Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

7 Sept 2013

मुख्यमन्त्रीको विरोध कालेबुङमा अझ तेज

कालेबुङ 5 सेप्टम्बर:
पश्चिम बंगालका मुख्यमन्त्री ममता व्यानर्जीको भाषणले रुष्ट बनेका पहाड़का जनता अनि नेतृत्वहरुमा आजसम्म पनि विरोधको राग दन्किरहेका छन्। गत 4 सेप्टम्बरदेखि मुख्यमन्त्री ब्यानर्जीको बिरोधमा कालेबुङमा उठिरहेको जन-आवज आजसम्म पनि यथावत नै रहेको छ। बन्द कालेबुङ शहरको सड़कहरुमा छुट्टै राज्यको समर्थनमा निस्केका जनसाधरणले आज पनि एका-एक राज्य प्रमुख ममता व्यानर्जीले पहाड़ प्रति गरेको कुटनीतिको विरोधमा नाराबाजी गरिरहेका थिए। छुट्टै राज्य गोर्खाल्याण्डको मांग विरुध मुख्यमन्त्रीले दिएको भाषणले राज्य चहाने समर्थकहरुमा थप उर्जा बढ़ेको छ। बंगाल प्रशासन विरुद्ध जुलूस निकालेर नाराबाजी अनि धरना प्रदर्शन गर्दै आफ्नौ असन्तुष्टी जाहेर गर्न आज पनि धेरै संख्यामा मोर्चा समर्थकहरु कालेबुङ शहरमा भेला भएका थिए। नारी मोर्चा कालेबुङ महकुमा समितिका प्रतिनिधिहरुको अगुवाइमा उक्त भिड़मा उपस्थित बनेका समर्थकहरुले यहाँको डम्बरचोकबाट छुट्टै राज्यको मांगमा विभिन्न प्रकारको नाराबाजी गर्दै जुलूस निकालेका थिए। जुलूसले शहर परिक्रमा गरि पुन डम्बरचोकमा आइपुगेर एउटा जनसभामा परिणत भएको थियो। जनसभालाई गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिका एवम क्रान्तिकारी माक्सबादी कम्युनिष्ट पार्टीका केन्द्रीय समिति उपाध्यक्ष जेबी राई, गोर्खाल्याण्ड टाक्स फोर्सका संयोजक आर. मोक्तान अनि नारी मोर्चा नेतृ तारा लोहारले सम्बोधन गरेका थिए।
आजको जनसभालाई सम्बोधन गर्दै समितिका उपाध्यक्ष जेबी राईले लेप्चा प्रतिनिधिहरुको चलखेल अनि मुख्यमन्त्री ब्यानर्जीको भाषणको कड़ा प्रकारले आलोचना गरेका छन्। राज्य प्रमुखले हाल पहाड़मा उपनिवेशको नीति अपनाइ रहेको आरोप लगाउँदै उपाध्यक्ष राईले आफ्नो सम्बोधनमा मुख्यमन्त्रीले पहाड़मा जाति विभाजनको राजनीति गरिरहेको लेप्चा समुदायले बुझ्नु पर्ने अनुरोध गरे। पहाड़मा आफ्नो बर्चस्व कायम राख्न मुख्यमन्त्रीले जाति विभाजनको नीति अपनाएकी छन् तिनले भने बंगालको उद्देश्य नबुझि लेप्चा दाजु-भाइहरुले थपड़ी मार्नु हुँदैन। तिनले आफ्नो सम्बोधनमा पहाड़का सबै समुदायहरु एक भएर बंगाल सरकारको विभाजन नीतिको विरोध गर्नु पर्ने अपिल गरेका छन्। पुलिस प्रशासनले राज्य प्रमुखको निर्दैशमा आन्दोलनकारीहरुलाई धड़पकड़ गरिरहेको आरोप लगाउँदै तिनले बंगालको कानुन व्यवस्था प्रति प्रश्न उठाएका छन्। मुख्यमन्त्रीले राजी-खुशी गर्न पाउने बंगालको कानुन भारतको संविधानमा पर्छ कि पर्दैल तिनले प्रश्न गरे। मुख्यमन्त्रीले मेला ग्राउण्डबाट घोषणा गरेका योजनाहरुको विरोध जनाउँदै राईले आफ्नो सम्बोधनमा सरकारलाई पाँच वर्ष विताउन कठिन परिरहेको बताए। समिति अपाध्य राई आजको जनसभामा मुख्यमन्त्रीको भाषणको प्रतेक लाइनहरुको खण्डन गर्दै यदी सरकारलाई समस्या हुँदैन भने पश्चिम बंगालको नाम नै परिवर्तन गरेर गोर्खाल्याण्ड राख्नु सक्नु पर्ने चुनौती दिएका छन्।
यता नारी मोर्चा नेतृ तारा लोहारले पनि आफ्नो सम्बोधनमा सय वर्ष पुरानो छुट्टै राज्य गोर्खाल्याण्डको मांगलाई राज्यको मुख्यमन्त्रीले वाध दिन नसक्ने बताएकी छन्। पहाड़मा विभाजनको नीति अपनाउने मुख्यमन्त्री आफै बंगालदेखि बाहिरिने छिन् तिनले भने। अर्कोतिर लेप्चा समुदायलाई औल्याउँदै तिनले पहाड़का सबै लेप्चाहरु एडीसीको पक्षमा नरहेको दावी गरेका छन्। 3 सेप्टम्बरको दिन मेला ग्राउण्डमा सम्पन्न भएको लेप्चा समुदायको कार्यक्रममा पनि धेरजसो लेप्चाहरु सिलगढ़ी अनि सिक्किमबाट आएको तिनको भनाइ छ। दुर्घम क्षेत्रका लेप्चाहरु यदी कार्यक्रममा नआए 250 रुपया जरिमाना तिर्नु पर्ने थियो तिनले भने जरिमाना तिर्नुपर्ने ड़रले नै उनीहरु कार्यक्रममा आएका हुन्। नारी मोर्चा नेतृ लोहारले आज लेप्चा समुदायका प्रतिनिधि एलएस तामसङको व्यक्तिगत जीवनबारे आलोचना गर्दै प्रतिनिधिहरुले बंगालको जाति विभाजनको नीति बुझ्नु पर्ने बताए। जनसभालाई सम्बोधन गर्दै गोटाफो संयोजक आर. मोक्तानले पनि राज्य सरकारले आन्दोलनकारीहरु प्रति गरेको हालको दमननीतिको विरोध जनाएका छन्। तिनले आफ्नो सम्बोधनमा इन्डिजिन्यस लेप्चा ट्राइबल एसोशिएसन(इल्टा)ले उल्टा काम गर्नु नहुने अपिल गरेका छन्। डम्बरचोक परिसरमा आज सम्पन्न भएको जनसभामा मोर्चा नेताहरु विजय सुन्दास, कुमार चामलिङ, क्रामाकपा नेताहरु किशोर प्रधान, मोहन पौडयाल, सुदन प्रधान आदि उपस्तित थिए। शहरमा जुलूस अनि जनसभा क्रमिकरुपमा सम्पन्न भए तापनि बन्द भने यथावत नै रहेको छ। बन्दको कारण यहाँका दोकान-पाट, शैक्षिक संस्थान, यातायात सेवा लगायत सरकारी कार्यलयहरु समेत अचल रहेको छ।

Related Posts:

  • United Sikkim enters I-League - Draw for Bhaichung boysGangtok, April 17: United Sikkim entered the I-League with a 1-1 draw against Mohammedan Sporting in the final match of the second division here today.Bhaichung Bhutia’s boys are the second team from the Northeast to make it … Read More
  • Strike off, nod to protest meets - Govt agrees to Karam holidayCalcutta, April 17: The Gorkha Janmukti Morcha and John Barla-led forum decided to “indefinitely defer” its 48-hour proposed strike after a “very cordial” discussion with the government this afternoon.Both sides told journali… Read More
  • दार्जीलिङको सानो रेल लिक बाहिर17 अप्रेल(कालेबुङ):-सोमबार दार्जीलिङको सानो रेलले लिक छोडेर पर्यटकहरुलाई भयभित पारे पनि कुनै गम्भीर दूर्घटना भने भएन। दार्जीलिङबाट घूमसम्मको जोय राइडको अवधीमा कागझोडामा यो दूर्घटना हुन पुगेको थियो। कागझोडामा पुगेर टोयट्रेन लि… Read More
  • वाहन दुर्घटनमा पाचँको मृत्यु चारजना घाइते17 अप्रेल(कालेबुङ):- तीव्र गतिमा गाडी हाक्ने होड्मा पाँचजना यात्रीहरुले ज्यान गुमाउनु परेको छ भने रहल चारजना यात्रीहरुलाई घाइते अवस्थामा विभिन्न क्षेत्रका अस्पतालहरुमा भर्ना गरिएको छ। सोमबार दार्जीलिङबाट यात्रीहरु लिएर गान्त… Read More
  • Hill tourists taken for a ride - Travel agents rake in money with trips to ruined Rock GardenDarjeeling, April 17: Tourists in Darjeeling are visiting parks and spots that are in a shambles as tour operators are doing little to warn them what to expect.The Rock Garden and Gangamaya Park are examples of sites that hav… Read More

0 comments: