Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

5 Sept 2013

मुख्यमन्त्रीले गरे आन्दोलनको आलोचना

कालेबुङ 3 सेप्टेम्बर(प्रदीप)ः- ‘रोशनी चांद से होता हैं , सितारों से नहीं
                         मोहब्बत हमारे दार्जीलिङ पहाड के भाई-बहनों से होता है
                         राजनीति के नाम से बन्द करनेवालों से नहीं’
पश्चिम बङ्गकी मुख्यमंत्री ममता व्यानर्जीले एकजना शायरको जस्तो अन्दाजमा उपर्युक्त कुरा भनेर आन्दोलनकारी नेतृत्वप्रति आफ्नो धारणा व्यक्त गर्ने कोसिस गरेकी छन। तिनले गोर्खाल्याण्ड आन्दोलनकारीहरूको धरती टेकेर राज्यकी मुख्यमञ्त्री ममता व्यानर्जीले बङ्गाल विभाजन नहुने आफ्नो अडान दोहोर्‍याएकी छन। आज कालेबुङमा लेप्चाहरूबाट भाग्यविधाताको उपाधी ग्रहण गरेपछि  आफ्नो आधा घण्टाको सम्बोधनमा तिनले लेप्चाहरूको हक हितको जति पैरवी गरिन् त्योभन्दा बढी उर्जा आन्दोलनकारी नेतृत्वहरूलाई आफ्नो ‘दुइ कुरा’ सुनाउनलाई नै खर्च गरिन्। ‘अचुले’ र खामरीमो’ भनेर आफ्नो भाषण शुरु गरेकी मुख्यमञ्त्रीले पहिले लेप्चा विकास बोर्डबारे नै केन्द्रित भएकी थिइन्। भाषणको क्रमको मध्यदेखि तिनले ताजा आन्दोलन र मोर्चाप्रति टिप्पणी गर्न शुरु गरिन्, जुन क्रम तिनको भाषणको अन्त्यै सम्म रह्यो। छुट्टै राज्यको मागविरुद्ध आफ्नो आक्रमकतालाई कायम राख्दै मुख्यमञ्त्रीले भनिन्, ‘तिमीहरू दिल्ली छोडी त ओबामाकहाँ नै जाऊ, यो हाम्रो हो, हाम्रै रहन्छ’ तिनले आफ्नो भाषणको क्रममा मोर्चा र अन्य आन्दोलनकारी नेतृत्वको नाम त लिइनन तर तिनको इशारा कता हो भन्ने कुरा बुझ्न पनि गाह्रो थिएन।तिनले आन्दोलनकारीहरूको चिन्हारीको तर्कलाई पनि हल्कै उडाइन्। तिनले जीटीएलाई नै गोर्खाल्याण्डको समान्तर व्यावस्थाका रुपमा व्याख्या गर्दै भनिन्, ‘आइडेण्टिटीको कुरा गर्छन्।सबै कुरा दिइएको छ, अझै केको आइडेंटिटी? यसको लागि त काम गर्नुपर्छ। जनतालाई भोकै राखेर हुँदैन गोर्खाल्याण्ड आन्दोलनकारीहरूले बङ्गाल चाहिँदैन भन्ने गरे पनि सबै कुराको निम्ति यही निर्भर हुनुपरेको तिनको आशय थियो। ‘बंगाल चाहिँदैन भन्छन् तर खानापिना कहाँबाट आउँछ?’ तिनले भनिन्। आन्दोलन र बन्दका कारण सर्वसाधारणले व्यापक असुबिधा झेल्नु परिरहेको भए पनि नेतृत्व र तिनका परिवारले सुख सुविधा भोगिरहेको तिनको आरोप थियो। लामो समयदेखि जारी रहेको बन्दको कारण कालेबुङको प्रसिद्ध शैक्षिक संस्थान डा ग्राह्मस होम्स बन्दको संघारमा पुगेको दाबी गर्दै मुख्यमत्रीले भनिन, आफ्ना नानीहरोलाई न्युजिल्याण्ण्ड, अष्ट्रेलियातिर पढ्न पठाउँछन अनि गाँउ बस्तीका नानीहरू पढ्ने स्कूल-कलेज बन्द राख्छन। यो के हो?जसको नोक्सान हुँदैछ, उसैलाई मात्र थाहा हुन्छ। जसको नानीहरू विदेशमा पड्छन, उनीहरूलाई जनताको नानीहरूको भविष्यको सरोकार हुदैँन लेप्चाहरूलाई यहाँको मूल रैथाने जातिको संज्ञा दिँदै यो जातिले लामो समयदेखि बञ्चना र किनारीकृत भएर बाँच्नु परेको भए पनि कहिले पृथक हुने कुरा नगरेको तिनको भनाइ थियो। यहाँको सबभन्दा पुरानो जाति लेप्चा हुन तर उनीहरूले कहिले लेप्चाल्याण्ड चाहियो भनेर भनेका छैनन। कहिले सरकारले डिभाइड एण्ड रुल गर्‍यो भनेर भनेन। उनीहरूले कहिले देशलाई खण्डित पार्ने कुरा गरेनन। बुदिष्टहरूले पनि आफ्नो ल्याण्डको कुरा गरेका छैनन। तपाइँहरू मात्र किन यस्तो बदमाशी गर्नु हुन्छ हँ? कहिले यो चाहियो, कहिले त्यो चाहियो। दार्जीलिङ पहाडको बिकासको निम्ति राज्यले गर्नु पर्ने सबै काम गरिएको छ। तपाईहरूले जीटीए मग्नु भयो, हामीले त्यो बनाइ दियौ। अरु के चाहियो?हामीले यसको निम्ति प्रशस्त कोष पनि उपलब्ध गरिदिएका छौं। तर जलाउने, भत्काउने काम मात्र भइरहेको छ। पहाडमा व्यापार र निवेश गर्न कोही तयार छैन मुख्यमंत्रीले भनिन्। तिनले राज्य विभाजन नहुने किटान नै गर्दै भनिन. नो सेपेरेशन, नो डिभीजन जीटीएको गठनपछि पहाड हास्दैँछ भन्ने मुख्यमंत्रीले आज आफ्नो कुरालाई केही घुमाएर भनिन,’म कञ्चनजङ्गालाई माया गर्छु, पहाडका सबै जात जातिलाई माया गर्छु। म कञ्चनजङ्गा रोएको हेर्न चहाँदिनँ तिनले मोर्चालाई भोलि हुने जीटीए प्रमुखको चुनाउको बैठकमा भाग लिने आह्वान पनि गरेका छन। तिनले मोर्चालाई आग्रह गरेको स्वरमा भनिन, कृपा गरी तपाईँहरू जीटीए बडीको प्रमुखको चयन गर्नु होस। राम्रोसँगले काम गर्नोस।दार्जीलिङलाई बचाउनु होस।पहाडलाई खत्तम नपार्नोस। जनताले नेता बनाउँछ, फ्याँक्छ पनि तिनले बन्द हुनु नहुने विचार प्रकट गर्दै सरकारी कर्मचारीहरूलाई पनि काममा फर्किने निवेदन गरेकी छन। बन्द गर्नेहरूले सरकारी कर्मचारीहरूलाई पनि काम गर्न बाधा दिँदैछन। काम गर्न चाहानेहरू अघि आऊ नत्र नयाँ भाइ बहिनीहरूले काम गर्नेछन

Related Posts:

  • Renewed statehood agitation unplanned: experts Pradip Lohagun KALIMPONG 8 Aug 2013 Following the centre’s approval of Telangana, the Gorkha Janmukti Morcha was forced to scrap the Gorkha Territorial Administration and restart the demand for a Gorkhala… Read More
  • CPRM joins Morcha in hill march Women shave heads in statehood ‘sacrifice’ Darjeeling, Aug. 8: Over 100 supporters of the CPRM took out a rally in Darjeeling today in support of the ongoing agitation for Gorkhaland and joined a procession of the Gorkha Janmukti Morcha in a show of unity by t… Read More
  • Only 1 to mark Tagore death anniversary Darjeeling, Aug. 8: Jodi tor daak shune keu na ashe, tobe ekla cholo re (If no one answers your call, then walk alone), Rabindranath Tagore had written. Today, on his 72nd death anniversary, a lone caretaker gar… Read More
  • Govt supply signal to hills AVIJIT SINHA Siliguri, Aug. 8: The state government will stand by the residents of the hills and provide them with food, water and medicines if the Gorkha Janmukti Morcha strike continues for some more days, minister Gauta… Read More
  • सामूहिक आन्दोलनको अवश्यक्त - भागोप कालेबुङ, 9 अगस्त। भारतीय गोर्खा परिसंघका अध्यक्ष डा एनोशदास प्रधानले पहाडमा फेरि एकपल्ट चर्केको अलग राज्यको जनान्दोलनलाई सामुहिक नेतृत्वकै अवधारणाबाट अघि बढाइनु पर्ने कुराको पैरवी गरेका छन। तिनले भागोपलगायतका अन्य गोर्खाल्या… Read More

0 comments: