Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

शिक्षक प्रमुखको लापारवाहीको कारण बेहाल अवस्थामा चम्पामाया प्रथमिक पाठशाला

पहाड़को प्रथमिक पाठशालाहरु एका एक बन्द हुनुमा सरकार पक्ष दोषी छ कि शिक्षक-शिक्षिकाहरुको लापारवाही? किन दार्जीलिङ पहाड़को शैक्षिक स्तर दिनोदिन खस्किन्दै गइरहेको छ? प्रथमिक शिक्षा बाल-बालिकाहरुको निम्ति महत्तवपूर्ण हुँदा-हुँदै पनि किन आजसम्म पहाड़को शिक्षा व्यवस्थामा सुधार आउन सकिरहेको छैन?

राजनीति गर्दिनँ भन्नु पनि अर्को राजनीति होः हर्कबहादुर छेत्री

मेरो अधिकारक्षेत्रभित्र पाँच बर्षको लागि जनताको हितको काम गर् भनेर मलाई भोट हालेको हो नि। मलाई थाहा छ यसले जनताको धेरै हित हुन्छ। यसले जनताको हितसँगै पार्टीको पनि हित हुन्छ, आन्दोलनलाई पनि सहयोग पुर्‍याउँछ भनेपछि एकदम निसंकोच भनेर अघि बढ्न सक्छु म। म त्यही काम गर्दैछु।

बघिनी फेरि पुरानै खोरमा

‘समयले मानिसलाई कहाँ कहाँ पुर्‍याउँछ,,,,,,’ कुनै समय रेडियो नेपालबाट बजिरहने यो चर्चित गीतले मान्छेको जीवनमा प्रणयसम्बन्धको आरोह अवरोहले पार्ने प्रभावलाई सुन्दर ढंगले व्याख्या गरेको छ। यो लोकप्रिय गीतको यही एक हरफ कुनै राजनीतिकर्मीको जीवनसँग गाँसेर हेर्दा के उत्तर पाइएला?

साहित्य अनि सर्जकलाई माया गर्ने घिसिङ

80 को दशकमा देशभरिका गोर्खाहरूलाई जातित्वको भावना उत्पन्न गराउने प्रथम नेता सुवास घिसिङको निधनले अहिले घड़ी सम्पूर्ण दार्जीलिङ पहाड़ नै स्तब्ध बनेको छ। गोर्खाहरूका हित अनि अस्तित्वका निम्ति छुट्टै राज्यको बहस लिएर सुवास धिसिङले त्यसताक पहाड़का प्रत्येक गाँऊहरूको भ्रमण गरेका थिए। 22 जुन 1936 सालमा मिरिकको मञ्जु चियाबगानमा जन्म लिएरका सुवास घिसिङले आफ्नो तर्क राख्न एकलै जनसभा गर्थे। घिसिङले सम्पूर्ण गोर्खाहरूलाई एकै शुत्रमा बाँध्न "गोर्खाल्याण्ड" शब्दको जन्म गरेका थिए।

निराश छन् विधायक डा. छेत्री

“बजट सत्रमा के कुराहरू उठान गर्नु पर्ने भन्नेबारे हामीले जीटीएबाट कहिले फिडब्याक पाएका छैनौं” डा छेत्रीले भने। डा हर्कबहादुर छेत्री मोर्चाका प्रवक्ता हुन् अनि कालेबुङका जनप्रतिनिधि। दुइवटा महत्वपूर्ण पदमा बसेका डा छेत्रीलाई अहिलेसम्म जीटीएको बैठकमा निम्ताइएको छैन, पार्टीको राजनैतिक लाइनबारे उनीसँग चर्चा र छलफल नगरिएको त झन कति भयो, उनैलाई हेक्का छैन।

26 Jun 2013

सिक्किम-दार्जीलिङ अत्याधिक उच्च खरताको श्रेणीमा उत्तराखण्डभन्दा धेर संवेदनशील

प्रज्ज्वल छेत्री कालेबुङ, 25 जून। उत्तराखण्डमा भीषण बाढी र पैह्रोले मच्चाएको तस्वीरहरूलाई यता दार्जीलिङ सिक्किमका पछिल्ला वर्षहरूको तस्वीरसित तुलना गरेर हेर्दा उत्तराखण्डको भोगौलिक अवस्थान दार्जीलिङ सिक्किम हिमालन क्षेत्रसित मिल्दोजुल्दो छ। उत्तराखण्डमा प्रकृतिले मच्चाएको विनाशलिलापछि विभिन्न कारणहरू देखाउँदै यता दार्जीलिङ-सिक्किम हिमालयन क्षेत्र पनि सुरक्षित नरहेको दावी विशेषज्ञहरूको छ। प्राकृतिक आपदा नियन्त्रणमाथि 2007 सालदेखि नै कार्य गर्दै आइरहेको यहॉंको गैरसरकारी संस्था ‘सेभ द हिल्स’-ले आफ्नो ब्लग ‘भिजन्स्‌ अफ्‌ हेल’-मा दुवै ठाउँका भौगेलिक संरचनाका तस्वीरहरूलाई तुलनात्मक दृष्टिले हेर्दै सिक्किम-दार्जीलिङ हिमालय उत्तराखण्डभन्दा धेर संवेदनशिल क्षेत्र रहेको बताएको छ। दार्जालिङ-सिक्किमले अर्को हिमालय सुनामी पर्खिरहेको बताउँदै ‘सेभ द हिल्स्‌’-का प्रभुल्ल रावले हिमालयन क्षेत्र उत्तराखण्डभन्दा संवेदनशिल रहनुका विशेष कारणहरू देखाएका छन्‌़। आफ्नो ब्लगमार्फत राष्ट्रीय अनि अन्तर्राष्ट्रीय स्तरका भूबैज्ञानिक, पर्यावरणविद र विशेषज्ञहरूसँग पनि यहॉंका प्राकृतिक प्रकोपसँग सम्बन्धित मुद्दाहरूबारे सूचना साझा गर्ने अनि विमर्श गर्ने गरेका रावले भनेअनुसार, ज्योलोजिक सर्वे अफ इण्डियाले आफ्नो रिपोर्टमा पैह्रोको दृष्टिले सिक्किम अनि दार्जीलिङ पहाडी क्षेत्रलाई अत्याधिक उच्च खतराको श्रेणीमा राखेको छ भने भूकम्पको दृष्टिले यो क्षेत्र देशकै दोस्रो उच्च खतराको वर्गमा पर्दछ। तिनीअनुसार प्राकृतिक प्रकोपको दृष्टिले दार्जीलिङ पहाड र सिक्किमको संवेदनशिलता अनुमान लगाउन युकेका भूवैज्ञानिक डा. डेविड पेटलीको भविष्यवाणीको अध्ययन गर्न जरुरी छ। युकेको डर्हन विश्वविद्यालयको इण्टरनेशनल ल्याण्डस्लाइड सेन्टरका वैज्ञानिक डा. डेविड पेटलीले आफ्नो अध्ययन र अनुसन्धानपछि हिमालयको दक्षिणी धारको वृतांशमा रहेको क्षेत्रहरूलाई पैह्रोजन्य प्रकोपबाट सर्वाधिक मान्छे मारिन सक्ने क्षेत्रको रुपमा चिन्हित गरेका छन। यद्यपि, उत्तराखण्ड त्यो मापदण्डभित्र पर्देन। दार्जीलिङ-सिक्किम हिमालय पैह्रो, भल-बाढी, भुइँचालो, हुरी बतास (साइक्लोन) जस्ता धैरैप्रकारका प्रकोपका निम्ति संवेदनशील रहेको छ। प्राकृतिक अनि भौगलिक संरचना र भौतिक विकासको दृष्टिकोणले उत्तराखण्डसँग समानता राख्ने दार्जीलिङ पहाडमा पनि कुनै दिन प्रकृतिले यस्तै प्रकारको भयवह विनाशलीला मच्याउनेसक्ने सम्बन्धित क्षेत्रका विशेषज्ञहरूले मत जाहेर गर्दै आएका छन। उत्तराखण्डको जस्तै प्राकृतिक प्रकोप दार्जीलिङ-सिक्किममा पनि आउनैसक्छ। किनभने, उत्तराखण्डको धेरवटा पैह्रोग्रस्त क्षेत्र दार्जीलिङ-सिक्किमका क्षेत्रहरूसित मेल खाने भएकोले यता पनि कुनै दिन प्रकतिले विनाशलिला मच्चाउने सम्भावना प्रवल बनेको हो। यहॉंको जलवायुमा अहिले देखा परेको अस्वाभाविक परिवर्तनले पनि प्रकोपको वातावरण बनाउन सक्ने रावको चिन्ता छ। उत्तराखण्डको वार्षिक औसत वर्षा 1523 मिलिमिटर रहेको जबकी दार्जीलिङ पहाडको तीन हजार रहेको तथ्य तिनले बताएका छन्‌। केही वर्षयता पहाडमा मनसूनको मौसमभरि हुनुपर्ने वर्षाको ठूलो अंश एकै दिनमा हुने गरेकोले पनि पैह्रो र ठूलो प्रकोपको सम्भावना चुलिँदै गएको रावले बताएका छन। 2009 सालमा आएको आइला अनि 2011-मा भूइँचालो आएर दार्जीलिङ-सिक्किमलाई तहस-नहस पारेकै हो। यस्ता आपदा दोहोरिन सक्ने शंकाले पहाडवासीहरूको मनमा चिसो पसेको थियो। तर मानिसहरूले विस्तारै यी घटनाक्रमहरूलाई बिर्सिसकेको भएपनि अचानक उत्तराखण्डमा प्राकृतिक विनाशलिला देखापरेकोले यस्ता प्राकृतिक प्रकोपको न्युनिकरण र समुचित प्रबन्धन र तयारीको दिशामा सरकारी निकायहरूलेे अब विशेष जागरुकता अप्नाउनुपर्ने देखिएको छ। दार्जीलिङ पहाडको भौगोलिक बनावटलाई केन्द्र गरी सम्बन्धित सरकारी निकायहरूले तय गरेको मानकलाई उल्लंघन गरी अन्धाधुन्ध निजी अनि सार्वजनिक संरचनाको निर्माण गर्ने परम्परा पनि एक दिन घातक हुने विशेषज्ञहरूको भनाइ छ। उत्तराखण्डमा जस्तै दार्जीलिङ पहाडमा पनि सम्भावित ठूलो आपदाका कारण प्राकृतिक नभएर मानवनिर्मित नै हुनसक्ने जानकारहरूको विचार छ। बर्ष 2008 मा आएको चक्रपाती तूफान आइलाका कारण व्यापक विनाश देखेपछि आपदा न्युनिकरणको दिशामा जनजागरुकता फैलाउन अनि जिम्मेवार सरकारी निकायहरूलाई झकझकाई रहने काम गरी रहेका सामाजिक कार्यकर्ता प्रफुल्ल राव पनि यी कुराहरूसँग सरोकार राख्छन। राव आपदाप्रबन्धन र योजनागत ढॉंचाको विकासकार्यप्रति सरकारको नीतिगत उदासिनताले खिन्न छन। उत्तराखण्डको प्राकृतिक दूर्घटनाबाट दार्जीलिङ-पहाड र सिक्किमले पाठ सिक्नुपर्ने तिनको भनाइ छ। उनीअनुसार, यो बेला दार्जीलिङ-सिक्किम जाग्नुपर्ने हो। प्रशासनको मानसिकता पनि राहतमुखी मात्र देखिन्छ। सम्बन्धित पक्षहरूले आपदा सुरक्षा र प्रबन्धनको दृष्टिले आफ्नो क्षेत्रलाई हेरेकै छैन। स्कूल स्तरमा प्राकृतिक प्रकोप र आपदा प्रबन्धनबारे पठनपाठन, समुदाय आधारित आपदा जोखिम प्रबन्धन अनि सरकारी तवरमा विद्यार्थी र सरकारी कर्मचारीहरूलाई जागरुक र प्रशिक्षित गरिनु पर्ने कुरामा तिनको जोड छ। सम्बन्धित निकायले सर्वसाधारणको स्तरमा मौसम र जलवायुसम्बन्धी पूर्व चेताउनी सन्देश प्रेषण गर्ने प्रणाली शुरु गरेको खण्डमा पनि प्रकोपबाट सर्वसाधारणको ज्यानमालको सुरक्षा गर्न प्रभावी हुने तिनको धारणा छ। उनले कालेबुङका धेरैवटा पैह्रोग्रस्त अनि सम्भावित क्षेत्रहरूको भ्रमण गरि तथ्याङकहरू संग्रह गर्ने गरेका छन भने प्राकृतिक आपदाबारे आयोजित राज्य अनि राष्ट्रीय स्तरका संगोष्ठी र कार्यशालाहरूमा नियमित धाउने गरेका छन। रावले आफ्नो ब्लगमा अझ उल्लेख गरेअनुसार भौगोलक अवस्थानअनुसार देशको दक्षीण भाग बेग्लै किसिमको छ। बङ्गालको खाडीदेखि दार्जीलिङ-सिक्किम मात्र 8 सय किलोमिटर टाडामा रहेकोले यस क्षेत्रमा वर्षमा 5 देखि 7 चोटीसम्म साइक्लोन (हुरी बतास) आउनसक्ने सम्भावना रहेने पनि उनले बताएका छन्‌।

25 Jun 2013

गो टा फो-को नयाँ रणनीति

कालेबुङ 24 जुन। भागोपलगायतका क्षेत्रिय राजनैतिक दलहरूको गठबन्धन गोर्खाल्याण्ड टास्क फोर्स(ग़ोटाफो)-ले आफ्नो नयाँ कार्यक्रमहरू सार्वजनिक गरेको छ। गोटाफोका समावेशी दलहरूको आज कालेबुङमा सम्पन्न बैठकपछि गोर्खाल्याण्डको मुद्दा अघि बढाउन नयाँ कार्यक्रमहरू सार्वजनिक गरिएको छ। गोरानिमो अध्यक्ष दावा पाखरिनको हिलटपस्थित आवासमा सम्पन्न बैठकमा गोटाफो अध्यक्ष सुखमन मोक्तान, राष्ट्रीय संयोजक आर मोक्तान, भागोप महासचिव प्रभाकर देवान, क्रामाकपाका जेबी राई, गोर्खालीगका प्रताप खाती आदि उपस्थित थिए। बैठकपछि गोटाफो अध्यक्ष सुखमन मोक्तानले जारी गरेको प्रेस बयानमा गोर्खाल्याण्डको निम्ति नयाँ कार्यक्रमहरू लिएर अघि बढ्ने बताइएको छ। मोक्तानले बताएअनुसार अलग राज्यको मागलाई शसक्त रुपले अघि बढाउन अब गोटाफोले चरणबद्ध ढंगमा राष्ट्रीय समावेश, सेमिनार र जनसभाहरूको आयोजना गर्ने निधो गरिएको छ। पञ्चायत चुनाउपछि गोटाफोले डूवर्सबाट आफ्नो नयाँ कार्यक्रमहरूको थाल्नी गर्ने भएको छ। जीटीएमा अन्तर्भुक्त हुन बञ्चित तराई र डूवर्सवासीहरूको मन जितेर अलग राज्यको आफ्नो आन्दोलनलाई प्रभावी बनाउने रणनीतिकासाथ अघि बढ्न चहान्छ गोटाफो। यसैकारण पञ्चायत चुनाउको समापनपछि डूवर्सका मिश्रित जाति-समुदाय र वर्गसँग अन्तर्क्रिया गरी अलग राज्यको मुद्दामा उनीहरूको मत संग्रह गर्ने गोटाफोको नयाँ कार्यक्रम छ।‘गोर्खाल्याण्डको सवालमा डूवर्सका अन्य जातिसम्प्रदायको विचार र आकांक्षा बुझेर सकारात्मक सोँच र विचार ग्रहण गरेर हामी अघि बढ्ने छौं’ गोटाफो अध्यक्ष सुखमन मोक्तानले भने, ‘डूवर्सका सबै समुदायलाई साथमा लिएर गैरसाम्प्रादायिक तरिकाले गोर्खाल्याण्डको आन्दोलनलाई जनान्दोलनको स्वरुप दिनेछौं’ तिनले थप जनाएअनुसार गोटाफोले अगस्तको पहिलो सातामा दार्जीलिङमा गोर्खाल्याण्डबारे एउटा सेमिनारको आयोजना गर्नेछ अनि त्यसपछि संलग्न क्षेत्रमा अन्तर्क्रिया कार्यक्रम शुरु गर्नेछ। त्यसपछि सेप्टेम्बरको अन्तिम सातादेखि दार्जीलिङ, खरसाङ, कालेबुङ अनि मिरिकमा जनसभाहरूको आयोजना गरी अलग राज्यको मुद्दामा जनसमर्थन बटुल्ने प्रयास गर्नेछ। यो बर्षको नोभेम्बरको अन्तिम सातामा दिल्लीमा गोटाफोले गोर्खा राष्ट्रीय भेलाको आयोजना गर्ने कार्यक्रम तय गरेको छ। गोर्खाल्याण्डको मागलाई राष्ट्रीय बिमर्शको केन्द्रमा पुर्यानउने उद्देश्यले आयोजना गरिने सो गोर्खासमावेशमा राष्ट्रीय अनि क्षेत्रिय राजनैतिक दलसँग संलग्न गोर्खे नेतृत्व, सामाजिक अनि सांस्कृतिक संस्थाका प्रतिनिधि, विभिन्न क्षेत्र र विधाका स्रष्टाहरूलाई भेला पारेर गोर्खाल्याण्डको मुद्दालाई राष्ट्रीय स्वरुप दिने कोसिस गर्ने मोक्तानको भनाइ छ। ‘कुनै पनि दलविशेषका नेताहरूलाई पक्षपात नगरी यो राष्ट्रीय भेलामा सबैलाई भेला गरेर हामी अगल राज्यको गठनको मुद्दा आमसहमतिको वातावरण बनाउने प्रयास गर्नेछौं। हामी सबैलाई भेटेर अपिल गर्नेछौं’ मोक्तानले भने।

मोर्चा कार्यकर्ता भीम भुजेल पक्राउ

कालेबुङ 24 जुन। निकै समयदेखि कोर्टको वारण्ट झेलिरहेका मोर्चा कार्यकर्ता भीम भुजेललाई कालेबुङ पुलिसले पक्राउ गरेको थियो। मोर्चाको आन्दोलनकालका मामिलाहरूको थुप्रै सुनवाइमा उपस्थित नहुँदा कोर्टले भुजेलविरुद्ध गैरजमानती वारण्ट जारी गरेको थियो। पुलिसले तिनलाई आज अपरान्ह यहाँको टाउनहल परिसरबाट पक्राउ गरेको थियो। पुलिसले तिनलाई आज नै कालेबुङ कोर्टमा पेश गरेको थियो। तिनीविरुद्ध गैरजमानती धाराअन्तर्गत मामिलाहरू रहेको कारण एसीजेएम कोर्टले तिनको जमानत याचिका खारेज गरी 14 दिनको न्यायिक हिरासतमा राख्ने आदेश दिएको छ। तिनी मोर्चाको 42 नम्बर समष्टि समितिका सल्लाहकारसहित कालेबुङ महकुमा समितिमा सो समष्टिका प्रतिनिधि सदस्य पनि हुन्। तिनीविरुद्ध बर्ष 2009मा पूर्व दागोपाप पार्षद छिरिङ शेर्पाको कफेरस्थित घरमा आगजनीलगायतका अन्य आपराधिक मामिलाहरूमा संलग्न रहेको आरोपमा मुद्दा चलिरहेको छ। कालेबुङ कोर्टमा चलिरहेको यी मामिलाहरूको सुनवाइमा नियमित रुपले अनुपस्थित बन्दै आएका धेरैजना मोर्चा कार्यकर्ताहरूविरुद्ध कोर्टले वारण्ट जारी गरेको छ। पुलिसको नजरबाट बाँच्दै हिँडीरहेका भुजेललाई आज पुलिसले अचानक आफ्नो नियञ्त्रणमा लिएको थियो।

बी एस ए-द्वार दुइ नानीहरु उद्धार

कालेबुङ 24 जुन। बालश्रम र तस्करीविरुद्ध काम गरिरहेको गैरसरकारी संगठन बाल सुरक्षा अभियान (बीएसए)-ले सिक्किममा बालमजदूरका रुपमा प्रयोग भइरहेका दुइ नानीहरूलाई कालेबुङबाट उद्धार गरेको छ। सिक्किम नम्बरको वाहनमा यी नानीहरूलाई बीएसए कार्यकर्ताहरूले देखेपछि शंकाको आधारमा छानबीन गर्दा यी नानीहरू उद्धार भएका हुन। कालेबुङमा अध्ययनको सिलसिलामा आफ्ना नानीहरू लिएर आएका रम्फूका लाक्पा किपा भोटियाको वाहनमा यी बालमजदूरहरूलाई देखिए पछि कालेबुङ पुलिसको सहयोग लिएर नानीहरूलाई उद्धार गरिएको थियो। राजा उराँव (12-परिवर्तित नाम) अनि सीमा मुण्डा (9-परिवर्तित नाम) नाम भएका यी बालकबालिकाहरू जलपाईगुडी डूवर्सको राङगामाटी अनि अन्तुपाडाको वासिन्दा रहेको जानकारी पाइएको छ। लाक्पा किपा भोटिया अनि तिनका आफन्त अम्बिका सिलवालले यी नानीहरूलाई आफ्ना घरमा राखेको बीएसए कार्यकर्ता तेजकुमार थापाले जनाए। दुवै महिलाका श्रीमानहरू सिक्किमको सम्मानजनक सरकारी सेवामा रहेको थापाले थप बताएका छन। बालमजदूरहरू उद्धार भएको घटनाबारे सिक्किम सरकारको चाइल्ड वेल्फेयर कमिटि (सीडब्ल्युसी)-लाई सूचित गरिएको अनि सोही कमिटिले अघिल्लो कार्वाही तय गर्ने तिनले जनाएका छन। उद्धार भएका नानीहरूलाई यहाँको आठमाइलस्थित बीएसएको पुनर्वास केन्द्रमा राखिएको छ।