Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

10 Aug 2013

सामुहिक नेतृत्वको अवधारणामा बिमल गुरुङ नै अग्रसर हुनुपर्छ - क्रामाकपा

कालेबुङ,10अगस्त।गोर्खाल्याण्डको निम्ति फेरि एकचोटी शुरु भएको जनान्दोलनलाई सामुहिक नेतृत्वको अवधारणामा अघि बढाउन मोर्चा अध्यक्ष बिम्नल गुरुङले नै अग्रसर हुनुपर्ने क्रामाकपाको भनाइ छ। ताजा राजनैतिक परिस्थितिमा दलहरूको सामुहिकताबारे पत्रकारहरूले सधेको प्रश्नको उत्तर दिँदै क्रामाकपाको कालेबुङ आञ्चालिक समितिका सचिव मोहन पौड्यालले यस आशयको विचार व्यक्त गरेका छन। सातदोबाटोस्थित दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पौड्यालले अलग राज्यको सवालमा आफ्नो दलले मोर्चालाई गठनकालदेखि नै साथ दिएको तर मोर्चा आफैले दलहरूको समान सहभागिताको अभ्यासलाई मान्यता नदिएको दाबी गरेका छन। यस अघि पनि अल पार्टीको प्रक्रिया चलेको थियो।पछि बिमल गुरुङ आफैले अल पार्टीको च्यापर क्लोज भनेर सामुहिक नेतृत्वको अवधारणालाई विराम लगाए। आज पनि अल पार्टीको च्यापर खोल्ने चाबी तिनकै हातमा छ। अल पार्टीको ताला खोल्छन भने हामी सँगै काम गर्न तयार छौं। यो आन्दोलनको चरित्र सामुहिक हुनुपर्ने कि कस्तो हुनुपर्ने हो, त्यो बिमल गुरुङको कामगराइमाथि निर्भर गर्छ पौड्यालले भने। तिनले पहाडमा जारी रहेको गोर्खाल्याण्डको आन्दोलन दबाउन राज्य सरकारको कथित दमन नीतिको पनि आलोचना गरेका छन। मोर्चा नेतृत्व र कार्यकर्ताहरूको धरपकड, केबल प्रसारणमाथि रोक जस्ता घटनाहरूलाई तिनले राज्यको तालिबानी शासन प्रणालीको नमूना भनी टिप्पणी गरेका छन। ममता सरकारले तालिबानी शासन प्रणालीको उदाहरण प्रस्तुत गरेकी छन।जनताको जान्न पाउने अधिकारको हनन गरिएको घटना ज्यादै निन्दनीय छ।राज्य सरकारको यो व्यवहार गणतञ्त्रको निम्ति घातक हुनसक्छ तिनले भने। तिनले अगल राज्यको आन्दोलनलाई बिथोल्न राज्यले पुरानामा मामिलाहरूमा धरपकड गरिरहेको आरोप लगाउँदै भने, यतिका दिनसम्म लुकाएर राखिएका घटना र मुद्दाहरूलाई अहिले राज्य सरकारले स्वार्थपूतिको निम्ति प्रयोग गर्दैछ। सरकारको यस्तो मनोभावले पहाड र गोर्खेजातिप्रति सानीमाको व्यवहार स्पष्ट झल्किन्छ तिनले भने। क्रामाकपाको कालेबुङ आञ्चालिक समितिले गोर्खाल्याण्डको निम्ति भोलि शहरमा र्‍याली र पथसभाको आयोजना गर्ने निधो गरेको जानकारी पनि पौड्यालले दिएका छन। तिनले अलग राज्यको निम्ति दलको यस कार्यक्रमलाई वुद्धिजीवी, सामाजिक संगठनका प्रतिनिधि र आमनागरिकले  पनि समर्थन गर्ने आशा व्यक्त गर्दै भने, ताजा परिस्थितिमा अलग राज्यको आन्दोलनलाई अघि बढाउने क्रामाकपाको सोच र टेकबारे पनि यस दिन हामी प्रकाश पार्नेछौं

विध्यार्थी मोर्चाको मैत्री सदभावना पदयात्रा शुरु

कालेबुङ, 10 अगस्त। दार्जीलिङ पहाडमा चलिरहेको अलग राज्यको आन्दोलनप्रति सिक्किमवासीहरूको पनि समर्थन जुटाउने उद्देश्य लिएर मोर्चाको भातृसंगठन विद्यार्थी मोर्चाले मैत्री सदभावना पदयात्रा  शुरु गरेको छ। विद्यार्थी मोर्चाको नेतृत्वमा कालेबुङका विभिन्न कलेज अनि विद्यालयका करिब तीनसय विद्यार्थीहरूले पदयात्रामा सहभागिता जनाएका छन। पदयात्रीहरू बिहान साढे नौ बजी यहाँबाट सिक्किमतिर प्रस्थान भएका थिए। यस अघि कालेबुङको डम्बरचोकमा भेला भएका पदयात्री विद्यार्थीहरूलाई मोर्चा नेताहरू कर्णेल रमेश आले, बिजय सुन्दास अनि विद्यार्थी नेता दीप थापाले सम्बोधन गरेका थिए। गोजमुमो अनि राष्ट्रीय झण्डा हातमा लिएर निस्केका विद्यार्थीहरूले पैदलयात्राको क्रममा गोर्खाल्याण्डको समर्थनमा व्यापक नाराबाजी पनि गरिरहेका छन। यो सदभावना यात्रालाई केन्द्र गरी कालेबुङको पुलिस प्रशासनले उच्च सतर्कता देखाएको छ। आज बिहान डम्बरचोकबाट पदयात्रा शुरु भएर आठ माइलमा पुगेपछि पुलिस बलले अवरोध सृजना गरेको थियो। प्रशासनले पैदलयात्राको निम्ति अनुमति नमिलेको भन्दै कानून व्यवस्था भंग हुने शंका जाहेर गरेर अवरोध गरेका थिए। पुलिसले सीआरपीएफको सहयोगमा पैदलयात्रीहरूलाई बढ्न नदिएपछि करिब एक घण्टासम्म विद्यार्थीहरूको पदयात्रा अवरुद्ध भएको थियो। यसबीच प्रशासनका उच्च अधिकारीहरूसँग विद्यार्थी नेताहरूको लामो बहसपछि उनीहरूलाई यात्रा अघि बढाउने अनुमति प्रदान गरिएको थियो तर पदयात्रीहरू कालेबुङको तीन माइल  पुग्दा नपुग्दै प्रशासनले मूल सडकभरि सीआरपीएफ राखेर पदयात्रालाई फेरि एकपल्ट अवरूद्ध बनाएको थियो। यहाँबाट भने प्रशासनले पदयात्रीहरूलाई पटक्कै यात्रा अघि बढाउन दिएन। प्रशासन अडिग भएर लामो समयसम्म सडक अवरोध कायम राखेपछि पदयात्रीहरूलाई वाहनहरूमा हालेर रम्फू तर्ने अनुमति दिइएको थियो। वाहनमा चढेर सिक्किम राज्य पस्ने सक्ने शर्तमा महकुमा प्रशासनले पैदलयात्रीहरूलाई आफ्नो गन्तव्यतिर बढ्ने अनुमति दिएको थियो। यसबीच राजमार्ग पनि सुरक्षाकर्मीहरूको बाक्लै तैनाथी थियो। राजमार्गको किर्ने क्षेत्रमा विद्यार्थीहरूले केहीबेर पैदलयात्रा गरेर नाराबाजी गरेका थिए। पदयात्रीहरू लगभग साढेचार बजीतिर रम्फू प्रवेश गरेका थिए। आज रम्फूमा वास बसेर भोलि पुन गान्तोकको निम्ति पदयात्रा शुरु गरिने विद्यार्थी नेता दीप थापाले बताए। तिनले दिएको जानकारी अनुसार राज्यका मुख्यमञ्त्री पवन चामलिङले विद्यार्थी मोर्चाको शीर्ष टोलीलाई भोलि आइतबारको बिहान 11 बजी भेट्ने सनय दिएका छन। आज रम्फूमा वास बसेको टोलीले आइतबार बिहान आफ्नो पदयात्रा पुन शुरु गर्नेछ भने एउटा प्रतिनिधि टोली मुख्यमंत्रीलाई भेट्न गान्तोक जानेछ। मुख्यमंत्रीसँगको भेटघाटपछि विमो नेताहरू पुन पदयात्रामा सामेल हुनेछन। पदयात्रीहरू सोमबार गान्तोक पुगेपछि अलग राज्यको मुद्दामा राज्यवासीले पुर्‍याउँदै आएको प्रत्यक्ष अनि परोक्ष समर्थन र सहयोगको निम्ति आभार प्रकट गर्नेछ भने यसै दिन राज्यको एसडीएअफ सरकारका विधायकहरूलाई पनि भेटेर अलग राज्यको मुद्दामा समर्थनको निम्ति आग्रह गर्नेछ।

Mamata's 72-hour Ultimatum to GJM on Darjeeling Shutdown

KOLKATA: Chief minister Mamata Banerjee on Saturday warned stern action against the agitating Gorkha Janamukti Morcha (GJM) leadership if the indefinite bandh in Darjeeling was not withdrawn within 72 hours (Monday). "The GJM is holding bandhs in Darjeeling for the past eight days. Enough is enough. I am giving the GJM 72-hour time to lift the bandh and hold talks with our government. If the GJM refuses to withdraw their bandhs within 72 hours, our government will be forced to take stern action against them," the chief minister told reporters at Writers' Buildings on Saturday. "I have some constitutional obligations to abide by and the Calcutta High Court has also given a clear order to restore normalcy in Darjeeling. I will have to implement the high court's order. 
They (GJM) are forcing the business establishments to keep their shutters down, forcing school and government officials to keep the establishments closed. I have bear with the GJM for eight days and I though that good senses would prevail upon them and they will withdraw the bandh. But I am now sorry to say that we will take stern action if bandhs in Darjeeling is not withdrawn within 72 hours. Today is Saturday and the GJM will get time till Monday to lift the bandhs in Darjeeling. If the bandhs are not withdrawn by Monday, stern action will be taken by my government from Tuesday," the chief minister warned the agitating GJM. She also said that her government was ready to hold talks with the GJM only after bandhs in Darjeeling were withdrawn. "I also appeal to them (GJM) to end their bandh in the interests of common people and for the interests of the development of Darjeeling which has started after the Gorkha Territorial Administration (GTA) had taken charges of the Hills. I also urged the Centre not to interfere in the state's subject and allow the state government to settle the Darjeeling impasse amicably," Mamata said. 
The chief minister also said that "Independence Day will be observed throughout the nation and I urge the agitating Gorkha leaders to clear all the roads and maintain peace and normalcy before August 15. Our government will not tolerate wildcat bandhs and strikes. I have been told that the agitating GJM is distributing ration to the people of Darjeeling. I know from where they are getting the money to run a parallel rationing system." Without naming the GJM leader Bimal Gurung who has resigned from the post of the chief executive officer (CEO) of the GTA, the chief minister said the next responsible person should take charge of the GTA to run the ongoing development in the Hills.

Mamata Banerjee's 8 Security Men Injured in Accident

Kolkata: Eight policemen sustained injuries after a bus rammed into a police kiosk near the residence of West Bengal Chief Minister Mamata Banerjee on Saturday. The policemen were immediately taken to state-run SSKM Hospital. Police said that an empty bus lost control and hit the kiosk, injuring eight policemen. The chief minister said that she would ask the police and transport departments to chalk out plans for preventing overtaking and rash driving. "Every life is important and should not be taken away by such unruly acts", she said. The injured would be later shifted to a private hospital, the chief minister said.