Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

25 Jun 2013

गो टा फो-को नयाँ रणनीति

कालेबुङ 24 जुन। भागोपलगायतका क्षेत्रिय राजनैतिक दलहरूको गठबन्धन गोर्खाल्याण्ड टास्क फोर्स(ग़ोटाफो)-ले आफ्नो नयाँ कार्यक्रमहरू सार्वजनिक गरेको छ। गोटाफोका समावेशी दलहरूको आज कालेबुङमा सम्पन्न बैठकपछि गोर्खाल्याण्डको मुद्दा अघि बढाउन नयाँ कार्यक्रमहरू सार्वजनिक गरिएको छ। गोरानिमो अध्यक्ष दावा पाखरिनको हिलटपस्थित आवासमा सम्पन्न बैठकमा गोटाफो अध्यक्ष सुखमन मोक्तान, राष्ट्रीय संयोजक आर मोक्तान, भागोप महासचिव प्रभाकर देवान, क्रामाकपाका जेबी राई, गोर्खालीगका प्रताप खाती आदि उपस्थित थिए। बैठकपछि गोटाफो अध्यक्ष सुखमन मोक्तानले जारी गरेको प्रेस बयानमा गोर्खाल्याण्डको निम्ति नयाँ कार्यक्रमहरू लिएर अघि बढ्ने बताइएको छ। मोक्तानले बताएअनुसार अलग राज्यको मागलाई शसक्त रुपले अघि बढाउन अब गोटाफोले चरणबद्ध ढंगमा राष्ट्रीय समावेश, सेमिनार र जनसभाहरूको आयोजना गर्ने निधो गरिएको छ। पञ्चायत चुनाउपछि गोटाफोले डूवर्सबाट आफ्नो नयाँ कार्यक्रमहरूको थाल्नी गर्ने भएको छ। जीटीएमा अन्तर्भुक्त हुन बञ्चित तराई र डूवर्सवासीहरूको मन जितेर अलग राज्यको आफ्नो आन्दोलनलाई प्रभावी बनाउने रणनीतिकासाथ अघि बढ्न चहान्छ गोटाफो। यसैकारण पञ्चायत चुनाउको समापनपछि डूवर्सका मिश्रित जाति-समुदाय र वर्गसँग अन्तर्क्रिया गरी अलग राज्यको मुद्दामा उनीहरूको मत संग्रह गर्ने गोटाफोको नयाँ कार्यक्रम छ।‘गोर्खाल्याण्डको सवालमा डूवर्सका अन्य जातिसम्प्रदायको विचार र आकांक्षा बुझेर सकारात्मक सोँच र विचार ग्रहण गरेर हामी अघि बढ्ने छौं’ गोटाफो अध्यक्ष सुखमन मोक्तानले भने, ‘डूवर्सका सबै समुदायलाई साथमा लिएर गैरसाम्प्रादायिक तरिकाले गोर्खाल्याण्डको आन्दोलनलाई जनान्दोलनको स्वरुप दिनेछौं’ तिनले थप जनाएअनुसार गोटाफोले अगस्तको पहिलो सातामा दार्जीलिङमा गोर्खाल्याण्डबारे एउटा सेमिनारको आयोजना गर्नेछ अनि त्यसपछि संलग्न क्षेत्रमा अन्तर्क्रिया कार्यक्रम शुरु गर्नेछ। त्यसपछि सेप्टेम्बरको अन्तिम सातादेखि दार्जीलिङ, खरसाङ, कालेबुङ अनि मिरिकमा जनसभाहरूको आयोजना गरी अलग राज्यको मुद्दामा जनसमर्थन बटुल्ने प्रयास गर्नेछ। यो बर्षको नोभेम्बरको अन्तिम सातामा दिल्लीमा गोटाफोले गोर्खा राष्ट्रीय भेलाको आयोजना गर्ने कार्यक्रम तय गरेको छ। गोर्खाल्याण्डको मागलाई राष्ट्रीय बिमर्शको केन्द्रमा पुर्यानउने उद्देश्यले आयोजना गरिने सो गोर्खासमावेशमा राष्ट्रीय अनि क्षेत्रिय राजनैतिक दलसँग संलग्न गोर्खे नेतृत्व, सामाजिक अनि सांस्कृतिक संस्थाका प्रतिनिधि, विभिन्न क्षेत्र र विधाका स्रष्टाहरूलाई भेला पारेर गोर्खाल्याण्डको मुद्दालाई राष्ट्रीय स्वरुप दिने कोसिस गर्ने मोक्तानको भनाइ छ। ‘कुनै पनि दलविशेषका नेताहरूलाई पक्षपात नगरी यो राष्ट्रीय भेलामा सबैलाई भेला गरेर हामी अगल राज्यको गठनको मुद्दा आमसहमतिको वातावरण बनाउने प्रयास गर्नेछौं। हामी सबैलाई भेटेर अपिल गर्नेछौं’ मोक्तानले भने।

Related Posts:

  • Bhaichung fan in Team IndiaGangtok, July 18: She shares Bhaichung Bhutia’s surname and love for the beautiful game. Nima Lhamu Bhutia, like her idol, will represent the Indian side.She’s Sikkim’s latest face in the Indian women’s side for the SAFF Cup.… Read More
  • Trinamul call for poll helpDarjeeling, July 18. Trinamul candidates contesting the Gorkhaland Territorial Administration (GTA) elections have requested senior party leaders, including state and Union ministers, to campaign for them. “All 17 candidates … Read More
  • Anti-Morcha posters tornKalimpong, July 18: Posters rejecting the Gorkhaland Territorial Administration put up by an anti-Morcha conglomerate on the first anniversary of the GTA agreement were torn down at Kalimpong by supporters of the hill set-up.… Read More
  • Couple die as car skids off highwayKalimpong, July 16: An executive engineer of the Northeast Frontier Railway and a woman, who police assumes was his wife, were killed when the car they were travelling in skidded of NH31A and rolled down almost 300 feet below… Read More
  • Bagdogra College strike callSiliguri, July 16: The Chhatra Parishad has called an indefinite strike in Bagdogra College from today demanding the admission of over 1,000 students who have not been admitted to any institution yet.“We had requested the aut… Read More

0 comments: