Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

9 Mar 2013

नियुक्ति नपाउँदा शिक्षकले गरे आत्माहत्या

कालेबुङ, ८ मार्च| गोरुबथान निवासी शिक्षक विकास राई उर्फ पारस(४८) ले घॉंटी रेटेर आत्माहत्या गरेका छन्| गोरूबथानदेखि केही टाडा फूलबारीका बासिन्दा उनको फुपूको घरमा कोही नभएको समय बिहिबार २ बजीतिर उनले आत्माहत्या गरेको खबर छ| आज उनको शव पोष्टमर्टमको निम्ति कालेबुङ महकुमा अस्पताल ल्याइएको थियो| परिवारपक्षबाट उनका आफन्त सुरेश सुब्बाअनुसार, यसपल्टको शिक्षक नियुक्ति उनले नपाउनु पनि मृत्युको कारण हुनसक्ने अनुमान छ| उनी तुङ्लाबुङ निमबस्ती प्राथमिक पाठशालामा २००२ सालदेखि नै अस्थायी शिक्षकको रुपमा कार्यरत थिए| यसपल्ट जीटीएले २००२ मा अन्तर्वार्ता दिने प्रार्थीहरूको नियुक्ति पत्र पठाउँदा उनले पाएनन्| यस विषयमा उनले घरमा परिवारपक्षलाई कुरा गरिरहने हुँदा नियुक्ति पत्र नपाउनु नै उनको मृत्युको कारण हुनसक्ने परिवारपक्षको अनुमान छ| यद्यपि, यो केवल अनुमान भएपनि यसको ठोस् प्रमाण भने छैन| परिवारपक्षबाट सुरेश सुब्बाले अझ भनेअनुसार, उनले यसभन्दा अघिपनि आत्माहत्या गर्न प्रयास गरेका हुन्| उनी मानसिक रुपमा असन्तुलित थिए| कुनै पनि घटनाको खबर एकैचोटी पाउँदा आवेशमा आउने उनको विरामीको कारणले गर्दा वर्षौंदेखि अस्थायी रुपमा कार्य गरेपनि यसपल्ट शिक्षक नियुक्ति पत्र नपाउँदा नै आत्माहत्या गरेको हुन कि भन्ने परिवारपक्षको शंका छ|

Related Posts:

  • मुख्यमन्त्रीको विरोध कालेबुङमा अझ तेज कालेबुङ 5 सेप्टम्बर: पश्चिम बंगालका मुख्यमन्त्री ममता व्यानर्जीको भाषणले रुष्ट बनेका पहाड़का जनता अनि नेतृत्वहरुमा आजसम्म पनि विरोधको राग दन्किरहेका छन्। गत 4 सेप्टम्बरदेखि मुख्यमन्त्री ब्यानर्जीको बिरोधमा कालेबुङमा उठिरहेक… Read More
  • ‘स्पेसल कालेबुङ जनता’ को पोष्टरमा मोर्चालाई चेतावनी कालेबुङ 6 सेप्टम्बर (छेवाङ योञ्जन): ‘स्पेसल कालेबुङ जनता’ को नाममा आज शहरमा देखा परेको एउटा पोष्टरले मोर्चा अनि गोर्खाल्याण्ड संयुक्त कार्वाही समितिले तय गरेको रणनीतिहरुको कड़ा प्रकारले खण्डन गरेको छ। हुन त कालेबुङ शहरमा जनत… Read More
  • मोर्चा नेता टिकामार पक्राउ कालेबुङ 5 सेप्टम्बर(छेवाङ):दुइहप्ता अघि देखि पुलिस प्रशासनले आन्दोलनकारीलाई धड़पकड़ गर्ने क्रम स्थगित गरेको थियो भने आजदेखि पुन शुरु गरेको छ। मोर्चाको आन्दोलन क्रम अवधि 2009मा लागेको मुद्दाहरुमा आज कालेबुङ पुलिसले 42 नम्बर स… Read More
  • जेएसटीओ अनि विमोको बैठक पछि स्कूल शुरु हुने सम्भावना कालेबुङ 6 सेप्टम्बर (छेवाङ योञ्जन): पार्टी प्रमुख विमल गुरुङले आगमी 13 सेप्टम्बरदेखि शैक्षिक संस्थानहरुलाई बन्दबाट छुटदिने निर्णय लिए पछि विद्यार्थी मोर्चाले शिक्षक संगठनहरुसंग बैठक गरि विध्यार्थीहरुको सुविधाको निम्ति पहल गर… Read More
  • कालेबुङमा मोर्चाको जुलूस, घरना अनि पथसभा यथावत कालेबुङ 6 सेप्टम्बर (छेवाङ योञ्जन): छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा आज पनि कालेबुङमा मोर्चा कार्यकर्ताहरुले धरना, जुलूस अनि पथसभाको आयोजना रगेका थिए। धेरै संख्यामा आज पनि मोर्चा समर्थकहरु यहाँको डम्बरचोक परिसरमा भेला भएक… Read More

0 comments: