Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

27 Apr 2013

छुट्टै राज्य पुग्ने रोडम्याप सार्वजनिक गोर्खाल्याण्डको विकल्प छैन-डा. लामा

(मनोज वोगटी)कालेबुङ, 25 अप्रेल।दुइचरणको छुट्टैराज्य केन्द्रित विफल आन्दोलनको मूलजरा आज डा. महेन्द्र पी. लामाले कोट्याए। तिनले जरा कोट्याउँदै जॉंदा मुद्दालाई सम्बोधन गर्ने दलहरूको इमान्दारिताहीनता नै आन्दोलन बिफतलाको मूल समस्या रहेको खुट्टियो। गोरामुमो अनि गोजमुमो दुवै दलसित मुद्दालाई सहीरुपले सही ठाउँमा र सही समयमा प्रस्तुत गर्ने ‘बुद्धि’ र ‘कौशलता’ थिएन। रोडम्यापहीन आन्दोलनको परिणति भनेको नै कुनै निकृष्ट ‘सम्झौता’ हुने विडम्बनाभन्दा परको राजनैतिक कार्यनीति स्थापित नगरेसम्म छुट्टैराज्य निर्माण गर्न नसक्ने कुरा डा. लामाले स्पष्ट राखे। इतिहासमा छुट्टैराज्य निर्माणको मानक अनेक रहे पनि गोर्खाहरूद्वारा दाबी गरिएको छुट्टैराज्यको सन्दर्भमा ती आधारहरूलाई प्रयोग नगरिएको अनि केन्द्रलाई गोर्खाहरूको निम्ति राज्य निर्माण गर्नूपर्ने खास दवाब बनाउन सक्ने कार्यचरित्र कुनै दलसित पनि नरहेकोले नै छुट्टैराज्यको आन्दोलन बारम्बार विफल बनेको उदाहरणसित तिनले कुरा राखे। पुराना आन्दोलनहरुमा कहॉं कहॉं चुक भयो, ती चुकहरू कसरी फेरि दोहोर्‍याउन हुन्न अनि केन्द्रसमक्ष सही मुद्दा सही समयमा कसरी राख्न सकिन्छ भन्ने विषयबारे पनि तिनले प्रकाश पारे। केन्द्र सरकार विभिन्न खिचातानीमा व्यस्त छ। उनीहरू आफै छुट्टैराज्य निर्माणबारे सोंच्न सक्दैनन्‌। उनीहरूलाई सही कुरा बताउन सकेमा गोर्खाहरूले छुट्टैराज्य निर्माण गर्न सक्छ-तिनले भने। अहिलेसम्म कसैले पनि छुट्टैराज्य किन गठन गर्नुपर्छ, यसबाट देशको विकास र सुरक्षामा के के फाइदा हुन्छ, राज्य सरकारलाई के फाइदा छ अनि छुट्टैराज्य गठन भएमा यो कसरी सञ्चालन हुन्छ भन्नेबारे केन्द्रलाई बताउन नसकेकोले नै आन्दोलन विफल भएको निचोड निकाल्दै डा. लामाले छुट्टैराज्य पुग्ने बौद्धिकरुपको नयॉं रोडम्यापको खेस्रा सुनाए। तिनी अनुसार दाबीलाई प्रभावकारी पार्ने मुद्दा भनेको नै राष्ट्रिय सुरक्षाको सवाल हो। सीमा क्षेत्रमा रहेको दार्जीलिङ-डुवर्सव रिपरिका राष्ट्रहरू बङ्गलादेश, भूटान, चीन र नेपालबाट भारतमा छिर्ने अनुप्रवेशकारीहरूको जनसंख्या बृद्धिको कारण यहॉंका रैथानेहरूलाई जब अल्पसंख्यक बनाउँछ तर देशको सुरक्षाको सवालमा खतरा शुरु हुन्छ। यसकारण देशको सुरक्षाको निम्ति छुट्टैराज्य निर्माण गर्न केन्द्रलाई प्रभावकारीरुपले बुझाइन सकिन्छ। चिकन नेक क्षेत्रबारे केन्द्रलाई सहीरुपले बुझाइएको छैन। राज्य सरकारले यहीँ आँखा चिम्लिएको छ। दार्जीलिङको ‘ब्रान्ड नेम’, यसले निम्त्याउने अर्थनैतिक सम्भावना, यहॉं रहेको चारवटा राष्ट्रिय पार्क, वायोडाइभर्सिटी हटस्पट जोन, चिया, पर्यटन, औषधीय बनस्पतिहरू, बन सम्पदा नै राज्यको धन हुने बताउँदै तिनले भने, राष्ट्रिय सुरक्षाको हिसाबले राज्य गठन त हुनैपर्छ, त्यसमा पनि देशको आर्थिक विकासको निम्ति पनि गोर्खाहरूको राज्य गठन गर्न सक्ने सम्भावनाहरू छन्‌। जति छिटो राज्य गठन गर्छ उति छिटो देशलाई आर्थिक लाभ छ। सम्पूर्ण हिमालय क्षेत्रले राज्य प्राप्त गर्न सके पनि छोडिएको दार्जीलिङ क्षेत्र नै रहेको भन्दै यहॉं पनि राज्य गठन भएमा ग्याप पुरा हुने अनि संधीय व्यवस्था दह्रो हुने पनि तिनले बताए। अंग्रेजले बाहिरबाट उपनिवेश बनाएको दार्जीलिङ क्षेत्रलाई राज्य सरकारले आन्तरिक उपनिवेश बनाएको बताउँदै तिनले भने, अहिले पश्चिम बङ्गाल राज्यको ग्राफ तल्तिर झर्दैछ। यस्तो राज्यसित पार्टनरसिप गरे हामी पनि झरिन्छ। हामीलाई त पहाड चढ्‌नुछ। तिनले राज्य किन पाइएन यसका बुँदाहरू पनि राखे। राज्य नहुनुमा तिनको बुँदा यस्तो थियो-1.मुद्दा सही ठाउँमा सही प्रकारले सही समयमा राखिएन। 2. राष्ट्रमा गोर्खाहरूको राज्य गठनको निम्ति मत निर्माण भएन। 3. राष्ट्रिय दलहरूलाई यो मुद्दा दिइएन। 4.राष्ट्रलाई राज्यले हाम्रोे मुद्दा कसरी बङ्गाएको छ, बताइएन। 5.राष्ट्रिय मिडियामा मुद्दा पुराइएन। 6. दलहरूमा मुद्दाप्रतिको इमान्दारिता देखिएन। घडीको पेन्डलमजस्ता दलहरू व्यट्रि सक्ने बित्तिकै हल्लिन बन्द भयो। न रणनीति थियो न परिष्कृत सोंच। यसकारण सम्झौता बुँदाहरू हेर्दै शिक्षतलाई लाज लाग्छ। यसबारे व्यापक छलफल हुनुपर्छ। त्यसो भए के गर्ने त? यसबारे तिनले भने,1. छुट्टैराज्यको निम्ति वान पोइन्ट एजेन्डा मात्र हुनुपर्छ। सिँडीहरूको आन्दोलन होइन। 2.राज्य गोर्खाहरूको लागि मात्र होइन सम्पूर्ण समुदायको निम्ति हुने वैचारिकता र विचारमा फराकिलोपन निर्माण गरिनुपर्छ। 3.शत्रु शुन्य राजनैतिक पिरस्थिति निर्माण गरिनुपर्छ। 4. सामुहिक नेतृत्व हुनुपर्छ। विभाजनको राजनैतिक मानसिकता त्याग्नुपर्छ। 5. सबैलाई लिएर एउटा ‘फ्रन्ट’ बनाइनुपर्छ। 6. राष्ट्रमा मत निर्माण गरिनुपछ, राष्ट्रिय सहमति बनाउनुपर्छ। 7. सबैलाई छुट्‌ैराज्यको सपना देखाउनुपर्छ। 8. बङ्गालको एसेम्ब्लीमा मुद्दा पारित गराउनुपर्छ। 9. दोस्रो राज्य गठन आयोग बसाउन पर्छ। 10 सेकेन्ड संवैधानिक एसेम्ब्ली बनाउनुपर्छ। तिनले अझ धेरै उपायहरू पनि राखे जसद्वारा राज्य निर्माणको निम्ति अघि बढ्‌न सकिने तिनले बताए। तिनले भने, छुट्टैराज्यको कुनै विकल्प हुँदैन तर आन्दोलनहरू विकल्प बोकेर गरिए। जनतामा रहेको भय र पैसाको लालचको मानसिकतालाई ठूलो प्राप्तिको निम्ति बिर्सने वातावरण निर्माण गरिनुपर्छ। यसको निम्ति सबै शिक्षितहरूले मुद्दालाई गम्भीरतासित बुझ्न अनि यसबारे मत निर्माणको काम जुट्‌न अनिवार्य छ। यो काम गर्दा कोही कसैको दुश्मन हुनु हुँदैन।

अलग राज्यको पक्षमा राष्ट्रीय सङ्गोष्टि महासङ्घको ‘मिसन 2014’

कालेबुङ, 25 अप्रेल। देशमा अलग राज्यको निम्ति सङ्घर्षरत्‌ विभिन्न दलका नेतृत्वहरूसित विचार विनिमय गर्न आज स्थानीय टाउनहलमा राष्ट्रिय सङ्गोष्टि सम्पन्न भयो। गोर्खाल्याण्ड टास्क फोर्स अनि नवराज्य निर्माण महासङ्घको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा शिक्षाविद डा. महेन्द्र पी. लामा मुख्य अतिथिको रुपमा उपस्थित थिए भने नवराज्य निर्माण महासङ्घका अध्यक्ष आरके तोमर लगायत तेलङ्गना, विदर्भ, पुर्वाञ्चचल, भील प्रदेश, तिप्रा ल्याण्ड, अनि विदर्भका प्रतिनिधिहरूको कार्यक्रममा विशेष उपस्थिस्थि थियो। देशमा स-साना नयॉं राज्यको मागको निम्ति गठनार्थ नवराज्य निर्माण महासङ्घसित सम्मिलित यी राज्यका प्रतिनिधिहरूले राष्ट्रिय सुरक्षा, राष्ट्रीय स्वार्थ अनि विशेष जाति र सम्प्रदायको हीतको निम्ति देशमा अझ धेरै स-साना राज्यहरूको निर्माण जरुरी रहेको बताए। गोर्खाल्याण्ड साथै अन्य स-साना राज्यहरू गठन हुनैपर्ने आवश्यकता भएपनि कङ्‌ग्रेस सरकार कहिले पनि छुट्टै राज्यको पक्षमा नरहेको भन्दै अधिकांश नेतृत्वहरूले नै आफ्नो सम्बोधनमा कङ्‌ग्रेसको नीतिको खोइरो खन्दै महासङ्घको ‘मिसन 2014’ रहेको स्पष्ट पारे। महासङ्घका अध्यक्ष आरे. तोमरले भनेअनुसार, वर्तमान केन्द्र सरकार छुट्टै राज्य दिने पक्षमा छैन। तेलङ्गनाको सङ्घर्ष चरममा पुग्दा केन्द्र सरकारले अलग राज्य गठन हुने आश्वासन दिएर पनि तेलङ्गना राज्य बनिएन। राज्य प्राप्तिको माग केन्द्र सरकारसम्म पुग्न जनशक्ति चाहिन्छ। गोर्खाल्याण्ड क्षेत्रबाट मात्र एकजना सासंद छन्‌। एकजना सासंदको आवाजले गोर्खाल्याण्ड आन्दोलनलाई बल नपुग्ने दावी उनले गरे। उनले भने, आजको प्रजातान्त्रिक भारतमा भोटको आवाज हुन्छ। अलग राज्यको माग राजनैतिक मुद्दा रहेकोले यसको सामाधन पनि राजनैतिक तरिकाले नै हुन्छ। तपाइँहरूको एकजना सांसद छ, त्यो पनि गोर्खा छैनन्‌। तर गोर्खाहरू देशभरि छरिएर बसका छन्‌। यसचोटि 14 औं लोकसभा चुनाउमा गोर्खाल्याण्ड, तेलङ्गना, विदर्भ, पुर्वाञ्चल आदि नयॉं राज्यको माग गर्नेहरूबाट 50 देखि 60 जना सासंदहरू दिन सक्यौं भने यो अलग राज्यको निम्ति धेरै फाइजनक हुनेछ। उनी अनुसार, यसपल्टको लोकसभा चुनाउमा कङ्‌ग्रेस अनि भाजपा दुवैको सरकार आउने निश्चित छैन। सरकार गठबन्धन नै हुनेछ। यसैले गठनबन्धन सरकारमा नवराज्य निर्माण मोर्चाले 50 देखि 60 जना सासंदहरू दिनसके सरकार गठनमा यी सासंदहरूको उपस्थिति महत्वपूर्ण रहन्छ। यस्तो अवस्थामा यी सांसदहरूको उपस्थितिले नै देशमा नयॉं राज्यहरूको निर्माण सम्भव रहेको उनले दावी गरे। ‘तपाइँ सङ्गठित भएर समर्थन दिनुहोस्‌ म गोर्खाल्याण्ड दिन्छु’-उनले भने। गोटाफोका अध्यक्ष सुखमान मोक्तानले स्वागत सम्भाषण राखेपछि आरम्भ भएको कार्यक्रमलाई सम्बोधन गर्दै तेलङ्गानाबाट प्रो. रमेश रेड्डीले भनेअनुसार अनुप्रवेशकारीहरूको अतिक्रमण अनि देशको अखण्डताको निम्ति पनि स-साना नयॉं राज्यहरूको गठन जरुरी छ। तेलङ्गना राज्य गठनको निम्ति सरकारले कैयौंपल्ट आश्वासन दिएर पनि पूरा नगरेको भन्दै कङ्‌ग्रेस देशको दुश्मन रहेको आरोप उनले लगाए। यसरी नै, भील प्रदेशबाट आदिवासी सेनाका प्रमुख पंकज पटेलले भने, जब देशलाई आवश्यकता थियो गोर्खाहरूले भएभरको योगदान दिए। तर आज गोर्खाहरूलाई आवश्यकता परेको समय देशले केही दिएन। तेलङ्गना, विदर्भ, गोर्खाल्याण्ड आदि माग गर्नेहरूको आवाज एक हुनुपर्ने विचार पोख्दै उनले पनि महासङ्घको प्रयासमा धेरभन्दा धेर सांसद संसदमा पठाउनुपर्ने बताए। भील प्रदेशको सङ्घर्षबारे अवगत गराउँदै उनले त्यहॉंका आदिवासीहरूमाथि भएको अतिक्रमण अनि विकासको निम्ति अलग राज्यको दावी गरिएको स्पष्ट पारे। ‘जबपनि गोर्खाहरूले बोलाउँछन्‌ त्यसबेला हामी भील प्रदेशका आदिबासीहरू तपाइँहरूको साथमा हुनेछौं’-उनले भने। विदर्भबाट किशोर सिहंले भने, गोर्खाल्याण्ड अनि वदर्भ राज्यहरू भारत स्वतन्त्रताकै समयमा दिइनुपर्ने थियो। विदर्भ मध्यप्रदेशबाट महाराष्ट्रमा जोडिएपछि अन्यायको शुरुवात भयो। यो अन्याय आजपनि वुलन्द छ। अलग राज्यको आन्दोलन राजनैतिक मुद्दा भएकोले यसको सामाधन पनि राजनैतिक स्तरबाट नै हुनुपर्छ अनि राजनैतिक दृष्टिकोणबाट नै 2014 को लोकसभा चुनाउमा महासङ्घसित सम्बन्धित भएर हामीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ। पूर्वाञ्चलबाट केके उपाध्ययले देशको स्वाधिनता संग्राम अनि देशको सुरक्षाको निम्ति पूर्वाञ्चलले पुर्‍याएको योगदानबारे जानकारी गराएका गराउँदै पूर्वाञ्चल राज्यको गठनको आवश्यताबारे प्रकाश पारेका थिए। उनले पनि कङ्‌ग्रेससित व्यक्तिगत लडाइँ नरहेको तर बारम्बार कङ्‌ग्रेसले धोका दिएकोले नै 2014 को लोकसभा चुनाउलाई लिएर भाजपा अनि बसपासित कुराकानी भइरहेको जनाए। अन्तमा भने, ‘गोर्खाहरू बहादुर छन्‌ हामी मान्छौं तर हामी तपाइँहरूको तुलनामा नआएपनि अन्याय भने सहन गर्दैनौं’-उनले भने। आज सम्पन्न राष्ट्रिय सङ्गोष्टिमा मानिसहरूको उत्साहजनक उपस्थिति थियो। रेभ. डा, एनोस्‌ दास प्रधानको अध्यक्षतामा अनि आर मोक्तानद्वारा सञ्चालित सम्पन्न सङ्गोष्टिमा त्रिपुराका एडी बर्मा, तेलङ्गनाका, दिपक निलेश्वर, गोर्खालीगका प्रताप खाती, क्रामाकपाका तारामणि राई, गोरानिमोका दावा पाख्रिन आदिले पनि सम्बोधन गरेका थिए।

Ghisingh closer to hills

April 26: GNLF chief Subash Ghisingh today shifted his base from Jalpaiguri to Matigara, a few kilometres from where the GTA area begins, and gave enough hints that he would be actively involved in the hill politics again. “We have run the DGHC for 18 long years but as I walked out, an ominous force emerged in the hills,” Ghisingh said, without naming the Gorkha Janmukti Morcha which is at the helm of the GTA. “Those who are riding on horses and reigning in the hills must realise that they are not real rulers and at any point of time, they might topple from the horses. The GNLF is determined to take the reins of the horses in its hands for the sake of the hills and that is why I have decided to shift to Siliguri,” Ghisingh said. The former chairman of the DGHC had been staying at Collegepara in Jalpaiguri, 30km from Siliguri after he was hounded out of the hills in 2008 following the emergence of the Morcha. “The demand for the separate state is second on our priority list. We would surely raise it, but right now we are waiting for the verdict of Calcutta High Court, where I have filed a suit questioning the legality of forming the GTA when the DGHC agreement has not been cancelled. Our party would advocate Sixth Schedule, which has constitutional validity and can largely help in the development of the hills,” he said. Ghisingh’s shift to Matigara, merely 3km from the GTA border of Sukna, and his decision to speak against the Morcha is symbolic of his intention to get re-involved in hill politics. Even when Ghisingh came to the hills to canvass for GNLF candidates in the 2011 Assembly polls, he didn’t target the Morcha GNLF sources said a three-room flat on the second floor of a three-storied building had been taken on rent at Lichubagan in Matigara for the leader to stay. Matigara is 5km from Siliguri. Morcha general secretary Roshan Giri said Ghisingh’s shift to Matigara would not make any difference. “The hill people have already rejected Ghisingh as his Sixth Schedule status would have divided them. Ghisingh has already made a full and final settlement with the government not to ask for Gorkhaland and the hill people are aware of his agreements,” said Giri.

Morcha stage destroyed

Alipurduar, April 26: The Gorkha Janmukti Morcha today alleged that a half-completed stage for a party meeting had been vandalised in Dalmore tea garden in the Dooars last night at a time the hill outfit was purportedly losing a lot of supporters to the Trinamul Congress in the area. Morcha leader Pradeep Pradhan didn’t point fingers at anybody for the destruction of the stage and the party was yet to a lodge a police complaint. On the other hand, Trinamul alleged that Morcha members had damaged and burned its flags at Dalmore and the nearby Bandapani garden last night. The Morcha members had only erected the foundation of the stage with bamboo poles and were supposed to finish the work today. As the structure had been damaged, the party today held the meeting in open air at Garo Basti in Dalmore, 73km from here. The meeting was addressed by Pradhan, a vice-president of the Morcha. “The stage was destroyed by miscreants last night. We don’t know who they are. The local leaders will lodge a complaint with police later. Today, at least 2,500 people attended the meeting and I can say none of our supporters have joined any other party. If anybody claims so, then it is baseless,” said Pradhan, who is also the chairman of the GTA Sabha. He was alluding to Trinamul’s claim that more than 2,000 Morcha supporters had joined the party in Dalmore and Bandapani of late. In a complaint lodged with Birpara police, Trinamul alleged that the party’s flags had been damaged and burnt by Morcha supporters at the two places last night. “Almost 2,000 people had left the Morcha and joined Trinamul in the Dalmore-Bandapani region recently. Being annoyed with it, Morcha cadres destroyed our flags last night,” said Pankoj Das, the president of the Birpara block committee of Trinamul. Pradhan said the Morcha would hold another meeting at Jaigaon on April 30. Observers said the Morcha was holding the meetings to boost the morale of the cadres when its support base was eroding. Akash Magharia, the additional superintendent of police of Alipurduar, said: “We received a complaint from Trinamul leaders saying their flags had been damaged by Morcha. We have started an investigation. We are yet to receive a complaint from the Morcha on damage to any structure.”