शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला
पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?
राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री
मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।
बघिनी फेरि पुरानै खोरमा
‘समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?
साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ
80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।
निराश छन् विधायक डा. छेत्री
“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।
1 Sept 2013
GNLF hoists party flags in Mirik
Shutdown brewing frustration among hill residents?
लेप्चाहरुले राजनीति गर्न जाँदैनन् - तामसाङ
लेप्चाहरुले जनता कर्फ्यु पालन गरौ - विमो
छुट्टै राज्यको मांगमा विध्यार्थी मोर्चाले शुरु गरेको पाँच दिन व्यापी जुलूश अनि पथसभा कार्यक्रम आज आएर समापन भएको छ। जुलूश अनि घरना कार्यक्रमको आज अन्तिम दिन पनि कालेबुङ शहरमा विध्यार्थीहरुको उत्साहजनक उपस्थिति रहेको थियो। छुट्टै राज्यको मांगमा पहाड़को जातीय एकता देखाउन आज विध्यार्थीहरुले शहरमा संस्कृतिक जुलूश निकालेका थिए। यहाँको डम्बरचोकबाट शुरु भएको विध्यार्थी मोर्चाको जुलूशले छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा विभिन्न प्रकारको नारा-बाजी गर्दा शहर परिक्रमा गरेको थियो। जुलूश अनि नारावाजीको कार्यक्रम पछि डम्बरचोकमा नै विमोको जनसभा सम्पन्न भएको थियो। पथसभालाई विध्यार्थी मनोहर भुजेल, विमो नेता भूषण तामाङ अनि सभासद दावा लेप्चाले सम्बोधन गरेका थिए। पथसभालाई सम्बोधन गर्दै कमल ज्योती विधालयमा अध्यनरत विध्यार्थी मनोहर भुजेलले लेप्चा विकाश परिषर्दलाई लिएर हाल मुख्यमन्त्रीले पहाड़मा ‘डिभाइड एण्ड रुल’को राजनीति गरिरहेको आरोप लगाएका छन्। तिनले आफ्नो सम्बोधनमा गोर्खासंग नंग र मासुको सम्बन्ध रहेको बताउँने लेप्चाहरुले छुट्टै राज्यको आन्दोलनमा आफ्नो सहभागिता देखाएर पहाड़को जातिय एकतालाई दह्रो पार्नु पर्ने अपिल गरेका छन्। ‘मुख्यमन्त्री कालेबुङ आउँदा लेप्चाहरुले जनता कर्फ्यु पालन गरेर देखाउनु पर्छ’ तिनले भने। शिक्षालाई भुलेर हाल विध्यार्थीहरु छुट्टै राज्यको आन्दोलनमा लागी परेको बताउँदै तिनले गोर्खाल्याण्ड वाहेक अरु कुनै पनि व्यवस्थाहरु विध्यार्थीहरुलाई मान्य नहुने घोषणा गरेका छन्। आन्दोलन अवधि मोर्चा नेताहरुको पक्राउलाई प्रशासनको अत्याचार रहेको ठहर गर्दै तिनले पुलिस प्रशासनले अब विध्यार्थीहरुलाई पनि पक्राउ गरेर देखाउनु पर्ने चुनौती दिएका छन्। यता सभामा उपस्थित विध्यार्थीहरुलाई सम्बोधन गर्दै विमो नेता भूषण तामाङले सिक्किमको लेप्चा समुदायले एलडीबीलाई लिएर पहाड़मा राजनीति गरिरहेको आरोप लगाएका छन्। यदी पहाड़मा जातीय हिंसा फैलिए सिक्किम अनि बंगाल सरकार दायी हुने तिनले आरोप लगाएका छन्। ‘सिक्किमका लेप्चाहरुले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दामा हस्तक्षेप गर्नु हुँदैन’ तिनले भने। यसै पथसभालाई सम्बोधन गर्दै सभासद दावा लेप्चाले पनि लेप्चा समुदायको वर्तमान कार्यक्रमलाई राजनीतिक चलखेलको संज्ञ्य दिएका छन्।











