Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

Pages

26 Jun 2013

सिक्किम-दार्जीलिङ अत्याधिक उच्च खरताको श्रेणीमा उत्तराखण्डभन्दा धेर संवेदनशील

प्रज्ज्वल छेत्री कालेबुङ, 25 जून। उत्तराखण्डमा भीषण बाढी र पैह्रोले मच्चाएको तस्वीरहरूलाई यता दार्जीलिङ सिक्किमका पछिल्ला वर्षहरूको तस्वीरसित तुलना गरेर हेर्दा उत्तराखण्डको भोगौलिक अवस्थान दार्जीलिङ सिक्किम हिमालन क्षेत्रसित मिल्दोजुल्दो छ। उत्तराखण्डमा प्रकृतिले मच्चाएको विनाशलिलापछि विभिन्न कारणहरू देखाउँदै यता दार्जीलिङ-सिक्किम हिमालयन क्षेत्र पनि सुरक्षित नरहेको दावी विशेषज्ञहरूको छ। प्राकृतिक आपदा नियन्त्रणमाथि 2007 सालदेखि नै कार्य गर्दै आइरहेको यहॉंको गैरसरकारी संस्था ‘सेभ द हिल्स’-ले आफ्नो ब्लग ‘भिजन्स्‌ अफ्‌ हेल’-मा दुवै ठाउँका भौगेलिक संरचनाका तस्वीरहरूलाई तुलनात्मक दृष्टिले हेर्दै सिक्किम-दार्जीलिङ हिमालय उत्तराखण्डभन्दा धेर संवेदनशिल क्षेत्र रहेको बताएको छ। दार्जालिङ-सिक्किमले अर्को हिमालय सुनामी पर्खिरहेको बताउँदै ‘सेभ द हिल्स्‌’-का प्रभुल्ल रावले हिमालयन क्षेत्र उत्तराखण्डभन्दा संवेदनशिल रहनुका विशेष कारणहरू देखाएका छन्‌़। आफ्नो ब्लगमार्फत राष्ट्रीय अनि अन्तर्राष्ट्रीय स्तरका भूबैज्ञानिक, पर्यावरणविद र विशेषज्ञहरूसँग पनि यहॉंका प्राकृतिक प्रकोपसँग सम्बन्धित मुद्दाहरूबारे सूचना साझा गर्ने अनि विमर्श गर्ने गरेका रावले भनेअनुसार, ज्योलोजिक सर्वे अफ इण्डियाले आफ्नो रिपोर्टमा पैह्रोको दृष्टिले सिक्किम अनि दार्जीलिङ पहाडी क्षेत्रलाई अत्याधिक उच्च खतराको श्रेणीमा राखेको छ भने भूकम्पको दृष्टिले यो क्षेत्र देशकै दोस्रो उच्च खतराको वर्गमा पर्दछ। तिनीअनुसार प्राकृतिक प्रकोपको दृष्टिले दार्जीलिङ पहाड र सिक्किमको संवेदनशिलता अनुमान लगाउन युकेका भूवैज्ञानिक डा. डेविड पेटलीको भविष्यवाणीको अध्ययन गर्न जरुरी छ। युकेको डर्हन विश्वविद्यालयको इण्टरनेशनल ल्याण्डस्लाइड सेन्टरका वैज्ञानिक डा. डेविड पेटलीले आफ्नो अध्ययन र अनुसन्धानपछि हिमालयको दक्षिणी धारको वृतांशमा रहेको क्षेत्रहरूलाई पैह्रोजन्य प्रकोपबाट सर्वाधिक मान्छे मारिन सक्ने क्षेत्रको रुपमा चिन्हित गरेका छन। यद्यपि, उत्तराखण्ड त्यो मापदण्डभित्र पर्देन। दार्जीलिङ-सिक्किम हिमालय पैह्रो, भल-बाढी, भुइँचालो, हुरी बतास (साइक्लोन) जस्ता धैरैप्रकारका प्रकोपका निम्ति संवेदनशील रहेको छ। प्राकृतिक अनि भौगलिक संरचना र भौतिक विकासको दृष्टिकोणले उत्तराखण्डसँग समानता राख्ने दार्जीलिङ पहाडमा पनि कुनै दिन प्रकृतिले यस्तै प्रकारको भयवह विनाशलीला मच्याउनेसक्ने सम्बन्धित क्षेत्रका विशेषज्ञहरूले मत जाहेर गर्दै आएका छन। उत्तराखण्डको जस्तै प्राकृतिक प्रकोप दार्जीलिङ-सिक्किममा पनि आउनैसक्छ। किनभने, उत्तराखण्डको धेरवटा पैह्रोग्रस्त क्षेत्र दार्जीलिङ-सिक्किमका क्षेत्रहरूसित मेल खाने भएकोले यता पनि कुनै दिन प्रकतिले विनाशलिला मच्चाउने सम्भावना प्रवल बनेको हो। यहॉंको जलवायुमा अहिले देखा परेको अस्वाभाविक परिवर्तनले पनि प्रकोपको वातावरण बनाउन सक्ने रावको चिन्ता छ। उत्तराखण्डको वार्षिक औसत वर्षा 1523 मिलिमिटर रहेको जबकी दार्जीलिङ पहाडको तीन हजार रहेको तथ्य तिनले बताएका छन्‌। केही वर्षयता पहाडमा मनसूनको मौसमभरि हुनुपर्ने वर्षाको ठूलो अंश एकै दिनमा हुने गरेकोले पनि पैह्रो र ठूलो प्रकोपको सम्भावना चुलिँदै गएको रावले बताएका छन। 2009 सालमा आएको आइला अनि 2011-मा भूइँचालो आएर दार्जीलिङ-सिक्किमलाई तहस-नहस पारेकै हो। यस्ता आपदा दोहोरिन सक्ने शंकाले पहाडवासीहरूको मनमा चिसो पसेको थियो। तर मानिसहरूले विस्तारै यी घटनाक्रमहरूलाई बिर्सिसकेको भएपनि अचानक उत्तराखण्डमा प्राकृतिक विनाशलिला देखापरेकोले यस्ता प्राकृतिक प्रकोपको न्युनिकरण र समुचित प्रबन्धन र तयारीको दिशामा सरकारी निकायहरूलेे अब विशेष जागरुकता अप्नाउनुपर्ने देखिएको छ। दार्जीलिङ पहाडको भौगोलिक बनावटलाई केन्द्र गरी सम्बन्धित सरकारी निकायहरूले तय गरेको मानकलाई उल्लंघन गरी अन्धाधुन्ध निजी अनि सार्वजनिक संरचनाको निर्माण गर्ने परम्परा पनि एक दिन घातक हुने विशेषज्ञहरूको भनाइ छ। उत्तराखण्डमा जस्तै दार्जीलिङ पहाडमा पनि सम्भावित ठूलो आपदाका कारण प्राकृतिक नभएर मानवनिर्मित नै हुनसक्ने जानकारहरूको विचार छ। बर्ष 2008 मा आएको चक्रपाती तूफान आइलाका कारण व्यापक विनाश देखेपछि आपदा न्युनिकरणको दिशामा जनजागरुकता फैलाउन अनि जिम्मेवार सरकारी निकायहरूलाई झकझकाई रहने काम गरी रहेका सामाजिक कार्यकर्ता प्रफुल्ल राव पनि यी कुराहरूसँग सरोकार राख्छन। राव आपदाप्रबन्धन र योजनागत ढॉंचाको विकासकार्यप्रति सरकारको नीतिगत उदासिनताले खिन्न छन। उत्तराखण्डको प्राकृतिक दूर्घटनाबाट दार्जीलिङ-पहाड र सिक्किमले पाठ सिक्नुपर्ने तिनको भनाइ छ। उनीअनुसार, यो बेला दार्जीलिङ-सिक्किम जाग्नुपर्ने हो। प्रशासनको मानसिकता पनि राहतमुखी मात्र देखिन्छ। सम्बन्धित पक्षहरूले आपदा सुरक्षा र प्रबन्धनको दृष्टिले आफ्नो क्षेत्रलाई हेरेकै छैन। स्कूल स्तरमा प्राकृतिक प्रकोप र आपदा प्रबन्धनबारे पठनपाठन, समुदाय आधारित आपदा जोखिम प्रबन्धन अनि सरकारी तवरमा विद्यार्थी र सरकारी कर्मचारीहरूलाई जागरुक र प्रशिक्षित गरिनु पर्ने कुरामा तिनको जोड छ। सम्बन्धित निकायले सर्वसाधारणको स्तरमा मौसम र जलवायुसम्बन्धी पूर्व चेताउनी सन्देश प्रेषण गर्ने प्रणाली शुरु गरेको खण्डमा पनि प्रकोपबाट सर्वसाधारणको ज्यानमालको सुरक्षा गर्न प्रभावी हुने तिनको धारणा छ। उनले कालेबुङका धेरैवटा पैह्रोग्रस्त अनि सम्भावित क्षेत्रहरूको भ्रमण गरि तथ्याङकहरू संग्रह गर्ने गरेका छन भने प्राकृतिक आपदाबारे आयोजित राज्य अनि राष्ट्रीय स्तरका संगोष्ठी र कार्यशालाहरूमा नियमित धाउने गरेका छन। रावले आफ्नो ब्लगमा अझ उल्लेख गरेअनुसार भौगोलक अवस्थानअनुसार देशको दक्षीण भाग बेग्लै किसिमको छ। बङ्गालको खाडीदेखि दार्जीलिङ-सिक्किम मात्र 8 सय किलोमिटर टाडामा रहेकोले यस क्षेत्रमा वर्षमा 5 देखि 7 चोटीसम्म साइक्लोन (हुरी बतास) आउनसक्ने सम्भावना रहेने पनि उनले बताएका छन्‌।

Related Posts:

  • Hill pact wrongly read: Morcha - Hill party to meet CM on March 16VIVEK CHHETRIGiri in Darjeeling on Wednesday. (Suman TamangDarjeeling, March 14: The Gorkha Janmukti Morcha today accused the state government of wrongly “interpreting” the Gorkhaland Territorial Administration agreement, a d… Read More
  • Green train for ride through Dooars forestsAVIJIT SINHAWorkers clean the railway tracks in New Jalpaiguri station on Wednesday. Picture by Kundan YolmSiliguri, March 14: The first “green” train in the country will be introduced in north Bengal, the railway minister sa… Read More
  • साहित्यकार सम्पूर्णा राईको अन्तिम संस्कारकालेबुङ 14 मार्च:कालेबुङ कन्य उच्च पाठशालाकी पूर्व उप-प्राचार्य अनि साहित्यकार सम्पूर्णा राईको अन्तिम संस्कार आज सम्पन्न भयो नेपाली साहित्यको क्षेत्रमा एकजना महिला लेखिकाका रुपमा आफ्नो शसक्त उपस्थिति दर्ता गर्न स्फल सम्पूर्णा… Read More
  • 2 matches, 3 trophies for top golf tourneyAVIJIT SINHAThe army golf course in Bengdubi. File pictureSiliguri, March 14: The only golf tournament in north Bengal will be held in two segments with three trophies on offer in the Dooars and the Terai this year.The Himala… Read More
  • himal mahatshav in international levelRANGPO-14TH MARCH12Himalayan heritage research and development society a reputed ngo working since 2000 to promote and preserve the traditional folk culture and heritage of north eastern states of India is going to organ… Read More

0 comments: