Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

14 Jul 2013

डा. लामाको प्रयास असफल हुने मोर्चाको दावी

प्रज्ज्वल छेत्री कालेबुङ, १४ जुलाई्| डा. मेह्न्द्र पी. लामाको सासंद बन्ने इच्छा पूर्ण नहुने दावी मोर्चाले गरेको छ| मोर्चा प्रवक्ता एवं विधायक डा. हर्कबहादुर छेत्रीले यस्ता दावी गर्दै महेन्द्र पी लामाले सोचेको साझा उम्मेद्वारको अवधारणा समेत सफल नहुने ठोकुवा गरेका छन्|
डा. छेत्रीअनुसार, डा. लामाको लोकसभा चुनाउ लड्ने र साझा उम्मेद्वारको धारणाबारे मोर्चाभित्र कुनै चर्चा भएको छैन| यद्यपि, आफ्नै व्यक्तिगत वयान बताउँदै पहाडमा साझा उम्मेदवारको कुरा हनुमानले सफल पार्न सक्दैन भन्दै उनले व्यङ्ग कसे| ‘जब संयुक्त रुपमा गोर्खाल्याण्डको आन्दोलनको लागि त सबै दलहरू एउटै मञ्चमा आउन सकेनन भने एउटा सांसद तयार पार्नु सबै एक ठाउँमा आउँछ भन्ने त प्रश्नै आउँदैन| डा. लामाले थालेको यो अभ्यास राजनैतिक अपरिपक्वताको संकेत हो’-उनले भने| तिनले जनाकांक्षाको परिपूर्तिको निम्ति एकजना प्राज्ञ र राजनितिज्ञ भएर काम गर्नु नितान्त बेग्ला बेग्लै कुरा भएको धारणा पनि व्यक्त गरेका छन| जनताको निम्ति सरकारसँग जुझेर हकअधिकार दिलाउन राजनैतिक संघर्ष नै सर्वपोरी हुने तिनको भनाइ छ्| ‘प्रभावशाली ओहोदाहरूमा बसेर पनि जातिलाई ठूलो फाइदा हुने काम गरेका विद्वानहरू आजसम्म हामीले देखेका छैनौं्| व्यक्तिगत प्रभावको जत्ति नै कुरा गरे पनि ठोक्किएर फेरि राजनीतिमै फर्केर आउनुपर्छ तिनले आफूले व्यक्त गरेका कुराहरु नितान्त व्यक्तिगत अभिव्यक्ति रहेको बताउँदै पार्टीको निर्णय आफ्नो कुरासँग मेल नखान पनि सक्ने स्पष्ट पारे| मेलै महेन्द्र पी लामालाई जति चिनेको छुँ, त्यसमा आधारमा यी कुरा गरेको हूँ्| तिनको चुनाउ लड्ने निर्णयमा राजनीतिमा मात्र देख्दैछु, अरु केही होइन’-उनले भने| उनले अझ भने, डा. लामाको पक्षमा जनलहर सृष्टि गर्‍यो भने राम्रो हो| राजनीतिमा गधा पनि लोकप्रिय भयो भने चुनाउ जित्छ्| किनभने यसमा क्षमता कति छ भन्ने कुरा सेकेण्डरी हो|
महेन्द्र पी लामाको जुन छबिको कुरा गरिन्छ, त्यो कता बनिँदैछ? दिल्लीमा कि यता? यतिका बलियो छबि र प्रभाव भएका मान्छेले देशका गोर्खाको हकहित र सुरक्षाको निम्ति कति काम गरेका छन? उनी सुरक्षा सल्लाहकार परिषदमा सदस्य छन भन्ने सुनेका छौं तर पूर्वोत्तरका गोर्खाहरूविरुद्ध जातीय उत्पिडनका घटना घरि घरि दोहोरिरहँदा पनि तिनले सरकारलाई यो समस्याबारे बुझाउन सकेको हामीलाई थाहा छैन| वास्तवमा उनले चै यसवारे सशक्त रुपले सरकारसम्म आवाज उठाउन सक्ने थिए सांसदको रुपमा पदासिन भएर जाति र क्षेत्रको निम्ति काम गर्छु भन्ने डा लामाको अडान नै विरोधाभाषपूर्ण रहेको डा हर्कबहादुर छेत्रीको भनाइ छ्| अलग राज्यको गठनको फर्मूला डा लामासँग छ भने कुनै पनि पदमा आसिन नभइ पनि यो साझा गर्न सक्नु पर्ने तिनको आशय छ्|

Related Posts:

  • GJAC to hold “decisive” meeting on Tuesday Darjeeling 9 Sep 2013 An air of expectation spiced up with a generous helping of apprehension looms large over the Queen of Hills as the Gorkhaland Joint Action Committee gets ready for an all-important meeting on … Read More
  • Morcha blinks before season Sept. 10: An action committee has suspended the Darjeeling strike till October 20, lifting the cloud over the Puja-driven tourist season and unwittingly conceding that the state government’s tough policy has yielded resu… Read More
  • आन्दोलन प्रति विद्यार्थीहरुका धारणा कालेबुङ 10 सेप्टम्बर: ‘छुट्टै राज्यको चाहना लिएर नारा लगाउँदै यसरी पदयात्रमा हिड़्दा शरीर दुखेको पनि पत्तो पाइँदैन रहेछ, खुब आनन्द लाग्यो’ दार्जीलिङको हर्मोनटेज निवासी 17 वर्षीय रभजाज राईले आज कालेबुङका पत्रकारहरुलाई यस प्र… Read More
  • AIGL leadership critical of agitation leadership PRADIP LOHAGUN KALIMPONG 10 Sep 2013 All India Gorkha League general secretary Pratap Khati today told the media the Gorkhaland Joint Action Committee leadership lacks capability, discipline and honesty. … Read More
  • Shutdown lifted to “honour” home minister’s request Darjeeling 10 Sep 2013 After 41 days of observing a shutdown interspersed with a few days of respite, the Gorkha Janmukti Morcha today finally relented and called off its agitation to “honour” the request made … Read More

0 comments: