Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

1 Dec 2013

मुम्बईम सम्पन्न हुने भो 'गोर्खा मेला' अनि ‘बसिबियाँलो’को 125 औ प्रकरण

कालेबुङ 30 नोभेम्बर
प्रतेक महिनाको एक शनिबार पहाड़को जुनै पनि कुनामा सम्पन्न हुने
साहित्यिक कार्यक्रम
बसिबियाँलो अब चाड़ैनै माया नगरी मुम्बईमा पुग्नेछ। बसिबियाँलोको 125 औ प्रकरण लिएर मुम्बई जाने दार्जीलिङ जिल्लाको कालेबुङ महकुमा समितिका साहित्यिक, सांस्कृतिक अनि सामाजिक कार्यकर्ताहरुको टोलीले माया नगरीमा गोर्खा मेलाको पनि आयोजना गर्ने आज सह-संयोजक सुदेश खातीले जानकारी दिएका छन्। मुम्बईका गोर्खा महिलाहरुको सामाजिक संस्था सुनखरी नेपाली महिला समाजका अध्यक्ष इन्दु गजमेर, सहयोगी विकास दूतराज, मनिष छेत्री आदिको सह्योगमा आगमी वर्षाको 11 अनि 12 जनवरीको दिन सम्पन्न हुन गइरहेको बसिबियाँलोको 125 प्रकरण अनि गोर्खा मेलाको निम्ति हाल युद्धस्तरमा तयारी चलिरहेको सह-सचिन खातीले जनाएका छन्।  मुम्बईको थाने जिल्ला अन्तर्गत पूर्व मिरा रोडस्थित स्टेसन रोड़को त्रिवेदी भवनमा सम्पन्न हुने उक्त कार्यक्रममा नाट्यभूषण सीके श्रेष्ठा, शिक्षाविद डा. डिक बी देवान, वरिष्ठ लेखिका सानुमति राई, डा. कविता लामा, भवानी शर्मा, युवाकवि शिवु छेत्री, सुदेश खातीलगायत सङ्गीतकारहरु मधुसूदन लामा, गायक आलोक छेत्री आदि विषेशरुपमा उपस्थित रहने बसिबियाँलो परिवारले जनाएको छ। परिवारको योजना अनुरुप कार्यक्रममा उपस्थित साहित्यकारहरुले आ-आफ्नो कडतीहरु पाठ गर्नेछन्।  उक्त कार्यक्रममा नेपाली बाहेक मराठी, हिन्दी, उर्दू, अँग्रेजी, मैथिली, तेलुगू, बोड़ो अदि भाषाका साहित्यानुरागीहरुले पनि भाग लिन तय भइसकेको बसिबियाँलोले एउटा प्रेस विज्ञ्याप्ती मार्फत जानकारी गराएको छ। कार्यक्रमको अवधि विभिन्न भाषामा प्रकाशित पुस्तकहरुको विमोचन पनि गरिने छ। साहित्यिक कार्यक्रमसंग-संगै मुम्बईमा सम्पन्न हुन् गोर्खा मेलामा नेपाली संस्कृति र साहित्यसंग जड़ित सामग्रीहरुको प्रदर्शनी अनि बिक्री गरिने आयोजक पक्षले जनाएको छ। गोर्खा मेलाको प्रदर्शनीमा नेपाली गुलाफाटा, खानपिनका सामान, सिडी, पुस्तक-पत्रपत्रिका, घरेलु सामग्री, हस्तकला र चित्रकलाका नमुनाहरु, ऐतिहासिक फोटो अदि राखिने छ। मुम्बईमा सम्पन्न हुने उक्त मेला अनि साहित्यिक कार्यक्रमलाई सफल तुल्याउन मुम्बईमा भएका आफ्नतजनहरुलाई सूचित गरिदिने आयोजक पक्षले अनुरोध गरेको छ। साथै मेलामा आफ्नो सामग्रीहरु प्रदर्शन गर्न चहाने लेखक, चित्रकार, फोटो ग्राफर, कलाकार, हस्तशिल्पकारलगायत पहाड़का प्रतिभाशाली व्यक्तिहरुलाई चाड़ैनै आयोजक पक्षसंग सम्पर्क गरिदिने अपिल गरेको छ।

Related Posts:

  • शहरमा विध्यार्थीहरुको जुलूश अनि जनसभा जारी कालेबुङ 28 अगष्ट: दलको पुर्वघोषित कार्यक्रम अनुरुप आज पनि कालेबुङमा गोर्खा जनमुक्ति विध्यार्थी मोर्चाको जुलूश अनि जनसभा सम्पन्न भयो। तेलेङ्गना राज्य निर्माण प्रक्रियाले तातिएको पहाड़को आन्दोलनलाई थप प्रभावशाली बनाउन मोर्चाल… Read More
  • फेसबुकले गलत प्रचार गर्दैछ ड़ा छेत्री कालेबुङ 29 अगष्ट: गोर्खा जनमुक्ति मोर्चा कालेबुङ महकुमा समितिको आज सम्पन्न भएको तेस्रो दिनको जनसभालाई मोर्चा प्रवक्ता एवम क्षेत्रीय विधायक ड़ा. हर्कबहादुर छेत्रीले सम्बोधन गरेका थिए। जनसभामा उपस्थित सयौ विध्यार्थीहरुलाई सम्… Read More
  • Kalimpong bureau chief of Nepali daily receives ransom demand KALIMPONG 28 Aug 2013 News of demand for a ransom of Rs5 lakh from Ajay Agarwal, the Kalimpong bureau chief of Nepali daily ‘Himalaya Darpan’, has shocked many in the hill town. Agarwal today filed an FIR with Kalimpon… Read More
  • छुट्टै राज्यको मुद्दा प्रति नेताहरु गम्भीर छन् के ? कालेबुङ 30 अगष्ट : छुट्टै राज्यको मांगमा चलिरहेको आन्दोलनले गर्दा हाल सम्पूर्ण पहाड़ नै अचल रहेको छ। निर्णायक आन्दोलनको घोषणा गरेर नेतृत्वहरुले यो अन्तिम आन्दोलनले पहाड़वासीको दिर्घकालिन समस्या पुरा हुने दावी गरेका थिए। ज… Read More
  • संसदलाई नानीहरुको घोषणा पत्र कालेबुङ 28 अगष्ट: स-साना नानीहरुको हक, हित र सुरक्षाको मांग गर्दै आज कालेबुङ बाल सुरक्षा अभियानका नानीहरुले दार्जीलिङका संसाद जसवान्त सिंगसंग भेट गरि एउटा ज्ञ्यापन पत्र पेस गरेका छन्। दिल्लीमा सम्पन्न हुने नानीहरुको राष्ट्र… Read More

0 comments: