Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

1 Dec 2013

जीटीए क्षेत्रमा त्रिस्तरीय पञ्चायत चुनाउ गराउने - डा महेन्द्र पी लामा

कालेबुङ, 30 नोभेम्बर (प्रदीप)  सांसदको रुपमा निर्वाचित भएको तीनदेखि छः महीनाभित्र सम्विधान संशोधन गराएर जीटीए क्षेत्रमा त्रिस्तरीय पञ्चायत चुनाउ गराउने डा महेन्द्र पी लामाले ठोकुवा गरेका छन।कालेबुङका आफ्ना शुभचिन्तकहरूले आयोजना गरेको एउटा कार्यशालामा भाग लिन आएका तराई डूवर्स युनाइटेड डेभलप्मेण्ट फाउण्डेशनका संस्थापक डा लामाले आज यहाँका मिडीयाकर्मीहरूसँग भएको एउटा कुराकानीमा यस आशयको दावी गरेका हुन। ‘सांसद भएर पुगेपछि हाम्रो पहिलो कार्य नै यही हुनेछ।
पहाडको तीनवटा महकुमाहरूको निम्ति सम्विधान संशोधन गराएर त्रिस्तरीय पञ्चायत चुनौ लागु गराउने छौं। हामी 3देखि 6 महीनाभित्र यो काम गरेर देखाइ दिनेछौं’ डा लामाले भने। लोकसभा चुनाउमा तिनको जीतलाई लिएर शंका जाहेर गर्ने खेमालाई पनि डा लामाले जवाफ फर्काएका छन। कुनै दल र व्यक्ति विशेषको नाम नलिए पनि तिनले आफ्ना विरोधी शक्तिहरूलाई ठूलै चुनौतिको भाषामा प्रतिक्रिया दिएका छन। ‘कसको अनुभव कति छ, त्यो त समयले बताउँछ’, तिनले भने, ‘यो पनि
एउटा परीक्षाको कुरा हो’ तिनले आफ्नो संगठन शून्यशत्रु(जिरो इनिमी)-को सिद्धान्तलाई पालन गरेर अघि बढेको बताउँदै मुद्दाको हितको निम्ति आफू कसैसँग शत्रुतापूर्ण सम्बन्ध राखेर अघि बढ्ने पक्षमा नरहेको कुरा दोहोर्‍याएका छन। तिनले आफ्नो यस अडानबारे जोर दिँदै भने, ‘हाम्रो मूल लक्ष्य भनेको छुट्टै राज्य गोर्खाल्याण्द हो। यो मुद्दाप्रति सरोकार राख्ने सबैसँग मैत्रीसम्बन्ध राखरै काम गर्ने हाम्रो सोच छ। अरू दल र संगठनहरू पनि हामीसँग मिलेर काम गरून् भन्ने हाम्रो आग्रह पनि छ’ तिनले छुट्टै राज्यको मुद्दामा संघर्ष गर्ने शक्तिहरूले वृहत सोचकासाथ काम गर्न जरूरी रहेको बताएका छन। नयाँ राज्य बनिँदा लाभ पुग्ने गैरगोर्खा समुदायहरूलाई समेत विश्वासमा लिएर काम गर्नु पर्ने तिनको भनाइ छ। ‘हामी अलग राज्यको निम्ति ठूलो सोच लिएर काम गरिरहेका छौं। किनभने राज्य प्राप्तिको लडाइँ गर्नु कठिन कार्य हो। यसमा सबैको सहयोग र सहभागिताको खाँचो छ’ तिनले भने। तिनले नव गठित फाउण्डेशनले छुट्टै राज्यको दीर्घमियादी संघर्षलाई जारी राखे पनि पहाड र डूवर्सको ढाँचागत विकासको तत्कालिन आवश्यकतालाई पनि महत्व दिएर नै काम गर्ने बताएका छन। ‘छुट्टै राज्य नहुञ्जेल विकासका कुरामा काम गर्ने सोच बनाएका छौं’ डा लामाले भने। डा. लामाअनुसार, फाउन्डेसनले 25 सूत्रिय कार्यक्रम तय गरेर जनसम्पर्क अभियान जारी राखेको छ। जसको प्राथमिकतामा छुट्टै राज्यको मुद्दालाई राखिएको छ। यसबाहेक अलग राज्य नभएसम्म पहाडमा विकास गर्ने संस्थानहरू ल्याउने, चारवटा अन्तर्राष्ट्रिय सिमानामा हुनसक्ने व्यापार, पहाडलाई उत्तर-पूर्विय परिषदमा अन्तर्भुक्त गर्ने, विश्‍व व्याङ्कहरू ल्याउने, विदेशी निवेशकहरूलाई आकर्षित गर्ने योजनाहरू तयार गरी काम गर्ने दिशामा फाउन्डेसनले सोचेको कुराहरू जनतासमक्ष पुर्‍याउने कार्य युद्धस्तरमा रहेको तिनले बताएका छन। फाउन्डेसनले उठान गरेका मुद्दाहरूप्रति आम मानिसको चासो र सरोकार बढीरहेको घटनाले आफूलाई सन्तोष लागेको तिनको भनाइ छ।

Related Posts:

  • Advertisement of gambling near schools buildingrangpo-17 april12The big hoarding installed near Bhanu Park at Singtam in national highway 31a is a big questioned by local residents .according to the news the hoardings of mahazong cashino is installed in such places where… Read More
  • 5 killed in Teesta car crashRAJEEV RAVIDASJai Bahadur Rai at the Kalimpong subdivisional hospital on Monday.(Chinlop Fudong Lepcha)Kalimpong, April 16: Five persons were killed and five others injured when the car they were travelling in fell into the T… Read More
  • Govt invites GTA forum for talks on strikeRajesh Lakra (second from right) and other Parishad leaders at the district collectorate in Jalpaiguri on Monday. Picture by Biplab BasakSiliguri, April 16: The state government will tomorrow hold talks with representatives o… Read More
  • Toy train derails in darjeelingPicture by Suman TamangThe rear bogie of a toy train derailed five minutes after it left the Darjeeling station on Monday morning.An official of the Darjeeling Himalayan Railway said the compartment jumped off the narrow gaug… Read More
  • वाहन दुर्घटनमा पाचँको मृत्यु चारजना घाइते17 अप्रेल(कालेबुङ):- तीव्र गतिमा गाडी हाक्ने होड्मा पाँचजना यात्रीहरुले ज्यान गुमाउनु परेको छ भने रहल चारजना यात्रीहरुलाई घाइते अवस्थामा विभिन्न क्षेत्रका अस्पतालहरुमा भर्ना गरिएको छ। सोमबार दार्जीलिङबाट यात्रीहरु लिएर गान्त… Read More

0 comments: