26 Jun 2013
विश्व नशालु पदार्थ सेवन विरूद्ध दिवसमा हेन्डस्को ‘ट्रीप’-प्रदर्शन
कालेबुङ, 26 जून।आज विश्व नशालु पदार्थ सेवन तथा तस्रकी विरूद्ध दिवसको अवसर पारेर हेन्डस् (हिमालयन एन्टी एड्स् एण्ड नार्कोटिक ड्रग सोसाइटी) ले आफ्नो सातौं वर्षगॉंठ पालन गरेको छ। यहॉंको रामकृष्ण रङ्गमञ्चमा आयोजित उक्त कार्यक्रममा हेन्डस्ले ड्रग्स सेवन विरूद्ध सचेतना अप्नाउनुपर्ने सन्देश दिँदै सत्य घटनामा आधारित‘ट्ीप’-नामक वत्तचित्र समाजलाई प्रदान गरेको छ। कार्यक्रममा मुख्य रुपमा उपस्थित शिक्षाविद पीआर प्रधानको वाहुलीबाट भिडियो सीडी लोकार्पण गरेपछि वृत्तचित्र प्रदर्शन गरिएको थियो। कार्यक्रममा विधायक डा. हर्कबहादुर छेत्री, एसडीओमओ डा. सोनाम भोटिया, एएसपी सोङ्मित लेप्चा, चालक महासङ्घका अध्यक्ष छिरिङ दोर्जी भोटिया, शिक्षक शुभ प्रधान लगायात विभिन्न विद्यालयका विद्यार्थी साथै अन्य उपस्थित थिए। पत्रकार रुद्र कार्कीद्वारा स्वागत सम्भाषण राखेपछि आरम्भ भएको कार्यक्रममा हेन्डस्को पक्षमा भरतमणि प्रधान अनि निर्देशीका शारदा मुखियाले हेन्डस् गठनको उद्देश्य, नशालु पदार्थ सेवनको कारण समाजमा बढ्दै गइरहेको विकृति आदि सम्बन्धमा वक्तव्य राखेका थिए। हेन्डस्की निर्देशिका शारदा प्रधानले भनेअनुसार, ड्रग्स् सेवन जस्तो समाजमा विकृति ल्याउने ठूलो समस्याले कालेबुङ जस्तो सानो ठाउँलाई पनि छोडेन। यहॉंका धेरै नानीहरू ड्रग्स् सेवनजस्ता कुरामा दिनोदिन लागिपरेको देखेपछि उनीहरूलाई सुमार्गमा ल्याउन नै हेन्ड्स गठन गरेको जनाइन्। उनले हेन्ड्सको सुधारगृहबाट 250 भन्दा धेरलाई आफूहरूले ट्रिटमेन्ट दिइसकेको बताउँदै 67 प्रतिशत उन्मूलन गर्न सफल भएको दावी गरिन्। कालेबुङमा पनि नार्कोटिक सेल गठन गर्नुपर्ने, महिलाहरूको निम्ति सुधारगृहको गठन गर्नुपर्ने साथै कालेबुङमा नै डिटेक्सोफिकेशन सेन्टर हुनसके आफूहरूलाई काम गर्न धेरै सहज हुने बताइन्। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा विधायक डा. हर्कबहादुर छेत्रीले विधायक कोशबाट हेन्ड्सलाई सितम्बर महिनापछि सहयोग राशी प्रदान गर्ने बताए। यसरी नै यहॉंको कालेबुङ अस्पतालको एकछेउ फेन्सिङको अभावमा त्यहॉं ड्रग्स्खोरहरूको अड्डा बनिरहेको महशुस गरेका डा. छेत्रीले फेन्सिङको निम्ति पनि सहयोग राशी दिने घोषणा गरेका छन्। उनले भनेअनुसार, समाजमा ड्रग्स् सेवन जस्ता कार्यमाथि रोकथाम गर्ने दिशामा राजनैतिक दलहरूले पनि जिम्मावारीपूर्वक काम गर्नुपर्ने हो। तर त्यो स्थिति अहिले आइसकेको छैन। समाजमा राम्रो वातावरण बनाउनुपर्ने जिम्मेवारी राजनैतिक दलहरूको भएपनि उक्त कार्य हेन्डस्ले गरिरहेकोमा उनले सरहाना गरे। यसै अवसरमा उनले मात्ने मानिसले प्रगति गर्न नसक्ने तर्क राख्दै भने, वास्तवमा मात्ने मान्छे कहिले उकालो लाग्दैन चाहे त्यो सत्ताले नै नमातेको किन होस। ललिता प्रसादद्वारा सञ्चालित पूर्वार्धको कार्यक्रम सकिएपछि उत्तरार्धमा नशालु पदार्थ सेवन विरूद्ध प्यानल डिस्कसनको आयोजना गरिएको थियो। केटीभीका निर्देशक नरेन्द्र तामाङ्गले मध्यस्थता गरेको कार्यक्रममा प्यालिष्टहरूमा हेन्डस्को पक्षमा विधान रत्न प्रधान, शिक्षक शुभ प्रधान, एएसपी सोङ्मित लेप्चा, अधिवक्ता प्रभाकर देवान, डिपुटी मेजिस्ट्रेट-डिपुटी कलेक्टर हीरक रोय, चालक महासङ्घका अध्यक्ष छिरिङ दोर्जी भोटिया अनि एसडीएमओ डा. सोनाम भोटिया रहेका थिए। पहाडमा दैनिक रुपमा बढिरहेको ड्रग्स् ओसार-पसारमा रोक लगाउसकिने उपाय, ड्रस सेवन गर्नेहरूको संख्यामा भइरहेको वृद्धि, प्रशासनिक पहल, सचेतनाको अभाव आदि सम्बन्धमा यसअवधी चर्चा परिचर्चा भएको थियो।
Related Posts:
मोर्चा र तृणमूल सरकारबीच तानातानको स्थिति शुरु19 मार्च (कालेबुङ):- जीटीएको चुनाउ र सिमाङ्कनलाई केन्द्र गरी मोर्चा र तृणमूल सरकारबीच तानातानको स्थिति शुरु भएको छ। एकातिर राज्य सरकार सम्झौता अनुसार जीटीएको चुनाउ गरी हाल्न चहान्छ भने अर्कोतिर मोर्चा सिमाङ्कनको विवाद साम्य न… Read More
Big question in front of DepartmentRANGPO-19TH MAARCH 12Due to the close connection ,relation between department and contractor many new developmental activities facility is not provide to the local residents of Rangpo .in march 2009 water security and … Read More
Himalayan International Festival 2012 has started at Bhurung busty East Sikkim19thMARCH12 A 3 day Himalayan International Festival has been inaugurated by eminent Lepcha maestro PadmashreeSonamTsheringLepcha.The festival has been organized by Himalayan Heritage Research and Development Society ,Bhurung… Read More
dead body found in tista riverRANGPO-19TH MARCH12An unidentified dead body was found from the bank of tista river at mining area today under Rangpo police station, after the local residents information regarding body seen in tista river the Rangpo p… Read More
Pukar does it : Sikkim’s stand held high in global arena of Science & Engineering World Forum19 March, Rangpo: With high held hopes and great expectations of winning NASA’s System Engineering Award, the India’s Autobotix Groupcomprising 10 students had participated in Global Aero Designing Competition held in Carlifo… Read More
0 comments:
Post a Comment