Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

25 Oct 2013

मानवतस्करीमा संलग्न एक युवक पक्राउ

कालेबुङ, 24 अक्टोबर(प्रदीप) शहरसंलग्न एउटा गाउँबाट तीनजना किशोरीहरू हराएको घटनामा कालेबुङ पुलिसले 18 बर्षीय एक युवकलाई पक्राउ गरेको छ। यहाँको छोटा भालूखोप बस्ने युवक रमेश विश्वकर्म(18)-लाई मानवतस्करीमा संलग्न रहेको शंकामा कालेबुङ पुलिसले आज एनजेपीस्थित रेलवे स्टेशन परिसरबाट नियञ्त्रणमा लिएको छ।पुलिसले हराएका तीन किशोरीहरूमध्ये एक सृष्टि(परिवर्तित नाम)-लाई पनि युवकसँगै उद्धार गरेको छ।
सृष्टिका परिवारले कालेबुङ थानामा दर्ता गरेको प्राथमिकीको आधारमा पुलिसले अभियान चलाएपछि युवकको पक्राउ सम्भव भएको हो। यहाँको एउटा माध्यमिक विद्यालयमा आठौँ श्रेणीमा पढ्ने उक्त किशोरीलाई आरोपी युवकले फकाइफुस्लाइ आफूसँग लगेको परिवारको आरोप छ। जबकि पुलिसले आरोपी युवक र पिडीत किशोरीसँग सोधपूछ गर्दा दुवैले आफूहरूबीच प्रेमसम्बन्ध रहेको बयान दिएका छन। दुवैको बयानअनुसार तिनीहरूबीच गत तीनबर्ष देखि प्रेमसम्बन्ध थियो अनि बिहे गर्ने उद्देश्यले तिनीहरू घरबाट भागेका थिए। दुवै भागेर चण्ढीगढ जान लागेको अवस्थामा पुलिसले आज पक्राउ गरेको हो। यसै गाउँबाट हराएका अन्य दुइ किशोरीहरूलाई पनि चण्ढीगढनिवासी आरोपी युवकका साथी मौसम ठाकुर(24)-ले साथमा लिएर गएको छ। युवकको बयान अनुसार मौसम ठाकुर अनि नगमा बानो(काल्पनिक नाम)बीच पनि प्रेमसम्बन्ध रहेको छ। नगमालाई पनि चण्ढीगढ निवासी उक्त युवकले बिहे गर्ने उद्देश्य लिएर गएको थियो। ती दुइसँग नगमाकी साथी श्रद्धा पनि साथ लागेर गएका छन। ती दुइ किशोरी र मौसम ठाकुर नामक युवक पहिले सिलगढी पुगेर बसेका थिए भने रमेश र सृष्टि पछि गएका थिए। सिलगढीमा भेटेर सबै एकसाथ चण्ढीगढ जाने उनीहरूको योजना थियो। तर पक्रा परेका युवक रमेशले सिलगढीमा पुगेर मौसम ठाकुरसँग सम्पर्क गर्न असफल भएको थियो। पूर्वनिर्धारित योजना असफल भएपछि रमेश र सृष्टि मात्र चण्ढीगढ जाने प्रयास गरिरहेको अवस्थामा आज कालेबुङ पुलिसले तिनीहरूलाई नियञ्त्रणमा लिएको थियो। कालेबुङ पुलिसको टोलीले दुवैलाई आज यहाँ ल्याएको थियो। नाबालिक रहेको कारण किशोरीलाई यहाँको एउटा पुनर्वास केन्द्रमा पठाइएको छ भने आरोपी युवकलाई आज यहाँको एसीजेएम कोर्टमा पेश गरिएपछि 14 दिनको न्यायिक हिरासतमा पठाइएको छ। पुलिसले युवकविरुद्ध भारतीय दण्ड संहिताको धारा 363 अनि 366अन्तर्गत अपहरणको प्रयाससँग सम्बन्धित मुद्दाहरू दर्ता गरेको छ।

Related Posts:

  • Himalayan international festival 2012RANGPO-17TH MARCH12Three days long Himalayan international festival 2012 is going to be inaugurated tomorrow by the padama shree awardees Sonam tshring Lepcha going to be organise at bhurung Pandam east Sikkim. Organised by H… Read More
  • छापामारी अभियानमा एघारजना बालश्रमिकहरु उद्धार17 मार्च (कालेबुङ):- कालेबुङको एउटा गैरसरकारी संगठन बाल सुरक्षा अभियानले आज शहरमा छापामारी अभियान चलाएर एघारजना बालश्रमिकहरु उद्धार गरेको छ। संगठनका कार्यकर्ताहरुले कालेबुङ पुलिसको सहयोगमा यहाँका दर्जन अधिक चियापसल र होटलहरुम… Read More
  • meeting between Rangpo police and residents of PandamRANGPO-18TH MARCH12The coordination meeting between Rangpo police and residents of Pandam was held at Pandam yesterday to discuss into the matter regarding the several theft case occurred in last twenty days in the area. From… Read More
  • seminar on business environmentRANGPO-17TH MARCH12Two days long seminar on business environment :emerging trends in north east was ended today .organised by department of management studies of SMIT Majhitar is sponsored by all India council for techni… Read More
  • piglets distribution programmeRANGPO-17TH MARCH12Animal husbandry and veterinary service department south Sikkim has organised piglets distribution programme for the fifty beneficiaries of rtey pani Namthang constituency at phongla south Sikkim. Between t… Read More

0 comments: