Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

13 May 2013

Party launched with eye on Dooars

May 12: A number of outfits demanding a separate state comprising the six north Bengal districts today joined hands to form a new party called the Bharatiya Gorkha Janahit Morcha. The formation of the party was announced at a meeting held in Agrasen Bhavan in Nagrakata, Jalpaiguri district, where leaders of the Progressive People’s Party (PPP), Separate State Demand Forum — a common platform of parties such as the Kamtapur People’s Party (KPP) and some Naxalite factions — and some workers of the Gorkha Janmukti Morcha from the Dooars and Terai were present. The party flag was also unfurled today. “A 10-member central committee of the new party was formed today. The basic demand of the party is statehood for the six north Bengal districts. We feel that the region can be developed only if it is severed from West Bengal and a new state is formed,” said Gidan Rai, an erstwhile Morcha leader from Darjeeling who is now the president of the new party. “Our party would function in a democratic manner and soon announce a series of movements to achieve the demand,” he added. Sabit Lama, a former Morcha leader from Nagrakata, is the general secretary and Bikram Chhetri, former president of the local committee of the Janmukti Yuva Morcha in Panighata, is the treasurer of the new party. “Over decades, people of the Dooars, Terai and other parts of north Bengal have been exploited by political parties and leaders. The last example being Gorkha Janmukti Morcha and Bimal Gurung who utilised us for their own interests and later ignored our demands and rights,” Bikram said. “We will no longer allow them to use us and we have formed this party which will work for the people of this region and north Bengal as a whole.” The demand for a separate state for the region is in consonance with the demands of Rajbanshi organisations such as the KPP, GCPA (Greater Cooch Behar People’s Association) and GCDP (Greater Cooch Behar Democratic Party). Like the newly-formed PPP, the KPP and the GCDP also want a separate state carved out of the north Bengal districts. The GCPA also wants parts of Lower Assam to be included. Asked if the new outfit will contest the rural polls, Lama said: “When the polls are announced, we will decide on the issue.

NBU deans

Siliguri, May 12: North Bengal University has filled up two vacancies that have been lying vacant for more than a year with the appointment of professors to the posts of dean of arts, commerce and law and dean of science. Palash Ranjan Sengupta, the head of the commerce department, is the new dean of faculty of arts, commerce and law, while Amitabha Mukhopadhyay, the head of the physics department, will be the dean of the faculty of science. “The appointments were made by vice-chancellor Samir Kumar Das on Friday and the duo will take charge tomorrow. The names of Sengupta and Mukhopadhyay were recommended by two dean search committees set up for the NBU,” said a varsity official. The two posts had been lying vacant after the terms of the two previous deans had expired in February last year. The deans play a role in deciding on new subjects that have to be introduced at post-graduate levels.

12 May 2013

कोक्राझार, बक्सा र चिराङका गोर्खा फेरि अत्याचारको शिकार लाखौं रुपियॉंको मागः नदिए मार्ने धम्की

कालेबुङ, 11 मई। बोडो उग्रवादी सङ्गठन एनडीएफबी (नेश्नल डेमोक्रेटिक फ्रन्ट अफ बोडोल्याण्ड) ले असमको तीन जिल्ला कोक्राझार, बक्सा र चिराङका गोर्खाबहुल गाउँहरूमा आतङ्‌क मच्चाउन शुरु गरेको छ। कोक्राझारको सूत्रले समय दैनिकलाई बताए अनुसार एनडीएफबीका जवानहरूले फोन गरेर गोर्खा बाहुल गाउँका हरेकलाई लाखौं रुपियॉं मागेको छ। एकएक गाउँलाई लक्ष्य बनाएर हरेक गाउँको जनघन्त्व हेर्दै एनडीएफबीले रुपियॉं दाबी गरिरहेको छ। सूत्रले भने, गाउँको जनसंख्या हेर्दै कम्ति गोर्खा रहेको गाउँलाई 10 लाख देखि घनत्व धेर भएको गाउँलाई 20 लाखसम्म रुपियॉं मागिरहेको छ। उग्रवादी संस्थाका सदस्यहरू गाउँ छिरेर हाक्काहाक्की पनि रुपियॉंको दाबी गरिरहेको छ। उनीहरूद्वारा तोकिएको समयमा पैसा नदिए मार्ने धम्की दिइएको छ। यसप्रकारको धम्कीको कारण गोर्खाहरू असममा आतङि्‌कत बनेका छन्‌। उनीहरूको सुरक्षाको निम्ति न त प्रशासनिक पदक्षेप नै सक्रिय पारिएको छ न त कुनै गोर्खाहरूको संस्था नै बोलिरहेको छ। कोक्राझारका एक व्यक्तिले नाम सार्वजनिक नगरिदिने शर्तमा बताए, गोर्खाहरू यहॉं जोखिममा रहेकोले खुल्लमखुल्ला विरोध गर्न सकिएको छैन। कसैले यसको विरोध गरेको पाइएमा ज्यान लिने धम्की दिइएको छ। मलाई नै फोन गर्दै गाउँबाट 15 लाख रुपियॉं बुझाउने निर्देश गरिएको छ। बोडोल्याण्डको दाबी गर्दै आइरहेको एनडीएफबी एक जङ्गी सङ्गठन रहेकोे छ। उनीहरु सशस्त्रसम्पन्न छन्‌। सूत्रले बताए अनुसार बोडोल्याण्डलाई स्वायत्तरुपमा पाउनको निम्ति यहॉंका अल्पसंख्यकहरूमाझ विभिन्न आतङ्‌क मच्चाउने कार्य धेरैवर्ष अघिदेखि चलिरहेको छ। चिराङका एक युवकले भने, म 25 वर्ष पुगेँ तर बुद्धि आएदेखि अझसम्म यस्तो यातना चरणचरणरुपले नजिकबाट अनुभव गर्दै आइरहेको छु। गतवर्ष यो सङ्गठनले यहॉंका अल्पसंख्यक मुश्लिमहरूसित पनि यस्तै धम्की दिएपछि जातीय दङ्गा मच्चिएको थियो। असममा 25 प्रतिशत गोर्खाहरूबीच जुन संत्रास फैलाइएको छ, यसको केन्द्रमा गोर्खाहरूलाई निर्वासित गर्ने षडयन्त्र लुकेको युवकले बताएका छन्‌। अहिले 5 देखि 20 लाख रुपियॉंसम्मको दाबी गरेर यो सङ्गठनले यहॉंका भुमिपुत्र गोर्खाहरूबीच आतङ्‌क मच्चाएको छ। युवकले भने, जनबल, धनबल, प्रशासनिक सहयोग, सशस्त्रबल नरहेकोले ती बहुसंख्यकले हामीमाथि अत्याचार गरिरहेका छन्‌। विभिन्न प्रकारका यातना, धम्की, हानी गरेर उनीहरू यहॉंबाट गोर्खाहरूलाई उच्छेद गर्न चहान्छन्‌। धेरैवर्षदेखि यस्तो चरम यातना गोर्खाहरूले खप्दै आइरहेका छन्‌। यस्तै अत्यचारको कारण जो जो भुमिपुत्र गोर्खा होइनन्‌ उनीहरूले असम छोडिसकेका छन्‌। जो भुमिपुत्र त हुन्‌ तर सम्पन्न छन्‌, उनीहरू पनि शान्ति खोज्दै अन्यत्र राज्यतिर सरुवा भइसकेका छन्‌। नेपालबाट आएर बसेका नेपालीहरू नेपाल नै गएका छन्‌। तर जो यहीँका भूमिपुत्र हुन्‌ उनीहरू कहॉं जाउन्‌? जसको पितापुर्खा यही बिते। राज्य र देश निर्माणमा योगदान गरे। सबै गोर्खा धनी छैनन्‌। जो जो केही सम्पन्न छन्‌, उनीहरूको आर्थिकस्तर दिनोदिन ह्रास भइरहेको छ। आर्थिकरुपले सम्पन्न हुनको निम्ति कुनै काम गर्न सकिएको छैन। जसले गर्न गर्न खोजिरहेका छन्‌, उनीहरूमाथि लुटेराहरू लागेका छन्‌। एनडीएफबीले अहिले जुन रुपियॉंको दाबी गरिरहेको छ, त्यो पुरा गर्न यी जिल्लाका गोर्खाहरू सक्षम छैनन्‌। के उसो भए हामी उनीहरूद्वारा मारिनुपर्ने हो त? तिनी अनुसार गोर्खाहरूमा साङ्गाठिनक एकता नरहेकोले नै यस प्रकारको अत्याचार बढिरहेको छ। कसैले पनि यो सङ्गठनको विरोधमा सोझै संघर्ष गर्न सकिरहेका छैनन्‌। गोर्खा जनबाहुल शोनितपुर लगायत अन्य क्षेत्रका गोर्खाहरूले प्रतिरोध गर्न सकिरहेका छैनन्‌। प्रशासनिक सहयोगको खॉंचो उस्तै रहेको छ भने ज्यानमालको हानी हुने डरले कसैले पनि यस दवाबबारे मुख समेत खोल्न सकिरहेका छैनन्‌। सुरक्षाको निम्ति पलायन बढेकोले असममा दिनोदिन गोर्खाहरू घट्‌दै गइरहेका छन्‌। गोर्खाहरूमाथि हुने कुटपिट, लुट र हत्या सामान्य बन्दै गइरहेको छ। सशस्त्र शक्तइघि प्रशासन निरिह छ। गोर्खाहरूलाई उच्छेद गर्न उनीहरू विस्तारै विभिन्न माध्यमहरु अप्नाइरहेका छन्‌। पहिले चिट्ठीद्वारा रुपियॉं दाबी गरिन्थ्यो। बॉंच्नको निम्ति रुपियॉं सम्झौता गरेर दिए पनि छ-छ महिना गर्दागर्दै अहिले तीनतीन महिननामा नै फेरि रुपियॉं दाबी गरिन थालिएको छ। गतवर्ष शोनितपुर जिल्लाको एक गोर्खाबाहुल गाउँमा उग्रवादीहरूले जताभावी गोली चलाएको थियो। त्यसबेला 12 जना गोर्खाहरूले ज्यान गुमाएका थिए। यसको सामान्य विरोध मात्र हुन सक्यो। ती युवकले भने, यहॉंका आदिवासीहरूमाथि सानो कुनै घटना भयो भने डल्लै झारखण्ड सरकारले हस्तक्षेप गर्छ। तर गोर्खाहरूमाथि भएको यस्तो अच्याचारको विरुद्ध कोही पनि बोल्दैनन्‌। 1 करोडभन्दा धेर गोर्खाहरू छौं भनिन्छ तर एकठाउँको गोर्खालाई परेको दुःखमा अर्को ठाउँको गोर्खा काम नै लागेको छैन। तिनले गतवर्ष उदलगुडी पुगेका जीटीएप्रमुख विमल गुरूङलाई पनि यस सम्बन्धमा अवगत गराइएको बताउँदै भने, विमल गुरूङलाई यसबारे सम्पूर्णरुपले जानकारी छ। तर तिनको पहुँच नै नरहेर हो वा चासो नदिएर हो, तिनले यस सम्बन्धमा कुनै पनि आवाज उठाएनन्‌। भारतीय गोर्खा परिषद्लाई पनि यसबारे जानकारी छ। दार्जीलिङका धिकांश नेताहरूलाई यसबारे जानकारी छ तर कसैले पनि बोलिदिएका छैनन्‌। राष्ट्रियस्तरमा यसबारे बहस उठाइदिएमा हाम्रो सुरक्षाको निम्ति पहल हुनसक्थ्यो भन्ने हामीलाई लागेको छ। कहीँ कतैबाट पनि विरोध वा प्रतिवाद नरहेकोले उग्रवादीहरू गोर्खाहरूलाई अत्याचार गर्न झन हौसिएका छन्‌। तिनले मनिपुरमा पनि गोर्खाहरूले यसै प्रकारका यातना पाइरहेको पनि बताए। तिनी अनुसार असुरक्षाको कारण असमका गोर्खाहरू बोल्न सक्ने स्थितिमा छैनन्‌। यस्तोमा असम बाहिरका गोर्खाहरू अनि गोर्खाहरूका राजनैतिक शक्तिले यसबारे बोलिदिउन्‌ भन्ने उनीहरू चहान्छन्‌। केही हप्तादेखि माग्न थालिएको रुपियॉं नदिए हत्या गर्ने भनिएकोले असमका पीडित गोर्खाहरू असुरक्षित रहेको कुरा उनीहरू अहिले सोसल नेटवर्कहरूद्वारा बताइरहेका छन्‌। उनीहरूले त्यहॉंका स्थितिबारे उल्लेख गर्दै बारम्बार सहयोगको अपील पनि गरिरहेका छन्‌।

मोर्चा कालेबुङ शाखाको सभा सम्पन्न

कालेबुङ 11 मई। गोर्खा जनमुक्ति नारी मोर्चा कालेबुङ महकुमा समितिको साङ्गठनिक सभा आज यहॉंको रामकृष्ण रङ्गमञ्चमा सम्पन्न भयो। सभा नारी मोर्चा महकुमा समिति एवं शाखा-प्रशाखाका प्रतिनिधिलाई लिएर आयोजना गरिएको थियो। सङ्गठनको कार्यनीति प्रतिनिधिहरूसमक्ष राख्नु अनि सङ्गठनलाई अझ सशक्त बनाउनु सभाको उद्देश्य रहेको थियो। अवकाशप्राप्त ले.कर्णल शान्ता छेत्री मुख्य अतिथिको रूपमा उपस्थित रहेको कार्यक्रमलाई नारी मोर्चा सचिव बन्दना योञ्जन, काजिम छिरिङ भोटिया, सामुयल गुरूङ, नोर्देन लामा, कुमार चामलिङ आदिले सम्बोधन गरेका थिए। नारी मोर्चाका कलावती आचार्यले स्वागत भाषण राखेको कार्यक्रममा नारी मोर्चा नेत्री तारा लोहार लेप्चा लगायत नगर पार्षदहरू पनि उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथिको रुपमा शान्ति छेत्रीले भनिन्‌, छुट्टै राज्यको निम्ति नारीहरूको भूमिका महत्वपूर्ण छ। छुट्टै राज्य गोर्खाल्याण्डको सङ्घर्षमा नारीहरूले अग्र पङ्‌क्तिमा रहेर गर्नु जरुरी छ। भावी दिनमा पनि गोर्खाल्याण्डको आन्दोलनको निम्ति सधैं तयार रहनुपर्छ। साङ्गठनिक गतिविधि एवं कुनै पनि सिफारिसको निम्ति नियमित रुपमा शाखा-प्रशाखाकै माध्यममबाट अघि बध्नुपर्ने भन्दै सौझै अध्यक्षलाई भेट्‌नु सङ्गठनको निमयबाहिर रहेको पनि उनले जनाइन्‌। यसरी नै, सभासद् काजिम छिरिङ भोटियाले पनि नारी एकतामाथि नै जोड दिएकी थिइन्‌। सभासदको हैसियतले नारीहरूको हरेक दुःखमा साथै दिने नारीहरूको समस्या आफ्नै समस्या सम्झेर काम गर्ने उनले बचन वद्धता जाहेर गरिन्‌। यसरी नै सभासद गुरूङले अझपनि गाउँहरूतिरत नारीहरूले आफूलाई आन्दोलनकारी नै बताउने भन्दै उनीहरूको सपना साकार पार्नुपर्ने बताए। उनीरूको सपना र विश्वासलाई सपना र विश्वासलाई तोड्‌नुनहुने विचिर उनले पोखे। छुट्टै राज्यको मागलाई मोर्चाले त्यागेको छैन भन्दै उनले राजनैतिक फाइदाको निम्ति मात्र विपक्षी दलहरूले मोर्चाको नीतिको आलोचना गरिरहेको पनि आरोप लगाए। सुबास घिसिङले कुनै पनि शक्तिले छुट्टै राज्य दिन नसक्ने भनेर दाबी गरेको बताउँदै उनले घिसिङ आफैले जन्माएको बच्चा खाने सॉंप जस्तै रहेको बताए। उनले भने -जसरी सॉंपले आफ्नै बच्चा खान्छ त्यसरी नै घिसिङले पनि आफैले जन्माएको अलग राज्य गोर्खाल्याण्ड खाएको छ। एकचाटी दागोपपामा हस्ताक्षर गरेर खाए अर्को चोटी छैटौ अनुसूची भिक्ष्याउन खोजेर खान खोज्यो । गुरूङले सुवास घिसिङ सरकारको प्रवक्ताको रूपमा काम गरिरहेको आरोप पनि लगाए।