9 Mar 2013
कालेबुङमा सुरक्षा व्यवस्था कडा
प्रज्ज्वल छेत्री
कालेबुङ, ८ मार्च|
तृणमूल कङ्ग्रेस नेताहरूमाथि आक्रमण भएको तीन दिन पूरा भइसक्दा पनि मुख्य आरोपीहरू बेपत्ता छन्| पक्रा परेका आरोपीहरूमध्ये एक अनिल छेत्रीलाई मुख्य आरोपी रहेको दावी पुलिसले गरेपनि पिडीत पक्षले गरेको प्राथमिकीमा भने युवा मोर्चाका शीर्षस्थ नेतृत्वको नाम छ| तृणमूल नेतृत्वमाथि आक्रमण भएलगत्तै दर्ता गरिएको प्राथमिकीमा नाम उल्लेख भएका एकैजनालाई पनि पुलिसले पक्राउ गर्न सकेको छैन| प्राथमिकीमा युवा मोर्चाको महकुमा समितिका अध्यक्ष बारुद थापा, सचिव विनय घिसिङ अनि प्रभात घिसिङको नाम उल्लेख छ| यी मुख्य आरोपीहरूलाई अझसम्म पक्राउ गर्न पुलिस प्रशासन असक्षम छ| यद्यपि, यी आरोपीहरूको खोजी अभियान जारी राखेको पुलिस प्रशासनको भनाइ छ| अहिलेसम्म पॉंचजनाको पक्राउ बाहेक अन्य आरोपीहरूको खोजी अभियान पुलिसले तीब्र रुपमा गरिरहेको भएपनि उनीहरू पुलिसको पञ्जामा परेका छैनन्| तृणमूल कङ्ग्रेस नेतामाथि भएको प्राणघातक हमलापछि देखापरेको संत्रासपूर्ण वातावणलाई साम्य पार्न जनसाधारणको सुरक्षालाई ध्यानमा राख्दै कालेबुङमा अर्धसैनिक बल तैनाथ गरिएको छ| दार्जीलिङ पुलिस अधिक्षक कुनाल अग्रवालको कालेबुङ भ्रमणपछि तुरन्तै यहॉं आइआरबी(इण्डियन रिजर्ब बटालियन) परिचालन गरिएको छ| कालेबुङमा देखापरेको तनाउग्रस्त परिस्थितिको कारण छाएको अशान्तिको माहोलपछि हिजो राती एघाह्र बजीतिर दुइ प्लाटुन आइआरबी कालेबुङ आइपुगेको थियो| राज्यको सत्तासिन दल तृणमूल कङ्ग्रेसका नेता छेवाङ भोटियामाथि प्राणघातक हमला भएपछि ब्रिग्रिएर गएको यहॉंको परिस्थितिमा थोरै संख्यामा भएपनि शुरुको दिनमा नै र्यापीड एक्सन फोर्स तैनाथ गरिएको थियो भने आजदेखि आइआरबी पनि परिचालन गर्न परेको छ| ६० जना आइआरबी जवानहरूले आजदेखि कालेबुङमा गस्ती लगाइरहेका छन्| कालेबुङ ल्याएको दुइ प्लाटुन आइआरबीका जवानहरूमध्ये केहीलाई आज नै गोरुबथान पनि लगिने सूत्रको खबर छ|
Related Posts:
अलग राज्यको पक्षमा राष्ट्रीय सङ्गोष्टि महासङ्घको ‘मिसन 2014’कालेबुङ, 25 अप्रेल। देशमा अलग राज्यको निम्ति सङ्घर्षरत् विभिन्न दलका नेतृत्वहरूसित विचार विनिमय गर्न आज स्थानीय टाउनहलमा राष्ट्रिय सङ्गोष्टि सम्पन्न भयो। गोर्खाल्याण्ड टास्क फोर्स अनि नवराज्य निर्माण महासङ्घको संयुक्त आयोजना… Read More
Ghisingh closer to hillsApril 26: GNLF chief Subash Ghisingh today shifted his base from Jalpaiguri to Matigara, a few kilometres from where the GTA area begins, and gave enough hints that he would be actively involved in the hill politics again. “… Read More
When Gere met Dalai LamaRichard Gere on Friday recounted his first meeting with the Dalai Lama that drew him to Tibetan Buddhism. The actor was speaking to a 1,000-strong crowd at Manan Kendra in Gangtok — the talk was titled Buddhism in the West a… Read More
Morcha stage destroyedAlipurduar, April 26: The Gorkha Janmukti Morcha today alleged that a half-completed stage for a party meeting had been vandalised in Dalmore tea garden in the Dooars last night at a time the hill outfit was purportedly losin… Read More
Same-sex stricture draws ireGangtok, April 26: Chief minister Pawan Chamling’s warning of “zero tolerance” of homosexual relationships in Sikkim on Wednesday has drawn criticism from human rights activists. “We must not allow gay and lesbian culture in… Read More
0 comments:
Post a Comment