14 Jul 2013
कवि केवलचन्द्र लामालाई भाइचन्द स्मृति पुरस्कार
कालेबुङ, १४ जुलाई्|
यसवर्षको भाइचन्द स्मृति पुरस्कार कवि केवलचन्द्र लामालाई प्रदान गरियो| नेपाली साहित्य अध्ययन समितिद्वारा यहॉंको रामकृष्ण रङ्गमञ्चमा आयोजित दुइदिने भानु जयन्ती कार्यक्रमको आज दोस्रो दिनमा लामालाई यो पुरस्कार प्रदान गरिएको हो| मुख्य अतिथिको रुपमा उपस्थित कवि मोहन ठकुरीको बाहुलीबाट कवि केवलचन्द्र लामालाई यो पुरस्कार प्रदान गरिएको थियो| पुरस्कारको रुपमा तिनलाई अंगवस्त्र ओडाएर प्रशस्तीपत्र, स्मृतिचिन्ह अनि नगद राशि प्रदान गरिएको थियो| लामालाई यो पुरस्कार आखेँझरी कविताकृतिको निम्ति प्रदान गरिएको हो| पुरस्कार अलंकरण समारोहमा विशिष्ट अतिथिहरूमा विधायक डा हर्कबहादुर छेत्री, पुरस्कारदात्री साहित्यकार सानुमति राई आदि विशिष्ट उपस्थित थिए| पुरस्कार ग्रहण गरेपछि कवि केवलचन्द्र लामाले आफू कृतार्थ बनेको प्रतिक्रिया व्यक्त गरे| तिनले अझ गम्भीर र दायित्वशील बनेर साहित्य सृजनातिर लाग्न पुरस्कारले हौसला थपेको बताए्| यसअवधी उनले पुरस्कृत सङ्ग्रहबाट दुइवटा कविता सुनाएर आफ्ना श्रोता र शुभचिन्तकहरूलाई मुग्घ पारेका थिए्| कवि लामाको परिचय सुधीर छेत्रीले प्रस्तुत गरेका थिए भने भाइचन्द प्रधानको साहित्यिक व्यक्तित्व र कृतित्वबारे प्रा जोग चामलिङले प्रकाश पारेका थिए्|
Related Posts:
Kids rescuedDarjeeling: Four children working in tea stalls at Beechgali Line and Chowk Bazar here were rescued by the district labour officials on Wednesday evening. The officials said three children had been trafficked from Bihar, whil… Read More
Barla to bat with Morcha on territoryAVIJIT SINHASiliguri, Feb. 23: Ousted president of the Dooars-Terai regional committee of the Akhil Bharatiya Adivasi Vikas Parishad John Barla will speak along with the Gorkha Janmukti Morcha leaders for the inclusion of the… Read More
Barfee stars relish mist and hill cuisineDarjeeling, Feb. 23: Priyanka Chopra is in love with the mist, Ranbir Kapoor cannot stop himself from appreciating the local cuisine and the entire Barfee team seems to be simply enjoying the taste of Darjeeling.Anurag Basu, … Read More
गोर्खाल्याण्डको निम्ति सबै द्लहरु एक हुनु पर्छ - गोरानिमो !-- /* Font Definitions */ @font-face {font-family:Mangal; panose-1:0 0 4 0 0 0 0 0 0 0; mso-font-charset:1; mso-generic-font-family:auto; mso-font-pitch:variable; mso-font-signatu… Read More
तिब्बतको स्वतञ्त्रता अनि मानव अधिकारको पुनर्बहालीको निम्ति अन्तरराष्ट्रीय समुदायसँग समर्थनको आह्वान !-- /* Font Definitions */ @font-face {font-family:Mangal; panose-1:0 0 4 0 0 0 0 0 0 0; mso-font-charset:1; mso-generic-font-family:auto; mso-font-pitch:variable; mso-font-signatu… Read More
0 comments:
Post a Comment