केही दिन अघि गोजमुमो अध्यक्ष बिमल गुरूङलाई कालेबुङका पत्रकारहरूले सोधे, “डा हर्कबहादुर छेत्री आउँदो चुनाउमा पार्टीले टिकट दिए पनि नलड्ने भन्दैछन्, तपाईँको मन्तव्य के छ?” गुरूङले एकदमै सहजताकासाथ उत्तर दिए, “उनले आफ्नो मन्तव्य जाहेर गरेका हुन् तर पार्टीको निर्णय हुन्छ। उनले काम राम्रै गर्दैछन्, चलिरहेको छ, आदान प्रदान राम्रै छ। पार्टीको हाइकमाण्डको निर्णय र अनुशासन हुन्छ। त्यही अनुरूप उनले काम गरिरहेका छन्, भइहाल्यो। उनले कोइबेला मन दुखेर केके भनिपठाउँछन्, त्यसलाई हामी नराम्रो भावमा हेर्दैनौं। मन दुखाउनु त पाउछ नि” पार्टीप्रमुखले यो प्रतिक्रिया दिएको यतिका दिनपछि पनि न डा हर्कबहादुर छेत्रीले मन दुखाउन छोडेका छन् न पार्टी नेतृत्वले उनीसँग बसेर चित्त माझामाझ गरेको छ। बरू उल्टै पार्टी र डा छेत्रीको सम्बन्ध 36को आकडामा परिणत हुने क्रममा छ। भोलि शुक्रबार बिधानसभाको बजट अधिवेशनमा भाग लिन कलकता हुइँकिने चटारोमा रहेका डा हर्कबहादुर छेत्रीसँग दस मिनटको छोटो कुराकानीमा पनि यति कुरा बुझ्न गारो भएन। उनीसहित पहाडका तीनजना विधायकहरू भोलि हुने बजेट अधिवेशनको सत्रमा भाग लिन जादैछन्। तर पहाडको हक-हित र सरोकारका कुन कुन मुद्दा र समस्याहरू उठान गर्ने भन्नेबारे उनीहरूलाई न पार्टीले निर्देश दिएको छ न जीटीएले फिडब्याक नै दिएको छ। डा हर्कबहादुर छेत्रीले त झन मोर्चाको दार्जीलिङकेन्द्रित नेतृत्वसँग बसेर पार्टी र मुद्दाहरूबारे छलफल नगरेको नै धेरै भइसकेको छ। बरू उनलाई पार्टीसम्म आफ्नो कुरा पुर्याउन मिडीया सहज माध्यम बनेको छ। पार्टी नेतृत्वलाई सोझै भन्न नसकेका कुराहरूले उनले मिडियाबाट छिराएर भन्ने गरेको कुरा पहाडको राजनीतिमा सामान्य चासो राख्ने मानिसहरूलाई पनि थाहा भइसकेको छ। पहाडका तीनैजना विधायकहरू जीटीएका एक्स अफिसियो मेम्बरहरू हुन्। तर जीटीएको बैठक कहिले हुन्छ र केके कुराहरू पारित हुन्छन भन्ने कुरा आधिकारिक रूपले डा हर्कबहादुर छेत्रीलाई थाहा हुँदैन। “बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन। “त्यही दार्जीलिङमा बस्ने त्रिलोक देवानलाई जीटीएको बैठकमा कहिले बोलाइँदैन, मेरो के कुरा” डा छेत्रीले भने। जहिले भेट्दा पनि कलकता हिडँन हतारिरहेका डा छेत्रीलाई अहिले बरू दार्जीलिङभन्दा कलकता नै नजिक लाग्न थालेको जस्तो भान हुन्छ। आज पनि उनी कालेबुङमा सम्पन्न एउटा साहित्यिक कार्यक्रममा दुइघण्टाको निम्ति सहभागी हुन आइपुगेका थिए। बुधबार सम्पन्न विधानसभा सत्रमा राज्यपालको भाषण सुनेर अनि आफ्नो कुरा राखेर बेलुकीको ट्रेन चढेर उनी कालेबुङ आइपुगेका थिए। आज अपरान्ह कार्यक्रम सक्दा नसक्दा उनी कलकताका निम्ति प्रस्थान पनि भइसकेका थिए। पार्टीले उनीसँग किन दूरत्व बनाउन थालेको छ? के उनको कलकतामोह पार्टीलाई मन नपरेको हो कि पार्टीभित्र उनको उपयोगिता समाप्त भएकै हो? मोर्चा नेतृत्व र डा हर्कबहदुर छेत्री, दुवै शिविरबाट समय समयमा आउने विरोधाभाषपूर्ण बयानले यतिबेला प्रश्नहरू सतहमा उठेर आउनु स्वभाविक देखिन्छ। शुरुका दिनमा डा हर्कबहादुर छेत्रीको उपयोगिता पार्टीभित्र कतिसम्म थियो भने बिमल गुरूङसमेत उनको कुशाग्र बौद्धिक क्षमता, वाकपटुता र तार्किकतासँग प्रभावित थिए। पार्टीको हरेक साना ठूला गल्ती र कमजोरीहरूलाई पनि उनी आफ्नो बेजोड तर्कशक्ति र वाटपटुताको भरमा ढाकछोप गर्थे। मोर्चा अध्यक्षले उनको यो गुणको सराहना गर्दै कालेबुङको एउटा कर्यक्रममा सार्वजनिक रूपमै भनेका पनि थिए, “डा हर्कबहादुर छेत्री पार्टीका लागि ढकनी हुन्” तर विधानसभा चुनाउ जितेर कलकता पुगेपछि उनको यो ढकनीको अवतार उघ्रेको देखिन्छ। आफ्नो बौद्धिकता र ज्ञानगुणका कारण उनी एकातिर कलकताको राजनैतिक समाजसँग नजिकिँदै गएका छन् भने अर्कोतिर आफ्नै दलबाट काटिँदै पनि गइरहेका छन। मुख्यमञ्त्री ममता व्यानर्जीसँगसमेत उनको सम्बन्ध यति नजिकिन पुग्यो कि कालेबुङको भ्रमणमा आउँदा मुख्यमञ्त्रीले डा छेत्रीको हिलटपस्थित आवासको चोठाकोठा नै चहारेर फर्किन। यो घटनाले उनलाई लिएर पार्टीभित्र राम्रो सन्देश जान सकेन। विधायक भएको केही महिना पछि उनलाई राज्य सरकारले सेरिकल्चर निदेशालयको महत्वपूर्ण पदमा राख्ने प्रस्ताव पनि दिएको थियो तर पार्टीको नेतृत्व पंक्तिले प्रस्ताव खारेज गरेपछि उनले यति प्रतिष्ठित पद गुमाउनु परेको थियो। उनी र पार्टीबीच अहिले देखा परेको दूरत्वको आरम्भिक चरणको बिन्दुको सूत्रपात यहीबाट भएको थियो। त्यसपछि पछिल्ला चरणमा त्रिपक्षीय अनि द्विपक्षीय वार्ताहरूमा उनलाई सामेल गरिएको देखिँदैन।
शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला
पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?
राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री
मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।
बघिनी फेरि पुरानै खोरमा
‘समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?
साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ
80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।
निराश छन् विधायक डा. छेत्री
“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।
27 Feb 2015
निराश छन् विधायक डा. छेत्री
केही दिन अघि गोजमुमो अध्यक्ष बिमल गुरूङलाई कालेबुङका पत्रकारहरूले सोधे, “डा हर्कबहादुर छेत्री आउँदो चुनाउमा पार्टीले टिकट दिए पनि नलड्ने भन्दैछन्, तपाईँको मन्तव्य के छ?” गुरूङले एकदमै सहजताकासाथ उत्तर दिए, “उनले आफ्नो मन्तव्य जाहेर गरेका हुन् तर पार्टीको निर्णय हुन्छ। उनले काम राम्रै गर्दैछन्, चलिरहेको छ, आदान प्रदान राम्रै छ। पार्टीको हाइकमाण्डको निर्णय र अनुशासन हुन्छ। त्यही अनुरूप उनले काम गरिरहेका छन्, भइहाल्यो। उनले कोइबेला मन दुखेर केके भनिपठाउँछन्, त्यसलाई हामी नराम्रो भावमा हेर्दैनौं। मन दुखाउनु त पाउछ नि” पार्टीप्रमुखले यो प्रतिक्रिया दिएको यतिका दिनपछि पनि न डा हर्कबहादुर छेत्रीले मन दुखाउन छोडेका छन् न पार्टी नेतृत्वले उनीसँग बसेर चित्त माझामाझ गरेको छ। बरू उल्टै पार्टी र डा छेत्रीको सम्बन्ध 36को आकडामा परिणत हुने क्रममा छ। भोलि शुक्रबार बिधानसभाको बजट अधिवेशनमा भाग लिन कलकता हुइँकिने चटारोमा रहेका डा हर्कबहादुर छेत्रीसँग दस मिनटको छोटो कुराकानीमा पनि यति कुरा बुझ्न गारो भएन। उनीसहित पहाडका तीनजना विधायकहरू भोलि हुने बजेट अधिवेशनको सत्रमा भाग लिन जादैछन्। तर पहाडको हक-हित र सरोकारका कुन कुन मुद्दा र समस्याहरू उठान गर्ने भन्नेबारे उनीहरूलाई न पार्टीले निर्देश दिएको छ न जीटीएले फिडब्याक नै दिएको छ। डा हर्कबहादुर छेत्रीले त झन मोर्चाको दार्जीलिङकेन्द्रित नेतृत्वसँग बसेर पार्टी र मुद्दाहरूबारे छलफल नगरेको नै धेरै भइसकेको छ। बरू उनलाई पार्टीसम्म आफ्नो कुरा पुर्याउन मिडीया सहज माध्यम बनेको छ। पार्टी नेतृत्वलाई सोझै भन्न नसकेका कुराहरूले उनले मिडियाबाट छिराएर भन्ने गरेको कुरा पहाडको राजनीतिमा सामान्य चासो राख्ने मानिसहरूलाई पनि थाहा भइसकेको छ। पहाडका तीनैजना विधायकहरू जीटीएका एक्स अफिसियो मेम्बरहरू हुन्। तर जीटीएको बैठक कहिले हुन्छ र केके कुराहरू पारित हुन्छन भन्ने कुरा आधिकारिक रूपले डा हर्कबहादुर छेत्रीलाई थाहा हुँदैन। “बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन। “त्यही दार्जीलिङमा बस्ने त्रिलोक देवानलाई जीटीएको बैठकमा कहिले बोलाइँदैन, मेरो के कुरा” डा छेत्रीले भने। जहिले भेट्दा पनि कलकता हिडँन हतारिरहेका डा छेत्रीलाई अहिले बरू दार्जीलिङभन्दा कलकता नै नजिक लाग्न थालेको जस्तो भान हुन्छ। आज पनि उनी कालेबुङमा सम्पन्न एउटा साहित्यिक कार्यक्रममा दुइघण्टाको निम्ति सहभागी हुन आइपुगेका थिए। बुधबार सम्पन्न विधानसभा सत्रमा राज्यपालको भाषण सुनेर अनि आफ्नो कुरा राखेर बेलुकीको ट्रेन चढेर उनी कालेबुङ आइपुगेका थिए। आज अपरान्ह कार्यक्रम सक्दा नसक्दा उनी कलकताका निम्ति प्रस्थान पनि भइसकेका थिए। पार्टीले उनीसँग किन दूरत्व बनाउन थालेको छ? के उनको कलकतामोह पार्टीलाई मन नपरेको हो कि पार्टीभित्र उनको उपयोगिता समाप्त भएकै हो? मोर्चा नेतृत्व र डा हर्कबहदुर छेत्री, दुवै शिविरबाट समय समयमा आउने विरोधाभाषपूर्ण बयानले यतिबेला प्रश्नहरू सतहमा उठेर आउनु स्वभाविक देखिन्छ। शुरुका दिनमा डा हर्कबहादुर छेत्रीको उपयोगिता पार्टीभित्र कतिसम्म थियो भने बिमल गुरूङसमेत उनको कुशाग्र बौद्धिक क्षमता, वाकपटुता र तार्किकतासँग प्रभावित थिए। पार्टीको हरेक साना ठूला गल्ती र कमजोरीहरूलाई पनि उनी आफ्नो बेजोड तर्कशक्ति र वाटपटुताको भरमा ढाकछोप गर्थे। मोर्चा अध्यक्षले उनको यो गुणको सराहना गर्दै कालेबुङको एउटा कर्यक्रममा सार्वजनिक रूपमै भनेका पनि थिए, “डा हर्कबहादुर छेत्री पार्टीका लागि ढकनी हुन्” तर विधानसभा चुनाउ जितेर कलकता पुगेपछि उनको यो ढकनीको अवतार उघ्रेको देखिन्छ। आफ्नो बौद्धिकता र ज्ञानगुणका कारण उनी एकातिर कलकताको राजनैतिक समाजसँग नजिकिँदै गएका छन् भने अर्कोतिर आफ्नै दलबाट काटिँदै पनि गइरहेका छन। मुख्यमञ्त्री ममता व्यानर्जीसँगसमेत उनको सम्बन्ध यति नजिकिन पुग्यो कि कालेबुङको भ्रमणमा आउँदा मुख्यमञ्त्रीले डा छेत्रीको हिलटपस्थित आवासको चोठाकोठा नै चहारेर फर्किन। यो घटनाले उनलाई लिएर पार्टीभित्र राम्रो सन्देश जान सकेन। विधायक भएको केही महिना पछि उनलाई राज्य सरकारले सेरिकल्चर निदेशालयको महत्वपूर्ण पदमा राख्ने प्रस्ताव पनि दिएको थियो तर पार्टीको नेतृत्व पंक्तिले प्रस्ताव खारेज गरेपछि उनले यति प्रतिष्ठित पद गुमाउनु परेको थियो। उनी र पार्टीबीच अहिले देखा परेको दूरत्वको आरम्भिक चरणको बिन्दुको सूत्रपात यहीबाट भएको थियो। त्यसपछि पछिल्ला चरणमा त्रिपक्षीय अनि द्विपक्षीय वार्ताहरूमा उनलाई सामेल गरिएको देखिँदैन।
14 Feb 2015
दलमा दक्ष नेताको सङ्कट
12 Feb 2015
सिक्किसँग मिल्ने - गुरूङ
गोटी वाणी, विधानसभा र भ्यागुता
- मनोज बोगटी
‘आगामी चुनाउको निम्ति हिन्दुस्तानमा जुन लहर चलिरहेको छ, त्यसमा दार्जीलिङले पनि काम गर्नुपर्छ,’ आरएसएसका इन्द्रेस कुमारले भने, ‘मलाई विश्वास छ यो दार्जीलिङ, अलिपुरद्वार, जलपाईगुढी, कुचबिहारले बङ्गाल सरकार पल्टाउनुमा काम गर्ने नै छ।’
त्यसपछि विमल गुरूङले आफ्नो काम शुुरु गरे। दार्जीलिङको निम्ति त तिनलाई चिन्ता छैन, यसकारण तिनी डुवर्सतिर झरिरहेका छन्।
अहिले जीटीए छ, जीटीएमा विमल गुरूङ छन् अनि जीटीे बाहिर छ तराई र डुवर्स। के श्यामल सेन पहाड, तराई र डुवर्सका जनताको आँखामा फ्यॉंकिएको धुलो भएनन् त?
छोराले आमालाई 1 रुपियॉं माग्छ। चलाक आमा भन्छिन्, ‘एक रुपियॉं? के को आठाना, छैन चाराना, ला दस पैसा, पॉंच पैसा खा पॉंच पैसा फर्का।’ ममता व्यानर्जी विमल गुरूङको निम्ति त्यही आमा थिइन्। मोर्चाले मागेको थियो तराई डुवर्सको 396 मौजा। आशा गरेको थियो 150 मौजा। पायो 5 मौजा।
19 जुलाई 2013 को दिन विमल गुरूङले भनेका थिए, ‘यदि डुवर्समा नै मेरो अन्तिम सास जानुपर्छ भन्ने भगवानले सोचेको छ भने मलाई कुनै अफसोस छैन।’ तिनले यसो भन्दा रोङ्गो, गैरीबास, दलगाउँ, कुमानी, कुमाई सामसिङका खसीहरू खोरखोरबाट सकिसकेको थियो। केही दिन अघि फेरि सिब्सुमा दुई थोपा आँशु चुहाएर विमल गुरूङ भन्छन्, ‘डुवर्स हाम्रो मुटु हो।’
यता जीटीए बनियो उता जोन बारलाको पत्ता साप भयो।
गोर्खाल्याण्डको निम्ति आएको नेता विमल गुरूङ जीटीएको निम्ति भए।
विमल गुरूङको राजनैतिक चेतनाको विकास भाजपा र आरएसएसले गरिरहेको छ। 15 जनवरीको दिन इन्द्रेस कुमारलाई अघिल्तिर पाउँदा विमल गुरूङलाई गोर्खाल्याण्डको ‘ट्रेलर’ नै बनिएको लाग्यो। यसको नायक चॉंही इन्द्रेस कुमार।
त्यही नायकले विमल गुरूङलाई कुटनैतिकरूपमा दिक्षित गरेपछि तिनले तराई डुवर्सलाई गोर्खाल्याण्डभित्र गाभ्न जुन कमिटी बनाएको छ, यसलाई हेर्दा लाग्छ विधानसभा चुनाउको निम्ति यो कमिटीले तराई र डुवर्सका जनतालाई भोट माग्ने लाइसेन्स प्राप्त गरिसकेको छ। कमिटीले गोर्खाल्याण्डको सिनो देखाएर कति भोट बटुल्छ, यो भविष्यको कुरा हो। तर फेरि पनि तराई र डुवर्सका जनताले ‘हिरोइज्म’ खप्न पर्ने स्थिति निर्माण हुनेछ। के सॉंच्ची नै तराई, डुवर्स जीटीएमा गाभिन्छ?
एउटा कुरा त के हो भने तेलङ्गाना बनिँदा राज्य सरकारको हस्तक्षेप अनिवार्य भएन। विमल गुरूङले अहलुवालिया, इन्द्रेस कुमार र मोदीलाई सोध्नुपर्ने प्रश्न हो, ‘गोर्खाल्याण्डको निम्ति बङ्गाल सरकारको हस्तक्षेप पर्छ कि पर्दैन?’ एउटै देशमा फरक फरक ट्रिटमेन्ट हुने हो होइन भन्ने कुरामा पक्कापक्की नभई भाजपा र आरएसएसप्रति स्वामिभक्ति देखाउनु वा अन्धोभक्त हुनु गोर्खाल्याण्डको सवालमा खतरनाक कुरा हो। ‘बङ्गालमा भाजपाको सरकार आएपछि भाजपाले बहुसङ्ख्यकहरूको पक्षमा सत्ता निर्माण गर्ने हो कि अल्पसंख्यकहरूको पक्षमा?,’ यो प्रश्न विमल गुरूङले इन्द्रेस कुमारलाई सोध्नुपर्ने प्रश्न हो।
1. दार्जीलिङलाई राज्यको मुकुट मान्ने, सुनको अन्डा दिने हॉंस मान्ने, सम्पति मान्ने बङ्गाली माइन्डसेट तोड्ने इन्द्रेस कुमारको कल्चरल एक्टिभिजन बङ्गालमा काम लाग्छ कि लाग्दैन?
2. वर्चस्वको राजनीति गरिरहेको भाजपाले दार्जीलिङको तीनवटा महकुमालाई राज्य बनाउँदा राज्य बनाउन चाहिने बङ्गालभरिको भोटको माया गर्छ कि गर्दैन?
3. गोर्खाल्याण्ड राज्य गठन गर्ने हो भने किन अहिलेसम्म कुनै पनि प्रकारको परिस्थिति निर्माण गर्ने काम गरिएन?
हजारौँ यस्ता प्रश्नहरू पनि छन्, जो अहिले नै गरिहाल्न हतार हुन्छ। पहिले विमल गुरूङको सिब्सुमा खसेको आँशुको राजनैतिक अर्थ र फेरि पनि पहाड र तराई डुवर्सका जनताले लोप्पा खाने हो भन्ने कुरामा मन्थन गर्न अनिवार्य छ। किन भने यसपटक पनि सम्भावना ‘माछा माछा भ्यागुता’ कै हो।
गोर्खाल्याण्डभन्दा पनि राम्रो व्यवस्था भनेको के हो? विमल गुरूङले त बुझेका छन्। यसकारण तिनले तराई र डुवर्सलाई ‘मुटु’ भन्ने ‘गोटी वाणी’ छॉंट्न थालिसके। प्रिय पाठक, तपाईँले चॉंही बुझ्नु भयो कि भएन त?