कालेबुङ 6 सेप्टम्बर (छेवाङ योञ्जन): छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा आज पनि कालेबुङमा मोर्चा
कार्यकर्ताहरुले धरना, जुलूस अनि पथसभाको आयोजना रगेका थिए। धेरै संख्यामा आज पनि
मोर्चा समर्थकहरु यहाँको डम्बरचोक परिसरमा भेला भएका थिए। उपस्थित समर्थकहरुले
डम्बरचोकबाट नै छुट्टै राज्यको मांगमा विभिन्न प्रकारको नाराबाजी लगाउँदै शहर
परिक्रमा गरेका थिए। शहर परिक्रमा पछि मोर्च समर्थकहरुको उक्त जुलूस पथसभामा परिणत
भएको थियो। पथसभालाई क्रमाकपा नेता मोहन पौड़याल अनि मोर्चा कालेबुङ महकुमा
समितिकी अध्यक्ष सरिथा राईले सम्बोधन गरेका थिए। पथसभामा उपस्थित बनेका मोर्चा
समर्थकहरुलाई सम्बोधन गर्दै क्रामाकपा नेता मोहन पौड़ायालले छुट्टै राज्य
प्राप्तिको आन्दोलनमा पहाड़वासीले पुर्याइरहेका योगदान अनि शहिदहरुले दिएको
बलिदानको स्मरण गर्दै राज्य प्राप्तिको संघर्षलाई अझ तिब्ररुपमा अघिबढ़ाउनु पर्ने
अपिल गरेका छन्। गोर्खा जनमुक्ति मोर्चा, गोर्खाल्याण्ड संयुक्त कार्वाही समिति
अनि क्रान्तिकारी माक्सवादी कम्युनिष्ट पार्टीले छुट्टै राज्य गोर्खाल्याण्डको
मुद्दालाई देशको विभिन्न राज्यहरुसम्म पुर्याइ सकेको बताउँदै तिनले अन्य
राज्यहरुबाट पनि गोर्खाल्याण्डको मुद्दाले समर्थन पाएकोले गर्दा चाड़ैनै छुट्टै
राज्य राज्य पाउन सक्ने दावी गरेका छन्। क्रामाकपा नेता पौड़यालले आफ्नो सम्बोधनमा
चिन्ह्रारी के हो? म बुझ्दिन भन्ने राज्य प्रमुख ममता ब्यानर्जीको भाषणको पनि आलोचना गरेका
छन्। ‘यदी पश्चिम बंगाल नहुँदो हो त; मुख्यमनत्रीले बुझ्ने थिइन चिन्ह्रारी के हो’ तिनले भने। तिनले
आजको पथसभालई सम्बोधन गर्दै हाल जेलमा परेका मोर्चा नेताहरुमाथि अत्यचार भइरहेको
बताउँदै प्रशासनको दमननीतिको सर्वसाधरणले विरोध जनाउनु पर्ने अपिल गरेका छन्। यता
मोर्चा कालेबुङ समितिकी अध्यक्ष सरिथा राईले पनि पथसभालाई सम्बोधन गर्दै मोर्चा
नेताहरुको पक्राउलाई लिएर राज्य सरकारको कुटनीतिको आलोचना गरेकी छन्। ‘राज्य सरकारले
मोर्चा नेताहरुलाई पक्राउ गर्न लगाएर जीटीए समझौताको उलङ्घन गरेको छ’ तिने भनिन्। जीटीए
समझौतामा आन्दोलन कालमा नेताहरु विरुध लागेको मुद्दाहरु छिनाफाना हुने कुरा उल्लेख
गरे तापनि राज्य सरकारले समझौताको उलङ्घन गरेर हाल आन्दोलनकारी नेताहरुलाई पक्राउ
गरिरहेको तिनले बताइन्। यहाँको डम्बरचोक परिसरमा आजसम्पन्न भएको पथसभामा कालेबुङका
विभिन्न स्थानहरुवाट मोर्चा समर्थकहरुको उत्साहजनक उपस्थिति रहको थियो। छुट्टै
राज्यको मांगमा शहरमा मोर्चा समर्थकहरुले क्रमिकरुपमा जुलूस, धरना अनि जनसभाहरुको
आयोजना गरिरहेका छन् भने पार्टीको निर्देश अनुसार आजसम्म पनि शहर अचल नै छ। बन्दको
चपेटमा परेर यहाँका दोकान-पाट, शैक्षिक संस्थानलगायत यातायातसेवाहरु पूर्णरुपले
ठप्प बनेको छ।
7 Sept 2013
कालेबुङमा मोर्चाको जुलूस, घरना अनि पथसभा यथावत
Related Posts:
Fire occurred at zydus health care bageykholarangpo-5th july 12Fire occurred at zydus health care bageykhola at 5 pm.according to the news after receiving the information’s two fire tenders from Rangpo fire office ,one from army of bardang and local residents has prov… Read More
टाक्श फोर्सले डुवर्स बाटा छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन शुरु गर्नेज़ीटीए सभाको चुनाउ विरुध 12 बुद्धे आडान लिँदै गोर्खाल्याण्ड टाक्श फोर्सले डुवर्स बाटा छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन शुरु गर्ने निर्णय लिएको ।गो टा फो अध्यक्ष रेभ डा एनोश दाश प्रधानले आज उक्त मनत्व्य प्रकट गरेका छन। स्था… Read More
Sikkim slide halts trafficRAJEEV RAVIDAS A bulldozer clears debris at Birickdara in Kalimpong … Read More
A major bus accident at kumrek claimed two dead on the spotRANGPO-5TH JULY12A major bus accident at kumrek claimed two dead on the spot and three enjured.according to the news an SNT bus NO SK 03 T 0255 COMING FROM rorathang to Rangpo was accident near kumrek plunged 600 feet from… Read More
GTF out of hill contestRAJEEV RAVIDASKalimpong, July 6: The Gorkhaland Task Force of five rival parties of the Gorkha Janmukti Morcha today said it would not contest the GTA polls because it sees the exercise as a ploy by the state to claim that pe… Read More
0 comments:
Post a Comment