9 Mar 2013
कालेबुङमा पत्रकार सम्मेलन भवन
कालेबुङ, ८ मार्च|
कालेबुङका श्रमजीवि पत्रकार समुहको नयॉं कार्यालयको आज औपचारिक उद्घाटन गरियो| महकुमा अधिकारी एलएन शेर्पाको बाहुलीबाट कार्यलयको उद्घाटन गरिएको थियो| यस अवसरमा महकुमा अधिकारी एलएन शेर्पा प्रमुख अतिथि थिए भने गोर्खा दुःख निवारक सम्मेलनका पदाधिकारीहरू उदय कुमाइ, आरएल त्रिखत्री, सोनाम टी भोटिया विशेष रुपमा उपस्थित थिए| कालेबुङका विभिन्न दैनिक अनि च्यानहरूसित संग्लन पत्रकारहरूको भेटघाट अनि पत्रकार सम्मेलन गर्न यस कार्यलयलाई प्रयोग गरिने तय भएको छ| आज यसै कार्यक्रमबीच पत्रकार समुहको पहलका किड्नीरोगी गौतम लामाको निम्ति संग्रहित राशी १ लाख ४७ हजार ९ सय ३६ रुपियॉं तिनको परिवारलाई सुम्पिएको छ| राशी जुटाउनमा पत्रकार समुहलाई सहयोग पुर्याउने जनजागण कल्याण सङ्घ अनि सेन्टट्रिजा चर्चका सदस्यहरू उपस्थित थिए| महकुमा अधिकारी शेर्पाले गौतम लामाका पितालाई राशी प्रदान गरे| यता, मुख्य अतिथिको रुपमा महकुमा अधिकारी एलएन शेर्पाले पत्रकारहरूको यो दइवटै पहलको सराहना गरे| तिनले पत्रकारहरूले सङ्गठित अनि ढॉंचागत रुपमा काम गर्न कार्यालयको व्यवस्थाले धेरै सहयोग पुग्ने विचार व्यक्त गरे| अहिलेसम्म कन्भरेन्स हल नभएको कुरा महशुस गरेका अधिकारी शेर्पाले अबउसो सबै राजनैतिक अनि सामाजिक सङ्गठनहरूले पत्रकार सम्मेलनको निम्ति यस कार्यलयलाई प्रयोगमा ल्याउन आह्वान गरेका छन्| यसै कार्यक्रबीच कवि मनोज वोगटीलाई युुवा साहित्य अकादमी पुरस्कारको निम्ति चयन भएकोमा खदा अर्पण गरी बधाइ टक्राइयो| भुवन पी. खनालले सञ्चालन गरेको कार्यक्रममा प्रदिप लोहागुणले स्वागत भाषण राखेका थिए भने अजय अग्रवाल, मनोज वोगटी आदिले सम्बोधन राखेका थिए| कार्यक्रममा समयदैनिक, हिमालय दर्पण, हाम्रो प्रजाशक्ति, स्वर्णभूमि, जनपथ, दैनिक जागरण, हिमालय मिरर, सिक्किम मेल, प्रभात वार्ता साथै, सिक्किमको नयुमा समाचार, कालेबुङबाट एचपीसी, केटीभी, दैनन्दिनी, एकता टिभी आदि हाउसित सम्बन्धित पत्रकारहरूको उपस्थिति थियो|
Related Posts:
Morcha signals March offensive Bandhs back, CM blamedKalimpong, Feb. 17: The Gorkha Janmukti Morcha has announced a series of shutdowns in the Darjeeling hills from next month to demand Gorkhaland, blaming Mamata Banerjee for forcing its hand and virtually taking away a peace t… Read More
Discussion on functioning Multilevel Marketing Company Mukesh sharma Kalimpong, February 15: The Himalayan People’s channel today at length discussed about the work process of different Multilevel Marketing Company functioning in the hills. The discussion was held at the Town Hal… Read More
Sunny day forecastSiliguri, Feb. 17: A bout of cold and drizzly weather in north Bengal since yesterday because of a western disturbance crossing over sub-Himalayan Bengal and Sikkim has brought down the maximum temperature in several places b… Read More
5 in hospital, Madan wife sees ruseDarjeeling, Feb. 17: Bharati Tamang, the wife of slain ABGL leader Madan Tamang, today said she would request the chief minister for an investigation into why five Morcha leaders accused in her husband’s murder were moved to … Read More
दार्जीलिङमा सद्भावना कायम राख्न आत्मदाह गर्न तयार छु – युसुफ सिमिक कालेबुङ 16 फरवरी। लेप्चा युवा संगठनका सल्लाहकार युसुफ सिमिकले गोर्खाहरु नेपालबाट आएका हुन भन्ने दिएको बयान एक हिन्दि दैनिक समाचारमा प्रकाशित भए पछि गोजमुमो पार्टीले उक्त बयानको जोडदार खण्डन गरेको छ। मोर्चाले उक्त बयानको बिरोध… Read More
0 comments:
Post a Comment