कालेबुङ 2 सेप्टेम्बर- हिल तृणमूल नेता छेवाङ
भोटियाले चिन्हारीको सवालमा आफ्नो विरोधिता नरहेको तर यसको निम्ति सही र
इमानदार नेतृत्वको अभावमा यस दलमार्फत पहाडको हितको निम्ति काम गर्न अघि
सरेको मन्तव्य प्रकट गरेका छन। दलनेत्री ममता व्यानर्जीको स्वागतको निम्ति
यहाँको मेनरोडमा पार्टीको झण्डाहरू लगाउने क्रममा भोटियाले आफ्नो विचार
पत्रकारहरूसँग साझा गरेका हुन। पहाडमा बस्ने कसैले पनि छुट्टै राज्यको
विरोध नगरेको दाबी गर्दै तिनले आन्दोलनकारी नेतृत्व आफै यसको निम्ति
इमानदार नरहेको आरोप लगाएका छन। गोर्खाल्याण्ड कुन नेताले माग्दैछ भन्ने
प्रश्न उल्टै पत्रकारहरूलाई तेर्साउँदै भोटियाले भने ‘आन्दोलन गर्ने
नेताहरूले जनतालाई उल्लु बनाएर पैसाको निम्ति मोलतोल गर्दैछन। चिन्हारीको
कुरामा हाम्रो समर्थ छ। हामीले गोर्खाल्याण्डको विरोध गरेका छैनौं। तर सही र
इमानदार नेतृत्व नदेख्दा हामीले तृणमूलमा पसेर काम गर्ने निधो गरेका हौं”
तिनले लेप्चा समुदायको कार्यक्रमबाट तृणमूलले राजनैतिक फाइदा उठाउन खोजेको
आरोपलाई पनि सोझै खारेज गरेका छन। “हामी पार्टीकर्मी हौं। पार्टीप्रमुख
आउँदा दलको झण्डा लगाएर उनलाई स्वागत मात्र गरेका हौं। यसमा राजनीति गर्योा
भन्ने प्रश्नै आउँदैन” भोटियाले हिल तृणमूल नेतृत्व र कर्मीहरू सदैवमा
पहाडमा गणतञ्त्र र शान्तिको पक्षमा रहेको दावी पनि गरेका छन। अहिले विषम
राजनैतिक परिस्थितिमा पनि तृणमूल सरकारकी प्रमुख ममता व्यनर्जी कालेबुङ आएर
शान्ति र मैत्रीको सन्देश दिने कोशिश गरेको ठहर गर्दै तिनले भने, “हामी
सबै भाइभाइ हौं। हामी सबैसँग मिलेर बस्न चहान्छौं। तर आन्दोलनकारी दल र
नेताहरूको कुनै नैतिकता छैन।उनीहरूले उठान गरिरहेको मुद्दाप्रति स्पष्ट
अडान पनि छैन। उनीहरूको नीति र कार्यक्रम दुवै फ्यातुलो छ” भोटियाले हाल
चलिरहेको बन्दका कारण शिक्षाक्षेत्र प्रभावित भएको भन्दै चिन्ता पनि प्रकट
गरेका छन। बन्द र आन्दोलनका कारण पहाडका विद्यार्थीहरूको भविष्य
बिग्रिरहेको मन्तव्य जाहेर गर्दै तिनले भने, “आन्दोलनकारी नेताहरूले जीटीए
त्याग्ने आश्वासन दिएर जनताको आँखामा धूलो हाल्ने काम गरिरहेका छन। हामी
मिलेर काम गर्ने पक्षमा छौं” यता, तृणमूलकर्मीहरूले शहरको मेनरोडमा दलकी
नेत्रीको फोटो अङ्कित झण्डाहरू लगाएर दलकी प्रमुखलाई स्वागत जनाउने काम
गरेका छन।
2 Sept 2013
कालेबुङमा लछेप्रै तृणमूलको झण्डा
Related Posts:
construction create dispute in miningRANGPO-16 JULY 12The huge dispute is created between the youths of mining and Rangpo nagar Panchayat regarding the work of construction of cemented floor in Rangpo mining secondary school pray(prathna) ground .according to th… Read More
Anti-Morcha posters tornKalimpong, July 18: Posters rejecting the Gorkhaland Territorial Administration put up by an anti-Morcha conglomerate on the first anniversary of the GTA agreement were torn down at Kalimpong by supporters of the hill set-up.… Read More
Couple die as car skids off highwayKalimpong, July 16: An executive engineer of the Northeast Frontier Railway and a woman, who police assumes was his wife, were killed when the car they were travelling in skidded of NH31A and rolled down almost 300 feet below… Read More
Bagdogra College strike callSiliguri, July 16: The Chhatra Parishad has called an indefinite strike in Bagdogra College from today demanding the admission of over 1,000 students who have not been admitted to any institution yet.“We had requested the aut… Read More
meeting of SDF Trade CellRANGPO-16 JULY 12Sikkim democratic front trade cell of Rangpo branch meeting was held yesterday under the president ship of Mr. Rajendra mangla president west Pandam unit of trade cell .according to mr mohammad Khalid publici… Read More
0 comments:
Post a Comment