
25 Apr 2012
बन्द बाट दुइ दिनको छुट,जनसभा गर्ने अडिगमा कमिटि
25 अप्रेल(कालेबुङ):- मोर्चा समर्थित जोइन्ट एक्शन को अर्डिनेशन कमिटिले आजदेखि बन्दबाट दुइ दिनको छुट दिए पनि डूवर्समा जनसभा गर्ने अनुमति दिनु पर्ने कुरामा अडिग रहेको छ। कमिटिले बन्दलाई बिहीबार साँझसम्मको निम्ति शिथिल गर्ने निर्णय लिएपछि आजदेखि तराई डूवर्स र पहाडको जनजीवन सामान्य बनेको छ। यधपि, डूवर्सको बानरहाटमा मोर्चाविरोधी संगठन र व्यापारीहरुले उत्तेजना सृष्टि गर्दा केहीबेर क्षेत्रमा तनाउ उत्पन्न भएको जानकारी पाइएको छ।
मोर्चासमर्थित कमिटिले डाकेको बन्दको विरोध गर्दै आज बानरहाटका मोर्चाविरोधी तत्व र व्यावसायीहरुले क्षेत्रका व्यापारिक संस्थानहरु बन्द राख्ने प्रयास गर्दा तनाउ सृजना भएको थियो। आज बिहानदेखि तराई डूवर्सको जनजीवन सुचारु बनेको छ। यता, पहाडमा पनि आजदेखि समतलतिर जाने वाहनहरुको चलाचल शुरु भएको छ। बन्दबाट छुट दिइएको कारण पहाड घुम्न आएका पर्यटकहरु आफ्नो गन्तव्यतिर फर्किन आतुर देखिए। सरकारमाथि दबाउ बनाउन हिजोदेखि मोर्चाले पहाडका तीनैवटा महकुमाहरुमा शुरु गरेको धारावाहिक र्यामली र पथसभाको कार्यक्रम पनि दुइ दिनको निम्ति स्थगित गरेको छ। दुइदिनको छूट पुरा भएपछि मोर्चाको नयाँ अडान के हुने हो भन्ने कुराले पहाड र तराई डूवर्सका जनमानसलाई पिरोलिरहेको छ। डूवर्समा जनसभाको अनुमति नदिइञ्जेलसम्म बन्द जारी राख्ने कुरामा मोर्चा अहिले पनि अडिग रहेको छ।

Related Posts:
MOLESTATION INCIDENT Darjeeling 29 Sep 2013 The police have blamed Saturday’s incident to rumours spread by opportunist elements that instigated students to turn violent resulting in a clash between the administration and the publi… Read More
Kalimpong bandh condemning molestation incident peaceful KALIMPONG 29 Sep 2013 The 12-hour bandh called today by the Vidhyarthi Morcha across the Darjeeling hills to condemn Saturday’s molestation incident was fully effective in Kalimpong. All shops were all closed a… Read More
Darjeeling town tense following clash between students & cops Darjeeling 28 Sep 2013 Students and the general public clashed with the police Saturday evening following reports of a rape attempt on a minor by a jawan of the Rapid Action Force at Ghoom-Bhanjyang, about 16km… Read More
Ghising returning to hills with new strategy, slogan: GNLF KURSEONG/MIRIK 29 Sep 2013 The Gorkha National Liberation Front and its chief Subash Ghising will return to the hills soon with a new strategy and slogan, according to the party’s Kurseong unit spokesperson Day… Read More
Too early to question GJM’s sincerity: Pradhan kalimpong 28 Sep 2013 The GJM’s decision to revive the GTA has given rise to confusion and discontent both among the general public and within the GJAC. Binay Tamang’s appointment as the GTA chief executive is als… Read More
0 comments:
Post a Comment