Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

28 Mar 2014

गोरामुमोको सभा

कालेबुङ 27 मार्च। (प्रदीप)ः कालेबुङ नगरपालिकाको एघार नम्बर वार्डमा गोरामुमोले आज टाउन कमिटिको शाखा विस्तार गरेको छ। 11 नम्बर वार्डको गोसखान क्षेत्रमा आज सम्पन्न दलको बैठकपछि टाउन कमिटि शाखाको पुनर्गठन गरिएको छ। दलको कालेबुङ महकुमा समितिका
अध्यक्ष मौरिस कालीकोटेको उपस्थितिमा सम्पन्न बैठकमा सहसचिव अनील लोप्चनलगायतका नेताहरू सहभागी थिए। टाउन कमिटिको 11 नम्वर वार्ड शाखामा राकेश मुखिया अध्यक्ष, शरण थापा उपाध्यक्ष, गम्भीरे तामाङ सचिव, प्रभात राई सहसचिवसहित कार्यकारी सदस्यहरू मनोनित गरिएको छ। वार्ड स्तरीय सभालाई सम्बोधन गर्दै महकुमा समितिका सहसचिव अनील लोप्चनले छैटौं अनुसूचीको अन्तरिम काउन्सिलको निम्ति आएको कोषले नै जीटीए सञ्चालन भइरहेको दाबी गरेका छन। उनले छैटौं अनुसूचीले मात्र जनाकाङ्क्षा पूरा हुने ठोकुवा गर्दै भने, ‘आज केही मानिसहरू सुतेको नाटक गर्दैछन, उनीहरूलाई जगाउन आवश्यक छ। चुनावी राजनीतिसँग हाम्रो कुनै सरोकार छैन। हाम्रो सङघर्ष केवल छैटौं अनुसूचीको प्राप्तिको लागि हुनेछ’

छत्र सुब्बाले खोले भाजपा पार्टी कार्यालय

कालेबुङ, 27 मार्च। चुनाव अभियानलाई तिब्र पार्न कालेबुङका भारतीय जनता पार्टीका कार्यकर्ताहरूले पार्टी कार्यालय उद्घाटन गरेका छन्। भाजपा कार्यकर्ताहरूले यहाँको आरसी मिन्त्री रोडमा अवस्थित होटल एञ्जलिको तल्लो तलामा दलको चुनावी पार्टी कार्यालय स्थापित गरेका छन्।
हालैमा उक्त दलमा सामेल भएका छत्र सुब्बाले आज भाजपाको टाउन कार्यालयको उद्घाटन गरे। कार्यालय उद्घाटन कार्यक्रममा नारी मोर्चा नेतृत्वहरूको पनि उपस्थिति रहेको थियो। नारी मोर्चा नेतृत्वहरू तारा लोहार लेप्चा, मृदुला सुब्बा, लह्मु शेर्पा अनि स्थानीय भाजपा कार्यकर्ताहरूको उपस्थितिमा पूर्र्व जीएलओ प्रमुख एवं हालैमा भाजपामा सामेल भएका छत्र सुब्बाले कार्यालयको उद्घाटन गरे। कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुब्बाले आज पनि आफू छुट्टै राज्य गोर्खाल्याण्डको पक्षमा रहेको पुष्टी गरेका छन्। आफ्नो सम्बोधनमा तिनले भारतीय जनता पार्टी सानो राज्य गठनको पक्षमा रहेको दावी गर्दै छुट्टै राज्यको कारण नै आफू उक्त दलमा सामेल भएको बताए। भाजपाको जीतपछि छट्टै राज्य सम्भव हुने बताउँदै सुब्बाले आज उद्घाटन गरेको सो पार्टी कार्यालय स्थायीरूपमा रहने बताए।

कालेबुङमा कंग्रेसको चुनाव प्रचार

कालेबुङ, 27 मार्च। 16 औँ लोकसभा चुनाउका निम्ति दार्जीलिङ समष्टिमा कङ्ग्रेसले पनि चुनावी कसरत शुरु गरेको छ। कङ्ग्रेसले सिलगढीका सुजय घटकलाई दार्जीलिङको आसनमा टिकट दिएपछि उनले आज कालेबुङमा पनि दलीय कर्मीहरूसित सभा गरे। उनी अनुसार कङ्ग्रेसले पहाड विकासलाई नै यसचोटीको चुनाउमा प्रमुख मुद्दा बनाएको छ। पहाड अनि समतलमाझ देखिएको विकास अनि सोच सम्बन्धीका विभिन्नतालाई तोड्नु नै आफ्नो पहिलो मुद्दा रहेको उनले बताए।
'यहाँ कोही मुख्यमन्त्रीकहाँ गइरहेका छन् भने कोही मोदीकहाँ'-घटकले भने,"तर कङ्ग्रेस मात्र एउटा यस्तो पार्टी हो जसले पहाडमा शान्ति, विकास अनि सद्भावना कायम राख्नसक्छ।' पत्रकारहरूसित कुराकानी गर्दै उनले पहाडका राजनैतिक ससस्याहरू आजसम्म कङ्ग्रेसल नै समाधान गर्दै आइरहेको दावी गरे। पूर्व प्रधानमन्त्री राजिव गान्धी लगायत जीटीए सम्झौताअवधि पनि पी. चिदम्बरम पहाड आएको प्रसङ्गलाई उनले उदाहरण बनाए। यसअवधि उनले हिल कङ्ग्रेसका नेतृत्वहरूले भन्ने गरेको स्वायत्त शासनको मुद्दा समेत उनीहरूको व्यक्तिगत सोच मात्र रहेको स्पष्ट पारे। कङ्ग्रेस पार्टीको नीति निर्धारण दिल्लीबाट नै हुने भएकाले यहाँका स्थानीय नेतृत्वहरूले गोर्खाल्याण्ड नै हुन्छ भनेपनि केही नहुने उनले स्पष्ट पारे। दार्जीलिङलाई राज्य दिनु अवथा स्वायत्त शासन दिनुपर्ने कङ्ग्रेसले नै आफ्नो चुनावी घोषणा पत्रमा हाल्ने भन्दै यी कुराहरू स्थानीय नेतृत्वहरूको सोच मात्र रहेको उनले बताए। उनले अझ भने अनुसार वालसन जल परियजनाको माध्यमबाट पहाडको पानीको समस्या कङ्ग्रेसले नै धेरै हद्सम्म पूर्ण गरेको हो। जीटीएमा राज्य सरकारको धेर हस्तक्षेप रहेकोले जीटीएले पनि काम गर्न नसकिरहेको उनले दावी गरे। दार्जीलिङमा अहिले केन्द्रको कङ्ग्रेस सरकारले नै तयार पारेको योजनाहरू राम्ररी लागु भइरहेको दावी गरे। यसका निम्ति बितेको वर्ष दार्जीलिङ जिल्लापालले सयदिने रोजगार योजनामा उत्कृष्ट पुरस्कार पाएको कुरालाई उनले उदाहरण दिए। आजको चुनावी सभामा जिल्ला कङ्ग्रेसका अध्यक्ष सरोज खत्री, उपाध्यक्ष डानियल लेप्चा, सचिव किरण मुखिया, एनोस लेप्चा, एलटी सिन्हा, देवाशिस घोष आदि उपस्थित थिए। सभामा भाजपा. मोर्चा, तृणमूल कङ्ग्रेस आदिको नीतिको विरोध गर्दै वक्ताहरूले कङ्ग्रेस समतलमा दह्रो स्थितिमा रहेको अनि पहाडमा पनि चुनावी अभियानलाई तीब्र रूपमा अघि लान दलीय कर्मीहरूलाई आह्वान गरिएको छ।

29 Jan 2014

मानेको पातमा जनता र चलखेल

 Manoj Bogati

 कालेबुङ, 29 जनवरी। ‘जनता भनेको मानेको पातको थोपा सरह हो, पात हल्लिएपछि जनता भुइँमा खस्छ,’ गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले मदन तामङको हत्या हुन अघि जनतालाई लक्ष्य गर्दै भनेका थिए। मदन तामङको हत्यापछि जनता तिनको विरुद्धमा ओर्लिएको देखेपछि तिनले आफ्नो टिप्पणी सच्याए। ‘जनता भनेको मानेको पातको थोपा होइन रहेछ, जनता नरहे नेताको अर्थ नहुँदोरहेछ,’ गुरूङले दुईवटा टिप्पणी दुई फरक परिस्थिति भोगेपछि नै गरेका थिए। तिनी जब जिटिएका प्रमुख बने तब जनतालाई मानेको पातको थोपा भनेर अर्थाए। मदन तामङको हत्याले मोर्चा नेताहरूको हरिबिजोक पारेको बेला जनताले देखाएको आक्रोस देखेपछि जनतामाथि राखेको धारणा सच्याए। अहिले फेरि विमल गुरूङ जिटिएका प्रमुख बनेका छन्‌ भने जनतालाई फेरि त्यही ‘मानेको पातको थोपा’ बताइरहेका छन्‌। तर विमल गुरूङले यतिबेला जनतालाई मानेको पातको थोपा बताइरहेका छन्‌ जतिबेला जनता विभिन्न शक्तिहरूमा विभाजित छन्‌। मुखेञ्जी लोकसभा चुनाउ छ अनि राज्य सरकारले मोर्चालाई लिएर चलखेल सुरु गरिसकेको छ। मोर्चालाई जिटिएमा थन्काएर तृणमूलको सरकारले आन्दोलनकारी गोर्खाहरूलाई बोर्डको प्रलोभन देखाएर विभाजन गरिसकेको छ अनि राज्यसत्ताको यो चलखेलको केन्द्र केवल लोकसभा चुनाउ नै रहेको स्पष्ट छ। कुरा के चलिरहेको छ भने लोकसभा चुनाउमा तृणमूल कंग्रेसले उम्मेदवार दिने कि मोर्चाको उम्मेदवारलाई तृणमूलले सघाउने? मोर्चाको उम्मेदवारलाई तृणमूलले समर्थन गर्नु वा तृणमूलको उम्मेदवारलाई मोर्चाले समर्थन गर्नु एउटै कुरा हो। दुवैले पठाएको सांसद ‘गोर्खाल्याण्ड’को निम्ति होइन। लोकसभा चुनाउको मुद्दा गोर्खाल्याण्ड नभएपछि जनता निश्चित रुपमा मानेको पातको थोपा नै बन्ने हो। तर थोपा रहेको जनता तृणमूल कंग्रेसको सरकारको ‘विकास बोर्ड’-को पातमा छ। ‘बोर्ड’-को कारण लेप्चाहरूको भोट तृणमूल कंग्रेसको थैलोमा खस्न पनि निस्चित छ। अब खस जनजाति, खम्बु राई, तामाङ, भुजेल, भोटिया अथवा जो जो ‘बोर्ड’-को निम्ति कम्मेर कसेर निस्किएका छन्‌, उनीहरूको भोट पनि ‘बोर्ड’-ले पकाएर तृणमूल कंग्रेसको थैलोमा नै झर्ने निस्चित कुरा हो। हरेक जात गोष्ठीको भोट बोर्डको कारण गोर्खाल्याण्ड विरोधी तृणमूल कंग्रेसलाई जाने निश्चित देखेपछि विमल गुरूङले जनताको अर्थ मानेको पातको थोपा देख्नु आश्चर्यजनक होइन। कमसेकम गोर्खाल्याण्ड यस्तो मुद्दा थियो जसले समग्र जातगोष्ठीलाई एक सूत्रमा बॉंध्ने काम गरेको थियो। जब मुद्दा नै रहेन तब त्यो एकता फुटेर बोर्डमा विभाजित छ। यो विभाजन सम्पूर्ण जातिको निम्ति कतिको हानिकारक हो, त्यसबारे बहस भइरहेको छैन। डा. महेन्द्र पी. लामाले गरिरहेको कसरतले पनि भोट विभाजित हुने निश्चित रहेको छ। विमल गुरूङको पार्टीले छुट्टै राज्यको निम्ति राष्ट्रिय पार्टी भाजपा वा कंग्रेस कसलाई समर्थन गर्ने भन्ने कुराको जवाब स्वंय मोर्चासित पनि छैन। किन भने मोर्चाले शक्ति जातगोष्ठीमा विभाजित भइसकेको छ। छुट्टै राज्यको आन्दोलन घटेर विकासमा अल्झिएपछि पाहाडका जात गोष्ठीलाई ममताको ममतामा नै विश्वास हुन थालेको छ। विमल गुरूङमाथिको विश्वास गुमाएपछि नै ‘बोर्ड’-को राजनीतिले शक्ति प्राप्त गरेको हो। हरेक जात गोष्ठीको एकता अन्तमा ‘भोट’ शक्तिमा रुपान्तर भइसकेपछि जनता मानेको पातको थापा भन्दा धेर केही पनि नहुने निश्चित भयो। तर लोकसभा चुनाउ सकिएपछि यो शक्तिको अवस्था कस्तो हुने हो, त्यो लोकसभाभरि चल्ने चलखेेलले निर्धारण गर्ने निश्चित छ।