Home »
News
» मिरिक झीलको जीर्णोद्धार र सुन्दरीकरणको पहल शुरु
22मार्च (
कालेबुङ):-
जीटीएको चुनाउ र सिमांकनबारे छलफल गर्न राज्य सरकारले आगामी 24
मार्चमा डाकेको बैठकमा पनि मोर्चाले तराई डूवर्सको अन्तर्भुक्तिलाई नै मूल मुद्दा बनाउने अडान लिएको छ। मिरिकको भ्रमणमा रहेका गोजमुमो अध्यक्ष बिमल गुरुङले यहाँका पत्रकारहरुलाई यस आशयको जानकारी दिएका छन। राज्यकी मुख्यमंत्री ममता बेनर्जी आफैले निमञ्त्रणा दिएको बैठकलाई केन्द्र गरी आममानिसले मोर्चाको अडानबारे उत्सुकता जाहेर गरी रहेको अवस्था
मा मोर्चा प्रमुखको यस आशयको बयान आएको छ। मिरिकका आफ्ना कार्यकर्ता र समर्थकहरुलाई नयाँ उर्जा प्रदान गर्न बुधबार मिरिक पुगेका मोर्चा प्रमुख बिमल गुरुङले क्षेत्रको पर्यटन विकासको निम्ति आफ्नो दल गम्भीर रहेको संकेत दिएका छन। उनले आजदेखि मिरिक झीलको जीर्णोद्धार र सुन्दरीकरणको निम्ति पहल शुरु गरेका छन। मिरिक झीलको सर सफाई र सुन्दरीकरण गरी पर्यटन व्यवसायलाई प्रोत्साहन दिन हरसम्भव प्रयास गरिने गुरुङको बिचार छ। उनले यसको निम्ति मिरिक नगरपालिका बोर्ड अनि पार्टीको स्थानीय नेतृवर्गलाई यस सम्बन्धमा निर्देश पनि दिएका छन। मिरिक झीलको जीर्णोद्धार र सुन्दरीकरणको निम्ति आजदेखि अभियान शुरु गरिएको छ।यसको निम्ति सीएडीसी नामक एजेंसीले काम हातमा लिएको छ।यस योजनाको निम्ति 3
करोड चार लाखको रुपियाँ अनुमोदन गरिएको छ। यस अवसरमा आज झील परिसरमा एउटा कार्यक्रमको आयोजना पनि गरिएको थियो। यस कार्यक्रममा मोर्चा प्रमुख गुरुङलगायत खरसाङका विधायक डा रोहित शर्मा अनि दलका केन्द्रीय र स्थानीय नेतृत्वहरु उपस्थित थिए। यसै दिन,
पार्टीको मिरिक शाखाले आयोजना गरेको सुनाखरी फूलको प्रदर्शनीको उदघाटन पनि गरे। क्षेत्रका बिभिन्न बागवानी संगठनहरुको सहयोगमा आयोजना गरिएको फूल प्रदर्शनी आगामी 27
मार्चसम्म चल्नेछ।
Related Posts:
Minister blames Left for bandh furyDeb lights the lamp at the opening of the state disaster risk reduction congress in Jalpaiguri on Friday. Picture by Biplab BasakApril 27: North Bengal development minister Gautam Deb today held the CPM and RSP responsible fo… Read More
Welfare nod for tea labourCalcutta, April 27: A cabinet sub-committee today cleared a proposal to extend panchayat benefits to tea garden workers in the Dooars.Chief minister Mamata Banerjee has appointed a panel headed by home secretary Basudeb Baner… Read More
Hong Kong home for Chronicles croonersNIRMAL MANGARThe band members in Hong Kong on Thursday. Telegraph pictureGangtok, April 27: Rock band Girish N the Chronicles has relocated to Hong Kong after bagging a contract to play in the pub circuit there.The four-membe… Read More
Fire kills 6 kids in a familyVIVEK CHHETRIDarjeeling, April 27: Six children, siblings aged between 2 and 12, were burnt to death when a fire broke out in their home in a remote Mirik village last night.The children were probably asleep at the time when … Read More
Dooars ‘success’ fuels relay fast plan Hunger strike to keep tempo aliveVIVEK CHHETRIDarjeeling, April 27: The Gorkha Janmukti Morcha, which believes that its Dooars movement has been “successful in generating enough enthusiasm”, is likely to start a relay hunger strike and low-scale rallies acro… Read More
0 comments:
Post a Comment