Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

8 May 2014

सीके प्रधान हत्यकाण्ड - परिवार निराश

कालेबुङ, 7 मई।
सीके प्रधान हत्याकाण्ड मामिलामा प्रधानका परिवारपक्षले न्याय पाउने आशा मारिसकेका छन्। किनभने प्रधानको हत्या भएको 12 वर्ष बितिसक्दा समेत मुद्दा छिनाफाना हुने कुनै छाँटकाँट छैन।
प्रधानको हत्या भएको 9 वर्षपछि 12 दिसम्बर 2012 मा पहिलोचोटी जलपाइगुढी न्यायालयमा मुद्दा शुरू हुँदा प्रधानका परिवारपक्षले एकचोटी न्याय पाउनसक्ने आशा साँचेका थिए। तर जलपागुढीको सेसन कोर्टमा आजसम्म प्रधान हत्याकाण्डका सबै गवाहीहरूको बयान लिइसकेको छैन। यस मामिलामा 41 जना गवाहीहरू छन्। उनीहरूलाई एक-एकजना गवाहीका रूपमा बोलाइने काम भइरहेको छ। यसैले यस मामिला लम्बिरहेको कारणले
सीके प्रधान परिवारमा न्याय पाउने कुरामा आशा नै हराएर गइसकेको छ। आज स्व. सीके प्रधानका दाजु कर्णल डीके प्रधानले न्यायापालिकाको कार्यनीतिमाथि निराशा व्यक्त गरेका छन्।
“अब त जनताले पनि विस्तारै सीके प्रधान हत्याकाण्डलाई भुलिसकेका छन्”-प्रधानले भने “हाम्रो पनि न्याय पाउने आशा विस्तारै मर्दै गइरहेको छ।
उनी अनुसार यस मामिलालाई लिएर परिवारपक्षले राज्य अनि केन्द्र सरकारसमक्ष अनि न्यायको माग गरेको हो। यसपछि पनि सेसन कोर्टले फाइनल भर्डिक्ट दिन सकेको छैन।
प्रत्येक राजनैतिक हत्याहरूमा नै राजनीतिकरण हुने धारणा राख्ने डीके प्रधानले यस मामिलामा पनि राजनीतिकरण भएकै कारण दोषीहरूले सजाय पाउनमा विलम्ब भएको बताए।
   तिनीअनुसार सीके प्रधानलाई 3 अक्टोबर 2002 मा खुलेआम हत्या गर्ने निरे गुरूङ र दया राई नै हुन्‌ जसको अहिलेसम्म कुनै अत्तोपत्तो छैन। डीके प्रधानले भनेअनुसार निरे गुरूङ अनि दया राईलाई हत्या गर्नेबित्तिकै हत्या गर्न लगाउनेहरूले मारिसकेको हुनसक्छ। तिनको भनाइअनुसार आज पनि हत्याकाण्डको मास्टर माइन्ड भने जीवित नै रहेका छन्‌। पॉंच वर्षसम्म सीबीआईले हत्याकाण्डमाथि छानबीन गरेर न्यायालयमा चार्सिट बुझाएर मुद्दा शुरू भएपनि गवाहीहरू जलपाइगढी न्यायलय धाउन नसक्ने  कर्णल डीके प्रधानले बताए। यसैले आज जम्मै गवाहीहरूले न्यायालयमा उपस्थिति दिन नसक्दा न्यायालयले फाइनल भर्डिक्ट दिन सकेको छैन। हत्याकाण्डको सुनुवाइ जलपाइगढी न्यायलयमा होइन तर कालेबुङमा नै हुनपर्ने परिवारपक्षले माग गर्दागर्दै पनि हुन नसकेको  तिनले बताए।
उनले अझ भने अनुसार सेसन कोर्टले यदि आफूहरूको पक्षमा भर्डिक्ट नदिए उनीहरू उच्च न्यायालय अनि त्यसपछि सर्वोच्च न्यायालयसमेत जानपर्ने हुन्छ। तर यो लामो प्रक्रिया हो। यसका निम्ति धेरै खर्च बेहेर्नुपर्ने हुन्छ। यी कुराहरू पछिबाट परिवारपक्षसित मिलेर निर्णय लिनसकिने भएपनि अहिलेको स्थितिमा यो वर्षौदेखि लम्बिरहेको मुद्दासित उनीहरू सन्तुष्ट छैनन्।

29 Apr 2014

दोधारमा लामा

कालेबुङ 28 अप्रेल। (प्रदीप)ः लोकसभा चुनाउको परिणामपछि दार्जीलिङ पहाडको राजनैतिक परिदृश्य कस्तो हुनेछ? भाजपा
प्रार्थीले यहाँबाट चुनाउ जितेको
अवस्थामा गोर्खाल्याण्डको मुद्दाले नयाँ दिशा र गति पाउनेछ कि मोर्चा जीटीएको सुचारू सञ्चालनतिरै तल्लिन हुनेछ? कि गोरामुमोको शर्त अनुसार दागोपापको पुनर्बहाली हुनेछ? चुनाउपरिणामपछि परिदृश्यमा कुनै नयाँ राजनैतिक शक्तिको पदार्पण हुनेछ? पहाडको राजनीतिमा सामान्य चासो राख्ने मानिसहरूलाईसमेत यतिबेला यी प्रश्नहरूले गिँजोलेको छ। यी तमाम प्रश्नहरू अहिले कटमेरो रहे पनि चुनाउपछि नयाँ राजनैतिक शक्तिको उदय हुन्छ कि भन्ने अनुमान र सम्भावना भने ह्वात्तै चुलिएको छ। यो नयाँ राजनैतिक शक्ति डा महेन्द्र पी लामाकै नेतृत्वमा अस्तित्वमा आउन सक्ने सम्भावना प्रबल बन्दै गएको छ। डा लामालाई नयाँ राजनैतिक दलको गठन गर्न दबाउ बढेको छ। विशेष गरी उनका युवा समर्थकहरूले यो दवाउ बनाउन थालेका छन। तर डा लामाले भने यसलाई दबाउको साटो ओपिनियन’-को रूपमा व्याख्या गरेका छन। डीडीयुडीएफको ब्यानरमा निर्दल प्रार्थी भएर चुनाउ लडेका डा महेन्द्र पी लामा पनि अहिले आफ्ना समर्थकहरूको आग्रह,विचार र उत्साहको समिकरणबारे अध्ययन गर्ने क्रममा छन। उनी आफैले पनि नयाँ राजनैतिक दल गठन गर्ने कुरालाई सोझै नकारेका छैनन, तारतम्य मिले नयाँ दल गठन सकिन्छ भन्ने उनको आशयलाई आँखिओझेल गर्न मिल्दैन। नयाँ दलको गठनबारे अहिले चलिरहेको हल्लाबारे सोधिएको प्रश्नको सम्बन्धमा डा लामाले भने, ‘मेरा समर्थक र शुभचिन्तकहरूले मलाई सक्रिय राजनीतिमा आउन आग्रह गरिरहेका छन। विशेष गरी ग्रामिण भेकका युवावर्गबाट नयाँ राजनैतिक दल गठन गर्नुपर्छ भन्ने मत पाउँदैछु। म आफैले पनि विभिन्न क्षेत्रहरूमा पुगेर मानिसहरूसँग चर्चा र अन्तर्क्रिया पनि गर्दैछु। अहिले कुनै निष्कर्षमा पुगेको छुइनँ। सबैको मत र विचार सुनेर नै निर्णय लिनेछुयद्यपि उनले राजनैतिक दल गठन गर्ने कार्य सहज नरहेको मन्तव्य प्रकट गरेका छन। आफू भावनामा बगेर दल गठन गर्ने पक्षमा नरहेको उनको भनाइ छ। उनले नयाँ दलको गठनभन्दा बढी डीडीयुडीएफको आगामी कार्ययोजना, कार्यगत रणकौशलबारे छलफल र बिमर्श भइरहेको दावी गरेका छन। चुनाउपरिणामपछि पहाडको राजनीतिमा देखा पर्ने सम्भावनासँग जोडिएको एउटा प्रश्नको जवाफ दिँदै उनले भने, ‘गोजमुमो र गोरामुमोबीच तानातान र सत्ताको होडबाजी हुनसक्छ। चुनाउअघि गोरामुमोले राज्य सरकारसँग गरेको सम्झौताको आधारमा यो अवस्था निर्माण हुने सम्भावना प्रबल छ। गोर्खाल्याण्ड अथवा पञ्चायतिराज जस्ता ठूला मुद्दामा दलहरू केन्द्रित भए भने संघर्ष र तनाउ उत्पन्न नहोला तर जीटीए र दागोपापजस्ता मुद्दाहरूमा सत्तासंघर्ष भयो भने झगडा र हिंसा हुनसक्छअर्कोतिर, क्रामाकपा अनि डीडीयुडीएफको शीर्ष समितिका अध्यक्ष डा एनोसदास प्रधानले पनि सक्रिय राजनीतिमा डा महेन्द्र पी लामाको पदार्पण हुनुपर्ने विचार व्यक्त गरेका छन। डा एनोसदास प्रधानले भागोप अध्यक्षको हैसियतमा यसबारे टिप्पणी गर्न अस्वीकार गरे पनि व्यक्तिगत तवरमा उनले डा लामा राजनैतिक नेतृत्वका रूपमा अघि आउनु पर्ने बताएका छन। लोकसभा चुनाउ लड्नु मात्र उनको उद्देश्य होइन होला। समाजको गुणात्मक रूपान्तरको नारा लिएर अघि आएका डा लामा राजनीतिदेखि टाडा बसे यो सम्भव छैनयता, क्रामाकपाको कालेबुङ आञ्चालिक समितिका अध्यक्ष किशोर प्रधानले पनि एकजना बौद्धिक अनि समक्ष व्यक्तिका रूपमा चिनिएका डा महेन्द्र पी लामाको आगमनले राजनैतिक मुल्यबोध पनि बढेर जाने मन्तव्य जाहेर गरेका छन। बुद्धिजीवीहरू अरूको पछि लागेर स्वार्थसिद्धि गरेको इतिहास मात्र छ पहाडमा। डा लामाजस्ता अन्तराष्ट्रीय पहिचान र योग्यता भएका व्यक्ति सक्रिय राजनीतिमा आउनु सकरात्मक कुरा होकिशोर प्रधानले भने। उनले गोर्खाल्याण्डप्रति इमानदार र नेतृत्व सक्षम व्यक्ति राजनीतिमा आउँदा आन्दोलनलाई सामुहिक रूपमा अघि बढाउनसमेत प्रभावकारी हुने बताएका छन।

24 Apr 2014

विपक्षी दलहरूका कारण असामाजिक घटनाहरू भइरहेको छ - डा. छेत्री

कालेबुङ, 24 अप्रेल।
पहाड़मा विपक्षी दलहरूको कार्यक्रमहरूसँगै अगणतान्त्रीक र असामाजिक तत्वहरूको रगरगी धेर हुन थाल्यो दुषकर्मकाण्डको चौतर्फी विरोध भइरहेको समय विधायक डा. हर्कबहादुर छेत्रीले आज यस प्रकारको बयान दिएका हुन्। हाल टिस्टा बालिका बलत्कार घटनाको चौतर्फी विरोध भइरहेको समय कालेबुङका विधायक एव मोर्चा प्रवक्ता डा. छेत्रीको उक्त बयानले विरोधको माहोललाई नै फयातुलो पारेको छ। आज कालेबुङका पत्रकारहरूसँग कुराकानी गर्दै विधायक छेत्रीले असामाजिक क्रियाकलाप बढ़्नुमा विपक्षी दलहरूलाई जिम्मेवार बताएर आफ्नो दललाई यस्ता घटनाहरूबाट अक्षुण राख्ने प्रयास गरेका छन्।  डा. छेत्रीको उक्त बयानलाई विवादस्पद वयान मान्न सकिन्छ। दुष्कर्मकाण्डलाई केन्द्र गर्दै डा. छेत्रीले असमाजिक तत्वहरूलाई विपक्षका दलहरूले आश्रय दिइरहेको गम्भिर आरोप लगाएका हुन्। “असामाजिक तत्वहरू हुन त हरेक ठाउँमा छ”-छेत्रीले भने, “जब पहाडमा विपक्षका दलहरूको कार्यक्रमहरू हुनथाल्यो तब गणतान्त्रिक भन्दा अगणतान्त्रिक कुराहरू धेर अघि आउनथाल्यो।”
अहिले पार्टीको नाममा असमाजिक तत्वहरू विपक्षका दलहरूमा पस्ने गरेको बताउँदै असामाजिक क्रियाकपालहरूका निम्ति शंकाका सुई विपक्षतर्फ फर्काएका छन्। विपक्षका दलहरूमा असामाजिक तत्वहरू पनि पस्ने गरेको अनि समाजविरोधी कार्य गर्नेहरूलाई पनि पार्टीले प्रश्रय दिनेगरेको बताए।
उनले केही दिनअघि नशालु पदार्थ सेवनको मामिलामा पनि यस्तै काम भएको आरोप लगाए। नशालु पदार्थ सेवनको मामिलामा विपक्षका पार्टीहरूकै सहयोगमा केही दिनअघि ड्रग्स सेवन गर्नेहरूले नै उल्टा प्राथमिकी गरेको उनले उदाहरण दिए।
“पार्टीको नाममा उनीहरूलाई प्रश्रय दिनु हुँदैन, डा. छेत्रीले भने, “नत्र समाज बिग्रेर जान्छ।”
वर्तमान राजनैतिक परिस्थितिको सन्दर्भमा डा. छेत्रीले केन्द्रमा ममता-मोदीको मिलन हुनसक्ने
सम्भावना धेरै कम रहेको बताएका छन्। उनी अनुसार केही दिनअघि प्रधानमन्त्री उम्मेदवार नरेन्द्र मोदीले भाजपालाई ममताको सहयोगको आशा नरहेको बयान दिएका थिए। यसैको आधारमा पनि भाजपलाई तृणमूल कङ्ग्रेसको सहयोगको आशा नरहेको डा. छेत्रीको अनुमान छ। डा. छेत्रीको धारणा अनुसार यदि केन्द्रमा भाजपा अनि तृणमूल कङ्ग्रेसमाझ गठबन्धन भएको खण्डमा पनि मोर्चालाई खासै फरक पर्दैन। प्रधामन्त्री उम्मेदवार नरेन्द्र मोदी स्वयंले गोर्खाहरूको पक्षमा कुरा गरेकाले मोदीकै वयानलाई समातेर आगामी दिनमा मोर्चा काम गर्ने पक्षमा छ।

22 Apr 2014

टिस्टा दुष्कर्मकाण्डको चौतर्फी विरोध

कालेबुङ, 21 मार्च।(छेवाङ योञ्जन)
टिस्टामा नाबालिकामाथि भएको दुष्कर्मकाण्डको अहिले चौतर्फी विरोध भइरहेको छ। यस मालिमामा एकजना आरोपी पक्रा परेपनि दोषीलाई कोठर सजाय
दिनपर्ने माग जारी छ। यस घटनामाथि टिस्टावासीमात्र होइन यहाँका विभिन्न सङ्घ-संस्था अनि व्यक्ति विशेषले पनि आज उठाउन शुरु गरेका छन्। भारतीय गोर्खा परिसङ् आफैले एउटा सर्वभारतीय गोर्खाहरूको छाता सङ्गठन रहेको बताउँछ। यस सङ्गठनले यो घटनालाई कसरी हरेको छ
? यसबेला यस्ता सङ्गठनहरूले समाजसित सरोकार रहेका यस्ता जटिल मामिलाहरूमा कस्तो भूमिका निर्वाह गर्नुपर्ने हो? टिस्टामा घटेको घटनाले आज चार दिन पुरा गरेपछि भागपोलाई केही गर्नुपर्छ भन्ने लागेको छ र अन्य सङ्घ-संस्थाहरूसित मिलेर प्रतिवाद जनाउने काम शुरु गरेको छ। आज यस परिसङ्घले यहाँका विभिन्न अराजनैतिक सङ्घ-संस्थाहरू कालेबुङ कृषक कल्याण सङ्गठन, गोर्खा दुःख निवारक सम्मेलन, कालेबुङ, संरक्षण समिति, हिल सोसियल वेलफेयर सोसाइटी आदिका प्रतिनिधिहरूसित बैठक गरी कालेबुङ महकुमा अधिकारी कार्यालयमा ज्ञापन बुझाएको छ। परिसङ्घका अध्यक्ष डा. एनोस दास प्रधानले घटनाको खण्डन गर्दै दोषीले कठोरभन्दा कोठर सजाय पाउनुपर्ने माग गरेका छन्। उनले यस घटनालाई निन्दनीय बताउँदै घटनाबारे विस्तृत छानबिन गर्ने बताएका छन्। उनले भने अनुसार सङ्गठनले अस्पतालबाट पनि पीडितको अवस्था अनि स्वास्थ्य जाँच रिपोर्ट लिनेछ। यसैको आधारमा पुलिस प्रशासनलाई पनि सही कार्यवाही गर्ने आग्रह गर्नेछ। उनले केही वर्षअघिको जिना प्रधान हत्याकाण्डसरह यो मामिला हराउन नहुने अनि पिडितले न्याय पाउनुपर्ने माग गरेका छन्। अर्कोतिर, हिल तृणमूल कङ्ग्रेस महिला सङ्गठनले पनि घटनाको विरोध जनाउँदै यस घटनाले सम्पूर्ण पहाडलाई नै लज्जित बनाएको सङ्गठनकी संयोजिका ननिता गौतमले बताएकी छन्। यसरी नै गोर्खा जनमुक्ति नारी मोर्चाले पनि घटनाको खण्डन गरेको छ। यसरी नै बाल हित अनि बाल अधिकारका निम्ति कार्य गरिरहेको संस्था बाल सुरक्षा अभियानको पक्षमा संयोजिका सिस्टर सुवेषणा थापाले पनि यस्तो अमानवीय क्रियापललाई दुर्भाग्यपूर्ण बताएकी छन्। यसपल्टको यस मामिलामा न्यायको माग गर्दै जनता नै सडकमा आउनु सकरात्मक कुरा रहेको बताएकी छन्। स्मरण गराइन्छ, गत 18 अप्रेलका दिन टिस्टाको गफुर गाउँमा एउटी 3 वर्षीय नाबिकमाथि दुष्कर्म भएको घटना अघि आयो। यस घटनाको आरोपमा सुनिल राई नाम युवक पक्रा परिसकेका छन्। यस घटना घटेलगत्तैदेखि टिस्टाबासीको आक्रोश अनि प्रदर्शन कार्य जारी रहेको छ। टिस्टाबासीले शुरु गरेको यस न्यायको लडाइँमा अहिलेघरि कालेबुङका विभिन्न सङ्-संस्थाले पनि साथ दिन शुरु गरेको छ।  यद्यपि दोषीले उचित सजाय पाउनसक्छ भन्नेकुरामा सन्देह छ। अहिलेसम्म यस्ता घटनाहरूमा दोषीहरूले सजाय पाएको घटना कमै मात्र छ। यसैले टिस्टाकाण्डको विरोधमा शुरु भएको न्यायको लडाइँमा पनि मानिसहरूले कानुनप्रति विश्वास गर्न सकिरहेका छैनन्। यस सन्दर्भमा कालेबुङका एक वरिष्ट अधिवक्ता प्रभार देवानले भने अनुसार दोषीलाई सजाय दिन कानुनी लडाइँ धेरै संवोदनशिल भएर लड्नुपर्छ। यस मामिलामा उचित प्रमाणहरू सङ्कलन गर्न सकिए दोषीले कमभन्दा कम 20 वर्षको सजाय पाउनसक्छन् भने दोषीलाई उमरकैदको सजाय पनि हुनसक्छ। यस्ता मामिलाहरूमा आरोपीले जमानत पाउन गाह्रो अनि 90 दिनभित्र पुलिसले चार्सिट दर्ता गर्नुपर्ने हुन्छ। यस मामिलामा पुलिसले पनि जिम्मेवारीपूर्वक कार्य गर्नुपर्ने अनि प्रमाण एवं गवाहीहरू जुटाउनमा सबैले परिवार अनि पुलिसलाई सहयोग गरे निश्चय नै केही समयभित्र नै दोषीले कठोर सजाय पाउने उनले बताएका छन्।