उनले जानकारी गराएअनुसार, उक्त कोषबाट नै वन बस्तीमा पेय जल परियोजना, विद्यालय निर्माण लगायतका कुराहरू गर्न सकिन्छ| दार्जीलिङ, खरसाङमा यी योजनाहरू लागु भएपनि कालेबुङमा हुन नसकेको उनले बताए| सम्बन्धित विषयमा अर्गनाइजेशनले ११ पल्टसम्म वन विभागका अधिकारीहरूसित भेट गरिसकेको भएपनि आश्‍वासनबाहेक केही पाउन नसकेको उनको भनाइ छ| ‘अधिकारीहरूले दिएको आश्‍वासनको अन्तिम मिति समाप्त भएकोले हामी आज डीएम कार्यलयमा आइपुगेका थियौं| तर अधिकारीहरूसित भेट हुन सकेन’-अध्यक्ष थापाले भने, यतिञ्जेलसम्म पनि विकास योजना लागु नहुँदा आन्दोलनमा जाने निर्णय लिएका हौं|’

Related Posts:

  • GTF lauds youth initiative for Gorkhaland,GTA completes two Years Kalimpong,Pradip Lohagun: The Gorkhaland Task Force has welcomed the call made by the youths and students in getting the Gorkhaland Territorial Agreement quashed.  At a press meet today, GTF coordinator R Moktan ex… Read More
  • कालेबुङमा शहीद कप शुरु सिक्किम पुलिस अनि सिलगढी विजयी कालेबुङ, २१ जुलाई|कालेबुङको शान र खेलप्रेमी स्थानीयबासीको ढुकढुकी बनिसकेको रोचक अनि प्रतिष्ठित शीहद कप फूटबल टुर्नामेण्ट आजदेखि मेला ग्राउण्डमा शुरु भएको छ| गोर्खाल्याण्ड आन्दोलनकालका शहीदहरूको नाममा शुरु गरिएको निक्कै ला… Read More
  • जीटीए, विमल र विफलता कालेबुङ, २१ जुलाई| राजनीतिमा नेतृत्व तब विफल हुन्छ जब उसको कदम जनआकांशाविरूद्ध जान्छ| पहाडको वर्तमान राजनीतिमा मोर्चा अध्यक्ष विमल गुरुङले जीटीएमा सम्झौता गर्नु जनआकांशा विरोधी कदम भएकोले नै आज उनी विफलतातिर गइरहेको एकथरि… Read More
  • आईसीडीस सेन्टरहरूमा अत्यन्तै निम्नगुणस्तरको खानेतेल कालेबुङ, २४ जुलाई| कालेबुङका आईसीडीस सेन्टरहरूमा अत्यन्तै निम्नगुणस्तरको खानेतेल वितरण भइरहेको घटना आज खुलासा भएको छ| जनसरोकारको समस्याहरुमाथि आवज उठाउँदै आइरहेका  माकपा (मार्सवादी कम्यूनिष्ट पार्टी)का कालेबुङ आञ्चलिक स… Read More
  • Teesta & enclaves on Mamata lips - Treaties to happen with Bangladesh only if people want it, says CM Mathabhanga, July 22: Mamata Banerjee today picked on Teesta water-sharing and border enclaves during her panchayat election campaign in Cooch Behar, which shares a border with Bangladesh. At a rally in the Mathabhang… Read More

0 comments: