Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

9 Mar 2015

बघिनी फेरि पुरानै खोरमा

कालेबुङ, 4 मार्च (प्रदीप लोहागुण)- ‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’  कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला? उत्तर सरल छ, ‘समयले राजनीतिकर्मीलाई एउटा दलबाट अर्को दलमा पुर्‍याउँछ’
  यस्तै भयो हिल तृणमूल नेत्री ननिता गौतमसँग जो तृणमूल छोडेर फेरि मोर्चामै फर्केकी छन्। मोर्चाले 2007मा गोर्खाल्याण्डको आन्दोलन थाल्दा बघिनी पार्टीभित्र र जनमानसमा सशक्त महिला नेतृको रूपमा ननिता गौतम स्थापित भएकी थिइन। गोरामुमो सत्तामा हुँदादेखि नै आफ्नो वागी तेवर र जुझारूपनका निम्ति राजनीतिमा चासो राख्ने एउटा वर्गमा यिनी चिनिदैँ आएकी थिइन।
तिनको यो परिचयले नयाँ फाँट पायो गोजमुमोले शुरु गरेको आन्दोलनमा। दोस्रो चरणको गोर्खाल्याण्ड आन्दोलनमा ननिता गौतमले यति निर्भिक, जुझारू र समर्पित नेतृको रूपमा मोर्चा सम्हालेकी थिइन कि आफ्ना महिला कार्यकर्ताहरूले तिनलाई बघिनीको संज्ञा समेत दिएका थिए। तिनै बघिनी 28 महिना तृणमूलको घाँसफूल भएको मैदानमा डुलिघुमि फर्केर फेरि पुरानै खोरमा आएकी छिन। गोजमुमोले आन्दोलनलाई शिथिल पारेर जीटीए ग्रहण गरेपछि मोर्चा नेतृत्वसँग तिनको मत बझ्न थालेको थियो। मतभेद चरममा पुगेपछि मोर्चा छोड्ने अन्य नेताहरूसहित ननिता गौतमले पनि 7 अप्रेल 2013मा तृणमूल कङ्ग्रेसमा प्रवेश लिएकी थिइन। उनलाई तृणमूलका तत्कालिन महासचिव मुकुल रायले दलको झण्डा प्रदन गरी पार्टीमा सामेल गरेका थिए। यतिबेला संयोग कस्तो मिलेको छ भने तिनै मुकुल राय पार्टीबाट निकालिएर भाजपामा सामेल हुने तयारीमा छन अनि यता ननिता गौतम तृणमूल छोडेर पुरानै पार्टीमा फर्केकी छन। गोजमुको जस्तो क्षेत्रिय पार्टीको नेतृत्व पङ्तिमा काम गरेकी ननिता गौतमलाई तृणमूल जस्तो राष्ट्रीय ढाँचाको दलमा बसेर काम गर्नु सहज र व्यावहारिक पनि भएन। शुरुमा उनलाई हिल तृणमूलको महिला प्रकोष्ठको अध्यक्षको जिम्मेवारी दिइएको थियो। तर हिल तृणमूलभित्र पनि नेतृत्व र पदको निम्ति हानाहान र तानातान भएपछि दलकी प्रमुख ममता व्यानर्जीले हिल तृणमूललाई  खारेज गरी तदर्थ समितिको गठन गरि दिएकी थिइन जसमा श्रीमती गौतमलाई उपाध्यक्ष बनाइएको थियो। आज मोर्चामा पुनर्प्रवेश लिन कार्यक्रमस्थलमा आफ्ना केही समर्थकहरूसित आउँदा श्रीमती गौतमले केही असहज अनुभव गरिरहेकी थिइन। कार्यक्रम हलभित्र प्रवेश गर्दा तिनलाई स्वागत जनाउने न्यानो अङ्गलोहरूलाई पनि थिए, तिनलाई व्यङ्ग्य कस्ने कुटिल मुस्कानहरू पनि थिए। आज मोर्चामा प्रवेश लिने 219 जना मानिसहरूमध्ये प्रथममा तिनलाई नै मञ्चमा बोलाएर बिमल गुरूङले खदा लगाइ दिए अनि दलको झण्डा प्रदान गरि पार्टीमा लिएको औपचारिकता पूरा गरेका थिए। तर जब आफ्नो मन्तव्य जाहेर गर्न पालो आयो, उनले आफ्नो सहजतामाथि पुरापुरी नियञ्त्रण गरिन, गम्भीर मुद्रामा आफ्ना कुराहरू राख्न शुरु गरिन। पन्द्र बीस मिनट लामो आफ्नो सम्बोधनको अधिकाशं समय उनले गोजमुमो अध्यक्ष र पार्टीका पुराना सहकर्मीहरूलाई आभार  प्रकट गर्न अनि खर्चिन। “उनी अभिभावक हुन, बाबु हुन। उनको ह्रदयमा चोट पुगेको थियो। फेरि हामी सबैलाई समेटेर परिवारमा ल्याए, म धन्यवाद दिन्छु” ननिता गौतमले भनिन।
उनले आफूलाई सफाई दिने शैलीमा थपिन्, “सबैभन्दा ठूलो कुरो समय र परिस्थिति हो। समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ। हामी परिस्थितिका दास हौं। मेरो विवशता र अवस्थाले मलाई यो परिवारबाट टाडो पुर्‍याएको थियो। कसैले मनदुःख गर्नु हुन्न”
दलभित्र कुनै समय प्रभावशाली नेत्रीको रूपमा चिनिएकी ननिता गौतम 28 महिना तृणमूलमा बसेर मोर्चामा फर्केकी हुन। अब उनलाई दलभित्र पुरानै स्थान र मर्यादा पाउँछु भन्ने कुरामा पनि खासै आशा र भरोसा छैन। “म साधारण सदस्य भएर बस्नेछु” उनको यो छोटो उदगारको आसय झण्डै यस्तै बुझिएको थियो। पहाडको विकास र रोजगारका एजेण्डा बिकेर तृणमूलमा गए पनि ह्रदयमा सधैँ गोर्खाल्याण्ड रहेक दावी गर्दै उनले भनिन, “हामी सबै मिलेर हाम्रो आकाङ्क्षालाई अघि लिएर जाऊँ”

ननिता गौतम जस्ती जुझारू नेत्री दल छोडेर जाँदा बिमल गुरूङलाई पनि दुःख त लागेकै थिएछ। गुरूङ आफैले मञ्चमा यसलाई स्वीकार पनि गरे। उनले पनि गीतकै शब्दहरू पैँचो लिएर आफ्नो कुरा राखे, “हे फूल चुडेर लाने हो, यहाँ माली रोएको हेर....। पार्टीलाई यो स्तरसम्म पुर्‍याउन उनको योगदानलाई हामीले भुल्नु हुदैन। पार्टी छोडेर जाँदा हामी एकक्षण रोएका थियौं”
उनले ननिता गौतमलाई दिदी भनेर पनि सम्बोधन गरे अनि दिदीभाइको सम्बन्धलाई पार्टीभन्दा माथि राखेर हेर्ने आग्रह पनि गरे। “पार्टी त आउँछ, जान्छ। सम्बन्ध ठूलो कुरो हो। म सधैँ सम्बन्धहरूप्रति समर्पित छु। मौका मिल्यो भने म ननिता दिदीको हातको भाइटिका लगाउन पनि आउँछु” गुरूङले भने।

Related Posts:

  • पञ्चायत चुनाउ र मोर्चाको स्थिति (छेवाङ योञ्जन) पश्चिम बंगाल चुनाउ आयोगले जारी गरेको अधिसूचना अनुरुप आगमी जुलाई महिनाको 2 तारिक देखि राज्यमा त्रिस्तरीय पञ्चायत चुनाउ सम्पन्न हुनेछ। चुनाउ आयोगले तीनवटा चरणमा राज्यको विभिन्न जिल्लाहरुमा पञ्चायत चुनाउ गराउने … Read More
  • TEN THOUSAND WHISPERS AND NOBODY LISTENING  Anjan Dutt At the onset let me clarify that I have no political agenda and have always refrained from politics, Left or Right. Never walked in rallies except for joining the mourners at the Maidan at 17, when the th… Read More
  • राजनैतिक हस्तक्षेपको शिकार पहाडको पत्रकारिता (छेवाङ योञ्जन) पत्रकारितालाईगणतन्त्रको चौथो स्तम्भको रुपमा मान्यता दिएतापनि कथित गणताञ्त्रिक राजनीतिकदलहरुले भने यो चौथो स्तम्भलाई ढाल्ने प्रयास गरेको थुप्रै उदाहरण पाइन्छ। विभिन्नप्रकारका समस्याको सामना गर्दै भारतेली नेपाल… Read More
  • Gorkhas need political unity  13 August 2013, New Delhi, C S Thapa Lack of linguistic recognition and regional minority status are bane for their identity. The demand for Gorkhaland, pending since 1907 is not only about identity of Gorkhas but … Read More
  • असाह्य नानीहरूका बाबु हुन् "कुनाल" छेवाङ योञ्जन  पहाड़का युवाहरू केवल आधुनिक फेसन अनि शुख-सुविधाहरूमा मात्रै लोभिन्दैनन् भन्ने कुरा कुनाल घतानीले प्रस्ट पारेका छन्। यहाँको इष्टमेन रोड निवासी कुनाल बाइकको सौखिन थिए। एक कोरी उम्मेर पचाइसकेका कुनालले एकदिन … Read More

0 comments: