
26 Apr 2012
कालेबुङमा सबला मेला स्वनिर्भर दलहरु उत्साहित
26 अप्रेल(कालेबुङ):- दार्जीलिङ जिल्लाका स्वनिर्भर दलहरुलाई प्रोत्साहन प्रदान गर्न कालेबुङमा बुधबारदेखि सप्ताहव्यापी सबला मेलाको आयोजना गरिएको छ। उत्तर बंगाल विकास मंत्री गौतम देवले यस मेलाको विधिवत उदघाटन गरे। दार्जीलिङ जिल्लाको महकुमाहरु दार्जीलिङ, खरसाङ, कालेबुङ अनि सिलगढीअन्तर्गतका 12 वटा खण्ड अनि तीनवटा नगरपालिकाहरुमा सक्रिय रहेका स्वनिर्भर दलहरुले मेलामा भाग लिएका छन।
राज्य सरकारको स्वनिर्भर समूह अनि स्वरोजगार विभागले सबला मेलाको आयोजना गरेको हो। यो मेला आगामी 1 मईसम्म चल्नेछ। जिल्लाका स्वनिर्भर दलहरुले हस्तशिल्पद्वारा उत्पादन गरेको घरेलु सजावटका सामग्री, कृषि उत्पादनलगायत घरेलु उद्योगबाट निर्मित सर सामानहरु मेलामा प्रदर्शनी र बिक्रीको निम्ति राखिएको छ। स्वनिर्भर दलहरुद्रारा उत्पादित सामग्रीहरुको वजार व्यवस्थापन र बिपणनको निम्ति पनि विभागले पहल गरेको छ। क्षेत्रका स्वनिर्भर समूहका कर्मीहरु मेलालाई लिएर उत्साहित देखिएका छन। स्वनिर्भर दलहरुको उत्पादनको प्रचार प्रसार र बिपणनको निम्ति राज्य सरकारल क्षेत्रमा पहिलोपल्ट यस प्रकारको कार्यक्रम तय गरेको हो।

Related Posts:
दार्जीलिङ पहाडको पर्यटन व्यवसाय फेरि एकपल्ट आफ्नो लयमा फर्केको छ8 जून(कालेबुङ)- गोजमुमोले आन्दोलनको मार्ग त्यागेर जीटीएमा सम्झौता गरेपछि दार्जीलिङ पहाडको पर्यटन व्यवसाय फेरि एकपल्ट आफ्नो लयमा फर्केको छ। सम्झौतापछि पहाडमा राजनैतिक स्थिरता र शान्ति श्रृङ्खलाको पुनर्बहाली भएपछि यसपालिको पर्य… Read More
Sikkim landslides wipe out seven - Rain, unfriendly terrain and more mudslides hamper rescue operation in RolepNIRMAL MANGAR The spot in Rolep village where some of the houses tha… Read More
Environment day programme is going on in the different part of the state till after the three daysRANGPO-8TH JUNE 12Environment day programme is going on in the different part of the state till after the three days .green vale academy lingmoo south Sikkim and Kabi north Sikkim has organised plantation programme and awa… Read More
The final match of summer T20RANGPO-7TH JUME12The final match of summer 20 -20 cricket tournament organise at Rangpo mining cricket playground yesterday .started from 18th may with 36 team from in and around Sikkim the United cricket club Gangtok and .… Read More
Torrential rain triggered a landslide at Rolep in East SikkimRANGPO-7TH JUME12After 18 September 2011 once again Sikkim is reeled by a natural calamity. Torrential rain triggered a landslide at Rolep in East Sikkim under Rongli jurisdiction today morning at 5 AM due to which eight hous… Read More
0 comments:
Post a Comment