Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

1 Sept 2013

लेप्चाहरुले राजनीति गर्न जाँदैनन् - तामसाङ

Pradip Lohagun
कालेबुङ 31 अगस्त (प्रदीप)ः- लेप्चा विकास बोर्डलाई लिएर राज्य सरकारले राजनीति गरिरहेको कुराको लेप्चा समुदायका नेता ल्याङ्सोङ तामसाङले खण्डन गरेका छन। राज्यले एलडीसीको कार्ड खेलेर पहाडमा बस्ने गोर्खा अनि लेप्चा समुदायबीच विभाजनको राजनीति गरिरहेको मोर्चाको आरोपको सम्बन्धमा पत्रकारहरूले आज सोधेको प्रश्नको जवाफले तिनले यस कुराको खण्डन गरेका हुन। तिनले लेप्चा विकास बोर्डको गठनको मामिलालाई राजनीतिमा मुछ्नु नहुने विचार व्यक्त गर्दै यस मागको पछि लेप्चाको जातिको कुनै पनि राजनैतिक स्वार्थ नरहेको दाबी गरेका छन। ‘म चोखो मनले सोच्छु कि राज्य सरकारले पनि यसमा राजनीति गरिरहेको छैन। लेप्चा जातिको अर्थ-सामाजिक उत्थानको निम्ति काम गर्नुपर्छ भन्ने सोचले राज्यले बोर्ड गठन गर्ने निर्णय लिएको हो’ इण्डिजिनियस लेप्चा ट्राइबल एसोसिएशन (इल्टा)-का अध्यक्ष ल्याङ्सोङ तामसाङले भने। यहाँको बोङबस्तीस्थित इल्टा मुख्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै तिनले लेप्चाहरूले लामो सङ्घर्ष गरेर यो उपलब्धी हासिल गरेको तथ्यलाई कसैले पनि बिर्सन नहुने बताउँदै लेप्चा विकास बोर्डमार्फत हुने उन्नति र विकासको फाइदा पहाडका सबै जाति र वर्गका मानिसहरूले उपभोग गर्न पाउने दावी पनि गरे। मोर्चाको आरोपबारे सोधिएको प्रश्नको उत्तरमा तिनले भने, ‘मोर्चाप्रति हाम्रो भन्नु केही छैन। लेप्चाहरूले राजनीति गर्न जान्दैनन। जान्ने भए हामी धेरै अघि नै बिकसित भइसक्ने थियौं। अहिले पनि सुदूरवर्ती क्षेत्रहरूमा लेप्चाहरूको अवस्था अत्यंतै दयनीय र कष्टकर छ। तिनै बञ्चित जातिको अधिकार र विकासको निम्ति यो बोर्डको गठन गरिएको हो। लेप्चाहरूको अर्थ सामाजिक विकासबाहेक यो बोर्डको अरु कुनै स्वार्थ छैन” तिनले छुट्टै राज्य गोर्खाल्याण्डको माग र आन्दोलनप्रति लेप्चा जातिको कहिले विरोधिता नभएको पनि स्पष्ट पारेका छन। तिनले गणताञ्त्रिक राष्ट्रमा सबैलाई आफ्नो हकको निम्ति लडाई गर्ने अधिकार रहेको विचार प्रकट गर्दै गोर्खाहरूले जारी राखेको अधिकारको लडाईलाई पनि न्यायोचित बताएका छन। यद्यपि तिनले लेप्चाहरू आन्दोलनलाई सहयोग पुर्याईउन अघि आउने छन भन्ने सञ्चारकर्मीहरूको प्रश्नको भने सोझो उत्तर दिएनन।“हामीले गोर्खाल्याण्डको समर्थन छैन भनेर कहिले पनि भनेका छैनौं। अहिले नै समर्थनको लागि अघि आउँछौं चै भन्न सक्दैनौं। जब समय आउँछ, हामी भन्नेछौं” इल्टा अध्यक्षले भने। तिनले पत्रकारहरूलाई अझ जनाएअनुसार आगामी 3 सेप्टेम्बरका दिन यहाँको मेलाग्राउण्डमा मुख्यमंत्री ममता बेनर्जीको सम्मानको निम्ति इल्टाले एउटा सम्मान समारोहको आयोजना गर्ने निश्चित भएको छ। तिनले पहाड आन्दोलित रहेको अवस्थामा सो कार्यक्रमको आयोजनाले जन्माएको शंकाको निवारण गर्दै भने, ‘यो कार्यक्रमको घोषणा हामीले गत जून महीना मै गसकेका थियौं। त्योबेला यहाँको राजनैतिक परिस्थिति यस्तो होला भन्ने हामीलाई अनुमान थिएन। हामीले मुख्यमंत्र्रीलाई त्यहीबेला निम्तो दिइसकेका थियौं। पाहुनालाई निम्ताइ सकेर कार्यक्रम स्थगित गर्दा अपमान होला भन्ने लागेर यो जमर्को गरिएको हो’ तिनले थप जनाएअनुसार यस दिन मुख्यमंत्रीलाई लेप्चा जातिको सम्मानसूचक उपाधि ‘किञ्चुन दारमित’ प्रदान गरी इल्टाले आफ्नो आभार प्रकट गर्नेछ। लेप्चा विकास बोर्ड गठन गरि दिएबापत मुख्यमंत्रीप्रति कृतज्ञता ज्ञापन गर्न आयोजना गरिने सो कार्यक्रममा लगभग बीस-पच्चीस हजार लेप्चाहरूको जमघट हुने तिनको अनुमान छ। लेप्चा समुदायले बिहीबारदेखि कालेबुङमा शुरु गरेको शान्ति धरनाको सम्बन्धमा इल्टाको आधिकारिक अडानबारे पत्रकारहरूले जान्न चहाँदा तिनले सो कार्यक्रमसँग संगठनको कुनै सरोकार नरहेको जनाएका छन। ‘धरनाको कार्यक्रमसँग संगठनको कुनै सम्बन्ध छैन। उनीहरू शान्ति पुनर्बहालीको माग गरिरहेका छन। शान्ति कायम भयो भने मात्र गणतञ्त्रको कुरा गर्न लायक होला” तामसाङले भने।

Related Posts:

  • Nod to tea tourism without land lease BIRESWAR BANERJEE AND AVIJIT SINHA Makaibari garden in Kurseong, which has introduced tea tourism Siliguri, Feb. 14: The government will support tea tourism based on infrastructure already existing in plantations but… Read More
  • Toyota & tourism plans in north Siliguri, Feb. 12: Automobile majors Toyota and Maruti and four tourism entrepreneurs have expressed interest in investing in north Bengal, industries minister Partha Chatterjee said here today.“Toyota and Maruti have writte… Read More
  • Rs 130cr package for north growth Siliguri, Feb. 14: North Bengal development minister Gautam Deb announced over Rs 130 crore for several projects from his new office on Hill Cart Road where he started working today.Of the total, Rs 20 crore would be… Read More
  • Couple found dead Normal 0 false false false EN-US X-NONE HI MicrosoftInternetExplorer4 … Read More
  • Makeover takes off at Mall VIVEK CHHETRI Darjeeling, Feb. 14: The DGHC has started revamping the Mall and the first phase of the Rs 9 crore project for Darjeeling’s famous promenade is expected to be completed in five months.Nearly Rs 2 crore … Read More

0 comments: