कालेबुङ 6 सेप्टम्बर (छेवाङ योञ्जन): ‘स्पेसल कालेबुङ
जनता’ को नाममा आज शहरमा देखा परेको एउटा पोष्टरले मोर्चा अनि गोर्खाल्याण्ड
संयुक्त कार्वाही समितिले तय गरेको रणनीतिहरुको कड़ा प्रकारले खण्डन गरेको छ। हुन
त कालेबुङ शहरमा जनता नामको किर्ते पोष्टरहरु टास्ने एउटा फेशन नै स्थापित भइसकेको
छ। अझ यसचोटीको लामो बन्द अवधि शहरमा जनता नामको पोष्टरहरु लछेप्रै देखिएको छ। मोर्चा
वा गोजोएक-ले घोषणा गरेको आन्दोलनको भावी रणनीतिहरुलाई जनता नामको पोष्टर मार्फत
नै समर्थन गरिएको देखिन्छ भने शहरमा टासिएको कतिपय पोष्टरहरु मार्फत भने राजनीतिक
दल अनि नेतृत्वहरुको समेत आलोचना गरिएको देखिन्छ। यसरी नै आज यहाँको सीके चोक
परिसरमा ‘स्पेसल कालेबुङ जनता’ को नाममा टासिएको एउटा पोष्टरमा मोर्चा अध्यक्ष विमल गुरुङले
पाठशालाहरु खोल्ने विषयमा लिएको निर्णयको विरोध जनाएको छ। मोर्चा अध्यक्ष विमल
गुरुङको निर्णयको खण्डन गर्दै उक्त पोष्टरमा आगमी 15 देखि 31 सेप्टम्बरसम्म
कालेबुङका जनताले नै बन्द पालन गर्ने घोषणा गरेको छ। यदी कसैले पनि बन्दको उलङ्घन
गर्दै दोकान-पाट खोले तोड़फोड़समेत गर्ने उक्त पोष्टरमा चेतावनी दिएको छ। शहरमा
पटक-पटक जनता नामको पोष्टरहरु टासे तापनि आज सम्म पोष्टर टासनेहरुको कुनै प्रकारको
जानकारी पाइएको छैन।
7 Sept 2013
‘स्पेसल कालेबुङ जनता’ को पोष्टरमा मोर्चालाई चेतावनी
Related Posts:
GJAC’s cultural movement completes Day 9 PRADIP LOHAGUN KALIMPONG 21 Sep 2013 The agitation in demand of statehood by way of showcasing cultural uniqueness of the residents of the hills that was launched by the GJAC on September 13 completed its… Read More
विकास अनि शान्ति खोज्दै मोर्चा समर्थकहरु तृणमूलमा सामेल कालेबुङ 21 सेप्टेम्बर कालेबुङ महकुमा अन्तगर्त पर्ने 41 गिटडाव्लीङ निम्बोङ स्मष्टिका लगभग दर्जनौ गाँऊका मोर्चा समर्थकहरु आज तृममूल कंग्रेसमा साले भएका छन्। स्मष्टिका तृणमूल कंग्रेस नेता छिरिङ शेर्पाले आज निम्बोङ सर्वजनिक भवन… Read More
‘Janta’ posters surface in Kalimpong again KALIMPONG 21 Sep 2013 Posters signed by the ‘Janta’ vilifying the Gorkha Janmukti Morcha leadership have again surfaced in the town’s main road and super market areas taking readers by surprise. They have r… Read More
Education imperative for statehood: Mahendra P Lama Siliguri 21 Sep 2013 Noted academician Mahendra P Lama today held an interactive session at the Mangal Maity Bhawan in Darjeeling More where he stressed on the need for education. “If students in the hills are … Read More
Tshibo-Tashiding GJM leader Subba produced before court KALIMPONG 21 Sep 2013 GJM leader Vikki Subba from Tshibo-Tashiding who was arrested on Friday evening for on the charge of burning a car on August 27, was today presented before the Kalimpong ACJM court. Sub… Read More
0 comments:
Post a Comment