कालेबुङ 3
सेप्टेम्बर(प्रदीप)ः- लेप्चाहरूको ‘भाग्यविधाता’ बनेर पहाड चढेकी मुख्यमंत्री ममता
व्यानर्जीले पनि यो जातिका मानिसहरूलाई निराश पारिनन। लेप्चाहरूको आशाअनुरुप मुख्यमंत्रीले
कैयौं लोभलाग्दा योजना र सहुलियतहरूको घोषणा गरेर यो जातिका मानिसहरूको मन जित्न सफल
भएकी छन। मायालल्याङ लेप्चा विकास बोर्डको गठनको घोषणा गरिएको दोस्रो बर्षगाँठको
अवसरमा भाग्यविधाताको सम्मान ग्रहण गर्न आएकी मुख्यमंत्रीले समारोहमा भेला भएका
लगभग आठ हजार लेप्चाहरूको अघि कैयौं आकर्षक योजनाहरूको ‘छडी’ नै घुमाइन्। तिनले आज
घोषणा गरेका सबै योजना र सहुलियतहरू लेप्चा बोर्डले समयमै क्रियान्वयन गर्न सकेको
खण्डमा ‘किनारीकृत’ भनिएको यो जातिको अर्थ-सामाजिक स्थितिमा अप्रत्याशित सुधार
आउनेछ। लेप्चा जातिको सर्वाङ्गिण विकास र प्रवर्द्धनको निम्ति सरकारबाट हुनुपर्ने
तत्परता र संरक्षणका आश्वास्नहरू मुख्ज्यमंत्रीले केही नछोडी खन्याएर गएकी छन। तिनले
लेप्चा विकास बोर्डको निम्ति थप पचास करोड रुपियाँ अनुदानसँगै कैयौं आकर्षक
योजनाहरूको घोषणा गरेकी छन। मुख्यमंत्रीले लेप्चा विकासको बोर्डको मुख्यालय स्थापना
गर्न यहाँको टाउन हलको विपरित अवस्थित जमिनलाई छनौट गरिएको जानकारी दिइन। तिनले आगामी
बर्षको शैक्षिक सत्रदेखि पहाडका प्राथमिक पाठशालाहरूमा लेप्चा भाषालाई पनि पठनपाठनको
विषयको रुपमा सामेल गरिने घोषणा गरिन। यसबाहेक यस जातिको सांस्कृतिक मुल्यहरूको
संरक्षण र प्रवर्द्धनको निम्ति लेप्चा सांस्कृतिक अनि धरोहर केन्द्र अनि लेप्चा
कलासंगीतको प्रवर्द्धनको निम्ति लेप्चा एकाडेमीको गठन गर्ने घोषना गरेकी छन। लेप्चा
धरोहर केन्द्रको स्थापनाको निम्ति सरकारले शुरुमा 25 लाख रू प्रदान गर्ने तिनले
घोषना गरिन। लेप्चा समुदायका मानिसहरूको निम्ति प्रतिपरिवार दुइ लाख खर्चेर एक
हजार वटा घर पनि निर्मान गरिदिने कुरा तिनको घोषनाको सूचीमा सामेल थियो। मुख्यमंत्रीले
क्षेत्रका विकलाङ्गहरूद्वारा निर्माण गरिने हस्तकलाका सामग्रीहरूको उत्पादन र प्रवर्द्धनको
निम्ति पनि दस लाख रू प्रदान गरिने घोषणा गरेकी छन। यसबाहेक पहाडका बेरोगजार
युवाहरूलाई अवसर प्रदान गर्ने उद्देश्यले पाँच हजार पुलिसकर्मी नियुक्त गर्ने
तिनले घोषना गरेकी छन। घोषणा नै पछिको ताली र सुसेलीले हौसिएकी मुख्यमंत्रीले यस
दिन लेप्चाहरूको दूर्दशाप्रति पनि निकै चिन्ता व्यक्त गरिन। “लेप्चाहरूले
दिएको सम्मानको निम्ति म आभारी छु। जति दिन जीवित रहन्छु, म तपाईँहरूको
कार्यक्रममा सामेल हुन आइ नै रहनेछु” लभगभ
भाव अभिभुत नै भएर मुख्यमंत्रीले भनिन।
5 Sept 2013
एलडीबीको लागी कैयौं लोभलाग्दा योजना र सहुलियतहरू
Related Posts:
More effective measures needed, not strikes: public KURSEONG 8 Sep 2013 Some sections of pro-Gorkhaland supporters in the hills believe the leadership should halt the programme of continued bandhs and come up with other forms of protests to increase the momen… Read More
अब माटोको निम्ति लड़ने छौ - शैनिक मोर्चा कालेबुङ 8 सेप्टमेबर(छेवाङ योञ्जन) : जीटीएका डेप्युटी चिफ एक्ज्युकेटीभ एवम पुर्व सैनिक/अर्ध-सैनिक मोर्चा अध्यक्ष रमेश आलेले पनि आज कालेबुङमा सम्पन्न भएको दलको पथसभाबाट राज्य सरकारको दमननीतिको आलोचना गरेका छन्। यहाँको डम्बरचो… Read More
GNLF enacting its ‘politics of silence’? KURSEONG 8 Sep 2013 The Gorkha National Liberation Front, once the most powerful and influential party in the Darjeeling hills, has remained silent even as the Gorkha Janmukti Morcha-led agitation continues … Read More
आन्दोलनको रणनीति परिवर्तन गर्नुपर्छ - ड़ा. छेत्री कालेबुङ 9 सेप्टम्बर (छेवाङ योञ्जन) : लामो समयको बन्दले गर्दा पहाड़को जन-जीवन अस्तव्यस्त रहेको कारण अब आन्दोलनको आगमी रणनीति फेरबदल गर्न सक्ने मोर्चा प्रवक्ता एवम कालेबुङका विधायक ड़ा. हर्कबहाजुर छेत्रीले मनतव्य दिएका छन्। आज… Read More
JSTO, JPTO meet to discuss school reopening issue PRADIP LOHAGUN KALIMPONG 8 Sep 2013 The Janmukti Secondary Teachers’ Organisation and Janmukti Primary Teachers’ Organisation have endorsed the GJM’s move to reopen schools and colleges from September 13. The… Read More
0 comments:
Post a Comment