Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

2 Dec 2013

CCFF observes World AIDS Day in Kalimpong

PRADIP LOHAGUN
KALIMPONG
1 Dec 2013
The Cluny-Glen Family Foundation of Kalimpong today observed World AIDS Day by organising an awareness programme at its centre in 8th Mile. The main attraction of the event was an AIDS awareness skit by CGFF members and Kalimpong College students. Present at the occasion were CGFF Nepal and India head Sister Anna, Gorkha Dukha Niwarak Sammelan president Uday Kumai, secretary RL Trikhatri, Cluny Sisters, students as well as a few AIDS patients. 
Kalimpong’s Cluny sisters have not only taken care of HIV infected patients of the region but also worked commendably in spreading awareness about creating an AIDS free society. The 8th Mile-based CCGF HIV Care and Support Centre is a premier organisation that provides new life to people suffering from AIDS. The organisation was established in 2007 and runs independently. AIDS patients from various places in the hills, Sikkim, the Dooars and even Nepal have found refuge in the centre and are leading their lives under the love and care of the Cluny sisters.
The sisters and guests lit 62 candles in memory of AIDS patients who had lived and died at the centre. AIDS victims are often neglected by society and perceived as threats, and it is only recently that people have started accepting AIDS victims as part of society due to various awareness initiatives by NGOs and other organisations, noted Sister Rachel Chettri.
Around 80 per cent of AIDS cases in the hills spread through unprotected sex, 15 per cent of patients get infected due to use of unsterilised injections, while 5 per cent of cases are passed on from infected mothers to children. Although there is no total cure for this deadly disease, it can be controlled to some extent with standard medication to allow patients to lead normal lives.  

1 Dec 2013

जीटीए क्षेत्रमा त्रिस्तरीय पञ्चायत चुनाउ गराउने - डा महेन्द्र पी लामा

कालेबुङ, 30 नोभेम्बर (प्रदीप)  सांसदको रुपमा निर्वाचित भएको तीनदेखि छः महीनाभित्र सम्विधान संशोधन गराएर जीटीए क्षेत्रमा त्रिस्तरीय पञ्चायत चुनाउ गराउने डा महेन्द्र पी लामाले ठोकुवा गरेका छन।कालेबुङका आफ्ना शुभचिन्तकहरूले आयोजना गरेको एउटा कार्यशालामा भाग लिन आएका तराई डूवर्स युनाइटेड डेभलप्मेण्ट फाउण्डेशनका संस्थापक डा लामाले आज यहाँका मिडीयाकर्मीहरूसँग भएको एउटा कुराकानीमा यस आशयको दावी गरेका हुन। ‘सांसद भएर पुगेपछि हाम्रो पहिलो कार्य नै यही हुनेछ।
पहाडको तीनवटा महकुमाहरूको निम्ति सम्विधान संशोधन गराएर त्रिस्तरीय पञ्चायत चुनौ लागु गराउने छौं। हामी 3देखि 6 महीनाभित्र यो काम गरेर देखाइ दिनेछौं’ डा लामाले भने। लोकसभा चुनाउमा तिनको जीतलाई लिएर शंका जाहेर गर्ने खेमालाई पनि डा लामाले जवाफ फर्काएका छन। कुनै दल र व्यक्ति विशेषको नाम नलिए पनि तिनले आफ्ना विरोधी शक्तिहरूलाई ठूलै चुनौतिको भाषामा प्रतिक्रिया दिएका छन। ‘कसको अनुभव कति छ, त्यो त समयले बताउँछ’, तिनले भने, ‘यो पनि
एउटा परीक्षाको कुरा हो’ तिनले आफ्नो संगठन शून्यशत्रु(जिरो इनिमी)-को सिद्धान्तलाई पालन गरेर अघि बढेको बताउँदै मुद्दाको हितको निम्ति आफू कसैसँग शत्रुतापूर्ण सम्बन्ध राखेर अघि बढ्ने पक्षमा नरहेको कुरा दोहोर्‍याएका छन। तिनले आफ्नो यस अडानबारे जोर दिँदै भने, ‘हाम्रो मूल लक्ष्य भनेको छुट्टै राज्य गोर्खाल्याण्द हो। यो मुद्दाप्रति सरोकार राख्ने सबैसँग मैत्रीसम्बन्ध राखरै काम गर्ने हाम्रो सोच छ। अरू दल र संगठनहरू पनि हामीसँग मिलेर काम गरून् भन्ने हाम्रो आग्रह पनि छ’ तिनले छुट्टै राज्यको मुद्दामा संघर्ष गर्ने शक्तिहरूले वृहत सोचकासाथ काम गर्न जरूरी रहेको बताएका छन। नयाँ राज्य बनिँदा लाभ पुग्ने गैरगोर्खा समुदायहरूलाई समेत विश्वासमा लिएर काम गर्नु पर्ने तिनको भनाइ छ। ‘हामी अलग राज्यको निम्ति ठूलो सोच लिएर काम गरिरहेका छौं। किनभने राज्य प्राप्तिको लडाइँ गर्नु कठिन कार्य हो। यसमा सबैको सहयोग र सहभागिताको खाँचो छ’ तिनले भने। तिनले नव गठित फाउण्डेशनले छुट्टै राज्यको दीर्घमियादी संघर्षलाई जारी राखे पनि पहाड र डूवर्सको ढाँचागत विकासको तत्कालिन आवश्यकतालाई पनि महत्व दिएर नै काम गर्ने बताएका छन। ‘छुट्टै राज्य नहुञ्जेल विकासका कुरामा काम गर्ने सोच बनाएका छौं’ डा लामाले भने। डा. लामाअनुसार, फाउन्डेसनले 25 सूत्रिय कार्यक्रम तय गरेर जनसम्पर्क अभियान जारी राखेको छ। जसको प्राथमिकतामा छुट्टै राज्यको मुद्दालाई राखिएको छ। यसबाहेक अलग राज्य नभएसम्म पहाडमा विकास गर्ने संस्थानहरू ल्याउने, चारवटा अन्तर्राष्ट्रिय सिमानामा हुनसक्ने व्यापार, पहाडलाई उत्तर-पूर्विय परिषदमा अन्तर्भुक्त गर्ने, विश्‍व व्याङ्कहरू ल्याउने, विदेशी निवेशकहरूलाई आकर्षित गर्ने योजनाहरू तयार गरी काम गर्ने दिशामा फाउन्डेसनले सोचेको कुराहरू जनतासमक्ष पुर्‍याउने कार्य युद्धस्तरमा रहेको तिनले बताएका छन। फाउन्डेसनले उठान गरेका मुद्दाहरूप्रति आम मानिसको चासो र सरोकार बढीरहेको घटनाले आफूलाई सन्तोष लागेको तिनको भनाइ छ।

विकास परिषदको मांग गर्दै अब 'तामाङ' सड़कमा

कालेबुङ 30 नोभेम्बर
तामाङ विकास परिषदको पक्षमा रहेका पहाड़का सम्पूर्ण तामाङहरुले आज कालेबुङमा सदभवना ऱ्याली निकालेका थिए। तामाङ युथ एशोसिएशन कालेबुङ महकुमा समितिको आयोजनामा तामाङ विकास परिषर्दको मांग गर्दै हजारौ तामाङहरुले यहाँको टाउन-हल
परिसरबाट सांस्कृतीक ऱ्याली निकालेका थिए। तामाङ समूदायको प्ररमपरा अनुरुप
डम्फूबजाउँदै डम्फरेहरुले उक्त ऱ्यालीलाई अगुवाइ गरिरहेका थिए भने ऱ्यालीमा जातीय वेशभुषामा सु-सजित तामाङ युवा-युवतीहरुको उत्साहजनक भिड़ रहेको थियो। उक्त ऱ्यालीलाई एशोसिएशनका केन्द्रीय समिति सचिव सञ्जय मोक्तान, अध्यक्ष विष्णु तामाङ, एशोसिएशनको कालेबुङ महकुमा समितिका सचिव अमित तामाङ, अदिले नेतृत्व गरेका थिए। डम्फूको तालमा सेलो गाँऊदै अघि बढेको उक्त सदभवना ऱ्याल मेन रोड, डम्बरचोक, दशमाइल हुँदै शहर परिक्रमा गरी महकुमा अधिकारी कार्यलय पुगेको थियो। तामाङ विकास परिषद गठनको मांग गर्दै हातमा प्ला-कार्डहरु लिएर हजारौ तामाङहरुले महकुमा अधिकारीको कार्यलय परिसरमा केही समयसम्म धरणा प्रदर्शन पनि गरे। ऱ्याली अनि धरणा प्रदर्शन पछि एउटा सभाको आयोजना गरि एशोसिएशनले दार्जीलिङ, मिरिक, खर्साङ, तकलिङ, सोरेङ, बड़ामंगवा, टिस्टालगायत कालेबुङको विभिन्न क्षेत्रहरुबाट आएका सदस्याहरुलाई सम्बोधन गरे। यहाँको टाउन हलमा सम्पन्न भएको एशोसिएशनको सभालाई प्रतिनिधिहरु कमल घिसिङ अनि अमित मोक्तानले सम्बोधन गरे। उक्त कार्यक्रमको अवधि पत्रकारहरुसंग कुराकानी गर्दै एशोसिएशनका केन्द्रीय समिति सचिव सञ्जय मोक्तानले राज्य प्रमुख ममता ब्यार्न्जीको आशवसन अनुरुप तामाङ विकास परिषद गठन हुने कुराको स्वागत जनाउँदै हर्षउल्लासको साथमा आजको ऱ्याली निकालिएको जनाए। सरकारसंगको सम्पर्कमा रहेर विकास परिषद गठनको निम्ति सरकारको मांग अनुसार दस्तावेजहरुको काम समेत पुरा भइसकेको जनाउँदै सचिव मोक्तानले अब चाड़ैनै तामाङ विकास परिषद गठन हुने दावी गरेका छन्। विकास परिषदलिएर राजनीति भइरहेको घटनाको आलोचना गर्दा तिनले भने तामाङ जातिको भाषा, संसकार, अनि संस्कृती सुरक्षाको निम्ति विकास परिषद गठन हुनु आवश्यक रहेको छ।  आफ्नो जातीय सुरक्षाको मांग गर्दा कसरी जात विभाजन हुन्छतिनले प्रश्न पनि गरे। यता,  तामाङ विकास परिषदबारे प्रचार गर्न खर्साङ, दार्जीलिङलगायत विभिन्न स्थानहरुमा सदभवना ऱ्याली निकाल्ने एशोसिएशनको भावी कार्यक्रम रहेको जनाउँदै अध्यक्ष विष्णु तामाङले आगामी वर्षको जनवरी महिनामा राज्यप्रमुखलाई पहाड़ निम्त्याएर भव्य कार्यक्रमको आयोजना गर्ने बताए।

मुम्बईम सम्पन्न हुने भो 'गोर्खा मेला' अनि ‘बसिबियाँलो’को 125 औ प्रकरण

कालेबुङ 30 नोभेम्बर
प्रतेक महिनाको एक शनिबार पहाड़को जुनै पनि कुनामा सम्पन्न हुने
साहित्यिक कार्यक्रम
बसिबियाँलो अब चाड़ैनै माया नगरी मुम्बईमा पुग्नेछ। बसिबियाँलोको 125 औ प्रकरण लिएर मुम्बई जाने दार्जीलिङ जिल्लाको कालेबुङ महकुमा समितिका साहित्यिक, सांस्कृतिक अनि सामाजिक कार्यकर्ताहरुको टोलीले माया नगरीमा गोर्खा मेलाको पनि आयोजना गर्ने आज सह-संयोजक सुदेश खातीले जानकारी दिएका छन्। मुम्बईका गोर्खा महिलाहरुको सामाजिक संस्था सुनखरी नेपाली महिला समाजका अध्यक्ष इन्दु गजमेर, सहयोगी विकास दूतराज, मनिष छेत्री आदिको सह्योगमा आगमी वर्षाको 11 अनि 12 जनवरीको दिन सम्पन्न हुन गइरहेको बसिबियाँलोको 125 प्रकरण अनि गोर्खा मेलाको निम्ति हाल युद्धस्तरमा तयारी चलिरहेको सह-सचिन खातीले जनाएका छन्।  मुम्बईको थाने जिल्ला अन्तर्गत पूर्व मिरा रोडस्थित स्टेसन रोड़को त्रिवेदी भवनमा सम्पन्न हुने उक्त कार्यक्रममा नाट्यभूषण सीके श्रेष्ठा, शिक्षाविद डा. डिक बी देवान, वरिष्ठ लेखिका सानुमति राई, डा. कविता लामा, भवानी शर्मा, युवाकवि शिवु छेत्री, सुदेश खातीलगायत सङ्गीतकारहरु मधुसूदन लामा, गायक आलोक छेत्री आदि विषेशरुपमा उपस्थित रहने बसिबियाँलो परिवारले जनाएको छ। परिवारको योजना अनुरुप कार्यक्रममा उपस्थित साहित्यकारहरुले आ-आफ्नो कडतीहरु पाठ गर्नेछन्।  उक्त कार्यक्रममा नेपाली बाहेक मराठी, हिन्दी, उर्दू, अँग्रेजी, मैथिली, तेलुगू, बोड़ो अदि भाषाका साहित्यानुरागीहरुले पनि भाग लिन तय भइसकेको बसिबियाँलोले एउटा प्रेस विज्ञ्याप्ती मार्फत जानकारी गराएको छ। कार्यक्रमको अवधि विभिन्न भाषामा प्रकाशित पुस्तकहरुको विमोचन पनि गरिने छ। साहित्यिक कार्यक्रमसंग-संगै मुम्बईमा सम्पन्न हुन् गोर्खा मेलामा नेपाली संस्कृति र साहित्यसंग जड़ित सामग्रीहरुको प्रदर्शनी अनि बिक्री गरिने आयोजक पक्षले जनाएको छ। गोर्खा मेलाको प्रदर्शनीमा नेपाली गुलाफाटा, खानपिनका सामान, सिडी, पुस्तक-पत्रपत्रिका, घरेलु सामग्री, हस्तकला र चित्रकलाका नमुनाहरु, ऐतिहासिक फोटो अदि राखिने छ। मुम्बईमा सम्पन्न हुने उक्त मेला अनि साहित्यिक कार्यक्रमलाई सफल तुल्याउन मुम्बईमा भएका आफ्नतजनहरुलाई सूचित गरिदिने आयोजक पक्षले अनुरोध गरेको छ। साथै मेलामा आफ्नो सामग्रीहरु प्रदर्शन गर्न चहाने लेखक, चित्रकार, फोटो ग्राफर, कलाकार, हस्तशिल्पकारलगायत पहाड़का प्रतिभाशाली व्यक्तिहरुलाई चाड़ैनै आयोजक पक्षसंग सम्पर्क गरिदिने अपिल गरेको छ।