Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

29 Jan 2014

मानेको पातमा जनता र चलखेल

 Manoj Bogati

 कालेबुङ, 29 जनवरी। ‘जनता भनेको मानेको पातको थोपा सरह हो, पात हल्लिएपछि जनता भुइँमा खस्छ,’ गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले मदन तामङको हत्या हुन अघि जनतालाई लक्ष्य गर्दै भनेका थिए। मदन तामङको हत्यापछि जनता तिनको विरुद्धमा ओर्लिएको देखेपछि तिनले आफ्नो टिप्पणी सच्याए। ‘जनता भनेको मानेको पातको थोपा होइन रहेछ, जनता नरहे नेताको अर्थ नहुँदोरहेछ,’ गुरूङले दुईवटा टिप्पणी दुई फरक परिस्थिति भोगेपछि नै गरेका थिए। तिनी जब जिटिएका प्रमुख बने तब जनतालाई मानेको पातको थोपा भनेर अर्थाए। मदन तामङको हत्याले मोर्चा नेताहरूको हरिबिजोक पारेको बेला जनताले देखाएको आक्रोस देखेपछि जनतामाथि राखेको धारणा सच्याए। अहिले फेरि विमल गुरूङ जिटिएका प्रमुख बनेका छन्‌ भने जनतालाई फेरि त्यही ‘मानेको पातको थोपा’ बताइरहेका छन्‌। तर विमल गुरूङले यतिबेला जनतालाई मानेको पातको थोपा बताइरहेका छन्‌ जतिबेला जनता विभिन्न शक्तिहरूमा विभाजित छन्‌। मुखेञ्जी लोकसभा चुनाउ छ अनि राज्य सरकारले मोर्चालाई लिएर चलखेल सुरु गरिसकेको छ। मोर्चालाई जिटिएमा थन्काएर तृणमूलको सरकारले आन्दोलनकारी गोर्खाहरूलाई बोर्डको प्रलोभन देखाएर विभाजन गरिसकेको छ अनि राज्यसत्ताको यो चलखेलको केन्द्र केवल लोकसभा चुनाउ नै रहेको स्पष्ट छ। कुरा के चलिरहेको छ भने लोकसभा चुनाउमा तृणमूल कंग्रेसले उम्मेदवार दिने कि मोर्चाको उम्मेदवारलाई तृणमूलले सघाउने? मोर्चाको उम्मेदवारलाई तृणमूलले समर्थन गर्नु वा तृणमूलको उम्मेदवारलाई मोर्चाले समर्थन गर्नु एउटै कुरा हो। दुवैले पठाएको सांसद ‘गोर्खाल्याण्ड’को निम्ति होइन। लोकसभा चुनाउको मुद्दा गोर्खाल्याण्ड नभएपछि जनता निश्चित रुपमा मानेको पातको थोपा नै बन्ने हो। तर थोपा रहेको जनता तृणमूल कंग्रेसको सरकारको ‘विकास बोर्ड’-को पातमा छ। ‘बोर्ड’-को कारण लेप्चाहरूको भोट तृणमूल कंग्रेसको थैलोमा खस्न पनि निस्चित छ। अब खस जनजाति, खम्बु राई, तामाङ, भुजेल, भोटिया अथवा जो जो ‘बोर्ड’-को निम्ति कम्मेर कसेर निस्किएका छन्‌, उनीहरूको भोट पनि ‘बोर्ड’-ले पकाएर तृणमूल कंग्रेसको थैलोमा नै झर्ने निस्चित कुरा हो। हरेक जात गोष्ठीको भोट बोर्डको कारण गोर्खाल्याण्ड विरोधी तृणमूल कंग्रेसलाई जाने निश्चित देखेपछि विमल गुरूङले जनताको अर्थ मानेको पातको थोपा देख्नु आश्चर्यजनक होइन। कमसेकम गोर्खाल्याण्ड यस्तो मुद्दा थियो जसले समग्र जातगोष्ठीलाई एक सूत्रमा बॉंध्ने काम गरेको थियो। जब मुद्दा नै रहेन तब त्यो एकता फुटेर बोर्डमा विभाजित छ। यो विभाजन सम्पूर्ण जातिको निम्ति कतिको हानिकारक हो, त्यसबारे बहस भइरहेको छैन। डा. महेन्द्र पी. लामाले गरिरहेको कसरतले पनि भोट विभाजित हुने निश्चित रहेको छ। विमल गुरूङको पार्टीले छुट्टै राज्यको निम्ति राष्ट्रिय पार्टी भाजपा वा कंग्रेस कसलाई समर्थन गर्ने भन्ने कुराको जवाब स्वंय मोर्चासित पनि छैन। किन भने मोर्चाले शक्ति जातगोष्ठीमा विभाजित भइसकेको छ। छुट्टै राज्यको आन्दोलन घटेर विकासमा अल्झिएपछि पाहाडका जात गोष्ठीलाई ममताको ममतामा नै विश्वास हुन थालेको छ। विमल गुरूङमाथिको विश्वास गुमाएपछि नै ‘बोर्ड’-को राजनीतिले शक्ति प्राप्त गरेको हो। हरेक जात गोष्ठीको एकता अन्तमा ‘भोट’ शक्तिमा रुपान्तर भइसकेपछि जनता मानेको पातको थापा भन्दा धेर केही पनि नहुने निश्चित भयो। तर लोकसभा चुनाउ सकिएपछि यो शक्तिको अवस्था कस्तो हुने हो, त्यो लोकसभाभरि चल्ने चलखेेलले निर्धारण गर्ने निश्चित छ।

24 Jan 2014

काव्य संवाद र तुम्खेवाको एकल कविता

कालेबुङ, 23 जनवरी।

कालेबुङ सडक कविता समूहद्वारा 25 जनवरीको दिन काव्य संवाद एंव नेपालका कवि विमला तुम्खेवाको एकल कविता वाचन कार्यक्रम आयोजना गरिएको छ। संयोजक प्रदीप लोहागुणले बताए अनुसार नेपाल -भारतका युवा कविहरूविच काव्य संवाद गराउने उद्देश्यले यो कार्यक्रमको आयोजन गरिएको हो। अघिबाट नै यो समूहले  सडकमा कविता नामक कार्यक्रम चलाउँदै आइरहेको छ। यसपटक सप्तश्री ज्ञानपीठ स्कुलको मैदानमा दार्जीलिङका युवा कविहरूलाई भेला गरिने भएको छ। युवा कविहरूविच हुने काव्य संवादले कविता लेखनलाई उचाईँ दिने वातावरण निर्माण  गरोस् भन्ने हाम्रो सोंच छ,’ लोहगुणले भने,‘ कवितासितै केही विमर्श अनि  वैचारिक विनियम पनि हामीले राखेको अपेक्षा हो।नेपालका चर्चित कवि विमला तुम्खेवाले एकल कविता वाचन गर्नेछन्। जीवन र समाजलाई कविताको केन्द्रमा राखेर कविता कोर्न जुटेकी कवि हुन् विमला,’ तिनले भने,‘नेपालका युवा कविहरूको कला र विचारसित दार्जीलिङका युवा कविहरूले साक्षात्कार गरुन् भन्ने हाम्रो उद्देश्य  हो।कार्यक्रमको तयारीमा व्यस्त रहेका कवि छेवाङ योञ्जनले दार्जीलिङका चर्चित कविहरूलाई पाठकले एकैसाथ मञ्चमा देख्न पाउने बताए। उनीहरूलाई पाठकले अलगअलग गरी पढिरहेका छन्,’ तिनले भने, यसपल्ट पाठकले उनीहरूलाई एकै ठाउँ प्राप्त गर्न पाउनेछन्।यता, संयोजक मनोज बोगटीले कवि विमला तुम्खेवालाई सम्मान पनि गरिने अनि कविहरूविच वर्तमान कविता लेखनबिच चर्चा पनि हुने बताएका छन्।

Cross-border literary interaction prog

KALIMPONG
23 Jan 2014
Kalimpong-based literary group Sadak Kavita will host a literary function on January 25 at Saptashree Gyanpith School. Programme coordinator Pradip Lohagun said the event called ‘Kavya Samvad’ is being organised to promote literary interaction between Nepali poets of Nepal and India. The event will also see poetry recitation by popular Nepalese poet Bimala Tumkhewa.
Lohagun said a literary interaction between emerging poets takes poetry as a genre to new heights. He said the programme is being hosted to develop an environment congenial for the advancement of Nepali poetry. “The event will facilitate exchange of ideas and thoughts among poets across the border,” he noted.

SDF leader injured in clash with SKM

Gangtok
23 Jan 2014
A clash between the Sikkim Democratic Front and Sikkim Krantikari Morcha on Wednesday evening has left SDF Organisation Secretary Avinash Yakha injured. The clash reportedly took place when Yakha was returning from a constituency level meeting in Geyzing. He had stopped on the Yangyang-Pabung Road in South Sikkim for some respite when SKM supporters allegedly attacked him. 
According to Yakha, five SKM supporters started a conversation in the course of which some more SKM supporters arrived and suddenly started assaulting him with rods and stones. Yakha has sustained several injuries in his head and arms and is currently undergoing treatment at the Central Referral Hospital in Tadong.
However, the SKM leadership has denied the allegation with SKM leader Jacob Khaling saying, “We did not attack Yakha. This is part of the SDF’s conspiracy to defame our party. Our party flag was torn down by SDF supporters at Bermiok following which our supporters protested. It was SP (West) DB Giri who stopped SKM vehicles to provoke our leaders. We refrained from involving in any form of clash with the SDF.”
He added Giri arrested SKM youth leader Topzang Bhutia instead of levying a fine on him for driving an overloaded car. SKM leader Roshan Pradhan, ruling out the allegation, said, “If we were to attack the SDF we could have done it on the spot.”

Pradhan further accused the SDF leader and said, “Yakha is everyone’s target because of his attitude. He cheated Temi Tarku residents in the previous election.”
Meanwhile, the SDF in a press release today accused the SKM of trying to disrupt its meeting despite the SDF maintaining peace. The ruling front further accused the SKM of spreading violence across the state and urged for the immediate arrest of the SKM youths involved in the clash.
The SKM supporters identified are Roshan Pradhan of Ranipool, Phurden Lepcha of Nandugoan and Tika Hang Subba of Sombaria. They are presently absconding and have been charged under section 147 of the IPC for spreading violence and physically assaulting Yakha. The police are on their lookout.