Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

5 Sept 2013

राज्य प्रमुखको विरोधमा हजारौ जनता सड़कमा

काल्बुङ 4 सेप्टम्बर:
बन्द अवधि कालेबुङ आइपुगेकी राज्यकी मुख्यमन्त्री ममता ब्येनरजीले छुट्टै राज्य गोर्खाल्याण्डको विरोधमा यहाँको मेला ग्राउण्डबाट भाषण दिएका थिइन्। आज तिनै मेला ग्राउण्डमा छुट्टै राज्य गोर्खाल्याण्ड प्रेमी हजारौ जनताले मुख्यमन्त्री मुर्दाबादको नारा लगाउँदै छुट्टै राज्यको मांगमा आवज बुलन्द गरेका छन्। आज कालेबुङ महकुमाका विभिन्न क्षेत्रहरुबाट आएका गोर्खाल्याण्ड प्रेमी हजारौ मानिसहरुको भिड़ यहाँको मेनरोड़देखि डम्बरचोकसम्म नै जमेको थियो। मोर्चा कालेबुङ महकुमा समितिको योजना अनुसार डम्बरचोकबाट नै छुट्टै राज्यको पक्षमा विभिन्न प्रकारको नाराबाजी गर्दै विराट जुलूस शुरु भएको थियो। जुलूसमा उपस्थित मानिसहरुले मुख्यमन्त्रीको भाषणको खण्डन गर्दै व्यापक नारा बाजी गर्दै शहर परिक्रमा गरेका थिए। शहर परिक्रमा गर्दै जुलूसमा उपस्थित मानिसहरु नाराबाजीको साथमा नै यहाँको मेला ग्राउण्ड पुगेका थिए। मैदान, ग्यालेरी अनि मञ्चसम्म छरिएर बसेका हजारौ मानिसहरुले एकैसाथमा मुख्यमन्त्री मुर्दावादको नारा लगाउँदै गोर्खाल्याण्डको मांगमा मुखर बनेर आवज उठाएका छन्। लामो समयसम्मको नारावाजी पछि आज मेला ग्राउण्डमा नै विराट जनसभा पनि सम्पन्न भयो। आज सम्पन्न भएको जनसभालाई गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिका अध्यक्ष एनोशदास प्रधान, नारी मोर्चा नेतृ बंदना योञ्जन, विध्यार्थी मोर्चा नेता दिप थापा, जेएसटीओका विजय प्रधान आदिले सम्बोधन गरेका थिए।
आफ्नो सम्बोधनमा समितिका अध्यक्ष एनोशदास प्रधानले मुख्यमन्त्री ममता ब्येनरजीले छुट्टै राज्य अनि गोर्खाहरुको विरोधमा दिएकी भाषणको खण्डन गर्दै 3 सेप्टम्बरलाई गोर्खाहरुको इतिहासमा कालो दिनको रुपमा चिनिने बताए। प्रधानले आजको जनसभामा झारखण्डको राजनीतिक इतिहास उल्लेख गर्दै मुख्यमन्त्री ममता ब्येनरजी जिउँदो रहँदा नै छुट्टै राज्य गोर्खाल्याण्ड निर्माण हुने दावी गरेका छन्। लालुले झारखण्ड मेरो लास माथि बनिन्छ भनेका थिए तर आज लालु जिउँदै छन् अनि झारखण्ड राज्य बनेर विकाश गरिरहेको छ प्रधानले भने मुख्यमन्त्री तिमी जिउँदै रहन्छौ अनि गोर्खाल्याण्ड बनिन्छ। मुख्यमन्त्रीले पहाड़का गोर्खाहरुलाई होच्याउने प्रयास गरिरहेको आरोप लगाउँदै समिति अध्यक्ष प्रधानले राज्य प्रमुखले पहाड़ अनि गोर्खाहरुको इतिहास पढ़नु पर्ने सुझाव दिएका छन्। यतीको अंपढ़ मुख्यमन्त्री मैले मेरो जीवनमा देखेको छुइन तिनले भने। आजको जनसभामा सम्बोधन गर्दै तिनले हालैमा दोह्रादुनमा सम्पन्न भएको सम्मेलनमा सामेल बनेका देशका विभिन्न राज्यहरुबाट आएका गोर्खा प्रतिनिधिहरुले दार्जीलिङमा चलिरहेको छुट्टै राज्यको आन्दोलनलाई समर्थन गरेको बताउँदै पहाड़को आन्दोलनले अब जन-आन्दोलनको रुप लिएको दावी गरेका छन्। अब यो आन्दोलनले सिक्किम, आसाम, मेघाल्य, देह्रादुन, उत्तरखण्ड अनि दिल्लीका सड़कहरु गर्जिनु पर्छ तिनले भने सारा भारत भरिनै गोर्खाल्याण्डको आवज उठे ममता ब्येनरजीको केही सिप चल्दैन। खाध्यसामाग्री अनि यातायात सेवा बन्द गर्ने मुख्यमन्त्रीको बयानको पनि तिनले कड़ा रुपमा विरोध गरेका छन्। संसदमा खाध्य सुरक्षा बिल पारित भएको छ तिनले भने हाम्रो अधिकार रोक्ने ममता ब्येनरजी को हो’?  ओड़िसा, आसम अनि बिहारबाट राशिन ल्याएर पनि पहाड़वासीलाई समस्यामा नपार्ने तिनले आशवसन दिएका छन्। गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिको निर्देशमा हाल एक टोली नेतृत्वहरु दिल्ली भ्रमणमा रहेको बताउँदै तिनले दिल्लीको सकारात्मक आशवसनलाई केन्द्र गरि समितिले चाड़ैनै बैठक गरेर अघिल्लो रणनीति तयार गर्ने जानकारी दिएका छन्। यसै जनसमावेशलाई सम्बोधन गर्दै नारी मोर्चा नेतृ बंदना योञ्जनले मुख्यमन्त्रीको आड़मा लेप्चा समुदायका प्रतिनिधिहरुले पहाड़मा जातीय विभाजन गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्। छुट्टै राज्य गोर्खाल्याण्ड नभइञ्जेलसम्म हामी विभाजन हुनुहुँदैन तिनले अपिल गरेका छन्। यता विमो नेता दीप थापाले आजको जनसभालाई सम्बोधन गर्दै पहाड़का तृणमूल नेताहरुको आलोचना गरेका छन्। विध्यार्थीहरु सामेल बनेर हाल छुट्टै राज्यको निम्ति जन-आन्दोलन गरिरहेको समय विमो नेताहरुलाई पुलिसले पक्राउ गरेकोमा विरोध जनाउँदै तिनले प्रशासनको यस प्रकारको नीतिको विमोले कड़ारुपमा विरोध जनाउने बताए। मोर्चाले सर्वभारतीय गोर्खाहरुको निम्ति छुट्टै राज्यको मांग गरिरहेको बताउँदै विमो नेता दीप थापाले आफ्ने सम्बोधनमा केवल एउटा जातिको निम्तिमात्र व्यवस्था ल्याएर लेप्चा प्रतिनिधिहरुले स्वर्थपुर्तीको काम गरेको आरोप लगाएका छन्। अन्तमा तिनले लेप्चा प्रतिनिधि एलएस तामसङले गोर्खाहरुले दिएको साथ पैसा अनि सहुलियतमा साटेको आरोप लगाएका छन्।

Related Posts:

  • Hill tourism stares at Puja losses Siliguri, July 31: Tourists who planned to spend the Durga Puja in the hills and in Sikkim have started dialling tour operators to enquire if it was safe to make the trips, given the Morcha’s plan to step up its statehood … Read More
  • Plains strike to cut supply Siliguri, July 31: On Thursday and Friday, when the Gorkha Janmukti Morcha plans to lift the general strike for 48 hours, two outfits in Siliguri have called a strike in the plains. The strike will not have a direct … Read More
  • जीटीए चलाउने होसियार - क्रान्तिकारी युवा जमात कालेबुङ 31 जुलाई छुट्टै राज्य गोर्खाल्याण्डको पक्षमा आज कालेबुङ शहरमा एउटा नौलो सङ्गठनको पोष्टरहरु देखा परेको छ। आज बिहानै क्रान्तिकारी युवा जमात कालेबुङको व्यानरमा शहरको विभिन्न स्थानहरुमा गोर्खाल्याण्ड जिन्दावादको नाराह… Read More
  • Mamata Banerjee slams centre over grant of Union territory status to Darjeeling KOLKATA 31 July :  Chief minister Mamata Banerjee alleged on Wednesday that the UPA government had promised some Gorkha leaders that they (Centre) will convert Darjeeling into an Union territory and some Uni… Read More
  • बन्दको कारण समस्यामा विध्यार्थीहरु कालेबुङ 1 अगष्ट “छुट्टै राज्य प्राप्तीको निम्ति आन्दोलन हुनुपर्छ तर विध्यार्थीहरुको पढ़ाइमा भने वाधा दिनु हुन्न” – यहाँको कालेबुङ कन्य उच्च माध्यमिक विधालयमा अध्ययनरत विध्यार्थी श्रृजना लिमबुले पहाड बन्दको कारण आफू पढ़ाई … Read More

0 comments: