कालेबुङ 6 सेप्टम्बर (छेवाङ योञ्जन): युवा अनि विद्यार्थी
मोर्चा कालेबुङ महकुमा समितिका प्रतिनिधिहरुले आज संयुक्त रुपमा एउटा
पत्रकारसम्मेलनको आयोजना गरि शहरमा शान्तिश्रंखला बनाइ राख्ने आफ्ना समर्थकहरुलाई
अपिल गरेका छन्। मायालल्याङ लेप्चा विकास परिषदको गठन अनि मुख्यमन्त्री ममता
ब्यानर्जीले यहाँको मेला ग्राउण्डबाट दिएकी भाषणको कारण कालेबुङमा जातीय हिंसा हुन
सक्ने सम्भावनालाई केन्द्र गर्दै युवा अनि विमो नेताहरुले प्रशासनलाई अघिबाटै
सतर्कता गराएका छन्। हाल कालेबुङका विभिन्न क्षेत्रहरुमा कुटपिटको घटनाहरु भइरहेको
अपुष्ट अनि आधारहिन हल्लाहरु फैलिरहेको विषयलाई केन्द्र गर्दै युवा मोर्चा नेता
बालकृष्ण थापाले यस दिशामा प्रशासनले कड़ा नजर राख्नु पर्ने अपिल गरेका छन्। तिनले
आज पत्रकारहरुसंग कुराकानी गर्दै सरकारले छुट्टै राज्यको मुद्दालाई दवाउन हाल
पहाड़मा जातीय विभाजनको नीति अपनाएर सम्प्रादायीक हिंसा फैलाउने प्रयास गरिरहेको
बताउँदै पार्टी कार्यकर्ताहरुलाई शान्तिश्रंखला भङ्ग नगरिदिने अपिल गरेका छन्। लेप्चाजातिसंग
कुनै प्रकारको मतभेद नरहेको बताउँदै तिनले हाल पहाड़मा शान्ति वातवरणको खाचो
रहेकोले अब कार्यकर्ताहरुले जनाक्रोश कम गर्नु पर्ने अनुरोध गरेका छन्। आन्दोलन
अवधि यदी कसैले पनि सम्प्रादायीक हिंसा उत्पन्न हुने प्रकारको काम गरे मोर्चा
जिम्मेवार नहुने पनि तिनले स्पष्ट पारेका छन्। यता विद्यार्थी मोर्ता नेता दिप
थापाले पनि पहाड़मा जातीय दङ्गा हुन सक्ने सम्भावनालाई केन्द्र गर्दै सरकारको
कुटनीतिलाई बुझेर पार्टी कार्यकर्ताहरुले शान्तिमय वतावरण कायम राख्नु पर्ने अपिल
गरेका छन्। ‘1986 सालको आन्दोलनमा पनि सरकारले छुट्टै राज्यको मुद्दालाई दवाउन जातीय
हिंसाको नीति अपनाएको थियो र आज ममता सरकारले पनि योही रणनीति पहाड़मा चलाई रहेकी
छन्’ तिनले भने ‘तर हामीले संयम राखेर आन्दोलन अघि बढ़ाउनु पर्छ’। पहाड़मा
चलिरहेको छुट्टै राज्यको आन्दोलनलाई सरकारले कुनै पनि समय षड़यन्त्र गरेर
हिंसात्मक बनाउ सक्ने बताउँदै विमो नेता दीप थापाले सबै पहाड़वासीले यो समय शान्ति
अपनाइ दिने अनुरोध गरेका छन्। कालेबुङका मोर्चा नेतृत्वहरुलाई पक्राउ गरेर अन्य
ठाँऊको काण्डहरुमा संल्गन रहेको पुलिसले आधारहिन आरोपहरु लगाइ रहेकोमा विरोध
जनाउँदै आज विद्यार्थी मोर्चा कालेबुङ महकुमा समितिले यहाँको महकुमा अधिकारीलाई
एउटा ज्ञ्यापन पत्र पेस गरेको पनि तिनले पत्रकारहरुलाई जनाएका छन्।
7 Sept 2013
पहाड़मा शान्तिश्रंखला कायम राख्ने युवा अनि विमोको अपिल
Related Posts:
१८ जुलाईःगोटाफोले कालो दिवसको रुपमा पालन गर्ने प्रज्ज्वल छेत्री कालेबुङ, १६ जुलाई| गोर्खा जनमुक्ति मोर्चा, केन्द्र अनि राज्य सरकारमाझ वर्ष २०११ मा भएको ऐतिहासिक जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एडमिन्सट्रेसन) सम्झौतालाई ‘महाधोका’- बताउदै यसवर्ष पनि गोटाफो (गोर्खाल्या… Read More
Arrears protest in govt estates VIVEK CHHETRI … Read More
SC, ST seek Morcha seal for Lama Darjeeling, July 16: The Darjeeling District Schedule Caste and Schedule Tribe Joint Action Committee will write to Gorkha Janmukti Morcha chief Bimal Gurung requesting him to support academician Mahendra P. Lama as the … Read More
Deadline for civic poll date Calcutta, July 17: Calcutta High Court today directed the state government and state election commission to sit together by tomorrow and fix within three days the dates of polling for 13 municipalities whose terms ended … Read More
कालेबुङको बन वस्ती विकासबाट वञ्चित आन्दोलनमा जाने अर्गनाइजेशनको निर्णय प्रज्ज्वल छेत्रीकालेबुङ,१६ जुलाई|बन वस्ती विकासको निम्ति आउने केन्द्रिय सहायता कालेबुङ महकुमाभित्रका बन-बस्तीहरूमा लागु नभएको आरोप हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेशनले लगाएको छ| वन विकासको निम्ति नेशनल एफोरेस्ट्रेशन इको … Read More
0 comments:
Post a Comment