24 अप्रेल(कालेबुङ):-अनिश्चितकालिन तराई डूवर्सको दोस्रो दिन आज कुनै हिंसात्मक घटनाहरु नभए पनि दिनभरि सम्पूर्ण डूवर्स उतत्प्त रह्यो। हिजो बन्द समर्थकहरुमाथि लाठीचार्ज गरिएको घटनाको प्रतिवादमा आज मोर्चा समर्थकहरुले डूवर्सका विभिन्न थानाहरुमा गिरफ्तारी दिए। पूर्व डूवर्सको जयगाँउ अनि कालचिनी क्षेत्रमा आज मोर्चा समर्थकहरु आक्रोशित देखिए। अहिले मोर्चा प्रमुख बिमल गुरुङ जयगाँवमा बसेका छन। आज उनका समर्थकहरुले जयगाँव थानामा हिजोको घटनाको विरोधमा नाराबाजी र धर्ना प्रदर्शन गरे। यहाँ लगभग पाँच हजार समर्थकहरुले थानामा गिरफ्तारी दिएको जानकारी पाइएको छ। यता, डूवर्सको कालचिनी क्षेत्रका समर्थकहरुले पनि थानामा गिरफ्तारी दिएको थाहा लागेको छ। हिजो बानरहाटमा भएको हिंसात्मक घटना पछि सम्पूर्ण डूवर्समा जलपाईगुडी जिल्ला प्रशासनले 144 धाराअन्तर्गत निषेधाज्ञा जारी गरेको छ। डूवर्सको नगरकट्टामा जनसभा गर्ने अनुमति नपाएको विरोधमा मोर्चासमर्थित जोइन्ट एक्शन को अर्डिनेशन कमिटिले हिजोदेखि डाकेको अनिश्चितकालिन बन्दले आज पनि यी क्षेत्रहरुमा जनजीवन प्रभावित पारेको छ। डूवर्सका अधिकांश क्षेत्रहरुमा दोस्रो दिन पनि बन्दले व्यापक प्रभाव परेको छ। बन्द समर्थक र विरोधीहरुबीचको राजनैतिक झडपले साम्प्रादायिक हिंसाको रुप धारण गर्न सक्ने कुरालाई केन्द्र गरी जिल्ला प्रशासनले कठोर सुरक्षा व्यवस्था र सतर्कता अपनाएको छ। हिंसाको सम्भावना भएका क्षेत्रहरुमा सोमबार रातीदेखि अर्धसैनिक बल पनि तैनाथ गरिएको जानकारी प्राप्त भएको छ। अर्कोतिर, बन्दको दोस्रो दिन पनि दार्जीलिङ पहाड र सिक्किमलाई आंशिक प्रभाव परेको देखिएको छ। पहाडबाट समततिर जाने वाहनहरुको चलाचल आज पनि ठप्प रहेको थियो। यता, राष्ट्रीय राजमार्ग 31एमा आज पनि बन्दले प्रभाव पारे पनि हिजोको तुलनामा आज सिक्किम सिलगडीगामी केही वाहनहरुको चलाचल रहेको थियो। सामान्य दिनको तुलनामा राजमार्गमा वाहनहरुको आवागमन खूबै कम्ति देखियो। आज बिहान टिस्टा पूलनजिक रबिझोडामा बन्द समर्थकहरुले वाहनहरु रोकेको अपुष्ट खबर प्राप्त भए पनि कालेबुङ पुलिसले खबरको खण्डन गरेको छ। तराईतिर जान राजमार्गमा भेला भएका समर्थकहरुलाई चाल्कहरुले आफै वाहन रोक्न थालेपछि यो हल्ला फैलिएको पुलिसको भनाई छ। बन्द्को कारण राजमार्गमा बाधा र तनाउ उत्पन्न हुन सक्ने डरले मानिसहरु आफै यात्रा गर्न नचाहेको हुनसक्ने कालेबुङ्की अतिरिक्त पुलिस अधिक्षक सोङमित लेप्चाले बताएकी छन।
यता, हिजो डूवर्समा भएको घटनाले पहाडका मोर्चा समर्थकहरुलाई पनि तताउन शुरु गरेको छ। मोर्चा समर्थकहरुमाथि लाठीचार्ज गरेको घटनाको प्रतिवादमा आज पार्टीको आह्वानमा दार्जीलिङ, खरसाङ, कालेबुङ अनि मिरिकमा प्रतिवाद जुलुश र पथसभाहरु सम्पन्न गरिएको छ। मोर्चाले राज्यको तृणमूल सरकारको तीव्र आलोचना गर्दै पूर्व माकपा सरकार र नयाँ सरकारमा कुनै भिन्नता नरहेको टिप्पणी गरेको छ। मोर्चाका महासचिव रोशन गिरीले राज्य सरकारप्रति आफ्नो रोष प्रकट गर्दै डूवर्समा जनसभाको निम्ति अनुमति दिलाउन मोर्चाले अब पहाडमा लगातार दबाउ बनाउने कार्यक्रम गर्ने बताएका छन।
24 Apr 2012
अनिश्चितकालिन बन्दको दोस्रो दिन मोर्चा समर्थकहरुले दिए कोर्ट अरेष्ट, डुवर्स अशान्ति
Related Posts:
Makeover takes off at Mall VIVEK CHHETRI Darjeeling, Feb. 14: The DGHC has started revamping the Mall and the first phase of the Rs 9 crore project for Darjeeling’s famous promenade is expected to be completed in five months.Nearly Rs 2 crore … Read More
Rs 130cr package for north growth Siliguri, Feb. 14: North Bengal development minister Gautam Deb announced over Rs 130 crore for several projects from his new office on Hill Cart Road where he started working today.Of the total, Rs 20 crore would be… Read More
Dredge plan for Karala revival Jalpaiguri, Feb. 12: A Rs 23 crore project that entails dredging and diversion of sewerage to clean up and revive the Karala has been prepared by the North Bengal Flood Control Commission.The chief minister is set to su… Read More
Couple found dead Normal 0 false false false EN-US X-NONE HI MicrosoftInternetExplorer4 … Read More
Toyota & tourism plans in north Siliguri, Feb. 12: Automobile majors Toyota and Maruti and four tourism entrepreneurs have expressed interest in investing in north Bengal, industries minister Partha Chatterjee said here today.“Toyota and Maruti have writte… Read More
0 comments:
Post a Comment