गजल
सैलेन्द्र समदर्शी।
न बल्झाउ न यार घरी घरी त्यो रातको कुरा
गन्तव्य नै नभेटी छुटिएको त्यो साथको कुरा।
पोल्छ एकहोरो छात्ती यो रोइदिन्छ बेस्सरी राति
पिएर कहाँ बिर्सिन सक्छ त्यो आघातको कुरा।
अरूले देख्दा चोट सानु, भूल्न कसरी सक्छु नानु?
मनमा सधैँ खेलिर'छ स्पर्श त्यो हातको कुरा।
म त ठूलो मनलाई ठान्थे, हामी सबै यौटै भन्थे
तिम्रोलागि ठूलो भयो बेअर्थ त्यो जातको कुरा।

0 comments:
Post a Comment